इलाम: चियाको राजधानीका रूपमा चिनिने इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा ‘टि टेस्टीङ’ कार्यक्रम सम्पन्न भएको छ । असार १२ गते इलाम चोक बजारमा आयोजित सो कार्यक्रममा विभिन्न अर्गानिक चिया उत्पादन कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी तथा स्वाद परीक्षण गराएका थिए ।
नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अन्तर्गतको चिया विस्तार योजना, देउमाई नगरपालिका–३, माङलाबारे, पानीटारको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रमको उद्देश्य अर्गानिक चियाको आन्तरिक बजार प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा टि एलाइन्स नेपाल (टिएएन) का सदस्य संस्थाहरुको सहभागिता जनाएका थिए । टिएएनमा इलाम, भोजपुर, पञ्चथर र कास्की लगायतका विभिन्न जिल्लाका १७ वटा प्रतिष्ठित चिया उद्योगहरू छन् ।
तिनीहरूमध्ये प्रमुख संस्थाहरूमा कञ्चनजंघा अर्गानिक ओर्थोडक्स चिया उद्योग, ग्रीन हिल टि इन्डस्ट्रिज, गारास टि उद्योग, र पाथीभरा टि इस्टेट, जसबिरे चिया उद्योग, प्रस्तुति उद्योग प्रालि, सिल्भर माउण्टेन्ड चिया उद्योग लगायत उद्योगहरू रहेका छन् ।
कार्यक्रमको क्रममा अर्गानिक चियाको गुणस्तर, उत्पादन प्रक्रिया, र यसको स्वास्थ्य लाभसम्बन्धी जानकारी प्रदान गरिएको थियो । साथै, उपस्थित उपभोक्ताहरूले विभिन्न चियाको स्वाद परीक्षण गरी अनुभव साटासाट गरेका थिए ।
चिया विस्तार योजना मंगलबारेका निमित्त योजना प्रमुख सुरेश राउतको अध्यक्षता एवम् इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टि एलाइन्स नेपालका सदस्य तथा जस्बिरे चिया उद्योग इलामका गृष्म सुब्बा, इलाम नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष काजी वहादुर श्रेष्ठले चियाका नेपाली चियाको विषयमा आफ्ना मन्तव्य राखेका थिए ।
इलाममा प्रमुख जिल्ला अधिकारी नेपाल ४ दिन अघि मात्र आएकी हुन् । उनले पहिलो पटक इलामको चियासँग जोडिएको कार्यक्रममा सहभागी हुन पाउँदा उनले खुशी समेत व्यक्त गरेका छन् ।टि एलाइन्स नेपालको प्रमुख कार्यालय इलाम नगरपालिका–७ मा रहेको छ भने यसको मार्केटिङ्ग कार्यालय काठमाडौंको बुद्धनगरमा छ । टिएएनले नेपाली चियालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।
यो कार्यक्रमले स्थानीय उत्पादक र उपभोक्ता बीचको सम्बन्ध सुदृढ गर्दै नेपाली अर्गानिक चियाको लोकप्रियता बढाउने विश्वास लिइएको छ।
इलाम बजारमा हरेक आइतबार र विहीबार टि टेस्टिङ हुने
इलाम सदरमुकामस्थित इलाम बजारमा हरेक आइतबार र विहिबार टि टेस्टिङ हुने घोषणा भएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेश श्रेष्ठले टि टेस्टिङको लागि घोषणा गरेका हुन् ।
इलाम बजार वडा नं. ७ मै रहेको र ७ नं. वडा अध्यक्षको नाताले सो घोषणा गरेको श्रेष्ठले जानकारी दिए । आइतबार र विहीबार हुने टेस्टिङमा इलाममा रहेका विभिन्न उद्योगका चियाहरुलाई निशुल्क टेस्टिङ गराउन समेत आग्रह गरिएको छ । वडा अध्यक्ष श्रेष्ठले सो कार्यक्रमका लागि नगरपालिकासँग समन्वय र आफूले सहयोग गर्ने बताएका छन् ।
यता चिया उद्योगीहरु गृष्म सुब्बा र प्रस्तुति उद्योग प्रालिका सञ्चालक जीवन न्यौपानेले भने हप्तामा एक दिन विहिबार मात्र टेस्टिङ गर्न सकिने जनाएको छ ।
चिया उद्योगी र चिया उपभोक्ताहरुलाई मध्यनजर गरि हप्तामा एक दिन टेस्टिङ पर्याप्त हुने उनीहरुको भनाई छ । इलामका इच्छुक उद्योगीहरुलाई रोटेसनका रुपमा पालैपालो टि टेस्टिङका लागि सहभागी गराईनेछ ।




(बुधबारेका मा.वि विद्यालय मात्र) को नतिजा सार्वजनिक भएको छ ।
उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल सल्लाहकार सदस्य गंगाराम गड्तौला, टंक काफ्ले विकल्पले शुभकामना मन्तव्य राख्दै संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा क्लबका अन्य सदस्य एवम् पदाधिकारीरुको समेत उपस्थिति रहेको थियो ।
कुल विनियोजनमध्ये १ अर्ब ८ करोड ३ लाख १७ हजार ३२० रुपैयाँ स्थानीय सञ्चित कोषबाट खर्च गरिनेछ भने बाँकी ३२ करोड रुपैयाँ संघीय सरकारअन्तर्गत अन्तरसरकारी वित्तीय व्यवस्थाबाट प्राप्त हुने उल्लेख गरिएको छ।

फालेलुङ–५ नम्बर वडाले भने आफ्ना क्षेत्रभित्रका विपन्न, दलित, गरिब तथा अल्पसंख्यक समुदायका विद्यार्थीलाई लक्षित गर्दै पोशाक सहायता कार्यक्रम सञ्चालन गर्नका लागि छुट्टै बजेट विनियोजन गरेको छ।

आज साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
बुद्धशान्ति गाउँपालिका वन,वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,विभिन्न वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,संघसंस्था प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वृक्षारोपण तथा सरसफाइ गर्दै संयोजक शिवराज पौडेलले हालको समयमा वायु प्रदूषणको चपेटामा रहेको वातावरणलाई स्वच्छ राख्न यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक र प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेल विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ,।
बुद्धशान्ति वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन बुद्धशान्ति गाउँपालिका विपद ब्यवस्थापन समिति सचिव शिव श्रेष्ठले गर्नुभएको थियो ।

मेचीनगर १४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ५१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ ख ४७११ नम्बरको ट्रकले साइडबाट ठक्कर दिएको थियो ।



