१) बर्ष १२ को अर्पण लामा
२) बर्ष ३५ को मनवती लामा ।
३ बर्ष ६० को शान्त माया तामाङ्ग ।
इलामको रोङ गाउँपालिकास्थित किटेनीमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरीको टोली त्यहाँ पुगेको छ ।
पशुपतिनगर प्रहरीका अनुसार धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।
घटनास्थलबाट ३६ जनाको उद्धार भइसकेको छ । उनिहरूलाई उपचारको लागि विर्तामोड पठाई सकिएको बताईएको छ भने जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन् ।
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलको भोलिहुने फाइनल खेलमा बम्पर हाउसफुलको रुपमा Pulsar Ns-160 Bs6 Dual Channel बाइक राखिएको छ।
दशैँको घटस्थापना देखि तिहार पछिको छठ पर्वको दिनसम्म खेलाइने हाउजि बिङ्गोको भोलि हुने फाईनल खेलमा अन्य विभिन्न बिधामा आकर्षक नगद पुरस्कार समेत रहेको आर्दश युवा क्लबका उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबेले बताउनु भयो
भोलि बेलुका ७:०० बजे बाट सन्चालन हुने फाइनल खेलको टिकट भोलि दिउँसो ११:०० बजे देखि हाउजी खेल संचालन भईरहेको स्थान बुद्धशान्ति-३ स्थित बुधबारेको (बालुवाटार) चोक टिकट काउन्टरबाट बिक्री वितरण गरिने क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिनु भयो ।
भोलि हुने फाईनलमा बुद्धशान्तिका सम्पुर्ण खेलप्रेमी महानुभाव स्थानीय वासी छिमेकी पालिका तथा अन्य जिल्लाका सम्पुर्ण हाउजी खेल प्रेमी महानुभावहरुलाइ सदा झै यस वर्ष पनि हाउजीको फाइनल खेलमा उपस्थित भइ हाउजी खेलको शोभा बढाइदिनहुन क्लबका सचिव दुर्योधन (देव) सिंहले सबैमा अनुरोध समेत गर्नु भएको छ ।
विगत केही वर्ष देखि सामाजिक कार्यका लागि खेलाउदै आएको हाउजि बिङ्गो खेल चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभई सम्पुर्ण खेलप्रेमि महानुभाव हरूको साथ सहयोग र हौसलाको साथ आर्दश युवा क्लबले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको क्लबका निवर्तमान अध्यक्ष मनेस दाहाल बताउनु हुन्छ ,।
झापाको बुद्धशान्ति स्थित हँडिया खोलाको किनारमा हुँदै आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ ।
छठ पूजा व्यवस्थापन गर्दै पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो वनाएर एकसाइट बनाई बाँसको अस्थायी स्टल बनाउने, विद्युत जडान गर्ने लगायतका काम सकिएको छठ पुजा सेवा समिती बुद्धशान्ति अध्यक्ष व्यास प्रसाद शाहले जानकारी दिनु भयो ।
त्यस्तै, करिब ३५० जना क्षमताको स्टल निर्माणको काम पनि पूरा भएको बताईएको छ ।
बुधबारेको हडिया खोलामा हुने छठ पूजामा ५००० भन्दा बढी श्रदालु भक्तजनहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।
छठ पूजाका साथै बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग हुँदै गरेको बताईएको छ ।
पूजा अवधिमा सुरक्षा व्यवस्थापनका बुधबारे इलाका प्रहरी कार्यलयलाई समेत पत्रचार गरिएको समितिका सचिब तार्केश्वर गुप्तले बताउनु भयो
त्यस्तै, पूजाका लागि बुद्धशान्ति गाउँपालिका साथै वडा १ र वडा नं ३ को वडाकार्यलयको पनि सहयोग रहेको समितिका अध्यक्ष ब्यास प्रसाद शाहले बताउनु भयो ।
झापाको बुद्धशान्ति-६ स्थित ठुटेबर परिसरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मंसिर ५ गते देखि ११ गते सम्म लाग्ने भएको छ ।
आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको बताउदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारि भएको बताउनु भयो ।
परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो
यश भुमीको बारेमा अघिल्लो पुर्खाले सिकाएको र भावि सन्ततीका लागि पनि जोगाएर राख्न आवश्यक रहेको उहाँको भनाई छ ।
कुनैबेला पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गरेको भएपनि पछिल्लो समय पर्यटकहरुको कमी हुन थालेपछि पर्यटकको संख्या बढाउन महोत्सवको तयारी गरिएको सल्लाकार समिति सदस्य दिपक गौतमले बताउनु भयो
इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको स्थानिय शिक्षा सेवी केशव भट्टराइले बताउनु भयो ।
ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको आयोजक समितिका सदस्य निलमणि न्यौपानेले बताउनु भयो
तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको दिननाथ काफ्लेले बताउनु भयो ।
ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।
कोरोना कहरले गर्दा दुई वर्ष एता लाग्न नसकेको ठुटेवर मेला यहि मंसिर ५ गते देखि ११ गते सम्म लाग्ने भएको छ । यसबर्ष पनि झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।
त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो
सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीहरूको स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकार साथै साहित्यकार गजलकार हरूको समेत प्रस्तुति रहने आयोजकले समितिले जानकारि दिनु भयो ।
मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन हुने मेला सम्पन्न सम्पन्न गर्न ३ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितीका सचिव कुष्ण अाचार्यले बताउनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ शान्तिनगर गढीगाउँबाट बिहीवार एकजना किशोरी वेपत्ता भएकी छन् । बुद्धशान्ति–५ घर भएका ठाकुरप्रसाद चापागाईकी १८ वर्षीया छोरी सीता चापागाईँ वेपत्ता भएकी हुन् ।
बर्नेस्थित फपुको घरमा जाने भन्दै चापागाई बिहीवार बिहान ७ बजे घरबाट निस्किएकी थिइन् । तर, उनी फुपुको घरमा नगई बाटैबाट वेपत्ता भएको जनाइएको छ । परिवारजनले छोरी हराएको भन्दै खोजीका लागि सार्वजनिक अपिल गरेका छन् ।
सम्पर्कका लागि परिवारजनका तर्फबाट मोवाइल नम्वर 9814968324 पनि सार्वजनिक गरिएको छ ।
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा अाज मेचिनगर १२ का रणदिप मेचे हाउस फुल विजेता बन्दै १ तोला सुन जितेता छन,
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा दशैँको घटस्थापना देखि तिहारको साथै छठ पर्व पछिको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न बुद्धशान्तिका मात्रै नभई जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साँझमा बुधबारे बजारको रौनकले बुधबारे बजार धपक्कै बल्ने गरेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनु भयो ।
बुद्धशान्तिको बालुवाटारमा बिङ्गो खेल्नकै लागि भनेर निकै टाढा-टाढाबाट गाढि चढेर समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएका हरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको क्लबका उपाध्यक्ष दिपक सुब्बा थेबे बताउनु भयो
विगत केही वर्ष देखि यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको यो खेल यस वर्षपनि सम्पुर्ण खेलप्रेमि महानुभाव हरूको साथ र हौसलाले गर्दा नै संचालनमा रहेको आर्दश युवा क्लबका निवर्तमान अध्यक्ष मनेश दहालले बताउनु भयो
बिङ्गोबाट यस अघि संकलित रकमबाट बुद्धशान्तिमा विभिन्न खेलकुद हरूको अायोजना समेत गरिएको बताईएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि बुद्धशान्तिमा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको आर्दश युवा क्लब पुर्व अध्यक्ष लोकराज ढुङ्गानाले बताउनु भयो ।
बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै बुद्धशान्तिमा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । बुद्धशान्तिको बालुवाटारमा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने स्थानिय हरू बताउनु हुन्छ ।
झापाको मेचिनगरमा देउसी खेल्न भन्दै घरबाट हिँडेका झापा मेचीनगरका एकजना युवा आज दिउँसो मृत भेटिएका छन् ।
हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत भेटिएका हुन् । ३० वर्षीय जैसवाल आज अपरान्ह मेचीनगर ११ स्थित गोजाबस्तीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ l
आज दिउँसो २ः३० बजेको समयमा स्थानीयहरुले जैसवाललाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको प्रहरी पुग्नुअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरेर जैसवालको शव परिवारको जिम्मा लगाइएको छ । मृतक जैसवाल झापा जिल्ला रेफ्री संघका उपाध्यक्ष लक्ष्मण जैसवाल, पुस्तक व्यवसायी शत्रुघन जैसवालका भाइ हुन् ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ न्यू स्टार यूथ क्लब बुद्धशान्ति १ रामचोक भोटेटारले नजिकिँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न गरको छ
कार्यक्रम संयोजक वीर बहादुर लिम्बू साथै क्लबका अध्यक्ष एक राज खवास अध्यक्षता बुद्धशान्ति गाउँपालि वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख अातिथ्यता रहेको थियो भने समाजसेवी मनेस दहालको विशेष अातिथ्यता रहेको थियो ।
कार्यक्रममा शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बू ,बुधबारे जेसीज वर्ष २०२३ का महासचिव कुशल अधिकारी क्लबका संस्थापक अध्यक्ष कमल शुनुवार स्थानीय समाजसेवी अभिभावक, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
सानै उमेरबाट संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्न आयोजना गरिएको कार्यक्रममा स सना नानीबाबुहरुले प्रस्तुती गरेको कार्यक्रममा सम्पुर्ण अतिथिहरूलाई मायाको चिनो दिदै समापन गरिएको कार्यक्रममा प्रमुख अतिथि अनिल वाग्ले ,विशेष अतिथि मनेस दहाल, अतिथि कुसल अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिब गजुहाङ योङहाङ र सहसचिब राजु कट्टेलले गर्नुभएको थियो । भने उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य क्लबका सदस्य टंक धिमालले गर्नु राख्नु भएको थियो ।
झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजाल बुधबारेको अायोजनामा एक दिने देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
दिपावलीको अवसरमा भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजाल बुधबारेले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागीहरुले बुधबारे बजारको पुलचोक वालुवा टार चोक पहाडी चोक हुँदै जयपुर चोकमा देउसी भैलो खेलेका थिए ।
बुधबारे भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजाल बुधबारे शाखाकी अध्यक्ष विमला भट्टराई साथै प्रतिष्ठानकी सचिब मुना भट्टराईको संयोजनमा एक दिने देउसी भैलो कार्यक्रम संचालन गरिएको संस्थाकी अध्यक्ष बिमला भट्टराइले बताउनु भयो ।
बुधबारे बजारको पुलचोक वालुवा टार चोक पहाडी चोक हुँदै जयपुर चोकमा समापन गरिएको देउसी भैलो कार्यक्रममा
समाजमा लोप हुन लागेका विभिन्न जातजाति झल्काउने लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।
संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ गोबर्धन पुजाको दिन खेलिएको देउसी भैलो कार्यक्रमक बाट संकलन गरेको रकम बाट कोष खडा गरि विभिन्न सामाजिक कार्य गर्दै जाने कार्यक्रम संयोजक मुना भट्टराईले बताउनु भयो
इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रविन भट्टराईको प्रमुख अातिथ्यतामा भएको देउसी भैली कार्यक्रममा संस्थाका जयनाथ भट्टराई, मुकेस भट्टराई ,रूद्र भट्टराई ,टीका भट्टराई संगिता भट्टराई , रस्मिता भट्टराई संगम भट्टराई लगायत ६० जना भन्दा माथिको उपस्थितिमा खेलिएको देउसी भैलो कार्यक्रमको संचालन बुधबारे भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजालकी सदस्य प्रभा भट्टराईले गर्नु भएको थियो ।