April 19, 2025

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित श्री जागृति युवा क्लब बुद्धशान्ति-५ पानी घट्टाको आयोजनामा दोस्रो शान्तिनगर नकआउट फुटबल प्रतियोगिताको हिजो भएको खेलमा विर्तामोड छिमेकि क्लब  र डाइमन्ड FC रोङ बिच भएको खेलमा २-१ गोल अन्तरले हराउदै विर्तामोड छिमेकी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

श्री जागृति युवा क्लब बुद्धशान्ति ५ को आयोजनामा  सन्चालन भएको फुटबल प्रतियोगिताको आज भएको खेलमा विर्तामोड छिमेकी फुटबल क्लब र डाइमन्ड FC रोङ बिच प्रतिस्पर्धा भएको थियो खेल सूरू भएको ४ मिनेटमा डाइमन्ड FC रोङका  विप्लव लामाले १ गोल गरेका थिए भने खेल सुरू भएको २८ अौं मिनेटमा विर्तामोड छिमेकी क्लबका राजेस दाहालले पनि आफ्नो टिमलाइ १ गोल गर्दै पहिलो हाफमा खेललाई बराबरी बनाएका थिए ।

दोस्रो हाफको २५ अौ मिनेटको समयमा विर्तामोड छिमेकी फुटबल क्लबका सेमिहाङ लिम्बुले थप गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने , दोस्रो हाफमा रोङ डाइमन्ड FC ले गोल फर्काउन नसके पछी विर्तामोड छिमेकी फुटबल  क्लबले २/१ गोलको अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

मंसिर १० गते बाट १७ गते सम्म सन्चालन भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् भने भोलि हुने खेलमा जागृति युवा क्लब आयोजक  र ड्रिमसं  F C बिच हुने आर्थिक व्यवस्थापन  समितिका सदस्य प्रध्युन्न भट्टराइले बताउनु भयो ।

मंसिर १७ गते हुने फाइनल प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुने उप विजेतालाई  ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने बताइएको छ त्यस्तै  प्रत्येक खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, खेलमा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईको तर्फबाट खेलको उत्तकृष्ठ गोल प्लेयर लाई प्रति गोल २ वटा रेडबुल वितरण गर्दै आएको बताईएको छ भने खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत  गरिने खेलकुद समितिका सचिब भोजराज खवासले जानकारी दिनु भयो

बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको ८० हजार साथै वडा नं ५ वडा कार्यलय वाट ७० हजार स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको  खेलकेुद  समितिका अार्थिक संयोजक दिलिप कुमार सरदारले बताउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार रुपैयाँ खर्चको अनुमान गरिएको सरदार बताउनु हुन्छ । श्री जागृति युवा क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ  संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई  खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको श्री जागृति युवा क्लबका अध्यक्ष टेक बहादुर गदालले बताउनु भयो ।

ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधरसमूहले गरेको बन्दका कारण मेची राजमार्ग आज बिहानैबाट ठप्प भएको छ ।

‘कोशी’ नामविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मङ्गलबार बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको हो ।

दुई दिनअघि ताप्लेजुङमा नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिना सर्त  रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको छ ।

बन्दका कारण मेची राजमार्गको झापा–इलाम, इलाम– फिदिम र  फिदिम –ताप्लेजुङ सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । बन्द कर्ताको अवरोधका कारण इलामको जिरो किलोमिटर लगायतका क्षेत्रमा यातायातका साधन रोकिएका छन् ।


प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई यही मङ्सिर ११ गते पक्राउ गरेको थियो । आन्दोलन समूहका नेता राम लिङद्मले पक्राउ गरिएका कार्यकर्ता रिहाइ नभएसम्म सडक खुल्न नदिइने बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासदेव खतिवडाले बन्दको खासै प्रभाव नरहेको जानकारी दिनु भयो । उहाँले यात्रुको सुरक्षाका लागि स्कटिङको व्यवस्था गरिएको पनि बताउनुभयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बर्खा स्मृति प्रतिष्ठानले आइतबार एक कार्यक्रमको आयोजना गरि बर्खा स्मृति प्रतिष्ठानको प्रथम स्थापना दिवसको अवसरमा अन्तर माध्यमिक तह वतृत्वकला प्रतियोगिता सम्पन्न भएको गरेको छ ।

बर्खा स्मृति प्रतिष्ठानबर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँईंको सभापतित्वमा साथै बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेती,पुर्व शिक्षक जय भण्डारी इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज प्रविन भट्टराई, शिक्षासेवी महेन्द्र संग्रौला,टिका पोखरेल संचारकर्मी लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

त्यस्तै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले भन्नुभयो,। यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै सामुदाहिक प्रहरी सगँको सहकार्यमा लागु अौषध साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रहरी सगँको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका विभिन्न विद्यालयहरूमा छात्र वृद्धि बुद्धशान्ति गाउँ पालिका वडा नं ३ स्थित चिलिमगढी दाह सस्कार गृहको सरसफाई, बुद्धशान्ति गाउँपालिकामा रहेका केही विद्यालयहरूमा शिक्षा सुधारका लागि आर्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष चन्द्र उप्रेती, वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ ,इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज प्रविन भट्टराई, शिक्षासेवी महेन्द्र संग्रौला, टिका पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वतृत्वकला प्रतियोगितामा कार्यक्रमको निर्णयकको रुपमा पूर्व शिक्षक शिवकुमार पौडेल, जय भण्डारी र उमाकान्त खनाल रहनु भएको थियो । वतृत्वकला प्रतियोगितामा बुद्धशान्ति ३ स्थित एराएभर ग्रीन अंग्रेजी विद्यालयकी छात्रा शुभना वराल प्रथम, जयपुर अंग्रेजी विद्यालयकी छात्रा पुजन आचार्य दोस्रो र गढीगाउँ मा. वि. विद्यालयकी छात्रा प्रनिसा खतिवडाले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

प्रथम हुनेलाई ट्रफी सहित १५ हजार, दोस्रोलाई ट्रफी सहित १० हजार र तेस्रोलाई ट्रफी सहित ५ हजार राशी प्रदान गरिएको बताइएको छ । आईतबार भएको वतृत्वकला प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थिहरूको सहभागिता रहेको थियो । बर्खा स्मृतिले आयोजना गरेको कार्यक्रमा उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाका उपाध्यक्ष हेम बादुर प्रसाँईले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव मदन मगरले गर्नुभएको थियो ।

झापा र इलामको सङ्गम स्थलमा रहेको ऐतिहासिक महत्व बोकेको ठुटेबर समग्र बुद्धशान्ति र रोङ गाउँपालिकाकै गहनाको रूपमा पनि चिनिएको ठुटेवरको विकास विस्तार र प्रबर्द्धन गर्दै स्थानीयको आर्थिक स्तर उकास्न मंसिर ५ गते देखि ११ गते सम्म मेला संचालन गरिएको ठुटेवर संरक्षण समितिक अध्यक्ष खड्ग पन्धाक सुब्वाले बताउनु भयो ।

झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले उद्घाटन गर्नुभएको मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरूको वेजोड प्रस्तुतिहरू भईरहेको अायोजक समितिका सचिब कृष्ण आचार्यले बताउनु भयो ।

अन्य ठाउँहरूको मेला साँझको समयमा मात्र लाग्ने भएपनि ऐेतिहासिक ठुटेबर मेला दिउँसो पनि मज्जाले लागेको बताउँदै भोगोलिक अवस्थामा केही असहजता भएतापनि शान्ति सुरक्क्षामा बुधबारे इलाका प्रहरी कार्यलय साथै ससस्त्र टिमाई वेस क्याम बाट अवरात्त्र खटेर सेवा दिदै अाएको समितिका सदस्य गणेश अाचार्य बताउनु हुन्छ ।

मेलामा महिला समूहको नौमती बाजा, च्याब्रुङ नाच म्यारथुन दौड लगायत विभिन्न विद्यालयका नित्य प्रतियोगिता खेलकुद सास्कृतिक झाँकी लठ्ठा तानि हाडि फुटाउने बलपास विमान अपरहरण जस्ता विभिन्न कार्यक्रमहरू समेत भईरहेको समितिका निवर्तमान सहसचिब साथै सहयोगिको रूपमा कार्यक्रम सन्चालन गर्दै अाउनु भएका पुष्कर पौडेले जानकारि दिनु भयो

माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा शक्ति प्रदर्शन गर्ने

एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको अभियानले बिहीबार काठमाडौंमा शक्ति प्रर्दशन गर्दै छन् । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र प्रसाईंको अभियानले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

 

राष्ट्रिय युवा संघले तीनकुने क्षेत्रमा विरोध र्‍याली र प्रदर्शन गर्ने तयारी गरेको छ । संघले अनेरास्ववियुसहित एमालेसम्बद्ध जनवर्गीय संगठनहरूको सहयोगमा भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनको प्रचारका सिलसिलामा युवा संघ र अनेरास्ववियुले बुधबार काठमाडौं, भक्तपुर र ललितपुरको एक दर्जनभन्दा बढी स्थानमा साँझ मसाल जुलुस प्रदर्शन गर्दै सहभागिताका लागि अपिल गरेका थिए । विरोध प्रदर्शन सुरु हुनुअघि संघको अगुवाइमा बालकुमारी क्षेत्र, जडीबुटी क्षेत्र, बानेश्वर क्षेत्र र एयरपोर्ट क्षेत्रबाट छुट्टाछुट्टै र्‍याली निकाली केहीबेर तीनकुने–कोटेश्वर क्षेत्रमा प्रदर्शन हुने संघका प्रवक्ता निरोज पौडेलले बताए । त्यसलगत्तै तीनकुनेस्थित चौरमा विरोधसभा आयोजना गरिने पनि उनले जानकारी दिए ।

सभालाई एक एमाले शीर्ष नेतासहित स्थायी समिति सदस्य भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत, अहिलेका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरबिक्रम मल्ल र अहिलेका अध्यक्ष समिक बडाल तथा एकजना महिला प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा–विद्यार्थीले कम्तीमा ३ हजार स्वयंसेवक परिचालन गर्दै छन् । दुवै संगठनले काठमाडौं उपत्यकासहित बागमती क्षेत्रबाटसमेत पार्टीसम्बद्ध कमिटीका नेता–कार्यकर्तालाई पनि परिचालन गरेका छन् । 

प्रसाईंको संयोजकत्वमा ‘नेपालीहरूको मुक्तिको दिन’ नारासहित आज काठमाडौंकेन्द्रित प्रदर्शन हुन लागेको हो । ‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको प्रदर्शनमा सहभागी हुन देशभरबाट नागरिकको सहभागिता हुने दाबी गरिएको छ । 

प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज अन्त्य हुनुपर्नेलगायतका मुद्दासहित अभियान सुरु गरेको बताएका छन् । ‘अहिलेको व्यवस्था परिवर्तन नभइन्जेलसम्म यो प्रदर्शन जारी रहन्छ,’ नयाँ पत्रिकासँग प्रसाईंले भने, ‘बिहीबार काठमाडौंमा उद्घाटन मात्रै हो । यहाँबाट घन्टी मात्रै बजाउने हो, त्यसपछि देशैभर यो प्रदर्शन जारी रहन्छ । सरकारको रबैया हेरेर थप कदम चालिनेछ ।

प्रदर्शनका लागि देशभरबाट कम्तीमा पाँच लाख नागरिकको उपस्थिति हुने अनुमान गरिएको प्रसाईंले दाबी गरे । विभिन्न स्थानबाट समूह बनाएर बल्खु आइपुग्ने कार्यक्रम रहेको र देशका स्वतन्त्र व्यक्तिले सम्बोधन गर्ने प्रसाईंले दाबी गरे । अभियानका लागि राष्ट्रप्रेमी राजनीतिक दल, धार्मिक संघसंस्था, विभिन्न गुरुकुल, आश्रमहरू, विभिन्न धर्मका धर्म गुरूहरू, कर्मचारी संघ संगठनहरू, पूर्वसुरक्षाकर्मी संघसंगठनहरू, पेसागत संघसंगठनहरूलगायत ४६ वटा संघ संस्थाले समर्थन र ऐक्यबद्धता जनाएको प्रसाईंले दाबी गरे । 

अभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ ।

 

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

“काठमाडौं आसपासमा भूकम्प गएको छ । तर, कहाँ हो र कति म्याग्निच्युटको हो भनेर मापन गर्न बाँकी छ । काठमाडौं आसपास केन्द्र भएकाले काठमाडौं र आसपासका धेरैले महसुस गर्नु भएको छ,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारि दिएको छ भने थप विबरण आउन  बाकि ?

झापाको बुद्धशान्ति- गाउँपालिका वडा नं ६ रहेको ऐतिहासिक ठुटेबर मेलाको आज उत्घाटन गरिएको छ ।

प्रमुख अतिथी झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले मेलाको ब्यानर पडेर र ठुटेबरमा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

समितीका अध्यक्ष खड्ग पंधाक सुब्बाको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रमा विश्व प्रकाश शर्माको प्रमुख अातिथ्यता रहेको थियो । बुद्धशान्ति ६ का वडाध्यक्ष शिबराज पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, बुद्धशान्ति गाउपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, रोङ गाउँपालिका उपाध्यक्ष विष्णु माया खवास, बुद्धशान्ति गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोद पोख्रेल लगायतको विषिष्ठ अातिथ्यता रहेको थियोकार्यक्रममा बोल्दै रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोले दुई पालिका मिलेर पर्यटनको बिकास र संरक्षणको लागि विभिन्न कार्यक्रम गर्नलाई समन्वय गरिरहेको बताउनु भयो ।

यता बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईले ऐतिहासिक महत्व बोकेको ठुटेबर समग्र बुद्धशान्तिकै गौरवको बिषय भएको भन्दै बिकास र प्रबर्द्धन गर्दै स्थानीयको आर्थिकस्तर उकास्न कम्मर कसेर लागेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले धर्म संस्कृति र संस्कारको उद्गम स्थल शान्तिनगर भएका कारण पनि यश ठुटेबर मेलाले बिशेष योगदान दिएको र मेलाले सब्य समाज निर्माणमा मुख्य भुमिका निर्बाह गरिरहेको उद्घोस गर्नुभयो ।

साथै मेला उद्घाटनको अवसरमा विभिन्न महिला समूह हरुले नौमती बाजा, च्याब्रुङ नाच लगायत विभिन्न सास्कृतिक झाकिहरु प्रस्तुत गरिएको थियो । यता म्याराथुन दौड प्रतियोगिता पनि सम्पन्न भएको छ ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाका वडाध्यक्ष कार्यपालिका सदस्य साथै ईलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख, सशस्त्र बेस क्याम टिमाई प्रमुख लगायतको उपस्थितिमा उत्घाटन गरिएको कार्यक्रमको सन्चालन अायोजम समितिका सोमनाथ पौडेल र निलमणि न्यौपानेले गर्नुभएको थियो ।

 

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलको यश वर्षको समापन खेलमा बम्पर हाउसफुलको रुपमा Pulsar Ns-160 Bs6 Dual Channel बाइक पवन कोइराला निर्देशन कोइरालाले साथै स्मिता मगर सहित ३ जनाले जितेका छन, ।

दशैँको घटस्थापना देखि तिहार पछिको छठ पर्वको दिनसम्म खेलाउदै अाएको हाउजि बिङ्गोको समापन खेलमा विजेता बन्दै ३ जनाले सम्युक्त रूपमा मिलेर Ns – 160 pulsar मोटरसाईकल लगेका हुन ।

समापन खेलमा अन्य विभिन्न बिधामा आकर्षक नगद पुरस्कार समेत वितरण गरिएको आर्दश युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबेले बताउनु भयो ।

बेलुका ७:०० बजे बाट सन्चालन भएको समापन फाइनल खेलको टिकट दर रू, १००० राखिएको थियो । भने खेलको सन्चालन बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेलले गर्नुभएको थियो ।

बुद्धशान्ति-३ स्थित बुधबारेको (बालुवाटार) चोक खेलाईएको हाउजी बिङ्गो खेलमा १२ सय जनाले सहभागी भएर खेलेको खेलको प्रोजेक्टर मार्फत  प्राविधिक सहयोगको रूपमा नारायण अर्यालले सहयोग गर्नुभएको बताउदै,विगत केही वर्ष देखि सामाजिक कार्यका लागि यो खेल खेलाउदै आएको क्लबका कोषाध्यक्ष बालकुमार राईले बताउनु भयो ।

हाउजि बिङ्गो खेलको समापन कार्यक्रममा विगत लामो समय अघिबाट बुद्धशान्ति गाउँपालिकामा हाउजि बिङ्गो खेलको सुरूवात गर्नुहुने राजु न्यौपाने लाई आर्दश युवा क्लब द्वारा सम्मान समेत गरिएको क्लबका उपाध्यक्ष करण शेर्पाले जानकारी दिनु भयो ।

यश खेलमा उपस्थित भई खेलमा सहभागी हुनुहुने बुद्धशान्ति बासी छिमेकी पालिका साथै जिल्ला बाहिर बाट समेत यश खेलमा आअाफ्नो ठाउँबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण खेलप्रेमि महानुभाव हरूलाई धन्यबाद दिदै आर्दश युवा क्लबका सचिव दुर्योधन (देव) सिंहले सबैको साथ सहयोग र हौसलाले गर्दानै आर्दश युवा क्लबले यश खेलबाट निस्कीएको रकमले विभिन्न सामाजिक कार्यहरू गर्दै क्लबको आफ्नै भवन समेत निर्माण गरिसकेको बताउनु भयो ।

इलामको रोङ गाउँपालिकास्थित किटेनीमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरीको टोली त्यहाँ पुगेको छ ।

पशुपतिनगर प्रहरीका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

घटनास्थलबाट ३६ जनाको उद्धार भइसकेको छ । उनिहरूलाई उपचारको लागि विर्तामोड पठाई सकिएको बताईएको छ भने जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन् ।