झापाको बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा रहेको बुद्धआदर्श माद्यामिक विद्यालले आफ्नो ६४ औं बार्सिक उत्त्सव सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले एक भब्य समारोहकाबीच आफ्नो ६४ औं वार्सिक उत्त्सव मनाएको हो।
बिद्यालयले आफ्नो ६४ औं वर्षगाठको अवसर पारेर विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेसगै अन्तिम दिन एक भब्य समारोहकाबीच कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख देवेन्द्र मल्ल लगायत अन्य अतिथि सभाअध्यक्ष बाट द्विप प्रजवलन गर्दै कार्यक्रमको उद्धघाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोरथ तिवारी अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख देवेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि मल्लले आजको पहिलो आवश्यकता नै शिक्षा भएको र शिक्षा हासिल गर्न पहिलाको जस्तो समस्या नभएको पहिलाको तुलनामा स्रोत र साधन पनि व्यवस्थित हुँदै गएको भन्दै शिक्षण सिकाई साथ साथै स्वस्थ्य जीवन जिउन हाम्रो लागि खेलकुद पनि आजको आवश्यक भएकाले बताउदै शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागी शिक्षक विद्यार्थि अभिभावक कर्मचारी व्यावस्थापन समितीको उतिनै भुमीका हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमकै अवसरमा छुट्टाछुट्टै विभिन्न अक्षयकोषका दाता परिवारबाट गरिब तथा जेहेन्दार (उत्कृष्ट ) विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे । त्यस्तै कार्यक्रममा बिद्यालयका आफ्ना विद्यार्थिहरूलाई ९०% ल्याएर पास गराउन सफल हुनुहुने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियोे । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका भरिका विभिन्न विद्यालयका प्रधानध्यापक ,शिक्षक प्जनप्रतिनिधि , अभिभावक ,अक्षयकोषका दाता परिवार लगायतको उपस्तिथि रहेकोे थियोे