April 20, 2025

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित
जनकल्याण बहुउद्देशीय सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र प्रकाश कोइरालाको अध्यक्षतामा रहेको थियो ।  कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, ग्रामिण सहकारी अध्यक्ष नेत्र रिजाल,साना शहरि खानेपानी सचिव पुर्ण कुमार संजेल,उद्योग, बाणिज्य संघका अध्यक्ष  चन्द्र प्रकाश उप्रेति,स्थानिय समाज सेवी संस्थाका सम्पुर्ण कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी,स्थानिय समाजसेवी,सञ्चारकर्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाले विभिन्न बिदामा कर्मचारी साथै संस्थाका सदस्यहरूलाई सम्मान समेत गरेको थियो ।  सम्मानित हुने अरूमा असल बचत कर्तामा डिल्लीप्रसाद नेपाल, असल बाल बचतकर्तामा मार्यन पौडेल, असल ऋणीमा रत्नमणि अधिकारी, असल कर्मचारी र पूर्व कर्मचारीतर्फ रजिना धिमाल र प्रमिला दाहाललाई फुलमाला अविर साथै दोसल्लाह अोढाएर सम्मान पत्र सम्मान गरिएको थियो ।

त्यस्तै जेष्ठ सेयर सदस्य सम्मान तर्फ तुलसीप्रसाद खतिवडा र पद्मा देवी बजगाईंलाई सम्मान गरिएको थियो

शनिबार सम्पन्न भएको साधारण सभामा कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीतर्फ प्रशान्त भट्टराईलाई  पनि सम्मान गरिएको थियो ।

संस्थाका सहसचिव मेनुका खड्का तिवारीले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठक,सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकी सचिव मनिषा चम्लागाई दाहालले सञ्चालन गर्नुभएको साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

सभालेसापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अध्यक्ष: मेनुका तिवारी
उपाध्यक्ष: मेघराज आचार्य
सचिव: विनोद न्यौपाने
सह- सचिव: जानुका घमला गौतम
कोषाध्यक्ष: उषा अधिकारी निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै धरनि पोख्रेलको संयोजकमा तीन सदस्य  समिती समेत चयन गरेको छ , सदस्यमा मनिषा चौलागाँइ ,सदस्य इस्वरी खतिवडा रहने गरि लेखा समिति समेत चयन गरेको हो ।

झापा अर्जुनधाराका दुई युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । ठुलो परिमाणको ब्राउन सुगरसहित मेचीनगर १३ चारआली चोकस्थित पूर्वपश्चिम राजमार्गबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा ११ का २९ वर्षीय मनिष मोक्तान र उनले चलाएको मोटरसाइकल पछाडि बसेका सोही स्थानका ३७ वर्षीय ऋगबहादुर दर्जी छन् ।

शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट १ सय ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराति अन्दाजी १०ः४५ बजेको समयमा पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५ प ३६४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ईलामको – सूर्योदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने भएको छ । नगरपालिकाको आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेको छ ।जस अनुसार माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएको हो । नगरपालिकाले लम्पिस्किन रोग नियन्त्रण गर्न खोप अभियानलाइ सघन रूपमा सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरिने छ । त्यस्तै किसानलाई स्वस्थ रूपमा पशुपालनको तालिम समेत गराइनेछ । लम्पिस्किन रोगबाट पशुधन क्षति भएका लाभग्राहि सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।समितिले लम्पिस्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्ने छ ।

नगरपालिकाले लम्पिस्किन रोगबाट भएको छतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ रकम विनियोजन गरेको छ । नगरपालिकामा लम्पिस्किन रोगबाट सात सय ४४ गाईबस्तुको क्षति भएको छ ।त्यस्तै नगरपालिकाले पशु र बालि बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न नगर प्रवक्ता ख्याम भुजेलले बताए । बिमा प्रोत्साहनको लागि दश लाख रूपैया विनियोजन भएको छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

इलामको राेङ गाउपालिका वडा न ६ काे सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेकाे जुनियर रेडक्रस सर्कलकाे आयाेजना र नेपाल रेडक्रस साेसाईटि हाँसपाेखरी उपशाखाकाे समन्वयमा भएकाे रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन,।हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वालसहभागिता कार्यक्रम गर्ने गरेकाे बिद्यालयमा अाज भएकाे रक्तदान कार्यक्रममा गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाे,वडा न ६ का अध्यक्ष सत्यम राई चाैरासे,प्रधानाध्यापक गाेबिन्द पाैडेल,बिब्यास अध्यक्ष प्रेम साङपाङ लगायतले पनि रगतदान गरेका थिए ।

जुरेस सभापति बिन्या प्रधानकाे अध्यक्षतामा भएकाे कार्यक्रम गाउपालिका अध्यक्ष मनिकुमार स्याङवाेले मैनबत्ती वालेर उद्घाटन गर्नु भएकाे थियाे ।गाउपालिका अध्यक्ष स्याङ्वाे,वडाध्यक्ष चाैरासे हासपाेखरी उपशाखा अध्यक्ष नेत्र पाेखरेलले शुभकामना दिनुभएकाे कार्यक्रममा गाउपालिका स्वास्थ्य  शाखाले पठाएकाे शुभकामना सहित सहयाेगि सघसस्था,दाता सचारमाध्याम,रगत दाता सबैमा बिद्यालयका प्रअले स्वागत र धन्यवाद दिनु भएकाे थियाे ।

“म रगत दान गर्छु” भनेर स्बेचि्छक घाेषणा  र हस्ताक्षर गर्दै सहभागिता हुने गाउमा पहिलाे पटक रक्तदानहुदा बिसभन्दा बढि नहुने  आकलन भएपनि ५० जनाले रगत दान गर्दा अपेक्षाकृत सफल भएकाे कार्यक्रमकाे सचालन बिद्यार्थी सजाेग राईले गरेका थिए ।

झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ।
हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ। मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले बताएको छ।

झापाको बुद्धशान्ति गाउँपालिकाको तेह्रौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा गाउँसभा बसेको हो ।

गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम १३ औं गाउँ अधिवेशन सञ्चालन गरिएको जनाइएको छ

सभामा प्रमुख प्रसाशकीय अधिकृत बिनोद पोखरेले सचिवको भूमिका निर्वाह गरेका थिए । गाउँ सभामा उपाध्यक्ष भवानी खतिवडा, वडा नं १ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले सभामा समसामयिक बिषयमा गाउँसभाका सदस्यहरूले उठाएका विषयहरुमाथी सहजीकरण गरेका थिए ।

सभामा वडा नं ३ का वडा सदस्य तिलनाराण रिजाल, वडा नं ६ की वडा सदस्य प्रमिला परियार, वडा नं १ का वडा सदस्य लक्ष्मी प्रसाद कँडेल लगायतले आफ्नो जिज्ञाशा राखेका थिए । जसको सहजीकरण सभाध्यक्ष प्रसाईं, उपाध्यक्ष खतिवडा, वडाध्यक्ष वाग्ले तथा अधिकृत पोखरेलले पालैपालो सहजीकरण गरेका थिए ।

सभामा सातै वटा वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सभामा संशोधन तथा अनुमोदनका लागि पेश भएका वजेटलाई समेत पारित गरिएको थियो ।

कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा भारी वर्षाले बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय गभर्नरको कार्यालयकाअनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जनाको निधन भएको हो ।

प्रान्तीय अधिकारीहरुले पीडितहरुको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएको जानकारी दिएका छन् । गत हप्ता दक्षिण किभुको म्वेन्गा क्षेत्रको कालिङ्गी गाउँमा भीषण वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

मे २०२३ मा दक्षिण किभुको कालेहे क्षेत्रमा भारी वर्षाको कारण बाढी प्रभावित क्षेत्रहरूमा कम्तिमा ४३८ शव फेला परेका थिए । स्थानीय अधिकारीहरूले ५ भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन् । सेप्टेम्बरदेखि मेसम्म चल्ने वर्षाको मौसममा कंगोमा बाढी र पहिरोहरूका घटनाहरु अत्याधिक हुने गर्दछन् ।

बारा प्रहरीले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपाल ल्याइएको १५ लाख रुपैयाँ बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बारागढी गाउँपालिका-३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो । बुधबार राति ८ बजे प्रहरीले चौधरीको घरमा छापा मार्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा चौधरीको घरमा छापा मारेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख काफ्लेका अनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भइरहेको छ ।

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गर्दा बस क्रेनसँग ठोक्किएर सडकबाट तल खसेको थियो। बसमा ३० जना यात्रु सवार थिए। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु भएकाहरूको पहिचाका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको छ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन्। यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन्।

घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को विजेताले ७० लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने भएको छ । जुन अघिल्लो संस्करणभन्दा दोब्बरले बढी हो । साविक विजेता काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले दोस्रो क्वालिफायर अघि जारी गर्दै प्रतियोगिताको पुरस्कार राशी घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले २० लाख रुपैयाँ पाउँने छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश गरिसकेको छ भने पोखरा थन्डर्स र ललितपुर सिटी एफसी फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छन् । काठमाडौं रेजर्स इलिमिनेटरमा मंगलबार ललितपुरविरुद्ध हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।