April 20, 2025

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो।

तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो। परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए। यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ।

सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ। गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो।
राजधानी काठमाडौंबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको हो।

पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्वोधन थालेको ५ मिनेटमात्र भएको थियो । उनी देशैभरि कलकारखाना बन्द भइरहेको, सटरहरु बन्द भइरहेको, व्यवसायी पीडामा रहेको बताइरहेका थिए

त्यही बेला दर्शन दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समाते । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरे ।

विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने फूल दिएर उहाँलाई घर पु¥याइदिनुहोला’ रविले भने, ‘सुरक्षाकर्मी साथीहरु मैले यतिञ्जेलसम्म विन्ति गरें, देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएका आधारले तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पु¥याइदिनुस् । यत्ति अधिकार मलाई दिनुहोला ।’<span;>रविले आफूलाई लक्षित गरी हानिएको मकैको खोया मगाए । त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएको बताए ।

अनि पोखरामा भएको सहकारीको समस्याबारे बोले । उनले कुनै पनि अपचलनमा आफू सहभागी नभएको स्पष्टीकरण दिए । किनकी जीबी राई नेतृत्वको मूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको छ । र, राजनीतिमा आउनु अघि रवि एउटा टीभीमा थिए, जसमा जीबी राई र उनको समूहको लगानी थियो ।<span;>शनिबार रविमाथि खोया प्रहार गर्ने व्यक्ति सूर्य दर्शनको बचतकर्ता भएको चर्चा भएपनि प्रहरीले इन्कार गरेकोे छ ।

रविले कास्की प्रहरी प्रमुख एपी मोहन थापालाई फोन गरेको भिडियो समेत सार्वजनिक गरेका छन्, जसमा कास्की प्रहरी प्रमुख थापाले पक्राउ परेका व्यक्तिलाई मिडियाकर्मीसँग भेट्न नदिइएको र उनी सहकारी पीडिट पनि नभएको दाबी गरेका छन् ।

कास्की प्रहरी प्रमुख थापाका अनुसार रास्वपा सभापति रविमाथि मर्कैैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट हुन् ।
रानाभाटलाई हिरासतमा राखेर उनको विषयमा अनुसन्धान भइरहेको छ । ‘घरको अवस्था के हो ? जन्म दर्ता, भोटर्स कार्ड सबैै मगाएका छौं,’ एसपी थापाले भने, ‘उहाँ (रवि लामिछाने)को तर्फबाट छुटिसकेको हो । हाम्रो प्रहरीको अनुसन्धान बाँकी छ, प्रहरीको कर्तव्य बाँकी छ ।’

<span;>राइनास नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार खोया प्रहार गर्ने सन्तोष राजनीतिक आस्था राख्ने व्यक्ति होइनन् । उनले पहिले अटोसमेत चलाउने गरेका थिए ।

२ वर्षअघिदेखि पोखरा बस्न थालेको जानकारी पाएको वडाध्यक्ष कृष्णबहादुरले बताए । जागिर गर्न भनेर भारत हिँडेका उनका बुबा ३५ वर्षदेखि वेपत्ता रहेको, आमा पनि साथमा नरहेको र अहिले श्रीमती तथा बच्चा साथमा नभएको वडाध्यक्ष रानाभाटले बताए ।
उनले सूर्यदर्शन सहकारीमा रकम जम्मा गरेको हुनसक्ने भएपनि एकिन जानकारी नभएको उनले बताए ।

सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्नेै आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो ।

दाइँको तयारीका लागि पाँच÷सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले बताए ।

पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताए ।

युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०:५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।

 

यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ। पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ।

गतवर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए।

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो। बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित गणेश माध्यमिक बिद्यालयले ३४ औं वार्षिक उत्सव एवम,अभिभावक दिवस समारोह विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
पौष २ गते सोमबार देखि सन्चालन  भएको वार्षिक उत्सवमा कार्यक्रममा विभिन्न सदनात्मक खेलकुद हाजिरी जबाफ वक्तिवकला निबन्ध लेखन चित्रकला जस्ता विभिन्न कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा पालिका स्तरिय हाजिरी जवाफ  समेत गरिएको थियो हाजिरी जवाफ प्रतियोगितामा ६ वटा बिद्यालय हरू सहभागी भएका थिए जस मध्ये शिशु सुधार आधारभुत बिद्यालय प्रथम गणेश मा.वि.दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो भएको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरबहादुर रायको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बिद्यालयका शिक्षक अभिभावक संघ का अध्यक्ष गोपीकृष्ण दाहाल ले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानी प्रसाद खतिवडाले भन्नू,भयो गाउँपालिकाले  बुद्धशान्ति गाउँपालिका भरिका  विद्यालयहरूमा हाम्री आमा राम्री आमा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धआदर्श माध्यमिक बिद्यालय का प्रधानाध्यापक कृष्णराज भण्डारीले शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
शुक्रबार भएको समापन कार्यक्रम मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम साथै सदनात्मक नृत्य समेत प्रस्तुत गरिएको  थियो ।
कार्यक्रममा वडा नं ४ का  वडा सचिब राजकुमार न्यौपाने गाउँपालिका कार्यपालिका सदस्य भिम धमला वडा सदस्य सन्जित कुमार थेबे ,आइत बहादुर साबा बुद्ध आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी , समाज सेवि मनेस दाहाल ,बुद्धआदर्श माद्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई समाज सेवि गोपि कृष्ण दाहाल लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन मन कुमार राई र रबिन मैनालीले गर्नुभएको थियो भने  कार्यक्रमको समापन कार्यक्रमका सभा अध्यक्ष  शेर बहादुर रायले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा रहेको चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको आफ्नै भवनमा भएको वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारीको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा  बुद्धशान्ति साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र  प्रकास कोईराला, चर्चाबारी खानेपानिका अध्यक्ष  खड्ग कुमार खनाल , शिशु सुधार आधारभुत विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापा, संस्थाका पुर्व अध्यक्षहरू मनोरथ तिवारी, युवराज बास्तोला , खेमराज बास्तोला विचारी धिमाल निवर्तमान अध्यक्ष विष्णुलाल रिजाल, निवर्तमान अध्यक्ष ,सल्लाहकार संयोजक, लेखा संयोजक लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवी प्रसाद अधिकारीले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र कोइराला, आदर्श नमुना सामुदायिक वन उपभोक्ता समितिका सचिव मीना अधिकारी  संस्थाका पुर्व अध्यक्ष मनोरथ तिवारी, युवाराज बास्तोला ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शुक्रबार सम्पन्न भएको साधारण सभामा संस्थाले गरेका विविध कार्यक्रमहरुको बारेमा प्रष्ट पार्दै संथाका अध्यक्ष चन्द्र अधिकारीले प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो भने संस्थाकी सचिव नर्वदा बाँस्कोटाले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई मायाको चिनो द्वारा सम्मान समेत गरिएको थियो ।

अब बन्ने नयाँ नेत्रित्व चयनका लागि निर्वाचन समिती समेत चयन भएको छ । समितिमा चन्द्र प्रकाश कोइलाको संयोजकत्वमा दुई सदस्य सोभा खनाल र पुन्य प्रसाद खतिवडा चयन हुनुभएको छ ।

त्यस्तै लेखा समितिको संयोजकत्वमा विष्णु प्रसाद सापकोटा सदस्यमा भोला न्यौपाने र सिखा घिमिरे चयन हुनुभएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा बिहीबार राति भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर अचानक आफैं ब्याक भई सडकबाट १ सय ५० मिटर तल खस्दा रिब्दीकोट गाउँपालिका–३, बस्ने ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते अवस्थामा अस्पतालमा ल्याइएका ढकाललाई चिकित्सकले जाँच गर्दा मृत घाषणा गरेका हुन् ।

दुर्घटनामा घोराही उपमहानगरपालिका–१२, दाङका ३२ वर्षीय यमराज पुन र रोल्पा त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घाइते दुवैको अवस्था गम्भीर रहेको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

टिपर दुर्घटनामा तीन जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचार गर्न मिसन अस्पताल ल्याइएको थियो । दुर्घटनामा टिपर चालक घोराही उपमहानगरपालिका–१६, दारूका २६ वर्षीय अजय चौधरी सकुशल रहेको प्रहरीले जनाएको छ । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ 

दशरथ रङ्गशालामा हुने आजको दुबै खेल क्रमशः दिउँसो १ बजे र साँझ ५ बजे सुरु हुने छ।

आजको पहिलो खेल लिग चरणकै बहुप्रतिक्षित मानिएको छ। लिग चरणको अन्तिम खेलमा भिड्दै गर्दा पोखरा शीर्ष स्थानमा रहँदै लिग चरणको यात्रा सकाउन चाहन्छ। पोखरा  प्लेअफमा भने पुगिसकेको छ।

शीर्ष स्थानको पोखराले ७ खेलबाट १४ अङ्क जोडेको छ।

यस्तै धनगढीले आजको खेलमा जित निकाल्दै वा बराबरी गर्दै प्लेअफमा पुग्न चाहन्छ। धनगढी पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ र पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न चाहन्छ। पोखरासँग हारेको खण्डमा धनगढीको अरु खेलको नतिजामा निर्भर रहनुपर्नेछ। धनगढी ७ खेलबाट १२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा भिड्न लागेको झापा प्लेअफको यात्रा सहज बनाउने लक्ष्यसहित मैदान उत्रने छ। चौथों स्थानमा रहेको झापा आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। झापाको बराबरी वा हारको नतिजाले उसको प्लेअफ खेल्ने सम्भावना अरु खेलको नतिजामा निर्भर रहनेछ।

तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने कोशिश गर्नेछ।  

इलामको चिया क्षेत्रमा काम गर्ने जनशक्ति अभाव हुँदै जाँदा इलामका कृषकले प्रविधिको प्रयोग बढाएका छन् ।

चियाका बोट काँटछाँट गर्नुपर्ने बेलामा दक्ष जनशक्ति अभाव हुँदा किसानले विकल्पमा मेसिनको प्रयोग बढाएका हुन् । ६० प्रतिशतभन्दा धेरै चिया क्षेत्र रहेको इलाम नगरपालिका १, साँखेजुङमा वडा कार्यालयले सहकारीमार्फत किसानलाई अनुदानमा चिया काट्ने मेसिन उपलब्ध गराएको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि मेसिन उपलब्ध गराएको छ भने कतिपय कृषकले आफ्नै लगानीमा पनि खरिद गरेका छन् । मेसिनले काम गर्न छिटो हुने भएकाले पनि प्रयोग बढेको किसानको अनुभव छ ।

धेरै उत्पादन गर्न र बगानको आकार मिलाउन पनि चियाको कटिङ अनिवार्य छ । बोटको उमेरअनुसार विभिन्न ६ चरणमा चियाको काँटछाँट हुने गरको छ । चैतदेखि कात्तिकसम्म चिया टिपाइ हुन्छ । मंसिरयता काँटछाँटको समय हो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको  बुद्वआदर्श माध्यमिक विद्यालयमा आज एक कार्यक्रमको अायोजना गरि हाम्री अामा राम्री अामा ,हाम्रा नानिबाबु राम्रा नानिबाबु बनाउनमा भुमिका विषयक एक दिवसीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार विद्यालयको सभाहलमा भएको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राईको अध्यक्षता बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता रहेको थियो ।

२०० भन्दा वढिको अभिभावक आमाहरूको उपस्थितिमा भएको अन्तरकृयामा श्री आदर्श माद्यमिक विद्यालयका शिक्षक हरिभक्त दाहालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै  कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ,।

कार्यक्रमको सहजिकरण गर्दै शिक्षक हरिभक्त दाहाले भन्नू भयो शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउदै कार्यक्रमको शहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानि प्रसाद खतिवडाले भन्नू,भयो हाम्री अामा राम्री अामा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।

बुद्धशान्ति १ स्थित  बुद्वआदर्श माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा बुद्धआदर्श माध्यमिक बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार संयोजक चन्द्र  प्रकाश कोईराला ,बुद्धशान्ति गाउँपालिका वडा नं १ कार्यपालिका सदस्य  तुलसा रेग्मी खतिवडा , वडा सदस्य सुमित्रा रसाईलि  विद्यालय  ब्यवस्थापन समितिका सदस्य शोभा पौडेल लक्ष्मी प्रसाद कँडेल गंगा सुवेदी विशेष आतिथ्यता रहेको थियो ।


विद्यालयका सम्पुर्ण शिक्षक अभिभावक विद्यार्थी लगायतको उपस्थिति भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई  विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले स्वागत गर्नुभएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार संयोजक चन्द्र प्रकास कोईरालाकार्यपालिका सदस्य तुलसा रेग्मी खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको  सन्चालन विद्यालयका शिक्षक  ज्ञानबहादुर धिमालले गर्नुभएको थियो l