निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।
आइतबार (आज) भएको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्तिका कार्की निर्वाचित हुनभएको हो ।
उहाँलेले १७६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी जनार्दन ढकालले १०८ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धस्मृति एजुकेसन फाउण्डेशन बिर्तामोडका हरिकृष्ण (एचके) पाठक निर्वाचित हुनु भएको छ ।
उहाँले १८९ मत प्राप्त गर्नु भएको थियो ।
उहाँका प्रतिद्वन्दी उत्तम खनालले ९५ मत प्राप्त गर्नु भएको थियो ।
उपाध्यक्षमा एम्स एकेडेमी अर्जुनधाराका टीआर गौतम १२२ मतसहित विजयी बन्नु भएको हो ।
उहाँका प्रतिद्वन्दीहरु बदिराम राईले ९६ र भवानी पाठकले ६१ मत प्राप्त गर्नु भएको प्याब्सन झापाका सचिव त्रिलोचन गौतमले जानकारी दिनु भयो ।
सचिवमा दिपजन अंग्रेजी बोर्डिङ स्कुल बाह्रदशीका लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी विजयी हुनु भयो ।
अर्का उम्मेदवार रुद्र सिटौलाले ११४ मत प्राप्त गर्नु भयो ।
कोषाध्यक्ष पदमा सगरमाथा इङ्गलिस बोर्डिङ स्कुल शिवसताक्षीका अमृतकुमार तिम्सिना निर्वाचित हुनु भयो ।
उहाँले १४९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी जनार्दन मैनालीले १३६ मत प्राप्त गर्नु भएको थियो ।
सहसचिवद्वयमा प्रजिता एजुकेशन एकाडेमी दमकका जिवन शिवाकोटी १७० र बेनुबाजा इङ्गलिस बोर्डिङ स्कुल कनकाईका विनोद सुब्बा १६८ मतसहित विजयी बन्नु भयो भने डम्बर रुचालले १३२ मतमात्र प्राप्त गर्नु भयो ।
सहकोषाध्यक्षमा साउथ होराइजन इङ्गलिस स्कुल झापाका नारायण सुवेदी निर्विरोध निर्वाचित बन्नु भएको हो।
सदस्यहरुमा सुमन शर्मा जमरकट्टेल, दशरथ (देवेन्द्र) हुमागाई, कुलबहादुर श्रेष्ठ, कुमार राया, मोहन थापा, कल्पना थापा र प्रेमकुमार ओझा निर्विरोध चयन हुनभएको हो ।
सदस्य पालिकाबाट १५ पदसंख्या मध्ये गणेशकुमार श्रेष्ठ, सुर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजबहादुर कार्की, सन्तोष सुब्बा, दिपेन्द्र सुब्बा र अनुप राय चयन हुनुभएको छ ।
त्यस्तै अधिवेशनले १३ जना महाधिवेशन प्रतिनिधीमध्ये पाँच जनालाई चयन गरेको छ ।
इश्वरी श्रेष्ठ, डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, चन्द्रप्रकाश राई र गीताराज खड्का (हरी) महाधिवेशन प्रतिनिधीमा चयन भएको निर्वाचन समिति संयोजक अमृतबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
३०९ जना मतदाता मध्ये २८९ मत खसेको थियो ।