October 22, 2025

बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ ले आफ्ना वडामा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत ‘क्लोज क्याम्प’ कार्यक्रमको सुभारम्भ गरेको छ । मंगलबार उक्त कार्यक्रम बुद्धशान्तिको किनारावस्तीबाट सुभारम्भ गरिएको हो ।

वडाको आर्थिक सहयोग तथा पहिलो चरणमा वडाको नमूना आधारभूत विद्यालयको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागि टोल टोलमा गएर अंग्रेजी, गणित र विज्ञान विषय पढाउन सुरु गरिएको हो ।

 पहिलो चरणमा नौ वटा टोलमा ९ जना दक्ष शिक्षकको व्यबस्था गरिएको वडा अध्यक्ष अनिल वाग्लले बताउनु भयो  । उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि यो कार्यक्रम प्रभावकारी रहने बताएका छन् । उनले उक्त कार्यक्रमलाई भरपुर सदुपयोग गर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका छन् ।
वडाका तीनवटै विद्यालयलाई वडाले वजेट बिनियोजन गरेको छ । क्याम्प दुुई महिना सञ्चालन हुने बताइएको छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नु भएको थियो ।
 उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गर्नु भएको थियो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य लक्ष्मी कडेल, मोहन कुमार राई, शिक्षक अभिभावकसंघका अध्यक्ष लेखनाथ खतिवडा, सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गर्नु भएको थियो ।

बुधबारे जेसीजले वर्ष २०२४ को पहिलो कार्यक्रम १०८ दिप प्रज्वलन गरी सुरुवात गरेको छ ।

स्थानीय बुद्धशान्ति ४ मा रहेको पाल्युल देछेन छोइलिङ्ग गुम्बामा शान्ति दिप प्रज्वलन, धर्म गुरुहरूलाई सम्मान गर्दै कार्यक्रमको सुरुवात गरेको छ । साथै बुधबारे जेसीजको नाममा एक महिनासम्म दिप प्रज्वलन गर्न व्यबस्थापन समेत गरेको छ ।

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका इन्चार्ज आचार्य पूर्णको प्रमूख आतिथ्यता, गुम्बा संरक्षक मिनबहादुर थिङको विशेष आतिथ्यता तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बराल, नन्दकुमार याफू राई, अनिल वाग्ले, निवर्तमान अध्यक्ष अर्जुन ढकाल लगायत बुधबारे जेसीजका पदाधिकारी, गुम्बाका पदाधिकारी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक जेसी तीर्थराज तिम्सिनाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष जेसी अच्युतराज ढकालले जेसीज आस्था पाठ गर्नु भएको थियो । भने

कार्यक्रमको सञ्चालन महासचिव गजुहाङ योङहाङले गर्नु भएको  थिए ।

झापाको बिर्तामोडमा रहेको बेल्स मोडल स्कुलको वार्षिक खेलकुद कार्यक्रममा बेलुन फुलाउने सिलिन्डर बिस्फोट भएको घटनामा सबै विद्यार्थीहरु सकुशल रहेको विद्यालयले जनाएको छ ।

आफ्ना विद्यार्थीहरु सुरक्षित आफ्नो कक्षाकोठामा बसेकाले कुनै अप्रिय घटना हुन नपाएको बेल्स मोडल स्कुलका संस्थापक प्रिन्सिपल तारा प्रसाईंले जानकारी दिनु भयो ।

बेलुन फुलाउने सिलिन्डर बिस्फोट हुँदा घाइते भएका सिलिगुडीस्थित पार्टी डेकोरेसन कम्पनीका भारतीय नागरिक गणेश सहनीलाई उनको परिवारले उपचारका लागि भारतको नर्थ बङ्गाल मेडिकल कलेजमा लगेका छन् ।

स्कुलले आज माघ २ गतेदेखि ४ गतेसम्म आयोजना गर्न लागेको दोस्रो वार्षिक खेलकुद कार्यक्रमको उद्घाटन सत्रमा बेलुन उडाएर खेलकुद कार्यक्रमको उद्घाटन गर्ने तयारी थियो ।

त्यसका लागि भारतको सिलिगुडीस्थित पार्टी डेकोरेसन कम्पनीलाई ठेक्का दिइएको थियो । यसै क्रममा त्यस कम्पनीबाट आएका कर्मचारीले सुरक्षित स्थानमा बसी बेलुन फुलाउने क्रममा एक्कासि सिलिन्डर बिस्फोट हुँदा सहनी घाइते हुन पुगेको बताइएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष याेजना सुभारम्भ गरेकाे छ ।

सामुदायिक बिद्यालयका कमजाेर विद्यार्थीका लागि टाेलटाेलमा क्लोज क्याम्प शुरू गरेकाे हाे । क्लोज क्याम्प वडाका विभिन्न ९ ठाउँमा हुनेछन् ।

वडाकाे नमूना आधारभूत बिद्यालयले क्लोज क्याम्प आजबाट शुरू गरेकाे छ भने बाँकी दुई सामुदायिक बिद्यालयले क्याम्प संचालनको तयारी गरेका छन् । क्लोज क्याम्पका लागि वडाका तीनवटै बिद्यालयलाई वडाले बजेट विनियोजन गरेकाे छ ।

क्याम्प कम्तीमा २ महिना संचालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताउनु भयाे । अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा कमजाेर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर शिकाई उपलब्धि हासिल गर्ने याेजनाका साथ वडाले बजेट विनियाेजन गरेको वडाध्यक्ष वाग्लेले बताउनु भयो ।

उहाँले याेजनाले ९ जनालाई अल्पकालीन राेजगारी सृजना गरिएको पनि जानकारी दिनुभयो ।

सामुदायिक बिद्यलयका धेरै विद्यार्थीका अभिभावक अर्थिक रूपमा कमजोर भएकाे र त्यस्ता विद्यार्थीका लागि जनप्रतिनिधिले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने वडाध्यक्ष वाग्ले बताउनु हुन्छ ।

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए ।
भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ

बुद्धशान्ति ३ स्थित चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज निर्वाचन भईरहेको छ अध्यक्ष पदका लागि ३ जना उम्मेद्वार भिड्दै छन,। नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी देवी प्रसाद अधिकारी, विष्णुलाल रिजाल र खेमराज निरौला रहनु भएको छ ।

श्री शिशु सुधार आधारभुत विद्यालयको प्राङगणका भएको मतदानमा केन्दमा जम्मा मतदाता सङ्ख्या ३७७ छन भने २३०मत खसिसकेको निर्वाचन संयोजक चन्द्र कोइरालाले जानकारि दिनु भयो ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज (सोमबार) रातिबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६६ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ५६ रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

बुद्धशान्ति ३ स्थित चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भोलि हुने निर्वाचनको अध्यक्ष पदका लागि ३ जना उम्मेद्वार भिड्दै छन,।

नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी देवी प्रसाद अधिकारी, विष्णुलाल रिजाल र खेमराज निरौला रहनु भएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा पनि मनकला आचार्य र राजेन्द्र खतिवडा बिच प्रतिस्पर्धा रहेको बुझिएको छ भने सचिवमा रामप्रसाद घिमिरे र पार्वता बजगाईँ, सहसचिवमा दिल बहादुर धिमाल, जानुका दंगाल (जुनु) र कमलबहादुर कार्की बिच त्रिपक्षीय भिडन्त रहेको बुझिएको छ ।

यता कोषाध्यक्ष पदमा भने मनकुमारी नेम्बाङ र गीता देवी सिन्चुउरी बिच प्रतिस्पर्धा रहेको छ भने खुल्ला १ सदस्यका लागि हेमराज राजवंशी, मणीकुमार बाँस्कोटा र यसोदा घताने बिच त्रिपक्षीय भिडन्त रहेको बुझिएको छ ।

त्यस्तै १ जना आरक्षण सदस्य महिला तर्फ मनकुमारी धिमाल र कमला खतिवडाको  प्रतिस्पर्धा रहेको निर्वाचन समितीका संयोजक चन्द्र कोईरालाले जानकारी दिनुभयो ।

इलामको सूर्योदय नगरपालिकाले चालु आर्थिक बर्षको छ महिनामा भएका गतिविधि सार्वजनिक गरेको छ । दिर्घकालिन सोच अन्तर्गत सूर्योदय नगरपालिकाको समृद्धता,प्राङ्गारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता तर्फ नगरलाई उन्मुख गराउन विभिन्न नीति तथा कार्यक्रम तय गरि बजेट बिनियोजन गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभएको छ ।
चालु आ÷ब का लागि नगरसभाले स्वीकृत गरेको एक अर्ब २६ करोड २६ लाख ७९ हजार बजेटमध्ये २४ प्रतिशत खर्च गरिएको प्रवक्ता ख्याम बहादुर भुजेलले जानकारी दिनुभयो । नगरपालिकाको गतिविधि सार्वजनिक गर्न आईतबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा भुजेलले सो जानकारी दिनुभएको हो ।

अब तेश्रो त्रैमासिकमा धेरै बजेट खर्च हुने नगरपालिकाको अनुमान छ । ‘यतिबेला धेरै ठेक्काहरु सम्झौता भएर कार्यान्वयनको चरणमा रहेका छन्, ठुला आयोजनाहरुको डिपिआर देखि सम्झौतासम्म समय लाग्ने भएकाले अब कार्यान्वयनको चरण शुरु भएको छ,धमाधम काम हुन्छ ।’ उहाँले भन्नुभयो ।

नगरपालिकाले २८ बर्षे दिगो योजना निर्माण गरेर अल वेदर रोड निर्माण गरिरहेको राईले बताउनुभयो । ‘प्रत्येक वडामा एउटा हुने गरि १४ वडामा ६६५ किलोमिटर सडक निर्माण गर्न २८ बर्षे दिगो योजना निर्माण गरेका छौँ । त्योमध्ये चार बर्ष बितेको छ, अब २४ बर्ष बाँकी छ ।’ उहाँले भन्नुभयो, ‘प्रत्येक बर्षको लक्ष्य किटान गरिएको छ,प्रगति राम्रो छ ।’

शुरुवात गर्दा तीन सय मिटर मात्र अलवेदर रोड र कालोपत्रे सडक १ दशमलव ३ किलोमिटर मात्र रहेको बताउँदै राईले हाल मेची राजमार्ग भन्दा बाहेक १३ किलोमिटर कालोपत्रे र एक सय दश किलोमिटर अल वेदर रोड निर्माण भैसकेको जानकारी दिनुभएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिकामा धेरै काम सम्पन्न गरेको शाखा प्रमुख योगनिधि भट्टराईले बताउनुभयो । ‘अघिल्लो त्रैमासिकमा २० वटा कार्यक्रम सम्पन्न भएका छन्, विद्यार्थीको गणित तथा विज्ञान प्रयोगशाला,छोरी बुहारीलाई शिक्षा,एक सय दिनको रोजगारी जस्ता कार्यक्रम महत्वपुर्ण छन् ।’ भट्टराईले भन्नुभयो

सामाजिक क्षेत्रमा ज्येष्ठ नागरिक, एकल विधवा महिला, अपांगता भएका ब्यक्तिहरुका लागि स्वास्थ्य बिमा अगाडि बडाएको नगरपालिकाले जनाएको छ । ‘वैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि सामाजिकीकरणको कार्यक्रमको लागी सात सय ५३ वटा स्थानीय तह मध्ये कोशी प्रदेशका १० वटा पालिकालाई नमुना बनाउने संघिय सरकारको कार्यक्रम अन्तर्गत सूर्योदय नगरपालिका एक नम्बरमा रहेको जानकारी गराउँदछु ।’ नगरप्रमुख राईले भन्नुभयो ।

दुधको उत्पादन वृद्धि गर्ने उद्धेश्यले शुरु गरेको सेक्स सिमेनको प्रयोग प्रभावकारी भएको नगरपालिकाले बताएको छ । दुध उत्पादन बडाएर पालिकाभित्रै पाउडर प्लान्ड सञ्चालन गर्ने उद्धेश्यका सााथ नगरपालिकाले किसानको ५० प्रतिशत लगानीमा सेक्स सिमेन वितरण गरिरहेको हो । सेक्स सिमेनबाट ९५ प्रतिशत बाछि नै जन्मिएको तथ्यांक छ । हाल दुई हजारको हाराहारीमा सेक्स सिमेन खरिद गरिएकोमा सातसय भन्दा धेरै प्रयोग भैसकेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । हालसम्म सेक्ससिमेनबाट २ सय ८५ वटा बाछा बाछी जन्मिएका छन् । ती मध्ये ९५ प्रतिशत बाच्छी रहेको राईले बताउनुभयो ।

३९०० पर्ने उक्त सेक्स सिमेन प्रयोग गर्दा त्यसको पचास प्रतिशत किसानले ब्यहोर्नु पर्ने छ । आफुखुसी खरिद गर्न नपाईने नेपाल सरकारको मापदण्डभित्र रहेर लिएको सेक्स सिमेन अमेरिका र क्यानेडाको मात्र प्रयोग गरिएको प्रमुख राईले जानकारी दिनुभयो । अहिले जन्मिएका बाछीहरु ठुलो माउ जस्तो देखिन्छन् । ‘पहिले गाई बाँडिरहेका थियौँ तर, ती गाईले दुईलाख लिटर दुध दिनको पुर्याउन नसकिने भएपछि धेरै दुध उत्पादन गर्न सेक्स सिमेनको शूरुवात गरेका हौँ ।’ उहाँले भन्नुभयो, ‘राज्यको अनुदान खर्च भएका कारण सेक्स सिमेनबाट जन्मिएका बाछी पाँच बर्षसम्म बिक्री गर्न प्रतिबन्ध छ ।’

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व  देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ। ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।