December 31, 2025

ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

आज साँझ ५.०७ बजे इलाम नगरपालिका- १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे. १ ज २६ ४५ नम्बरको बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

बोलेरोमा सवारमध्ये पाँचजना यात्रु घाइते भई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक सञ्जीव बोगटीले बताए ।

दुर्घटना भएको भन्ने खबर अस्थायी प्रहरी बिट नेपालटारमा प्राप्त हुनसाथ ३ जना प्रहरी टोली खटिएको र बोलेरो चालक पाँचथर फिदिम नगरपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय विक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते हुनेहरू १) ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मङ्गलवीर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
२) ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
३) ताप्लेजुङ फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू (टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
४) झापा अर्जुनधारा –७ बस्ने १७ वर्षीया समीक्षा खड्का ( टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
५) पाँचथर कुम्मायक – ५ बस्ने अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू ( बायाँ आँखामाथि चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको)

पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै पत्रकार महासंघ झापाले सोमबार झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

झापा अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ ।

कार्यस्थलमा खटिएका पत्रकारको  हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।जसअन्तर्गत आइतवार पत्रकारहरूले देशभरिबाट कालोपट्टि बाँधेर काम गरेका थिए भने शनिबार सडकमा प्रदर्शन गरेका थिए।

इलामको रोङ गाउँपालिका ३ चिन्डेपानी को तल्लो टोलमा तिल बिक्रम खवासको घर मा आगोलागी भएको रहेछ । गए राती १० बजे तिर आगो लागेको घर परिवारले थाहा पाएर हल्ला गरेपछी छिमेकीले थाहा पाएका थिए । शारदा आधारभुत विद्यालयका शिक्षक अभिभावक संघ सल्लाहकार अध्यक्ष समेत रहनु भएका खवासको घरमा राती १० बजे बाट आगो लाग्न सुरु गरेको हो ।

३८ बर्षको तिलबिक्रम उहाँको श्रीमती र दुई छोरी गरि जम्मा चार जनाको परिवार अहिले छिमेकीको आश्रय मा रहेको शिक्षक सागर लाप्चाले बताउनु भयो ।

रातीको समयमा आगलागी भएकाले घरबाट निकाल्न जोगाउन नसकेको भन्ने जानकारी छ ।

गाउँपालिका अध्यक्ष मणीकुमार स्याङवो उपाध्यक्ष बिस्नुमाया खवास वडा अध्यक्ष मातृका बराल वडासदस्य अमृत खवास उद्धार र राहतमा लाग्नु भएको छ । नेपाल रेडक्रस सोसाइटी हाँसपोखरी उपसाखाले राहत सामाग्री घटना स्थल तर्फ लादैगरेको उपसाखा सचिव गणेश अर्यालले बताउनु भयो ।

आगलागिको कारण नोक्सानीको बिवरण संकलन गर्ने काम भैहिरहेको वडा सदस्य अमृत खवासले बताउनु भयो ।

गर्मी र खडेरीको समयमा आगलागीको जोखिम बढी हुने सम्भावना हुन्छ ।

झापाको बुद्धशान्ति गाउँपालिका द्वारा संचालित भागिरथा बुद्धशान्ति अस्पताल बाट मिति २०८१ चैत्र १५ गते देखि उल्लेखित जनावरहरुको टोकाइबाट लाग्ने रेविज रोग विरुद्धको एन्टि-रेविज खोप सेवा उपलब्ध भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

शुक्रबार भएको आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् ।

सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् ।

सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।

उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् । प्रहरीले शुक्रबारको घटनामा जिम्मेवार मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई भने पक्राउ गरेको छ । यद्यपि उनीहरु ती घटनामा संलग्न नरहेको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको नेपाल प्रेसलाई बताए ।

उनले शुक्रबारको घटनाको मुख्य योजनाकार प्रसाईँ नै भएको विभिन्न प्रमाणमा देखिएको बताएका छन् ।

इलाम फाकफोकथुम गाउँपालिका ३ सल्लेरीकी १९ वर्षीय विमला कट्टेल हराएको १५ दिनमा गाडिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव गाडिएको अवस्थामा आज फेला परेको छ ।

फाकफोकथुम गाउँपालिका दुई धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा महिलाको शव फेला परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शव उत्खनन गर्ने कार्य भइरहेको छ ।

शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ ।

इलामको देउमाई नगरपालिका जितपुर माइत रहेकी सो महिला गएको चैत्र १ गते देखी बेपत्ता रहेको जनाइएको छ । महिला हराएपछि विमलाका ससुरा कृष्णलाल गिरीले प्रहरीमा बुहारी हराएको उजुरी दिएको उल्लेख छ ।

विमलाका श्रीमान् उमेश गिरी बेपत्ता गराउन संलग्न रहेको आशङ्का गरिएको छ । साथै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले झापा बिर्तामोडकी एकजना महिलालाई वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा बिर्तामोड-४ की ५७ वर्षीया आशा परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार परियारले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन देखाउँदै रकम असुल्दै आएकी थिइन् ।

उनलाई कीर्तिपुर-९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले जानकारी दिए ।

रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याउँदै परियार सम्पर्कविहीन भएपछि पीडितहरुले कार्यालयमा जाहेरी दिएका थिए ।

<span;>उनीविरुद्ध दुई लाख रुपैयाँको बिगो रकम माग दाबी गरिएको कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

झापाको बुद्धशान्ति ३ स्थित  बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक उत्सवको स्मरणमा उक्त सहकारी संस्थाको आयोजना, सीतारमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति १ को सहआयोजना र मेची आँखा अस्पताल, विर्तामोड ३ को प्राविधिक सहयोगमा मिति २०८१ चैत्र १४ गते बिहीबार एक दिने बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

बिहीबार सीतारमेश बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त शिविरमा मेची आँखा अस्पतालको प्राविधिक टोलीले ३३९ जनाको आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष एवं सीतारमेश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्प प्रसाद रिजालले जानकारी दिनुभयो ।

शिविरमा आँखा परीक्षण गराएका ९८ जनालाई  चस्मा वितरण गरिएको थियो भने २९७ जनालाई आवश्यक औषधि प्रदान गरिएको थियो।

साथै मोतियाविन्दु देखिएका ६ जनाको निःशुल्क शल्यक्रियाको लागि मेची आँखा अस्पतालमा विरामीहरुलाई पठाइएको जानकारी संस्थाका कार्यकारी प्रमुख चन्द्र अधिकारीले बताउनुभयो।

शिविरमा सहकारी संस्थाका शेयर सदस्य, क्याम्पसका शेयर सदस्य, समाजसेवी, प्राध्यापक, विद्यार्थी, जनप्रतिनिधिहरु, स्थानीय वासिन्दा तथा समाजेवीहरुको उपस्थिति रहेको थियो ।

सामाजिक सरोकारका विषयमा बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि र सीतारमेश बहुमुखी क्याम्पसले समय समयमा अन्य सामाजिक क्रियाकलापमा समेत योगदान गर्नेगरेको पाइन्छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-६ स्थित शान्तिनगर कृषि सहकारीले बुद्धशान्ति गाउँपालिकासँग दुई वर्षको लागि लिजमा लिएर सब्जी मण्डी सोमबारदेखि अनौपचारिक रूपमा संचालनमा ल्याएको छ।

सहकारीका उपाध्यक्ष तथा मण्डी संयोजक प्रदीप देव खतिवडा (सुजन) का अनुसार सोमबारदेखि नै स्थानीय क्षेत्रमा उत्पादन भएका अर्गानिक तरकारीको किनबेच सुरु भएको छ।

शान्तिनगर कृषि सहकारीका अनुसार टमाटर, सिमी, कोपि, भण्टा लगायतका तरकारी अब सहज रूपमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछन्।

सहकारीका पदाधिकारी, सदस्य, स्थानीय किसान तथा व्यापारीहरूको उल्लेखनीय उपस्थितिमा संचालनमा आएको मण्डीमा चारआली लगायत विभिन्न स्थानबाट तरकारी व्यवसायीहरू सहभागी भएका थिए।

मण्डीको औपचारिक उद्घाटन भने चैत्र १६ गते हुने सहकारीले जनाएको छ।

सुर्खेतबाट कालीकोटको नरहरिनाथ-३ डाडामाडु जाँदै गरेको बोलेर जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको गाडी मंगलबार साँझ ५:४० बजे नरहरिनाथ-३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालय कुमालगाउँ पछाडि झन्डै २० मिटर तल खसेको हो । दुर्घटनामा गाडी चालकसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । दुर्घटनामा गाडी क्षति ग्रस्त भएको छ ।