घाँस काटिरहेको बेला बारीको रुखमा रहेको अरिङ्गालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । मृत्यु हुनेमा माङ्गसेबुङ्ग-३ का ३० वर्षीय सन्तोष लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दशैमा ससुराली भेटघाट गर्न आएका उनी अरिङ्गाल झार्ने क्रममा टोकाईबाट घाइते भएका थिए । अरिङ्गालले चिलेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिङ्गाल आएर चिलेको हो ।
उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल ल्याइएकोमा मङ्गलवार राती एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार वाट सुरू भएको छ ।
दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा कार्तिक १४ गते मंगलबार वाट सुरू भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं ६ र वडा नं ४ बिच भएको थियो जसमा वडा नं ६ लाई ०/६ गोल अन्तरले हराउदै वडा नं ४ विजयी भएको हो ।
सोही दिन भएको दोस्रो खेलमा वडा नं ७ र वडा नं ३ बिच भएको खेलमा वडा नं ७ लाई ०/१ गोल अन्तरले हराउदै वडा नं ३ विजयी भएको छ ।
१४ देखि सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र बुद्धशान्ति ४ खेलकुद विकास समितीका अध्यक्ष अर्जुन मेन्याङवोको सभापतित्वमा भएको उत्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता, रहेको थियो ।
बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वडा नम्बर ४ का वडाध्यक्ष शेर वहादुर राय वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ ,वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेल वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ७ वडा अध्यक्ष चन्द्र भण्डारी विशिष्ठ अातिथ्यता रहेको थियो ।
त्यस्तै उत्घाटन खेलमा बुद्धशान्ति २ का वडा सदस्य अमिर श्रेष्ठ, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, किराँत राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राई, नेकपा माअोवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भवानि प्रसाद खतिवडा , वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन समितिका सचिब मिलन सुब्बाले गर्नु भएको थियो ।
१४ गते वाट सुरु भएको प्रतियोगितामा ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने पहिलो खेलमा वडा नं १ र वडा नं ५ बिच हुने छ भने दोस्रो हुने खेलमा वडा नं ४ र वडा नं २ बिच हुने बताइएको छ ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा सूरू भएको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।
उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।
प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ भने अाज भएको पहिलो खेलमा वडा नं ४ का जेम्स लिम्बू भएका थिए भने दोस्रो खेलमा वडा नं ३ का विजय राई म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।
ईलामकाे राेङ गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुकाे बैकखाता खाेलिने भएकाे छ ।
गाउँपालिकाले अध्यक्ष संग बिद्यार्थी बिधालयमा आधारित उधमशिलता कार्यक्रमको कार्यबिधी २०८० अन्तरगत वालबालिकाहरु वाट दैनिक रु एक रुपैया मागेर एक रुपैया थपिदिदै बचत प्राेत्साहन र बानिकाे बिकास गराउन लागेकाे हाे ।
वालबालिकाहरुकाे लागि एकरुपैया अनिवार्य हाे तर उनिहरुले अाफुसग भएकाे अन्य पैसा समेत उक्त खातामा जम्मा गर्न मिल्ने तर गाउँपालिकाले भने दैनिक एक रुपैया मात्रै थपिदिने कार्यक्रम तिहार लगत्तै थालिने अध्यक्ष मनिकुमार स्याङ्वाेले बताउनु भयो l
बचत बिद्यार्थी तर्फ न्युनतम रु एक वा जति पनि गर्न सक्ने
गाउपालिका तर्फ अधिकतम रु एक थपिने छ ।
यस कार्यक्रममा जोडिन सम्पुर्ण अभिभावक र बिद्यार्थी लाई गाउँपालिकाले विनम्र अनुरोध गरेको छ।
अनावश्यक खर्च कटौती गरौ, भबिस्यको लागि बचत गरौ गाउँपालिकाकाे अनुराेध छ ।
गाउँपालिकाको बार्षिक ठूलो बजेट छात्रवृत्ति शिर्षकमा खर्च हुन्छ तथापि सबै बिद्यार्थीले पर्याप्त छात्रवृत्ति पाउन सकेको छैन।छात्रवृत्ति बाढनु दिगो समाधान पनि होइन।
छात्रवृत्तिको स्थाई समाधानको लागि बिद्यार्थीले दैनिक न्युनतम रु एक र गाउपालिकाले दैनिक अधिकतम रु एक बचत गरि उच्च शिक्षाको लागि मात्र निस्कने सर्तमा बचत कार्यक्रम अघि सारिएको हो।यो छात्रवृत्तिको बिकल्पको रुपमा पनि हेर्न सकिन्छ।अध्यक्ष स्याङ्वाेले बताउनु भयो ।
बचतको सस्कार सहित बित्तिय साक्षरताको बिकास गाउँपालिका ले गराउने छ।
स्कुल तहबाटै उधमशिलता को शिक्षा प्रदान गर्दै बेरोजगारी समस्या समाधान गर्न पालिकाले अभिभावक शिक्षा समेत थालनि गर्ने तैयारी गरेकाे छ ।
अाफ्ना नानिहरुकाे शैक्षिक बिकाशमा अभिभावकहरुकाे जिम्बेवारी बाेध गराउदै समग्र वालबिकाशमा अभिभावकहरुकाे भुमिका र जिम्वेवारीकाे अभिभावक शिक्षा लागु गरिने भएकाे हाे । यस अघिनै पालिकाले शिक्षकहरुलाई अाई सिटिकाे माध्यामबाट शिक्षण सिकाई गराउन सबै बिद्यालयहरुमा अाईसिटि सामाग्री बितरण गरि अनुगमनकाे लागि सि सि क्यामेरा र ई हाजिरि जाेडेर पालिकासगकाे कनेक्टिभिटि गरि अनुगमनकाे ब्यवस्ता मिलाई सकेकाे छ ।
झापाको कमल गाउँपालिका वडा नं ६ मा झुन्डिएर आत्महत्या गरेका भनिएका अनिल कार्कीका आफन्तले इलाका प्रहरी कार्यालय दमक अगाडि धर्ना दिइरहेका छन् ।
कार्की मृत्यु प्रकरणमा कमल-६ का अध्यक्षवडा नरेन्द्र भट्टराईलाई पक्राउ गर्नुपर्ने माग राख्दै आफन्तले प्रहरी कार्यालयको गेटमा धर्ना दिएका हुन् । कार्कीलाई आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन्
आफन्तहरुले कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईमाथि पनि आरोप लगाएका छन् । केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।
त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । त्यही घटनाका कारण उनले आत्महत्या गरेको कार्कीका आफन्तले आरोप लगाएका छन् । घटनाका विषयमा बुझ्न खोज्दा भट्टराईको मोबाइल बन्द रहेको पाइयो ।
हिजो साँझ घरमै झुन्डिएको अवस्थामा कार्की फेलापरेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरुको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा खेमबहादुर बुढाथोकीले बताए ।
दमक प्रहरीले कार्कीको शव पोष्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । कार्की ससुरालीछेउमा घर बनाएर बसेका थिए ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा बुद्धशान्तिका वडा नं ४ खेलकुद विकास समितका अध्यक्ष अर्जुन मेन्याङवोले जानकारी दिनु भयो ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिहेको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयो ।
खेलमा सहभागी खेलाडि हरूका लागि केही नियम समेत बनाईएको छ l
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो
प्रतियोगिता यही कार्तिक १४ गतेदेखि कात्तिक १८ गतेसम्म मंगलबारे बजारको खेल मैदानमा हुने बताईएको छ आयोजक टिमसँगै बुद्धशान्ति गाउँपालिका भरिका सम्पुर्ण वडाका खेलाडी बीच प्रतिस्पर्धा हुने समितिका सचिब मिलन सुब्बाले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।
उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।
प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ ।
प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।
झापाको बुधबारे बजारको जयपुर चोक साथै वालुवा टार आसपासमा शनिबार विहानै वाट निक्कै चहल पहल भएको देखिन्छ । साना सवारी चलाउँने देखि ठेलामा व्यापार गर्ने हरु भन्दै थिए आज मेलामा The Elements Band को बेजोड प्रस्तुती रहने जानू पर्छ है भन्दै थिए ।
आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा संचालन भइरहेको बुद्धशान्ति सास्कुतिक तथा सांङगितिक महोत्सवमा यस अघि पनि एलिना चौहान, कमल खत्री, मेचु धिमालको बेजोड प्रस्तुति साथैढ विभिन्न व्याण्डहरूको प्रस्तुति रहेको थियो । भने महोत्सवमा आज The Elements Band को बेजोड प्रस्तुती रहने बताईएको छ ।
कार्तिक २ गते वाट सन्चालन भएको मेलाबाट आएको केही नाफाले आशीर्वाद प्रतिष्ठान सुधारमा केन्द्रले बुद्धशान्ति गाउँपालिका भरिका ५ जना लागुअौषधमा साथै बिभिन्न कुलतमा फसेका युवाहरूलाई उपचार गरिने अाशिर्वाद प्रतिष्ठाका सुधार केन्द्रका अध्यक्ष प्रेम शावाले बताउनु भयो ।
बुद्धशान्तिको विकास विस्तार प्रब्रधनका लागी यस मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङले जानकारी दिँदै २ गते बाट सन्चलन भईरहेको मेलामा अाई भरपुर मनोरन्जन लिन सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी लगायत सन्चारकर्मि सुरक्षाकर्मि साथै आ आफ्ना ठाउँ बाट सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धन्यबाद दिदै मेलामा आई कार्यक्रमको सोभा बढाई दिनुहुन आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन्।
महोत्सवमा मनोरञ्जनका लागी रोटे पिङ, ड्रागन रेस लगायत बच्चाका विभिन्न खेल सामाग्री राखिएको छ । सथै मेलामा विभिन्न अर्गानिक परिकारहरूको स्वाद संगै रमाउन सकिने बताईएको छ ।
नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ l
तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।
फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेकाछन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।” सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।
मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउथे । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनु भएका छन् । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खान खाने समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ । यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।
अलैँची टिप्ने मजदुर पाउनै गाह्रो
विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताए । उनले भने, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।” गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताए ।
केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।
यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित प्रेटोलपम पश्चिम पट्टिको भागमा आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा कार्तिक २ गते वाट संचालन भएको बुद्धशान्ति सास्कुतिक तथा साङगितिक महोत्सवमा अाज तृसना गुरूङ अाउदै ।त्यस्तै मेलाको आकर्षका रुपमा रोटेपिङ रेस, नाउ रेस,विभिन्न खेल तथा बच्चाहरुका लागि विभिन्न मनोरञ्जनका सामग्रीहरु राखिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङ बताउनु हुन्छ ।
मेलाबाट आएको केही नाफाले आशीर्वाद प्रतिष्ठान सुधारमा बुद्धशान्ति गाउँपालिका भरिका ५ जना लागुअौषधमा साथै बिभिन्न कुलतमा फसेका युवाहरूलाई उपचार गरिने अाशिर्वाद प्रतिष्ठाका सुधार केन्द्रका अध्यक्ष प्रेम शावा बताउनु हुन्छ ।
बुद्धशान्तिको विकास विस्तार प्रब्रधनका लागी यस मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङले जानकारी दिँदै २ गते बाट सन्चलन भईरहेको मेलामा अाई भरपुर मनोरन्जन लिन सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी लगायत सन्चार कर्मि सुरक्क्षा कर्मि साथै आ आफ्ना ठाउँ बाट सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धन्यबाद दिदै मेलामा आई कार्यक्रमको सोभा बढाई दिनुहुन आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन्।
खुलेको त्यो आकाश र लागेको चहकिलो घाम अनि सुरु भइसकेको दसै । दशैंमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने जाेहाे गरि भित्रिइसकेकाे छ दसै । सबै तयारी सकेर टिकाकाे साइत पर्खेर बसेका माइ नगरपालिका दुईका गाेपाल सुवेदीका घरमा दसैकाे खुसी खाेसि दिएकाे छ ।
खाेले पकाउन बालेकाे आगाेले भान्सा घर ग्वाली सहित एक तल्ले टिनको छाना भएको घर हेर्दाहेर्दै खरानी भएपछि टिकाकाे अघिल्लाे दिन दसैकाे खुसि खाेसिएकाे छ । आगाे नियन्त्रणका लागि स्थानीय भेला भए पनि आगाेकाे ज्वालाे हुर्कि सकेकाे कारणा स्थानीय दमकल दमकल भन्न बाहेक केही गर्न नसकेकाे स्थानीय पत्रकार हरि अधिकारी बताउछन । आज विहान ६:३० बजे सुरु भएकाे आगलागीबाट १५ लाख बढीकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीमा २ तोला सुन,नगद दशै खर्च २५ हजार,धान १० मन,सादा मोबायल ३ थान,४ थान नेपाली नागरिकता प्रमाणपत्र,जग्गाधनी प्रमाण पुर्जा,४ ठिका चिरान काठ सहित घर नस्ट भएकाे प्रहरी चौकी दानाबारीले जनाएको छ। पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा मार्फत स्थानीय प्रशासनसङ्ग समन्वय गरि पहल भइरहेको बताइएको छ ।
झापाको बुद्धशान्तिमा सुपारी कृषकहरुले पत्रकार सम्मेलन गर्दै सरकारले विदेशी सुपारी आयातलाई प्राथमिकता दिएकाले स्वदेशी सुपारीले उचित भाउ नपाएको भन्दै सुपारी कृषकहरुले गुनासो पोखेका छन् ।
उद्योग बाणिज्य संघको सभाहलमा पत्रकारहरू सँग कुरा गर्दै कृषकहरूले गुनासो गर्नुभएको थियो ,। झापा, इलाम, मोरङ र सुनसारी जिल्लाका सुपारी कृषकहरुको भेलाबाट गठीत नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गिता प्रसाद अधिकारीले भन्नुभयो, कृषकले उत्पादन गरको काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने पहल सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँ आक्रोस पोख्दै भन्नू हुन्नुहुन्छ , दुईचारजना बिचौलियाका कारण सरकार निर्यात गर्न तर्फ भन्दा आयात गर्न लागि परको बताउनु भयो ।
नेपालमा सुपारी खेती व्यापक रुपमा बिस्तार भएकाले नेपालमा चाहिने भन्दा बढी भएता पनि बिचौलियाका कारण निर्यातमा समस्या रहेको किसानहरु बताउँदै आएका छन् ।
कृषकले उत्पादन गरको सुपारी सहज तरिकाले कृषक आँफैले निर्यात गर्न पाउनुपर्ने, सुपारीलाई कृषि उपजमा सुचिकृत गरिनुपर्ने माग राख्दै आएका सुपारी कृषकहरुले कृषि बिकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यापक छलफल गर्दै आफ्ना मागहरु राख्दै ज्ञापन पत्र समेत बुझाइएको संयोजक गिता प्रसाद अधिकारीले बताउनु भयो ।
उनले यस ज्ञापनपत्रको मागलाई सरकारले सुनवाई नगरे देशैभरका दश लाख बढी सुपारी कृषकलाई आन्दोलनमा उतार्ने समेत बताए । उनले यस बिषयमा सम्वेदनशील रहन समेत सरकारलाई समेत आग्रह गरेका छन् ।
३० बर्षदखि सुपारी व्यवसाय गर्दै आएका अर्जनधाराका सुपारी व्यवसायी सुरेन्द्र शाहका अनुसार सुपारी कृषकका लागि खोलिएका संस्था वास्तविक किसान नभएको समेत बताएका छन् । कमिसन र बिचौलयिाको काम गर्न मात्र संस्था दर्ता गरेर खोलिएको भन्दै आक्रोस पोख्नु भएको थियो । उहाँले भन्नुभयो नेपालको राम्रो लोकल सुपारी भारत जान्छ र भारतको बिग्रेको सुपारी नेपाल आयात भईरहँदा पनि सरकारले वास्ता नगरको बताए । यता सुपारी कृषक नारायण न्यौपानेले पनि कृषकले बिचौलियका कारण सोझै बिक्री गर्न नपाउँदा कम मुल्यमा बिक्री गर्नु परेको बताउनु भयो ।
स्वदेशी सुपारीले नधान्ने भएमा मात्रै आयात गर्ने नीति सरकारले बनाउनु पर्छ भन्ने किसान तथा व्यापारीको भनाई छ आयातको नाममा कमिसनरुपी कमाउ धन्दाले सुपारी उत्पादन गरेर जीवनयापन प्रयास गर्ने मिहिनेतको कदर नभएको किसानको गुनासो छ ।
नेपालमा झापा, मोरङ, सुनसरी, र इलाममा बढी सुपारी उत्पादन हुने गर्छ । यी जिल्लाहरु नेपाललाई सुपारी कारोबारमा आत्मनिर्भर बनाउने क्षमता राख्छन् । खेती गर्ने जमिन छ, सीप छ, तालिम पनि छ ,तर बेचेर आय आर्जन गर्ने उचित बजार तथा मूल्य नै छैन ।
सुपारी उत्पादक किसान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय तालिम लिएर गतिलो अनुभव सम्हालेका अनि मिहिनेती पनि छन् । तर सरकारले कृषककै लागि भनेर ठोस नीति नबनाउँदा कृषक समस्यामा पदै आएका छन् ।