October 21, 2025

झापाको बुद्धशान्ति २ स्थित
Ambition Academy विगत वर्ष  झै यश वर्ष पनि माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको प्रमुख आतिथ्यता तथा इन्द्र राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन छात्रा सोफिया खड्काले गरेकी थिइन् भने छात्रा रियन राईले अतिथिहरुलाई शाब्दिक स्वागत गरेकी थिइन्। कार्यक्रममा सरस्वती पूजाको महत्व दर्साउने विविध कार्यक्रमका साथै विद्यार्थीहरुले विभिन्न विधाका नृत्यहरू प्रस्तुत गरेका थिए।

स्थानीय समाजसेवी गुरु ओली, गंगा गौतम, सेमन्त पोखरेल, मुकेश भट्टराई,पूर्ण गौली, इन्द्र अधिकारी, अभिभावकहरु लगायत शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा आफूले बनाएका विभिन्न परियोजना कार्यको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठर दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरिन्छ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।

झापाको बुद्धशान्ति –२ मा  स्थानीय जयपुर भेट्रान क्लबको आयोजनामा साथै स्थानीय नवज्योती युवा क्लबको सह प्रायोजनको
रूपमा रहेर सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा  सितला टोल र जयपुर टोल बिच भएको थियो सो खेलमा जयपुर टोल लाई ४/० गोल  अन्तरले हराउँदै सितला टोल बिजयी भएको छ ।

श्री जयपुर आदर्श माविको खेल मैदानमा फागुन १ गते बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १५ हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने

उपविजेताले १० हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन ।  प्रतियोगितामा हरेक दिन हरेक बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिनेस्थानीय जयपुर भेट्रान क्लबको अध्यक्ष  सेमन्त पोख्रेलले बताउनु भयो ।आज भएको खेलमा सितला टोलका  श्याम कुमार श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भएका थिए ।


स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको   बताइएको छ ।खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको समितिका सदस्य सुनिल भण्डारीले बताउनु भयो ।
भोलि हुने खेलमा पहिलो खेल झम्के टोल र गलान टोल बिच हुने बताईएको छ , साथै दोस्रो हुने खेलमा सितला टोल र गोपाल डाँडा क टोल बिच हुने छ ।प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागीता रहने वडा नं २ समितिका सचिव धनबहादुर सुयेलले जानकारि दिनु भयो ।

श्री आदर्श माविको खेल मैदानमा फागुन १ गते बाट सन्चालन भएको टोल स्तरिय फुटबल प्रतियोगिताको प्रतक्क्ष प्रसारण ह्याप्पिजयपुर को पेजवाट लाईभ समेत भइरहेको जानकारि पाप्त भएको छ ।

फागुन १ गते वाट सन्चालन भएको प्रतियोगिताको फाईनल खेल फागुन ७ गते हुने  बताईएको छ । फाईनल खेल अघि जनप्रतिनिधि साथै पत्रकार विच सो म्याच समेत रहने छ खेललाई थप रोचन र आक्रर्शक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत रहने बताईएको छ ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगितामा आज  दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा गौरिगन्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिका लाई ६१ रनले पराजित गरेको छ।पहिले ब्याटिङ गरेको गौरिगन्जले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो।१५६ रनको लक्ष्य पछ्याएको हल्दिबारी १८ ओभरमा ९४ रन बनाउदै अलआउट हुन पुग्यो।गौरिगन्जका लागि ५ विकेट लिएका छबिलाल खड्का म्यान अफ दि म्याच घोषित भए।उनलाई समाज सेवि खगेन्द्र मैनालि र आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो  ।त्यसैगरी दोश्रो खेलमा बुद्धशान्ति गाउँपालिका विरुद्ध मेचीनगर नगरपालिका ६० रनले बिजयी भएको छ।पहिले ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २१५ रन बनाएको थियो।२१६ रनको विशाल लक्ष्य पछ्याएको बुद्धशान्ति गाउँपालिका ८ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सफल भयो।

मेचिनगरका निम्ति ३० बलमा ७८ रन बनाएका विराट डागी म्यान अफ दि म्याच घोषित भएका थिए।उनलाई आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो
बुद्धशान्तिका लागि भने बलिङमा पर्शुराम पौडेलले ३ विकेट लिदा ब्याटिङमा आदिहाङ फागोले ४४ रन बनाएका थियो।भोलि हुने पहिलो खेल झापा गाउँपालिका विरुद्ध गौरादह नगरपालिका र दोश्रो खेल भने शिवसताक्षि नगरपालिका विरुद्ध कमल गाउँपालिका बिच रहने बताईएको छ ।झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो ।खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं  बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद उप्रेती विभिन्न संघ संस्थाका प्रतिनिघी सुरक्षाकर्मि विभिन्न पाटिका प्रतिनिधी सन्चारकर्मी लगायतको उपस्थिति रहेको  थियो ।

कार्यक्रमको सन्चालन संस्थाका सचिव मदन मगरले गर्नु भएको थियो।

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
कपिलवस्तुले जनाएको छ  ।
मृतकको विवरण (पहिचान)  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

झापाको बुद्धशान्ति –२ मा  स्थानीय जयपुर भेट्रान क्लबको आयोजनामा साथै स्थानीय नवज्योती युवा क्लबको सह प्रायोजनको रूपमा रहेर सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज  भएको पहिलो खेलमा दुर्गा पांन्चायन टोल र कमला धाम टोल विच भएको थियो, खेलमा कमला धामलाई  ७ /० गोल अन्तरले हराउदै दुर्गा पान्चायन विजयी भएको थियो ।त्यस्तै आजै भएको दोस्रो खेलमा गोपाल डाँडा ख टोल र झम्के चोक टोल बिच भएको थियो सो खेलमा
गोपाल डाँडा लाई २/० गोल अन्तरले हराउदै झम्के चोक विजयी भएको हो ।श्री जयपुर आदर्श माविको खेल मैदानमा मंगलबार बाट सन्चालन
भएको प्रतियोगिताको
बिजेताले १५ हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने

उपविजेताले १० हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन ।   प्रतियोगितामा  हरेक दिन हरेक बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिने
स्थानीय जयपुर भेट्रान क्लबको अध्यक्ष  सेमन्त पोख्रेलले बताउनु भयो ।आज भएको खेलमा  झम्के चोकका नारायण भण्डारी प्लेयर अफ द म्याच भएका थिए ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको   बताइएको छ ।
खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको समितिका सदस्य सुनिल भण्डारीले बताउनु भयो ।

फागुन १ गते वाट सन्चालन भएको प्रतियोगिता  फागुन ७ गते सम्म सन्चालन हुने बताईएको छ ।
भोलि हुने खेलमा जयपुर टोल र सितला टोल बिच हुने बताईएको छ ।
प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागीता रहने वडा नं २ समितिका  सचिव धनबहादुर सुयेलले जानकारि दिनु भयो ।

झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिता आज बाट सुरू भएको  छ । बुधबार प्रतिनिधि सभाका उपसभामुख प्रमुख अतिथी माननीय इन्दीरा राणा मगर बुद्धशान्ति गाउँपालिका अध्यक्ष  मनोज प्रसाईं उपाध्यक्ष भवानि प्रसाद खतिवडाले  सम्युक्त रूपमा पानसमा दिप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

आज भएको खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको फराकिलो अन्तरले हराउँदै कनकाई विजयी भएको हो ।
टस जितेर बलिङ रोजेको बाह्रदशीले २० ओभरमा ६ विकेट लिँदै कनकाईलाई १८१ रन दिएको थियो । कनकाईका लागि आयुष न्यौपानेले २३ बलमा ४५ रन जोडे भने शौरभ बिमलीले २० बल खेल्दै ४४ रन जोडेका थिए ।
बाह्रदशीका रोहन कार्कीले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिए । त्यस्तै, जवाफी ब्याटिङ गरेको बाह्रदशीका इर्साद आलमले २९ बलमा ३४ रन जोडे भने जाहिद आलमले २७ बलमा ३३ रन जोडेका थिए ।
कनकाईका कुशल न्यौपानेले ४ ओभर बलिङ गर्दै १४ रन दिँदै ४ विकेट लिए भने आयुष न्यौपानेले ४ ओभर बलिङ गर्दै १२ रन दिएर १ विकेट लिए । १८२ रनको लक्ष्य पछ्याएको बाह्रदशीले २० ओभर खेल्दै १०९ मात्र जोड्न सक्यो ।खेलको प्लेयर अफ दि म्याच कनकाईका आयुष न्यौपाने भएका थिए ।

उनलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो  । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो । खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई आयोजक बर्खा स्मृति प्रतिष्ठानका सचिब मदन मगरले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी माननीय इन्दीरा राणा मगर बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले औंचित्यमाथि प्रकाश पार्नुभएकोकार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउत क्रीकेट सघं सदस्य सुरेस गुरागाई सम्पुर्ण वडा का वडा अध्यक्ष विभिन्न पाटिका प्रतिनिधी सुरक्षा कर्मि सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन सन्चारकर्मी भुमिका सुब्बाले गर्नु भएको थियो ।


बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भोलि मिति २०८० फागुन २ गते बाट संचालन हुने प्रथम झापा जिल्ला स्तरीय अन्तरपालिका टि- २० क्रीकेट प्रतियोगिता २०८० का निम्ति बुद्धशान्ति गाउँपालिका क्रीकेट टिम आज घोषणा गरिएको छ।

बुद्धशान्तिको पहिलो खेल फागुन ३ गते मेचीनगर नगरपालिका संग रहेको बताईएको छ ।

झापाको बुद्धशान्तिमा भोलि फागुन २ गतेदेखि सुरु हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदनकुमार प्रसाईंका अनुसार प्रतियोगिताको उद्घाटन संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले गर्ने हुने बताईएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाको सामना गर्नेछ ।

बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदान पनि तयारी अवस्थामा रहेको  अध्यक्ष प्रसाईंले जानकारी दिनु भयो

झापाका १५ वटै पालिकाको सहभागिता हुने प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताउनु हुन्छ ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

अध्यक्ष प्रसाईंले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न आफ्नो उद्देश्य रहने बताए । निजी लगानीमा प्रतिष्ठानले क्रिकेटको विकासका लागि पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रसाईंको बताउनु हुन्छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा  रहेको बुधबारे साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७ औं वार्षिक साधारण सभा   सम्पन्न भएको छ  ।सोमबार संस्थाको प्राङ्गणमा  एक कार्यक्रमको आयोजना गरि संस्थाले साधारण सभा सम्पन्न गरेको हो । संघका अध्यक्ष  ध्रुवकुमार ओलीको  अध्यक्षतामा भएको सभामा  बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता,रहेको थियो ।
संस्थाको १७ औ बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले  उत्कृष्ट कर्मचारी जग्गादाता कार्य समिति लगायत विभीन्न शिर्सकमा  उपभोक्ताहरूलाई सम्मान समेत गरिएको थियो संस्थाका उपाध्यक्ष चन्द्र प्रकाश कोइरालाले उपस्थित सम्पुर्ण अतिथि हरूलाई शाब्दिक स्वागत गर्दै कार्यक्रमको अौचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईले  बुद्धशान्ति गाउँपालिकामा सडक निर्माण पुल भवन जस्ता विभीन्न विकास निर्माणका काम हुने क्रममा खानेपानीमा निकै ठुला ठुला समस्याहरू आईरहेको अवस्थामा निरन्तर खानेपानी सन्चालन गर्न अवरात्र खटेर  कुनै पनि समस्या देखिँदा त्यसलाई तत्काल हल गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी खुवाउने सम्पुर्ण टिमलाई नै अध्यक्ष प्रसाईले धन्यबाद दिनु भयो। उहाँले भन्नू भयो आउने दिनहरूमा बुद्धशान्ति गाउँपालिका वाट गर्नु पर्ने सहयोगमा हातेमालो समेत गरेर अगाडी बड्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुवकुमार ओलिले संस्थाको वार्षिक प्रगिति प्रतिबेदन पेश गर्नु भएको थियो भने संस्थाका लेखा संयोजक घनश्याम सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।सभामा बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेती,
राष्टिय प्रजातन्त्र पाटी बुद्धशान्तिका अध्यक्ष गणेश खरेल,
वडा नं ३ का वडा सदस्य नर्वदा चापागाँई सुरङ्गा खानेपानी सरसफाई उपभोक्ता समितीका अध्यक्ष भिम प्रसाद अधिकारी,संस्थाका निवर्तमान अध्यक्ष नेत्र गौतम,
संस्थापक अध्यक्ष ज्ञाननाथ पौडेल,
लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका सचिव पुर्ण प्रसाद संन्जेलले सन्चालन गर्नुभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकामा रहेका विभिन्न  खानेपानि संस्थाका प्रतिनिधि पार्टी प्रतिनिधी,संस्थाका सम्पुर्ण कर्मचारी स्थानिय समाजसेवी हरूको बाक्लो उपस्थितिमा साधारण सभा सम्पन्न भएको कार्यलय ब्यवस्थापक पुस्पराज न्यौपानेले जानकारि दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को आयोजनामा
नागरिकसंग जनप्रतिनिधी कार्यक्रम अन्तरगत निशुल्क कम्प्युटर तालिम लिने प्रशिक्षार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ । बुद्धशान्ति स्थित बुधबारे तल्लो चौकमा संचालनमा रहेको  बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीसंगको सहकार्यमा वडाले गत मंसिर २९ गते देखि तालिम सुरु गरेको थियो । तालिममा सहभागी भएका ४४ जनालाई आज प्रमाणपत्र वितरण गरिएको हो । फोकस पोइन्टका संचालक गोविन्द सुवेदीको अध्यक्षतामा गरिएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडा सदस्य तुलसा खतिवडा रेग्मी, मोहन राई, लक्ष्मी प्रसाद कडेल, भाषा प्रशिक्षक प्रकाश कार्की, सचिन बाँस्कोटा, इकम कलेज बिर्तामोडका विवेक नेपाल, आलोक कार्की लगायतको आतिथ्यमा भएको कार्यक्रममा कम्प्युटर शिक्षक विश्वराज भण्डारीले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको सन्चालन बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का सचिव सन्जय राइले गर्नु भएको थियो  ।