झापाको बुद्धशान्ति वडा नं ६ ले गर्भवती महिलाको लागि पोषण कार्यक्रम अन्तर्गत आ.व. २०८१/०८२ को सुरु देखि पुष मसान्त सम्म आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नियमीत गर्भजाँच गराउने वडा नं. ६ का गर्भवती महिलाहरुलाई पोषण सामग्री वितरण गरेको छ । बुद्धशान्ति वडा नं ६ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो।
बुद्धशान्ति गाउँपालिका वडा नं ६ वडा अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा पोषण सामग्री वितरण गरिएको थियो ।पोषण सामाग्री वितरण गर्दै वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले यस कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै वडाले स्वास्थ्य र पोषण क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने बताउनु भयो । आधाभुत स्वाथ्य सेवा केन्द्रका प्रमुख अर्जुन कुईकेलका अनुसार गर्ववति महिलाको लागि पोषण कार्यक्रम अन्तरगत आर्थिक वर्ष ८१/८२ को सुरू देखि पुस मसान्त सम्म आधारभुत स्वाथ्य सेवा केन्द्रमा नियमित गर्व जाँच गराउने वडा नं ६ का १३ जना गर्ववती महिलाहरूलाई पोषण सामाग्री प्रति व्याक्ती दुई केजि घिउ १ केजि मुसुरी दाल,१ केजि मुङ्ग दाल,मह १ केजि वितरण गरिएको बताउनु भयो । वडाको ७५ हजारको कार्यक्रम अन्तरगत पहिलो चरणमा १३ जना लाई वितरण गरिएको छ भने यो कार्यक्रमलाई प्राथमिक्ता दिदै जाने र यश कार्यक्रमले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरूको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अवसरको रूपमा लिएको वडा नं ६ का वडा सचिव इन्द्र बजगाँईले बताउनु भयो । बुद्धशान्ति वडा नं ६ वडा सदस्य रमा अधिकारीले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नु भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वाथ्य शाखा प्रमुख धिरेन यादब ,कार्यपालिका सदस्य दिनेस लेप्चा,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आधाभुत स्वाथ्य सेवा केन्द्र प्रमुख अर्जुन कुईकेलले सन्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्यहरू प्रमिला परियार ,रेणुका भट्टराई लोक बहादुर राई ,लगायत स्थानिय सरोकार वालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।