April 16, 2025

काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको यात्रुवाहक विमान कोस्ट गार्डको विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको ठानिएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किएका छन् भने त्यसमा सवार अरू पाँच जनाको अवस्था अझै थाहा हुन सकेको छैन।

विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ। दुई घण्टा हुँदा पनि जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागिरहेको छ।

घटनापछि उक्त विमानस्थल बन्द

जापानमा भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ। सोमवार आएको ७.६ रेक्टर स्केलको भूकम्पमा परी हालसम्म भूकम्पको केन्द्र मानिएको इशिवाका क्षेत्रमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।

जपानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पका कारण प्रभावित भएकाहरू समक्ष चाडै सहयोग पुग्ने बताएका छन्।
जापानका भू–वैज्ञानिकहरूका अनुसार सोमवार ७.६ रेक्टर स्केलको भूकम्प लगतै ६० वटा परकम्प गएका थिए। जुन ६.६ रेक्टर स्केलसम्म मापन गरिएको थियो।

सोमवारको भूकम्प पछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। साथै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा जान पनि भनिएको छ।

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने उनले बताए । यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे । बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए ।

बुलेट किराँतीकाे रिहाईकाे माग गर्दै प्रदेश नम्बर १ पुन नामाङ्कन संघर्ष समितिले पाैष १८ र १९ गते मेची राजमार्ग बन्द गर्ने घाेषणा गरेका छन् ।
बन्दकाे पालना नगरे भाैतिक कार्वाही गर्न सकिने यस सम्बन्धि निकट एक नेताले सूर्योदय न्युजका प्रतिनिधिलाई  जानकारी दिएका छन, ।

केही समय अघि किटेनी स्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको विषयमा अनुसन्धानका लागि बुद्धशान्तिका बुलेट किरातीलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विर्तामोड बसपार्कबाट पक्राउ गरेको थियो

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा २६ औं स्थापना दिवस  सोमबार सम्पन्न भएको छ ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  तुलाराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आदर्श नमुना सामुदायिक वन समूह बुद्धशान्ति ३ को पार्कमा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई संस्थाकी उपाध्यक्ष मिरा भुर्तेलले स्वागत गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठले पेश गर्नुभएको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकामा बसोबास गरि यस हातेमालो बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ठ बचत कर्तामा खड्ग वहादुर श्रेष्ठ ,,उत्कृष्ठ ऋणि सदस्यमा लोक बहादुर खड्का, उत्कृष्ठ बाल बचतमा शान्ता देवी पौडेल,बर्ष उत्कृष्ठ कर्मचारीमा यसोदा खतिवडा,संस्थाका सदस्य हरूमा सबै भन्दा न्यून आर्थिक अवस्था भएका सकृय सदस्य भागिरथा मिश्र, साथै एसईई २०७९ को छात्रवृत्तिमा प्रतिष्ठा ढुङ्गानालाई अविर टीका लगाई दोसल्ला ओढाएर सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।



त्यस्तै कार्यक्रममा संस्थाले ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा  प्रमुख अतिथि झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  तुलाराम न्यौपानेले शुभकामना मन्तव्य राख्दै उँहाले भन्नुभयो संस्थाको आर्थिक प्रतिवेदन अद्ययनको आधारमा ढुक्कले बचत गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नू, भयो, बुद्धशान्तिको क्षेत्रमा यस हातेमालो बचत तथा ऋण सहकारी संस्थाको अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका सहकारी तथा संघ संस्था उपशाखा प्रमुख निर्मला आचार्यले भन्नू ,भयो ,हातेमालो बचत तथा ऋण सहकारी विभागलाई सुझाब दिने भ्यागुत्ताको गतिमा उफ्रदै शिखर चढेको सहकारी संस्था साथै उच्च शिक्षा हासिल गरेका युवा सन्चालकको नेतृत्व तथा स्मार्ट कर्मचारी भएको यस हातेमालो बचत तथा ऋण सहकारी संस्थामा ढुक्कले करोबार गर्न सक्ने संस्था भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेति, राम जानकी मन्दिर समितिका अध्यक्ष टंक नाथ काफ्ले,बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख भानु मगर, संस्थाका निवर्तमान अध्यक्ष मिरा भुर्तेल, निवर्तमान अध्यक्ष गोबिन्द पौडेल,विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

सोमबार सम्पन्न हातेमालो बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा २६ औं स्थापना दिवसको कार्यक्रम संचालन संस्थाका सल्लाहकार समिति सदस्य केशव ढुङ्गेलले गर्नुभएको थियो ।

 

अंग्रेजी नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतको तयारी विभिन्न देशले विभिन्न प्रकारले गरिरहेका छन् । सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ ।

न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो ।

अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो । त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए ।

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो ।

३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो । 

आउँदो वर्ष २०८१ सालको दशैं छिटो हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आउँदो दशैं डेढ हप्ता छिटो हुने भएको हो ।

यो वर्षको दशैं कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ । पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय भने सार्वजनिक भएको छैन ।

विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ । १२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रबार औंशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

१७ गते गोवद्र्धन र म्हःपूजा, १८ गते आइतबार भाइटीकाको साइत तय भएको छ । २०८१ सालमा आउँदो वर्ष चन्द्र र सूर्य ग्रहण नरहेको विकास समितिका कार्यकारी निर्देशक एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले तिथि, मितिसहितको पात्रो तयारी गरेपछि बिदाको सिफारिस गर्न उक्त पात्रो गृह मन्त्रालयमा पठाउने छ ।

विकास समितिले आउँदो वर्ष करिब १७ वटा पञ्चाङ्गकारलाई पात्रो छपाइ गर्न स्वीकृति दिने तयारी गरेको छ । पञ्चाङ्ग पात्रो छापिएपछि गृह मन्त्रालयले बिदाको निर्णयसम्म भित्तेपात्रो प्रकाशन हुने छैन । लग्न, साइत, तिथि पर्वलगायतका विषय जानकारी लिनकै लागि पञ्चाङ्ग पात्रो छापिने छ, सरकारले निर्णय गरेपछि मात्र भित्तेपात्रो प्रकाशन गरिने छ ।

पात्रो र भित्तेपात्रो प्रकाशकले विकास समितिको स्वीकृति लिएर मात्रै पात्रो छपाइ गर्न पाउनेछन् । समितिले तोकेको दस्तुर बुझाएपछि पात्रो छपाइ गर्न पाउने व्यवस्था गरेको छ । ‘समितिको निर्णयबेगर कसैले पञ्चाङ्ग पात्रो वा भित्तेपात्रो छापे कडा कारबाही गर्नेछौं,’ कार्यकारी निर्देशक ढुंगेलले भने, ‘गृहले सार्वजनिक बिदाको निर्णय सार्वजनिक गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । आउँदो वर्ष वैशाख १ गते शनिबार परेको छ ।’

वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । दुर्घटनामा चार जना सिकिस्त घाइते भएका छन् ।

दाङको अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान साढे ठ बजे दुर्घटना भएको हो ।

सिकिस्त घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने २५ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । उनकाअनुसार बसमा ४० जना रहेका थिए ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ । बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

आज गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैछ ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज यो पर्व नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

यसवर्ष गुरुङ समुदायले ‘हि ल्हो’ अर्थात बिरालो वर्गको बिदाइ गर्दै गिद्ध वर्ग ‘मि–ल्हो को स्वागत गर्दैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

पुस १५ गतेपछि दिन लामो हुँदै जाने भएकाले यो दिनको महत्व रहेको बताइन्छ । यो पर्वको सम्बन्ध सूर्यको किरणसँग जोडिएको छ । गुरुङको बाहुल्य गण्डकी प्रदेशका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते तमु ल्होसार मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप पछि आउने भएकाले माघमा सोनाम ल्होसार र फागुनमा ग्याल्बो ल्होसार मनाइन्छ ।

तमु ल्होसार पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।