October 23, 2025

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गर्दा बस क्रेनसँग ठोक्किएर सडकबाट तल खसेको थियो। बसमा ३० जना यात्रु सवार थिए। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु भएकाहरूको पहिचाका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको छ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन्। यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन्।

घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को विजेताले ७० लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने भएको छ । जुन अघिल्लो संस्करणभन्दा दोब्बरले बढी हो । साविक विजेता काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले दोस्रो क्वालिफायर अघि जारी गर्दै प्रतियोगिताको पुरस्कार राशी घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले २० लाख रुपैयाँ पाउँने छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश गरिसकेको छ भने पोखरा थन्डर्स र ललितपुर सिटी एफसी फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छन् । काठमाडौं रेजर्स इलिमिनेटरमा मंगलबार ललितपुरविरुद्ध हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।

झापाको बुद्धशान्तिमा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । बुद्धशान्ति गाउपालिका वडा नं ४ चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ४ स्थित टिमाइ सिविरमा नजिकै चासोक तङनाम पर्व बिशेष ७ दिने कार्यक्रम  मंगलबार  भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: युमालाङ, येबालाङ, साम्बालाङ, झाक्रीनाच, पालाम, केलाङ, साकेला, तामाङ सेलो, भलिबल आदि प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।

चासोक तङ्नाम समितिका अध्यक्ष महेश मेन्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शमशेर राइ बिशिस्ट अतिथि प्रदेश सभा सदस्य माननीय मैया श्रेष्ठ,बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय सिरिजङ्घा भासा लिपि संरक्षण समितिका अध्यक्ष लक्ष्मी माबो,चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङ ने. क. पा. माओबादि केन्द्र प्रेम नेम्बाङ
जानपा सङ्घ झापा जिल्ला अध्यक्ष पुर्ण प्रसाद तबेबुङ फेदाङ्गे ने. का. बुद्धशान्ति अध्यक्ष चक्र शेर्मा किरात याक्थुङ  चुम्लुङ बुद्धशान्ति अध्यक्ष फौदराज शेर्मा सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  l
कार्यक्रममा जातीय सांस्कृतिक नृत्य: युमालाङ, येबालाङ, साम्बालाङ, झाक्रीनाच, पालाम, केलाङ, साकेला, तामाङ सेलो,मौलिक नृत्य प्रस्तुत गरेका थिए ।


त्यस्तै कार्यक्रममा चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङ ले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष  शेरवहादुर राय  शिरिजङघाभासा लिपि संरक्षण समितिका अध्यक्ष लक्ष्मी माबो,चासोक तङ्नाम समितिका उपाध्य क्षप्रकाश साम्सोहाङ ने. क. पा. माओबादि केन्द्र प्रेम नेम्बाङ जानपा सङ्घ झापा जिल्ला अध्यक्ष पुर्ण प्रसाद तबेबुङ फेदाङ्गे ने. का. बुद्धशान्ति अध्यक्ष चक्र शेर्मा किरात याक्थुङ  चुम्लुङ बुद्धशान्ति अध्यक्ष फौदराज शेर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा  उपस्थित सम्पुर्ण अतिथिहरूलाई चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन चासोक तङ्नाम समितिका सचिब मोहन माबोले गर्नु भएको थियो ।

पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

याङवरक गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान,  एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको होपाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

याङवरक गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर ।

तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो ।

अर्थात मिसावटयुक्त मात्र होइन, पुरै कृत्रिम रसायनको मिश्रणबाट पनि मह बन्ने गरेका छन् । यस्तोमा शुद्ध मह चिन्न केही कुरामा ध्यान दिनुपर्छ । महको रंग, सुगन्ध र यसको जमावट हेरेर शुद्ध हो की हैन पत्ता लगाउन सकिन्छ ।

रङ र सुगन्धबाट शुद्धता जाँच

महको रंग तथा सुगन्धबाट पनि यसको गुणवत्ता पत्ता लगाउन सकिन्छ । मह जति शुद्ध हुन्छ त्यती नै राम्ररी जम्छ । शुद्ध मह सङ्लो देखिँदैन अलि  मैलो देखिन्छ । घाममा राख्दा पनि त्यसको रंग परिवर्तन हुँदैन । यसको गन्ध अलि अलि अमिलो मिश्रित हुन्छ ।

महको शुद्धता जाँच्ने सरल विधी

सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ  । पानीसँग नुन घुले जसरी नै घुल्छ भने त्यो प्रशोधित हो । यदि मह शुद्ध हो भने केही मह माथी तैरिएर बस्छ ।

शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन । दुई वटा पाउरोटीको बिचमा मह राख्दा त्यो सजिलै टाँसियो भने त्यो शुद्ध मह हो ।

यो सिजनको मह उत्तम

अहिले पाइने मह भनेको सूर्यमुखी र तोरी फुल्ने सिजनको हो । यो सिजनमा पाइने मह नै राम्रो हो । उन्नत तरिकाका मौरीहरूलाई जुनसुकै सिजनमा पनि पाल्न सकिन्छ र त्यसबाट मह निकाल्न सकिन्छ ।

फूलबारीमा मौरी नपालेर आजभोलि फलफूल बढी बिक्री हुने ठाउँमा मौरी पालेर मह निकाल्ने गरेको पनि पाइएको छ । त्यस्तो मह भने स्वास्थ्यकर हुँदैन त्यो कुरामा पनि हामी सचेत हुनु पर्छ ।

अमृतसमान मह

महलाई प्रकृतिको अमृत मानिन्छ । यसमा सूक्ष्म पोषक तत्त्व र  शरीरलाई न्यानो बनाउने गुण हुन्छ । महमा यान्टिबायोटिक गुण हुन्छ, प्रोटिन, ‘फिनोल’ नामको यान्टिबायोटिक हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

महमा भएको सबै घटकहरू प्रोटिन, सूक्ष्म पोषक तत्त्व, यान्टिबायोटिक र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन तत्त्वहरू एकदमै धेरै हुन्छ ।

मह कसरी खान सकिन्छ ? कति मात्रा ? कुन अवस्थामा ?

आजभोलि हटलेमन खाने चलन छ । यो एकदमै अस्वास्थ्यकर बानी हो । महलाई तातो पानीमा मिसाउँदा यसमा भएका गुणहरू नष्ट भएर जान्छ र कहिलेकाहीँ विषाक्त पनि हुन सक्छ ।

महलाई खाने सबैभन्दा उत्तम उपाय भनेको चाटेर खाने हो । मनतातो पानी अलग खाने र महलाई चाटेर खाने यसरी खाँदा मुखमा भएका सूक्ष्म ग्रन्थिहरू पनि सक्रिय हुन्छन्  ।  मह यति नै मात्रामा खाने भनेर त छैन तर, ठुला व्यक्तिले दैनिक टेबल चम्चाको एक चम्चा र बालबालिकाले चिया  चम्चाको एक चम्चा खानु उपयुक्त हुन्छ । पाउरोटी रोटीमा लगाएर खाँदा त धेरै पनि खाइन्छ । मह शुद्ध छ भने रुचि र शरीरको क्षमता अनुसार धेरै खाँदा यसले बेफाइदा गर्ने भने होइन ।

शरीर कमजोर भएको अवस्थामा, खाना अरुचि भएको बेला, आँखाको ज्योति बढाउन, चिसो लागेको बेला, मुटुलाई स्वास्थ्य राख्न, यौन क्षमता बढाउन , रुघा खोकी  लागेको बेला र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मह खान सकिन्छ  ।

यदि मह एकदमै शुद्ध छ भने  यसको सेवनले मधुमेह नै निको पार्छ भनेर समेत आयुर्वेदिक किताबहरूमा लेखिएको छ ।

लिम्बु किरात राईहरूको  मौलिक चाड चासोक तङनाम अर्थात उधौली पर्वका अवसरमा बुद्धशान्ति ४ को टिमाई सिविर परिसरमा परम्परागत रूपमा मनाउदै आएको  संस्कृतिलाई निरन्तरता दिन पौष चार गते बाट सन्चालन भएको  मेला आज पौष १० गते समापन हुदैछ ।

पौष ४ गते  महेश मेन्याङबोको अध्यक्षतामा उत्घाटन गरिएको मेलामा झापा जिल्ला किरात याक्थुङ चुम्लुङ अध्यक्ष  सेसेहाङ  फ्याकलको प्रमुख आतिथ्यतामा  उत्धाटन  गरिएको थियो ।

आज समापन हुने मेलामा दिउँसो १०/३० बाट बिभिन्न च्याब्रुक, चण्डी, डम्फु, संगिनी, बालन, हुर्रा, कौडा र तामाङ सेलो जस्ता सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समितिका सचिव मोहन मावोले  जानकारि दिनु भयो

लिम्बुहरूको जातिहरूको पर्व चासोक तङनाम  २०८० विभिन्न  युमालाङ  येबालाङ केलाङ झाकि  सिल्लि साकेला पर्व लक्क्षित कार्यक्रम विभिन्न खेल तमासा लठ्ठा तान भलिबल  हाडि फुटाउने  समापन १० गते  हुने बताईएको छ ।  
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्दै मनाउने गरिएको समाज सेवि राजेन्द्र राईले बताउनु हुन्छ। किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रायः पुरुषले दौरा सुरुवाल ढाका टोपी र छातीमा सिलाम साक्मा लगाँउछन् भने महिलाले सारी चौबन्दीसहित आकर्षक गरगहना लगाएका भेटिन्छन् । औपचारिक पोसाक नलाएका नागरिकले पनि प्रायः सिलाम साक्मा लगाउने गरेको संस्थाका अध्यक्ष महेश मेन्याङ्वो बताउनु भयो।

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

पूर्णिमामा उभौली चाड मनाइन्<span;>वैशाख<span;>छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

 

माईजोगमाई गाउपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । माईजोगमाई गाउपालिका वडा नं ३ नामसालिङमा रहेको नामसालिङ माध्यमिक बिद्यालयको आयोजनामा गत पौष ६ गतेबाट सुरू भएको प्रतियोगिता पौष ८ गते समापन भएको हो ।

माईजोगमाई भरीका ८ सामुदायिक र १ संथागत गरि जम्मा ९ बिद्यालयहरू सहभागी रहेको प्रतियोतामा ३ स्वर्ण ८ रजत र ५ कास्य पदक सहित अमर कल्याण माबि नयाँबजारले तेस्रो स्थान पाएको छ । , ८ स्वर्ण २ रजत र १ कास्य पदक सहित शिरिसे मावि सोयाङ दोस्रो स्थान हात पारेको छ र १० स्वर्ण ७ रजत र २ कास्य पदक जित्दै नामसालिङ माबि नामसालिङले प्रथम स्थान हात पार्न सफल भएको हो । प्रतियोगितामा भलिभल बिधा र एटलेटिक्स बिधाका खेलहरू संचालन भएको जानकारी रहेको छ ।

कार्यक्रम नामसालिङ माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै माईजोगमाई गाउँलिका वडा नं ३ का वडाध्यक्ष राम घिमिरे, वडा नं ४ का वडाध्यक्ष डुरन देवान तथा कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु , शिक्षा शाखा प्रमुख करुणा नेपाल , सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेल , माईजोगमाई गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानायपकहरु , शिक्षक बिद्यार्थी तथा माईजोगमाई गाउँपालिका भित्रका बिद्यालयहरुका खेलमा सहभागि बिद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
खेलको निर्णायकका रुपमा प्रविन राई र रोहित भट्टराई रहेका थिए ।।
साथै आगमी २०८१ सालको राष्ट्रपति रनिङशिलको कार्यक्रम नेपालज्योति माबि माईजोगमाई ४ मा हुने समेत जानकारी रहेको छ ।

झापाको बुद्धशान्ति २ स्थित पाँच विगे देवी वस्ति सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको १० अौ बार्षिक साधारण सभा सम्पन्न भएको ।

सहकारी संस्थाकी अध्यक्ष चन्द्रकला भट्टराईको अध्यक्षता जिल्ला सहकारी संघ लि. संचालक समिति सदस्य पुष्पा उप्रेतिको प्रमुख आतिथ्यता   त्यस्तै विर्तामोड नगरपालिका प्रमुख डिल्लि प्रसाद दाहाल, बुद्धशान्ति गाउँपालिका सहकारी उपसाखा प्रमुख निर्मला आचार्य, बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्ली ओलीको,वडा सदस्य बिमला विक,सल्लाहकार समिति सदस्य, लगायतको आतिथ्यता रहेको थियो
कार्यक्रममा जेष्ठ सदस्य केशव राज ढुङ्गेल ,उत्कृष्ठ बचत कर्ता हेमन्त मगर साथै उत्कृष्ठ ऋण कर्तामा देवि माया तामाङलाई फुलमाला दोसल्लाह साथै सम्मान पत्र द्वारा सम्मान गरिएको थियो

कार्यक्रममा उपस्थित सम्पुर्ण संस्थाका सेयर सदस्य हरूलाई हातेकाँटा समेत वितरण गरिएको  थियो ।

जयपुरचोक स्थित संस्थाको कार्यलयलको प्राङ्गण मा भएको कार्यक्रममा  उपस्थित संस्थाका सम्पुर्ण शेयर सदस्य तथा अतिथिहरूलाई उपाध्यक्ष प्रेम प्रसाद न्यौपानेले शाब्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको अौचित्यमाथी प्रकाश प्रार्दै संथाकी अध्यक्ष चन्द्रकला भट्टराईले विगतका दिनहरुदेखिनै आफ्ना शेयर सदस्यहरुको विकास, विस्तार र प्रर्वद्धनमा उल्लेख्य भूमिका खेल्दै आएको यस संस्थाले आगामी दिनहरुमा पनि कृषक लक्षित विभिन्न कार्यक्रमहरु ल्याउने बताउनु भयो ।
सहकारीको कार्य क्षेत्र बुद्धशान्ति गाउँपालिका भर रहेकोले आगामी दिनहरुमा बुद्धशान्तिका सम्पूर्ण क्षेत्रका सदस्यहरुलाई एकीकृत गरी संस्था अघि बढ्ने संस्थाको लक्क्ष रहेको बताईएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका जिल्ला सहकारि संस्थाका संचालन समिति सदस्य पुष्पा उप्रेतीले शुभकामना मन्तव्य राख्दै यस सहकारीसंग समन्वय गरी आगामी दिनहरुमा कृषकको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउने तर पछिल्लो समयमा केहि त्यस्ता व्यतिले अनावश्यक रूपमा ल्याएको हल्लाहको पछि नलाग्न साथै आफ्नो समस्या भए सिदै सहकारी संस्थामा गएर बुज्न अनुरोध समेत गर्नुभएको छ ।

यस संस्थाले विगतका दिनहरूमा पनि आफ्ना शेयर सदस्यहरुलाई ५४ थान विद्युतीय टेंकी समूह समय अनुसार झुल वितरण  समूह बनाई कृषकलाई बिऊ बिजनमा औषधी हान्न प्रयोग हुने १५ लिटर क्षमता भएको विद्युतीय टेंकी समेत वितरण गरेको साथै संस्था केही टेंकि हरू अझै बाकी रहेकाले संस्थाका सदस्य हरूले समूह बनाई आएमा रहेको टेंकि पनि कृषक हरूलाइ नै वितरण गर्ने र आगामी दिनहरूमा पनि कृषक लक्षित विभिन्न कार्यक्रमहरू ल्याउने  बताईएको  छ ।

संस्थाका सचिव चुडामणी पाण्डे (रमेश)ले संचालन गरेको कार्यक्रममा अतिथि विर्तामोड नगरपालिका प्रमुख डिल्ला प्रसाद दाहाल बुद्धशान्ति गाउँपालिका सहकारी साखा निर्मला आचार्य वडा नं २ का वडा अध्यक्ष  डिल्ली अोलि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिस्मस डे’ पर्व मनाउँदै छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा सजावट गरेको देख्न सकिन्छ ।
आइतबार साँझ बाटै ललितपुरको धिबिचौरस्थित एक चर्चमा क्रिश्चियन धर्मावलम्बीहरू प्राथना गर्दै गरिरहेका थिए ।

अर्कोतिर ललितपुरकै एक मलमा गरिएको सजावटमा सर्वसाधारणहरू रमाइरहेका थिए ।