October 22, 2025

झापा- बुद्धशान्ति प्रेस क्लबले नयाँ सदस्यता आह्वान गरेको छ । साधारणसभा पश्चात सोमबार बसेको कार्यसमितिको पहिलो वैठकले सो निर्णय गरेको हो ।

पत्रकारीतमा आवद्ध रही दुईवर्ष काम गरेको बुद्धशान्तिका सञ्चारकर्मीका लागि सदस्यता लिनका लागि आह्वान गरेको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाले बताउनु भयो ।

नयाँ सदस्यताका लागि संस्थाको विधान अनुरुप हस्तलिखित निवेदन सहित, नागरिकताको प्रतिलिपि, सञ्चार संस्थामा आवद्ध रहेको प्रमाण र सदस्यता शुल्क तिर्नुपर्ने क्लबका सचिव रोशन भट्टराईले बताउनु भयो ।

सदस्यताका लागि पुष १७ गते दखि पुष मसान्तसम्म मिति तय गरिएको क्लबका सह–सचिव योगेन्द्र(ज्ञानु) भट्टराईले बताउनु भयो । यसका साथै क्लबमा आवद्ध रहेका सदस्यहरुलाई समेत सदस्यता नविकरण गर्ने निर्णय गरिएको छ ।

क्लबले पत्रकारीता क्षेत्रमा आउन चाहने नागरिकलाई पत्रकारीता तालिम लिएर मात्रै प्रवेश गराउने समेत बताइएको छ ।
तालिमका लागि स्थानीय सरकार बुद्धशान्ति गाउँपालिका साथै स्थानीय संघसंस्थासंग समन्वय गर्ने अध्यक्ष तिम्सिनाले बताउनु भयो ।
११ सदस्यीय समिति रहेको क्लबमा वैठकले रिक्त रहेका तिन सदस्यलाई समेत आगामी बैठकले मनोनित गर्ने बताइएको छ । बैठकमा भर्खरै मात्र तेस्रो बार्षिक साधारणसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने संस्थाका सल्लाहकार, पूर्वअध्यक्ष, निर्वतमान अध्यक्ष तथा निर्वाचन मण्डललाई समेत धन्यवाद दिएको थियो ।

वि.सं.२०७६ सालमा स्थापना भएको पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लबले पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम समय समयमा संचालन गर्दै आएको छ ।

सहकारी ठगीमा फरार रहेका गितेन्द्र बाबु जीबी राई संस्थापक रहेको पर्साको वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा पनि बचतकर्ताको झन्डै १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । आकर्षक ब्याजको लोभ देखाएर वीरगन्जका अधिकांश व्यवसायी घरानाबाट पैसा उठाएर सञ्चालक फरार भएपछि बचतकर्ता बिचल्लीमा परेका छन् ।

वीरगन्जको आदर्श नगरमा चुरा पोतेलगायतका सौन्दर्य प्रसाधनको व्यवसायमा आबद्ध बगडिया परिवार यतिबेला निकै चिन्तामा छ । यिनको चिन्ताको कारण बनेको छ आफ्नै पसल अगाडिको यो सानो पाइला बचत तथा ऋण सहकारी संस्था ।

यो सहकारीमा दैनिक सानो रकम बचत गर्दै आएको बगडिया परिवारलाई सञ्चालकले मुद्दती निक्षेपमा आकर्षक ब्याजको प्रलोभन देखाए । राम्रो ब्याज पाउने आशामा उनले १६ लाख रुपैयाँ सहकारीमा राखे पनि । तर, अहिले सञ्चालक फरार भएपछि यो परिवारको निद्रा हराएको छ ।

आदर्श नगरकै बजारमा काजु, पिस्ता बदामजस्ता खाद्य सामाग्रीको व्यापार गर्ने सञ्जयप्रसाद सोनीको कथा पनि उस्तै छ । उनले पनि सहकारीको चंगुलमा फसेर छोरीको पढाई खर्चका लागि १० लाख रुपैयाँ मुद्दती खातामा राखे ।

आर्थिक वर्ष २०६७/६८ मा पर्सा प्रशासनमा दर्ता भएको यो सहकारीले वीरगन्ज महानगरपालिकाको मुटु मानिने आदर्श नगरमा कार्यालय खोलेको थियो । तर, अहिले यहाँ ताला लागेको छ । घण्टाघरदेखि आदर्श नगरसम्मका करिब एक हजार व्यवसायीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ ठगी गरेर सञ्चालक फरार भएको पीडितहरू बताउँछन् ।

सञ्चालकहरू फरार भएपछि गत साउन २१ गते ५२ जना बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरीसमेत दर्ता गराएका थिए । १३ जनामाथि उजुरी परेकामा राधेचन्द्र यादवलाई पक्राउ गरी प्रहरीले मुद्दासमेत चलाएको थियो । अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि उनी थुनामा छन् । अन्य भने फरार रहेको र उनीहरुविरुद्ध बचतकर्ताहरूबाट थप उजुरी पनि आइरहेको पर्सा प्रहरी तथा प्रशासन कार्यालयले जनाएको छ ।

साना बचतकर्तालाई शेयर सदस्य बनाएर सञ्चालकले बचतको रकम दुरुपयोग गरेका अधिकांश घटना देशका अन्य स्थानमा छन् । तर, नियोजित रूपमै मोटो रकम ठगी गर्ने नियत राखेर खोलिएको यो सहकारीको निशानामा मुख्य सडकको सटरमा व्यापार गर्ने व्यवसायी र तिनका परिवारका सदस्य परेका छन् ।

काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको यात्रुवाहक विमान कोस्ट गार्डको विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको ठानिएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किएका छन् भने त्यसमा सवार अरू पाँच जनाको अवस्था अझै थाहा हुन सकेको छैन।

विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ। दुई घण्टा हुँदा पनि जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागिरहेको छ।

घटनापछि उक्त विमानस्थल बन्द

जापानमा भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ। सोमवार आएको ७.६ रेक्टर स्केलको भूकम्पमा परी हालसम्म भूकम्पको केन्द्र मानिएको इशिवाका क्षेत्रमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।

जपानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पका कारण प्रभावित भएकाहरू समक्ष चाडै सहयोग पुग्ने बताएका छन्।
जापानका भू–वैज्ञानिकहरूका अनुसार सोमवार ७.६ रेक्टर स्केलको भूकम्प लगतै ६० वटा परकम्प गएका थिए। जुन ६.६ रेक्टर स्केलसम्म मापन गरिएको थियो।

सोमवारको भूकम्प पछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। साथै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा जान पनि भनिएको छ।

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने उनले बताए । यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे । बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए ।

बुलेट किराँतीकाे रिहाईकाे माग गर्दै प्रदेश नम्बर १ पुन नामाङ्कन संघर्ष समितिले पाैष १८ र १९ गते मेची राजमार्ग बन्द गर्ने घाेषणा गरेका छन् ।
बन्दकाे पालना नगरे भाैतिक कार्वाही गर्न सकिने यस सम्बन्धि निकट एक नेताले सूर्योदय न्युजका प्रतिनिधिलाई  जानकारी दिएका छन, ।

केही समय अघि किटेनी स्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको विषयमा अनुसन्धानका लागि बुद्धशान्तिका बुलेट किरातीलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विर्तामोड बसपार्कबाट पक्राउ गरेको थियो

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा २६ औं स्थापना दिवस  सोमबार सम्पन्न भएको छ ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  तुलाराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आदर्श नमुना सामुदायिक वन समूह बुद्धशान्ति ३ को पार्कमा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई संस्थाकी उपाध्यक्ष मिरा भुर्तेलले स्वागत गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठले पेश गर्नुभएको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकामा बसोबास गरि यस हातेमालो बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ठ बचत कर्तामा खड्ग वहादुर श्रेष्ठ ,,उत्कृष्ठ ऋणि सदस्यमा लोक बहादुर खड्का, उत्कृष्ठ बाल बचतमा शान्ता देवी पौडेल,बर्ष उत्कृष्ठ कर्मचारीमा यसोदा खतिवडा,संस्थाका सदस्य हरूमा सबै भन्दा न्यून आर्थिक अवस्था भएका सकृय सदस्य भागिरथा मिश्र, साथै एसईई २०७९ को छात्रवृत्तिमा प्रतिष्ठा ढुङ्गानालाई अविर टीका लगाई दोसल्ला ओढाएर सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।



त्यस्तै कार्यक्रममा संस्थाले ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा  प्रमुख अतिथि झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  तुलाराम न्यौपानेले शुभकामना मन्तव्य राख्दै उँहाले भन्नुभयो संस्थाको आर्थिक प्रतिवेदन अद्ययनको आधारमा ढुक्कले बचत गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नू, भयो, बुद्धशान्तिको क्षेत्रमा यस हातेमालो बचत तथा ऋण सहकारी संस्थाको अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका सहकारी तथा संघ संस्था उपशाखा प्रमुख निर्मला आचार्यले भन्नू ,भयो ,हातेमालो बचत तथा ऋण सहकारी विभागलाई सुझाब दिने भ्यागुत्ताको गतिमा उफ्रदै शिखर चढेको सहकारी संस्था साथै उच्च शिक्षा हासिल गरेका युवा सन्चालकको नेतृत्व तथा स्मार्ट कर्मचारी भएको यस हातेमालो बचत तथा ऋण सहकारी संस्थामा ढुक्कले करोबार गर्न सक्ने संस्था भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेति, राम जानकी मन्दिर समितिका अध्यक्ष टंक नाथ काफ्ले,बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख भानु मगर, संस्थाका निवर्तमान अध्यक्ष मिरा भुर्तेल, निवर्तमान अध्यक्ष गोबिन्द पौडेल,विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

सोमबार सम्पन्न हातेमालो बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा २६ औं स्थापना दिवसको कार्यक्रम संचालन संस्थाका सल्लाहकार समिति सदस्य केशव ढुङ्गेलले गर्नुभएको थियो ।

 

अंग्रेजी नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतको तयारी विभिन्न देशले विभिन्न प्रकारले गरिरहेका छन् । सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ ।

न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो ।

अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो । त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए ।

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो ।

३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो । 

आउँदो वर्ष २०८१ सालको दशैं छिटो हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार आउँदो दशैं डेढ हप्ता छिटो हुने भएको हो ।

यो वर्षको दशैं कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ । पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय भने सार्वजनिक भएको छैन ।

विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ । १२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रबार औंशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

१७ गते गोवद्र्धन र म्हःपूजा, १८ गते आइतबार भाइटीकाको साइत तय भएको छ । २०८१ सालमा आउँदो वर्ष चन्द्र र सूर्य ग्रहण नरहेको विकास समितिका कार्यकारी निर्देशक एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले तिथि, मितिसहितको पात्रो तयारी गरेपछि बिदाको सिफारिस गर्न उक्त पात्रो गृह मन्त्रालयमा पठाउने छ ।

विकास समितिले आउँदो वर्ष करिब १७ वटा पञ्चाङ्गकारलाई पात्रो छपाइ गर्न स्वीकृति दिने तयारी गरेको छ । पञ्चाङ्ग पात्रो छापिएपछि गृह मन्त्रालयले बिदाको निर्णयसम्म भित्तेपात्रो प्रकाशन हुने छैन । लग्न, साइत, तिथि पर्वलगायतका विषय जानकारी लिनकै लागि पञ्चाङ्ग पात्रो छापिने छ, सरकारले निर्णय गरेपछि मात्र भित्तेपात्रो प्रकाशन गरिने छ ।

पात्रो र भित्तेपात्रो प्रकाशकले विकास समितिको स्वीकृति लिएर मात्रै पात्रो छपाइ गर्न पाउनेछन् । समितिले तोकेको दस्तुर बुझाएपछि पात्रो छपाइ गर्न पाउने व्यवस्था गरेको छ । ‘समितिको निर्णयबेगर कसैले पञ्चाङ्ग पात्रो वा भित्तेपात्रो छापे कडा कारबाही गर्नेछौं,’ कार्यकारी निर्देशक ढुंगेलले भने, ‘गृहले सार्वजनिक बिदाको निर्णय सार्वजनिक गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । आउँदो वर्ष वैशाख १ गते शनिबार परेको छ ।’