झापाको चाआलिमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ।
पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ। ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ।’
झापाको बुद्धशान्ति गाउँपालिकामा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को सहयोगमा ७ बटै वडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएका छन् ।
सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजित समारोहमा दिइएको जानकारी अनुसार बुद्धशान्तिका सबै वडामा चौतारी भवन सञ्चालनमा आएका हुन् ।
सो भवनको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले उद्घाटन गर्दै बुद्धशान्ति गाउँपालिका ज्येष्ठ नागरिक मैत्री पालिकाको बाटोमा अगाडि बढेको बताउनु भयो ।
झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको र सदस्य संख्याका आधारमा देशकै सबैभन्दा ठूलो संस्था सहारा नेपाल साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हालसम्म यस प्रकारका २५ वटा ज्येष्ठ नागरिक चौतारी निर्माण पूरा भएका छन् । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सो कार्यक्रम अन्तरगत चालू वर्ष थप ३ वटा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण गरिने योजना रहेको छ ।
समाजमा ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तन गरेर उनीहरुको सहज जीवन यापनका लागि सजिलो बनाउन यस्ता चौतारी उपयोगी सावित भएको सहारा नेपाल साकोसका संचालक समिति सदस्य भोला धितालले बताउनु भयो ।
उनका अनुसार ती भवन निर्माणका लागि संस्थाले ७ लाख रुपैयाँ र भौतिक सामग्री उपलब्ध गराउने गरेको छ । त्यस्ता भवन बनाउन गाउँपालिका वा नगर पालिकाले १० लाख रुपैयाँ छुट्याउने र जग्गाको व्यवस्था स्थानीयरुपमै गर्नुपर्ने नियम छ ।
पूर्वको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको सहारा नेपाल साकोसले ज्येष्ठ नागरिकहरुको खुशीका लागि यो काम अगाडि बढाएको संस्थाका ज्येष्ठ नागरिक उपसमिति संयोजक रामप्रसाद रोक्काले बताउनु भयो ।
उनका अनुसार संस्थाले यस्ता चौतारी भवनलाई बहुउपयोगी बनाउने र लर्निंङ सेन्टरको रुपमा विकसित गर्ने तथा ज्येष्ठ नागरिकहरुलाई समय कटाउने ठाउँ मात्र नभई आय आर्जनका लागि पनि उपयोग गर्ने तयारी भइरहेको छ ।
संस्थाका कार्यकारी प्रमुख गिरीको भनाइमा यस्ता ज्येष्ठ नागरिक भवनहरुलाई आ–आफ्ना उत्पादनहरुको बिक्री गरेर आम्दानी गर्ने थलोको रुपमा विकसित गर्ने, त्यसका लागि स्थानीय तह र समुदायसँग छलफल भइरहेको छ ।
अहिलेसम्म त्यस्ता चौतारी भवनमा ज्येष्ठ नागरिकहरु समय कटाउन र आराम गर्न आउने गरेका छन् भने इन्टरनेटको माध्यमबाट देश विदेशमा रहेका आफन्तहरुसँग कुराकानी गर्ने गरेका छन् । साथै गाउँघरमा हुने कतिपय कार्यक्रम ती भवनमा हुने गरेको जनाइएको छ ।
इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । बिगतका दिनमा मन्दिरमा संकलित रकमको हिनामिना तथा अपचलन भएको भनी विबाद बढेका कारण आगामी दिनमा थप शुरक्षा र पारदर्शिताका लागि मन्दिरमा १८ वटा सिसिटिभि क्यामेरा जडान गरिएको हो ।
मन्दिर आउने दैनिक भक्तजनको संख्या गणना गर्न मन्दिरको प्रवेशद्वारमा एउटा र बाँकी १७ वटा क्यामेरा मन्दिर परिसरको विभिन्न जडान गरीएको छ ।
रोङ गाउँपालिका रपाथीभरा संरक्षण तथा ब्यवस्थापन बिकास समितिले मन्दिरमा क्यामेरा जडान गरेको पाथिभरा संरक्षण तथा ब्यबस्थापन समितिका सचिब एघा अर्यालले जानकारी दिनु भयो ।
आर्थिक पारदर्शीता, धार्मिक भक्तजन र धार्मिक पर्यटकलाई मन्दिरको दर्शन गर्न सहज बनाउन र सुरक्षाका लागि सिसिटिभि जडान गरिएको सचिव अर्यालले जानकारी दिनु भयो ।
गाउँपालिकाले मन्दिरलाई आफनो स्वामित्वमा ल्याएपछि मासिक १२ देखि २० लाख सम्म आम्दानी गर्दै आएको छ ।
मन्दिरराई हाल थप ब्यवस्थित गर्ने काम समेत भैरहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । मन्दिर परिसरमा अहिले उद्योगी नवीन गटानीको तीन लनख ५० हजार सहयोमा टायल्स लगाउने कार्य भईरहेको छ। तेस्तै बाटो निर्माण गर्ने,विसौनि टहरा निर्माण गर्ने काम द्रुत गतिमा भईरहेको अध्यक्ष स्याङबोले जानकारी दिनु भयो।
यस अघि प्रदेश सरकारको चालीस लाख,रोङ गाउँपालिकाको बीस लाख र उपभोक्ताको छ लाख १२ हजार पाँचसय रुपियाँ लागतमा मालापोते तथा पुजा सामाग्री बेच्बिखन गर्ने टहरा निर्माण कार्य सम्पन्न भईसकेको छ ।
मन्दिरमा नेपालबाट मात्र नभई भारतको दार्जिलिङ ,सिक्किम ,गान्टोक बंगाल लगायत ठाउँबाट दर्शन गर्न भक्तजन आउने गरेका छन। मन्दिरमा सोचेको तथा चिताएको पुराहुने जनविश्वास रहेकाले मंगलबार र शनिबार बिशेष पुजाआजा गर्ने भक्तजनले घुईचो हुने गरेको मन्दिरका मुख्य पुजारी यदुनाथ घिमिरे बताउनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ को आयोजना र महिला बालबालिका तथा समाजकल्याण उपशाखा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ५ को वडा कार्यलयमा १० गते वाट सन्चालन भएको ४ दिने साबुन बनाउने तालिम सोमबार सम्पन्न भएको छ ,।वडा नं ५ का वडा सदस्य राम लखन चौधरिको अध्यक्षतामा भएको समापन कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रतिनिधि मिना विष्ठ, वडा नं ५ वडा सदस्य नर कुमाल,सदस्य विन्दा गदाल,रिता चौधरि, कार्यलयका प्राबिधिक,स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा नं ५ का वडा सदस्य रिता चौधरीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।कार्यक्रममा तालिमका प्रशिक्षक रूद्र भट्टराईले ४ दिनको तालिममा सिकेका सिपलाई व्यबहारमा प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडा सदस्य विन्दा गदालले महिला हरूको जिवनस्तर सुधारनका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडा र पालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।गदालले भन्नुभयो,तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउदै यस अघि पनी वडाले महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै यश अघिपनि वडाले लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो ।कार्यक्रमम बुद्धशान्ति गाउँपालिका महिला बालबालिका तथा जनकल्याण उपसाखा प्रमुख मिना विष्ठले बुद्धशान्ति गाउँपालिकाको वडा नं ५ भौगोलिक अवस्थाले महिला दिदिबहिनि हरूलाई यी र यस्ता तालिमहरूमा समावेश गराउन यातायातमा खर्च जस्ता अन्य कुरामा समस्या भएकाले वडा नं ५ को २ स्थानबाट यो तालिम सन्चालन गरेको बताउनु भयो ।३२ जना सहभागी भएको तालिममा सहभागी हरूलाई प्रशिक्षक रूद्र भट्टराई,र साहयक प्रशिक्षक सितादेवी,वानियाले प्रशिक्षण दिनुभएको थियो ।समापनमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
झापाको बिर्तामोडमा एक लुटेरा समूहले वृद्धा महिलालाई नक्कली सुन दिएर सक्कली सुन लिएर टाप कसेका छ।
आइतबार अपराह्न बिर्तामोड ५ स्थित हनुमान सेन्टर नजिकै ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औँठी लिएर तीनचार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार ३४ जनाको सङ्ख्यामा रहेका समुहले नक्कली सुन देखाएर लालचमा पारी वृद्ध महिलाले लगाएको सक्कली सुन लिएर फरार भएका हुन् ।
सुन लिएर फरार भएपछि वृद्धा महिलाले आफू ठगिएको थाहा पाएर इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएसँगै घटनामा संलग्नहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गर्ने समूहले बिस्कुट जस्तो आकारको पहेलो ढिक्का देखाएर महिलाले लगाएका गरगहनाहरू लिएर भागेको बताइएको छ ।
गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार बेलुका उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३.०१ ख/२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।
उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।
गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । उक्त घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी छन् । उनले आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो ।
अब सोमबार उक्त महोत्सवमा प्रस्तुति दिने जानकारी उनले दिएकी छन् । उनले समयमै आफू उपस्थित हुन नसकेकोमा दर्शक र आयोजकप्रति क्षमा समेत मागेकी छन् । मेला महोत्सवको यो समयमा रचना सबैभन्दा बढी ब्यस्त गायिकामध्ये पर्छिन् ।
झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्न रहेको आरोपमा बिर्तामोड ८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले आज पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको छ । बिवाह गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६ महानन्द चोक पश्चिममा मगरको हत्या गरेका प्रहरीको दावी छ ।
आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ती हुन् । छोरा बुहारीसँग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि हिमचिम रहेको दावी गरिएको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले निज प्रसाईलाई ७ सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिरहेका बताए ।मादकपदार्थ सेवन गर्दै हिड्ने मगरले घटनास्थलमा आफुलाई झापड हानेपछी ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकार गरेको प्रहरीले पत्रकार सम्मेलनमा दावी गरेको छ ।
झापाको बुद्धशान्ति -१ मा भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि टोन ८ ले उचालेको छ ।
शनिबार सम्पन्न भएको फाईनल खेलमा टोल नं ८ र टोल नं ४ विच प्रतियोगिता भएको थियो । खेलको निर्धारित समयमा दुबै टिमको १/१ गोलले खेल बराबरी भएकाले ट्राईबेकरको आधारमा ४/५ गोल अन्तरले -४-नं टोल लाई हराउदै टोल नं ८ ले उपाधि रक्षा गरेको हो ।
उपाधि सँगै टोल नं ८ ले नगद १५ हजार रूपयाँ, ट्रफी र मेडल पाएको छ भने उपविजेता हुने टोल नं ४ ले नगद १० रूपयाँ ट्रफी र मेडलमा चित्त बुझायो । शनिवार सम्पन्न फाईनल खेलको म्यान अफ दि म्याच टो नं ८ का भबेस लिम्बु भएका थिए ।
श्री त्रिभुवन माविको खेल मैदानमा फाईनल खेल सुरू भन्दा अगाडि स्थानिय एभरेष्ट साबुन उद्योग र वडा नं १ खेलकुद समिति बिच सो म्याच समेत प्रस्तुत गरिएको थियो ।
विजेता तथा उपविजेतालाई कार्यक्रममका प्रमुख अतिथि वडा नं का वडा अध्यक्ष अनिल वाग्ले, झापा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष मनेस दाहाल,लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । माघ ११ गते बाटसुरू भएको खेलमा खेल अवधिभर खेलाडि हरूलाई प्रतेक खेलका गोल कर्तालाई १ गोल बराबर बुधबारे बर्खा स्मृति प्रतिष्ठान बधबारेका अध्यक्ष मदन प्रसाईं ले २ वटा रेडबुल प्रदान गर्नुहुदै आएको बताईएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक एवम् वडा खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राईले जानकारि दिनु भयो ।
।वडा खेलकुद बिकास समिति बुद्धशान्ति १ को आयोजना तथा एभरेष्ट साबुन उद्योग सह प्रायोजकको रूपमा रहेर श्री त्रिभुवन माविको खेल मैदानमा माघ ११ गते बिहिवार बाट सन्चालन भएको प्रतियोगिताम जम्मा ९ वटा टिमको सहभागीता रहेको वडा नं १ खेलकुद विकास समितिका सहसचिब मनोज थेगिम लिम्बूले जानकारि दिनु भयो ।
फाईनल खेलको उत्घाटन बुद्धशान्ति वडा खेलकुद विकास समितिका संयोजक बालकुमार,राइको अध्यक्षता बुद्धशान्ति गाउँपालिकावडा नं १ वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता साथै बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा देवि खतिवडा, वडा सदस्य सुमित्रा रसाईलि, सदस्य मोहन कुमार राई, त्रिभुवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना, समाज सेवि चन्द्र कोईराला सम्पुर्ण टोलका प्रतिनिधी स्थानिय समाज सेवि सुरक्षा कर्मी लगायतको बाक्लो उपस्थिति भएको थियो ।
खेल व्यवस्थापन समितिका सचिव गजुहाङ योङहाङले सन्चालन गर्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै, प्रमुख अतिथि अनिल वाग्लेलेखेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन र पछिल्लो समय सानै उमेरका युवा युवती हरू लागू अौषध जस्ता विभिन्न कुराहरूमा लागेर विग्रदै गरेको अवस्थामा खेल पट्टि समय र रुचि राख्न सके बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु गर्दै जाने वाग्लेले बताउनु भयो ।
बुधबारे जेसीजले आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि एकै दिन दुईवटा तालिम संचालन गरेको छ । बुधबारे जेसिजमा आवद्ध नयाँ सदस्यहरुलाई जेसीज अभियानबारे बुझाउन Pre-Induction तालिम साथै पदाधिकारी तथा सदस्यहरुको भाषण कलाको विकासका लागि Effective Public Speaking तालिम संचालन गरेको छ ।
२५ जना सहभागी रहेको सो तालिममा बुधबारे जेसीज वर्ष २०२४ का बोडका पदाधिकारी, पूर्व अध्यक्षहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण गछिया जेसीज वर्ष २०२३ का अध्यक्ष (NLP Trainer, Life Coach) जेसी प्रदिप विष्टले सहजीकरण गर्नु भएको थियो । बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोकस पोइन्ट कन्सल्टेन्सी बुधबारेका संचालक विशु भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने बुधबारे जेसीजका पूर्व अध्यक्षहरु जेसी नन्द कुमार याफू राई र सिनेटर मुकेश भट्टराईको विषेश अतिथ्यता रहेको थियो । बुधबारे जेसीज २०२४ का महासचिव जेसी गजुहाङ योङहाङ तथा उपाध्यक्ष जेसी सुरज दंगालले संचालन गर्नुभएको कार्यक्रमा कार्यक्रम संयोजक जेसी अनिल घिमिरेले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।कार्यक्रमा जेसीज आस्था पाठ कार्यकारी उपाध्यक्ष जेसी कुशल अधिकारीले गर्नुभएको थियो भने पूर्व अध्यक्षको तर्फबाट जेसी नन्द कुमार याफू राई तथा प्रमुख अतिथीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।बुधबारे जेसीजले वर्ष २०२४ मा जेसीज सदस्य तथा स्थानीय युवाहरुको क्षमता अभिवृद्धि गर्दै स्वदेशमा नै व्यवसाय संचालन गरिरहेका युवाहरुलाई प्रोत्साहन तथा व्यवसाय प्रर्वधनको कार्य अघि सार्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)ले कार्यक्रमको समापन गर्नुभएको थियो ।