April 19, 2025
झापाको बुद्धशान्ति गाउँपालिकाले नजिकिँदै गरेको चार्डवाडलाई मध्यनजर गर्दै बुद्धशान्ति गाउँपालिकाले गाउँपालिका अन्र्तरगत रहेका सरोकारवाला पक्षहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको थियो । नजिकिँदै गरेको बडा दशैँ, शुभ दिपावली तथा छठ लगायत चाडपर्वलाई कसरी व्यवस्थित , मर्यादित र शान्तिपूर्ण तवरबाट बुद्धशान्तिमा सम्पन्न गराउने विषयमाथी सम्बन्धित सरोकारवाला पक्ष, सर्वदलीय ,सर्वपक्षीय भेलामार्फत छलफल गरिएको छ।
बुद्धशान्ति गाउँपालिकाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि , प्रतिनिधिमुलक संघसंस्थाका प्रमुख , ईलाका प्रहरी कार्यालय ,सशस्त्र प्रहरी बेस क्याम्प टिमाई ,सामुदायिक प्रहरी बुद्धशान्ति , ट्राफिक प्रहरी बुद्धशान्ति, बुद्धशान्ति उद्योग वाणिज्य संघ , बजार ब्यवस्थापन समिति, उपभोक्ता हित संरक्षण मन्च ,बुधबारे जेसीज, आदर्श युवा क्लबका प्रमुख, गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा , प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडाका वडाध्यक्ष , गाउँकार्यपालिका सदस्यहरु, संचारकर्मीहरु सहित व्यापक अन्तरक्रिया सम्पन्न भएको छ।

बिशेषगरि चाडपर्वको समय बजार अनुगमन लाई चुस्त बनाइने, जुवातास, डाइस, मादक पदार्थ तथा लागु पदार्थ सेवन, चोरी डकैती , सवारी साधनमा क्षमता भन्दा बढी यात्रु, होहल्ला, रात्रीकालिन प्रहरी गस्ती लगायत विविध विषयमा छलफल भएको थियो ।
सम्पुर्णको साझा छलफल र निष्कर्ष बाट बुद्धशान्तिका मुख्य बजार क्षेत्रमा बजार अनुगमन लाई तीब्रता दिई कैफियत देखिएमा उपभोक्ता संरक्षण ऐन र गाउँपालिका बजार अनुगमन निर्देशिका बमोजिम कार्वाही गरिने, चाडपर्वको समय अवधिभर विशेष गरि होटल ब्यवसाय रातको ९ः ३० बजे बन्द गराइने र बुद्धशान्तिमा शान्ति सुरक्षा लाई मध्यनजर गरि रात्रिकालिन मेला, महोत्सव लाई अनुमति नदिइने विषयमा साझा निर्णय भएको बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्ति २ जयपुरले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।


जयपुरको आदर्श माविको खेल मैदानमा आज पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो ।
संस्थाका अध्यक्ष शेमन्त पोख्रेलका का अनुसार दशैँको अवसरमा यही असोज १३ देखि २० गते सम्म बुद्धशान्ति २ स्थित आदर्श माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन बताउनु भयो ।

प्रतियोगितामा झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक , शिवसताक्षी, आयोजक जयपुर भेट्रान्स साथै इलामको टिम सहित आठ वटा टिमको सगभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

यस संस्थाले ज्येष्ठ नागरिक सँग युवा कार्यक्रम संचालन गर्ने द्रुव्यसन मुक्त समाज निर्माण गर्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने युवाहरूको क्षमता विकासको लागि विविध कार्यक्रम सन्चालन गर्ने संस्थाको उद्येश्य रहेको बताउदै असोज १३ गते देखि २० गते सम्म सन्चालन हुने प्रतियोगितामा २ लाख ५० हजार खर्च अनुमान गरिएको संस्थाका सचिब देबेन्द्र भन्डारीले बताउनु भयो ।

आज भएको पत्रकार सम्मेलन मा अाफ्ना भनाई राख्दै वडा नं २ का वडा सदस्य बिक्रम बोहोराले भन्नुभयो खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा उत्तिकै चासो दिएर खेलाउन अावस्यक रहेको बताउनु भयो ।

प्रत्येक खेलबाट म्यान अफ द म्याचलाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र म्यान अफ द सिरिजलाई समेत ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने संस्थाका सदस्य सुनिल भन्डारीले जानकारी दिनुभयो ।

झापा । बेपत्ता भएको एक साता बित्दा पनि नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अझै भेटिएका छैनन् । गत शनिबार बिहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका थिए ।

बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । उनले अहिलेसम्म कुनै सुराक फेला नपरेको जानकारी दिए । ‘कोही कसैसंग लेनदेन देखिदैन, कसैसंग रिसइबी पनि देखिदैन’, प्रनाउ कार्कीले भने,‘ परिवारले दिएको हुलियाका आधारमा खोजी कार्य र अनुसन्धान जारी छ ।’

अधिकृत छैठौ तहका कर्मचारी ३१ वर्षीय सुवेदीले नेपाल टेलिकम सुरुङ्गा शाखामा गत फागुन महिनादेखि काम गर्न थालेका हुन् । त्यहाँका कार्यालय प्रमुख असार महिनामा बिर्तामोडमा सरुवा भएपछि उनले सुरुङ्गा शाखाको जिम्मेवारी सम्हालेका थिए । बिराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए ।

आफ्ना श्रीमान् आफैं नहराएको सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीको भनाइ छ । ‘क्वाटरमा वालेट, स्कुटीको चाबी, एटीएम कार्ड, मोबाइलको चार्जर, चस्मा छोडिएको छ’, उनले भनिन्, ‘घर बस्ने लुगामा उहाँ हिँड्नुभएको छ ।’

ब्रजुनाले आफ्ना श्रीमानसंग अन्तिम पटक शनिबार बिहान ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरामात्रै भएको बताएकी छन् । फेरि दिउँसो १२ बजे कुरा गर्दा मोवाइल अफ पाएको उनले बताइन् । सुवेदीको मोबाइल अझै अफ रहेको प्रहरीले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बुधबारे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धशान्ति -३ ले आफ्नो १५ औं वार्षिक साधारण सभा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष तिलनारान रिजालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी प्रमुख मुना घिमिरेको प्रमुख आतिथ्यता, बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र प्रसाद उप्रेतीको बिशिष्ठ आतिथ्यता  बर्खा स्मृति प्रतिष्ठान उपाध्यक्ष हेमराज प्रसाईँको बिशेष आतिथ्य लगायत पत्रकार, संस्थाका कर्मचारी, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यसमिति सदस्य कमला कार्कीले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष श्याम प्रधानले स्वागत मन्तव्य, संस्थाका अध्यक्ष तिलनारान रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट बाल बचतकर्तामा कृषा शिवाकोटी, उत्कृष्ट ऋणी सदस्यमा हरि श्रेष्ठ , ज्येष्ट नागरिक सम्मानमा शरद दाहाल र दुर्गा देवी भण्डारी,उत्कृष्ट बचतकर्ता सदस्यमा टंकप्रसाद घिमिरे,एसएलसीमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा/छोरी सम्मानमा असिम पौडेल र दिया कुमाललाई सम्मान गरिएको थियो ।
उक्त संस्थामा ४८३ सेयर सदस्य रहेका छन ।

इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाखबढी रकम हिनामिना भएको दावी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुनचाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १२४ रुपैयाँ नभेटिएको जनाएको हो । गाउँपालिकाको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७५÷७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कुल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९२९ रुपैयाँ देखिएको छ। जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार २४२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ।


०७५ असोजदेखि ०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १२४ रकम मौज्दात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त ८८ लाख ८३ हजार १२४ रुपैयाँ कहाँ छ भनेर प्रतिवेदनमा औल्याइएको छ।
उक्त रकम पाथीभरा संरक्षण समितिले हिनामिना गरेको हुन सक्ने गाउँपालिकाको आशंका छ। ‘मौज्दात देखिएको रकम कहाँ छ भन्ने जवाफ पाथीभरा संरक्षण समितिले दिनुपर्छ,’ गाउँपालिकाले अध्ययनका लागि खटाएका लेखापरीक्षक प्रज्वल अधिकारीले भने, ‘हिसाब हेर्दा ८८ लाख ८३ हजार १२४ मौज्दात देखिन्छ। तर, त्यो रकम कहाँ छ थाहा छैन।’ संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण संस्थाले २०७३ सालदेखि नवीकरणसमेत गरेको थिएन । उक्त संस्थाले लेखापरीक्षण गरे पनि हिसाब भने अपारदर्शी रहेको लेखापरीक्षक अधिकारीले बताउनु भयो ।

‘उक्त समितिले चलाएका रसिदहरू पनि शंकास्पद छन्। कतिपय ठाउँमा केरमेट छ। हिसाब पारदर्शी छैन। दानपेटिकामा कति रकम उठ्यो, त्यसको त हिसाब नै छैन। उठाएको रकम बैंकमा जम्मा नगरी सोझै भुक्तानी गरिने रहेछ। भरपाई त जहिले र जसरी पनि बनाउन सकिन्छ तसर्थ खोज्दै जाने हो भने धेरै रकम यताउता भएको पाउन सकिन्छ,’ उहाले भन्नू भयो यो अध्ययन प्रतिवेदन उपलब्ध कागजका आधारमा मात्र तयार गरिएको हो। संस्थाको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित नभएकाले गर्दा कागजी विवरणभन्दा बाहिर पनि कारोबार भएको हुन सक्ने सम्भावना प्रशस्तै छ। कागजबाहेक हुन सक्ने हिसाब निकाल्नका लागि संरक्षण समिति सदस्यहरूले २०७५ असोज २२देखि २०७९ माघ मसान्तसम्म सम्पत्तिमा भएको परिवर्तन र त्यसबीचमा समिति सदस्यले गरेको ठूला खर्चको स्रोत खोज्नु आवश्यक छ।’

गाउँपालिकाले निरन्तर दबाब दिएपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखापरीक्षक अधिकारी पनि थिए। तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई प्रतिवेदन बुझाएको थियो। तर, प्रतिवेदन सार्वजनिक गर्न प्रजिअ पोखरेलले आनाकानी गरेपछि गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो।

उक्त प्रतिवेदन सार्वजनिक गर्दै समिति सदस्य अधिकारीले संस्थाले उपलब्ध गराएको विवरणमा आर्थिक वर्ष ०७९÷८० मा कुनै पनि निर्माण कार्य नभएको जानकारी गराएको भए पनि सो आर्थिक वर्षमा सात लाख ६९ हजार ५५९ बराबरको निर्माण सामग्री भेटिएको बताउनु भयो

यस्तै, आर्थिक वर्ष ०७९÷८० मा पाँच लाख ७० हजार ५५० रुपैयाँको भुक्तानी भरपाई प्राप्त भएको, तीमध्ये कुनै पनि प्रमाणित नभएको बताउनु भयो ‘यस्ता अप्रमाणित कागजातमार्फत भएका भुक्तानीलाई आधिकारिक मान्न नसक्ने देखिन्छ,’ उहाले भन्नू भयो ।
रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेदेखि गाउँपालिका र प्रशासनबीच टकराव सुरु भएको थियो। सानो पाथीभरा नामले परिचित मन्दिरमा संकलन भएको भेटी, सुनचाँदी र अन्य सहयोगमा घोटाला भएको हुन सक्ने भन्दै गत जेठमा गाउँपालिकाले प्रशासनलाई पत्र लेखेको थियो।

तर, प्रशासनले बेवास्ता गरेपछि गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गुहार्न पुगेका थिए। गृहमन्त्रीको दबाबपछि छानबिन समिति बनेपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय इलामबीच उत्पन्न विवाद झनै उत्कर्षमा पुग्यो।
चार महिनाअघिबाट सुरु भएको स्थानीय सरकार र प्रशासनबीचको विवाद अहिले पनि साम्य हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पोखरेलले आलटाल गरेपछि सुरु भएको विवाद साम्य हुनुको सट्टा उत्कर्षमा पुगेको हो।
अनियमितता नियन्त्रणमा सहयोग नगरेको भन्दै रोङ गाउँपालिका अध्यक्ष स्याङ्बो प्रजिअ पोखरेलविरुद्ध खनिएका छन्। छानबिन समिति बनाएर पनि छानबिनमा आलटाल गर्ने, समितिको प्रतिवेदन सार्वजनिक नगर्नु प्रजिअ पोखरेलको नियत देखिएको उहाले बताउनु भयो ।

‘छानबिन समिति गठन गर्ने बेलामै निकै सकस भएको थियो। छानबिन समिति बनेपछि पनि आलटाल देखियो। २५ दिनको म्याद दिएर समिति बनाइयो। तर, चार महिनामा बल्ल प्रतिवेदन समितिले बुझायो,’ उहाले भन्नू भयो ‘बुझाएको प्रतिवेदन पनि सिडिओले लुकाए। अहिले सिडिओका प्रतिनिधि भेट्न आएर तपाईं मौन बस्नुस् सिडिओले प्रतिवेदन परिवर्तन गर्छन् भनिरहेका छन्।’

जिल्ला प्रशासन कार्यालय इलामले प्रतिवेदन सार्वजनिक नगरेपछि गाउँपालिका आफैँले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले पाथीभरा मन्दिरमा भएको अनियमिततासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो।प्रतिवेदनको अन्तिम टुंगो लाग्ने समयमा प्रमुख जिल्ला अधिकारी पोखरेलले हस्तक्षेप गरेको छानबिन समिति सदस्य प्रज्वल अधिकारीले बताउनु भयो अंकको हिसाबले गाउँपालिकाको अध्ययन प्रतिवेदन र जिल्ला प्रशासनको प्रतिवेदन एउटै छ। तर, भाषामा भने सिडिओले हस्तक्षेप गरेर परिवर्तन गरेका छन्,’ उहाँले भन्नू भयो प्रतिवेदनको कपी पनि दिएनन्। यो तपाईंहरूले बिर्सनुस्। कसैले सोधे यसको जवाफ म दिन्छु भनेर पन्छाए।’

रोङ गाउँपालिकाले गत फागुनदेखि कानुन बनाएर पाथीभरा मन्दिरको व्यवस्थापन आफैँ गर्दै आएको छ। गाउँपालिकाले गठन गरेको समितिले फागुनयता भेटी, सुनचाँदी, बहुमूल्य गरगहना र सहयोग गरी एक करोड ६१ लाख १३ हजार ४४ रुपैयाँ संकलन गरेर गाउँपालिकाको खातामा जम्मा गरेको गाउँपालिकाले जनाएको छ। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच कुनै टकराव नभएको दाबी गर्नु भयो उहाँले भन्नू भयो छानबिन समितिबाट प्राप्त प्रतिवेदन अध्ययनपछि सार्वजनिक गर्ने बताउनु भयो ।

पोखरेलले मन्दिरमा भएको अनियमितता ढाकछोप गर्न प्रशासन नलागेको दाबी गर्नु भयो । ‘प्रशासनले नै छानबिन समिति बनाएको हो। कसरी प्रशासनले ढाकछोप गर्छ? ढाकछोप गर्ने भए त छानबिन नै हुने थिएन नि !’ उहाँले भन्नू भयो,हामी अध्ययनको चरणमा छौँ। उपयुक्त समयमा सार्वजनिक गर्छौँ।’

 

झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे वालुवाटार चोकमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
नेविसंघ बुद्धशान्तिको आयोजनामा दीप प्रज्वलन गरिएको थियो । नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नं. २ का क्षेत्रिय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस झापा क्षेत्र नं.२ का क्षेत्रिय सभापति खगेन्द्र मैनालीले नेपाललाई आधुनिकता, सार्वभौम राष्ट्र तिर लैजान आफ्नो जीउ ज्यानको परवाह नगरी संविधान निर्माण गर्नमा अहम भूमिकामा खेल्नुहुने ज्ञात अज्ञात सबैलाई सम्झदै अाफ्नो भनाई राख्नु भएको थियो ।
भने पार्टी र भातृसंगठनका विभिन्न प्रदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्तिका सचिव प्रकाश शेर्माले गर्नु भएकबध थियो ।
इलामको रोङ गाउँपालिकाले भव्य रूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले अभियानको घोषणा गर्नु भयो ।
उहाँले शिक्षा सुधारमा शिक्षकसँगै विद्यार्थी, अभिभावक र सरकार बराबर जिम्मेवार रहने बताउनु भयो । ‘शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि शिक्षक लागिपर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् । त्यति नै विद्यार्थी, अभिभावक र सरकार पनि जिम्मेवार हुन्छ । सरकारले शिक्षा सुधारका नीति बनाउनुपर्छ ।’
अभियानमार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकार गरी चार खम्बे नीति कार्यान्वयन गर्ने, अध्यक्षसँग विद्यार्थी कार्यक्रममार्फत विद्यालयमा आधारित उद्यमशीलता विकास गर्ने, प्रविधिमैत्री शिक्षण तथा एकीकृत अनुगमन प्रणालीको कार्यान्वयन गर्न र शिक्षक, कर्मचारी तथा सामुदायिक विद्यालयको क्षमता विकास गरी शिक्षा प्रतिको अपनत्व विकास गर्ने योजना रहेको अध्यक्ष स्याङ्बो बताउनु हुन्छ ।
विद्यालयको सुरक्षित र गुणस्तरीय भौतिक पूर्वाधार, प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माण र खेलकुद तथा रोङ प्रतिभाको खोजी गर्न अभियान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, विद्यालयको सामुदायिक विद्यालयको आन्तरिक स्रोतमा वृद्धि गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताउनु भयो । ‘विद्यालयको सामान्य प्रशासनिक खर्चमा सरकारको बाटो हर्ने परिपाटी छ । हामीसँग श्रम संस्कार छ, जमिन छ अन्य प्राकृतिक स्रोत साधन छ,’ उहाँले भन्नुभयो ‘भएको स्रोत साधनको संयोजन गरेर आम्दानीलाई मजबुद बनाएर लैजानु जरुरी छ । जसले भविष्यमा आउन संकने आर्थिक संकटलाई सहजै टार्न सकिन्छ ।’
कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजलले कार्यक्रम उल्लासमय भएको बताउँदै सबैलाई धन्यवाद दिनुभयो । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रम गरिने बताउनु भयो । राष्ट्रिय शिक्षा दिवस शिक्षकहरुको दिवस भएको बताउनु भयो । संघीय शिक्षा विधेयकका कारण देशभर शिक्षक आन्दोलनमा भए पनि रोङको यो कार्यक्रम सफल बनाउन शिक्षकले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुको प्रतिभाव प्रष्फोटनका लागि कविता प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता, हाजिरी जवाफलगायत प्रतियोगिता आयोजना गरिएको थियो । जसमा रोङ गाउँपालिकाभित्रका विभिन्न विद्यालयले सहभागिता जनाएका थिए । विधागत रूपमा उत्कृष्ट तीनलाई पुरस्कृत गरिएको थियो ।  रोङमा ३० वटा सामुदायिक विद्यालय छन् ।
यस्तै, कार्यक्रमको अवसरमा ११ जना सेवानिवृत्त शिक्षकलाई समान्नसमेत गरिएको थियो । जसमा केही शिक्षकलाई मरणोप्रान्त सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

झापाको बुद्धशान्ति न्यु स्टार युथ क्लब रामचोक भोटेटारको आयोजनामा विश्वकर्मा पुजा विशेष ४ दिवसीय खुल्ला नकअाउट फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

बुद्धशान्ति १ स्थित भोटेटारकोे खेलमैदानमा शुक्रबार बाट सुरू भएको प्रतियोगितामा स्थानीय २२ वटा टिमको सहभागिता रहेको थियो । बजार ब्यवस्थापन साथै बजारको विकास विस्तार र प्रबर्धन गर्नका लागी यो खेलको आयोजना गरिएको शुक्रबारे बजार ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले बताउनु भयो ।
सोमबार भएको फाइनल खेलमा चेप्टि फुटबल क्लब र सृजनशिल युवा क्लब बुद्धशान्ति ४ बिच भएको खेलमा चेप्टि फुटबल क्लबले सृजनशिल युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै चेप्टि फुटबल क्लब विश्वकर्मा पुजा विशेष नकअाउट फुटबल प्रतियोगिताको ट्रफि उचाल्न सफल भएको थियो ।

फाईनल खेलका विजेता टिमलाई ट्रफी, मेडल सहित नगद २०.००० हजारले सम्मान गरिएको थियो भने उपविजेता टिमलाई ट्रफी, मेडल सहित नगद १० हजारले सम्मान गरिएको थियो ।
त्यस्तै फाइनल खेल अघि भएको सो म्याच नेपाल खेलकुद पत्रकार मंच झापा र आयोजक भोटेटार फुटबल क्लब बिच भएको थियो जस्मा ३–० गोल अन्तरले पराजित गर्दैै अायोजक भोटेटार फुटबल क्लबले जित हासिल गरेको थियो।
सोही फाइलन खेलमा महिला तर्फ भएको सो म्याचमा भने भोटेटार महिला फुटबल क्लब र अर्जुनारा महिला फुटबल क्लब बिच भएको खेलमा समय अवधी भर कुनै पनि गोल नभएपछि ट्राईबेकरमा अाधारमा अर्जुन धारालाई हराउदै भोटेटार महिला फुटबल क्लब विजयी भएको कल्बका सचिव गजुहाङ योङहाङले जानकारि दिनु भयो ।

इलामको रोङ गाउपालिका ३ को पात्लेडाँडामा सवारी दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।
घाइते सबैलाइ उपचारको लागि झापाको बिर्तामोड स्थीत बिएण्डसी अस्पताल पठाइएको छ । इलामबाट झापा तर्फ जादैगरेको बिएए १६९२ नम्बरको कार रोङ गाउपालिका ३ कोल्बुङको पात्ले डाडा मा दुर्घटना भएको थियो । दुर्घटनामा परि झापा शिबसताक्षी नगरपालिका ११ दुधे बस्ने बर्ष ३५ का मनोज राई, गाडाी चालक मोरङको बिराटनगर महानगरपालिका ७ बस्ने ५२ बर्षका सचिन पोख्रेल घाइते भएका छन् । त्यसैगरी बिराटनगर ७ कै ५७ बर्षका राजकुमार पौडेल र २४ बर्षका अर्जुन महरा घाइते भएका छन् । त्यसैगरी शिव सताक्षी ११ का ३७ बर्षका युवराज मुखिया र बर्ष ३० का अनिस दाहाल पनि घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भिर भएको जिल्ला प्रहरी कार्यालय इलामक सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकास जबेगुले जानकारी दिएका छन् । सवारी साधन सडकबाट करिब ३ सय मिटर तल खोल्सामा झरेको छ ।

इलामको पाथिभरा मन्दिरको छानबिन प्रतिवेदन  सर्बजनिक लामो समय बितिसक्दा समेत सार्बजनिक हुन सकेको छैन । गएको जेठ २३ गते २५ दिनमा प्रतिवेदन पेश गर्ने गरी जिल्ला प्रशासन कार्यालय इलामले समिति बनाई छानविन गर्ने जिम्मा दिएको भएपनी अहिले सम्ममा पनि प्रतिबेदन सार्वजनिक भएको छैन ।
छानविन समिति बनाउदा जिल्ला प्रशासनले पाथीभरा मन्दिरमा बिगतको पाथीभरा संरक्षण संस्थाका सबै गतिविधि र आर्थिक अनियमितता समितिको प्रतिवेदनका आधारमा सरोकारवाला बिच सार्वजनिक गर्ने जनाईए पनि आईतवार ढिलो गरि तयार पारिएको  प्रतिवेदन सहायक प्रमुख जिल्ला अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको भनिए पनि सार्बजनिक  नगरी गुपचुप राखिएको बुझिएको छ ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएर छानविन शुरु भएको थियो । समितिमा कोइराला सहित कोष तथा लेखा नियन्त्रण कार्यालयका आलेप अधिकृत देबी चरण भण्डारी, अडिटर किसोर ताम्राकार, सहरी बिकास कार्यालयका इन्जिनियर र रोङ गाउँपालिकाको प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन प्रज्वल अधिकारी रहेका थिए ।
छानविनका क्रममा समितिले पाथीभराको पुरानो पाथीभरा संरक्षण सस्थाले मन्दिरमा भेटी संकलन गर्दा काटेको रसिद, काम गर्दाका बील भर्पाई , निर्माण कार्यको बिवरण आदिको अध्ययन गरेको थियो । बिगत लामो समय देखि नविकरण समेत हुँन नसकेको संस्थाले काम गर्ने क्रममा आम्दानी र खर्चको बिवरण नमिलाई गरेको पाईएको छ । निर्माण र खरिदका काम गर्दा सार्वजनिक गरीद ऐन भन्दा बाहिर रहेर काम गरीएको पाईएको छ ।
पुरानो पाथीभरा संरक्षण संस्थाले आर्थिक बर्ष २०७५÷०७६ देखिको हिसाव बुझाएको छैन । उक्त समितिको १९ महिनाको लेखा परीक्षण समेत नभएको हिसाव बुझाउन वाँकी थियो । उक्त संस्थाको बैंक खातामा सो अवधिको १७ लाख रुपियाँ मात्र रकम जम्मा भएको देखिएको छ । तर, छानविनको क्रममा थप ८८ लाख रुपियाँ समिति संग नगद  मौजदात रहनु पर्ने देखिएको छ ।
इलामका प्रजिअ पोखरेलले छानविन समितिले बुझाएको प्रतिवेदन आफुले पहिले अध्ययन गर्ने बताए । उनले उक्त प्रतिवेदन गृह मन्त्रालय र अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा पठाउने जानकारी दिए ।
प्रतिवेदन सार्वजनिक गर्ने भन्दा सम्बन्धित ठाउँमा बुझाउने बताउदै आउनु भएका प्रजिअ पोख्रेलले भने ‘अध्ययन गरेर बिधि पूर्वक सार्वजनिक गर्छु समय अझै लाग्छ ।’
यता रोङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई छानविन समितिको एक प्रति प्रतिवेदन माग्दा नदिए पछि लिखित रुपमा पत्राचार गर्ने भएको छ । प्रजिअ पोख्रेलले प्रतिवेदन दिन नमिल्ने भन्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोलाई लिखित पत्र पठाउनु दिन मिल्दैन भनेर लेखेर पठाउछु भन्ने जवाफ दिएको बताईएको छ । गाउँपालिका अध्यक्ष स्याङ्बोले लिखित रुपमा प्रतिवेदन माग गर्दा नपाए आज साझ सम्ममा जिल्ला प्रशासनले छानविनका क्रममा लुकाउन र तोडमोड गर्न खोजेका बिषय सहित गाउँपालिकाले पर्दाफास गर्ने जानकारी दिए ।
अध्यक्ष स्याङ्बोले भने‘एक दुई रुपियाँ गर्दै दर्शनार्थीले चढाएको रकमको हिनामिना नहोस भन्ने हो, हामीलाई सबैले सोद्धा के जवाफ दिने, हामी चाडै पत्रकार सम्मेलन गर्छौ ।’ उनले केहि छुटाउने नहुने बिषय समेटी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दा समेत ती बिषयमा ध्यान नदिएको बताए।
पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको उक्त मन्दिरको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी केहि महिना अघि कानुन निर्माण गरी गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो ।
गाउँपाकिाले पाथीभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ अनुसार कार्यबिधि बनाई जैविक बिविधता तथा धार्मीक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो ।
गाउँपालिकाको स्वामित्वमा ल्याइए पछि करिब ८ महिनाको अवधिमा मन्दिरमा एक करोड नगद भेटी संकलन भएको छ ।
हाल गाउँपालिकाले निर्माण गरेको समितिले दैनिक जसो हिसाव सार्वजनिक गर्दै आएको छ । नगद संगै सुन चादी सहितका जिन्सी समेत उक्त अवधिमा संकलन भएको छ । स्थानीयले समेत पुरानो समितिले मन्दिरमा भ्रष्टाचार गरेको भन्दै तत्काल छानविन प्रतिवेदन सार्वजनिक नगरीए  चरणबद्ध आन्दोलन गर्ने चेतावनाी दिदै आएका छन् ।