October 23, 2025

झापाको बुद्धशान्ति स्थित मंङलबारे च्यालेन्ज कप २०८० को सम्पन्न फुटबल प्रतियोगिताको उपाधि शिनिश्चरे एफ.सी. अर्जुनधारा झापाले जितेको छ ।

मंगलबारे बजारको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा धुलाबारी ट्रिनिङ सेन्टर मेचिनगर झापालाई १–३ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफ.सी.अर्जुधाराले उपाधि उचालेको हो । उपाधि जितेसंगै शनिश्चरे एफ. सी. ले नगद २५ हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।

शनिश्चरे एफ. सी. अर्जुनधारालाई लाई उपाधि दिलाउन प्रदिप बुढाथोकीले खेल सुरु भएको ८ औं मिनेट पहिलो गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । निर्धारित समयको पहिलो हाफमा अन्य कुनै स्कोर हुन सकेन् । खेलको दोस्रो हाफको १३ औं मिनेटमा शनिश्चरेकै प्रदिप बुढाथोकीले थप एक गोल गर्दै शनिश्चरे एफ.सि. अर्जुनधारालाई लाई २–० गोल को अग्रता दिलाए ।

एता धुलाबारी ट्रेनिङ सेन्टर मेचिनगरले भने खेलको दोस्रो हाफको २२ औं मिनेटमा एक गोल फर्काउन वाहेक अन्य गोल थप्न सकेन । प्रतियोगिताको उपविजेता बनेको धुलाबारी ट्रेनिङ सेन्टर मेचिनगरले नगद १५ हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ 
प्रतियोगिताको‘म्यान अफ दी सिरिज’को पुरस्कार धुलाबारी ट्रेनिङ सेन्टर मेचिनगरका अजय शाहीले हात पारे । उनलाई ट्रफी र मेलल प्रमाण- पत्र प्रदान गरिएको मंगलबारे खेल मैदान संरक्षण समितिका अध्यक्ष ज्ञानु लिम्बुले बताउनु भयो ।

त्यस्तै फाइनल खेल सुरू हुनु अघि भएको मैला हरूको सो म्याच समेत खेलाईएको थियो जसमा अाईतबारे युथ क्लब र सृजनसिल युवा समाज भिडेका थिए , सो खेलमा सृजनसिल युवा समाजलाई ०-१ गोल अन्तरले हराउदै आईतबारे युथ क्लब विजयी भएको थियो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’को पुरस्कार शनिश्चरे एफ.सी.अर्जुनधाराका प्रदिप वुढाथोकी ले हात पारे । उनलाई ट्रफी मेडल र प्रमाण- पत्र प्रदान गरिएको थियो। प्रतियोगिताका विजेता र उपविजेता लगायतलाई आयोजक मंगलबारे खेलकुद कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, समाज सेवि करण थेबे, मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त गलान, वडा न. ४ का वडा सदस्य सन्जिब थेबे, समाज सेवि युवा व्यक्तित्व पुर्ण सुहाङ , समाज सेवि अर्जुन लिम्बू ,आयोजक समितिका सम्पुर्ण पदाधिकारी लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रमको सन्चालन मंगलबारे खेलकुद समितिका सचिब युद्ध लिम्बुले गर्नुभएको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय, समाज सेवी करण थेबे, मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त गलान वडा नं ४ का वडा सदस्य, संजिव मगर, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मंगलबारे युथ क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्थ बनाउने र उनिहरुलाई खेलकुदमा बेस्थ बनाई कुलतमा फस्नबाट जाेगाउन यस्ता खेलको आयाेजना गरेको मंगलबारे खेल मैदान संरक्षण समितिका अध्यक्ष ज्ञानु लिम्बुले बताउनु भयो ।

अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

केहिबेर अघि खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक (हात्तीगाडी) संग मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै मृत्यु भएको  प्रहरी निरीक्षक न्यौपाने बताउनु भयो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बि एण्ड सि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

हात्ती गाडीका चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भाईरहेको प्रहरीले बताएको छ । 

मृत्यु हुने दुवैजना एकै गाउँका हुन् । हात्ती गाडी चालक पनि सोही गाउँका पुर्वबासिन्दा रहेको र उनिहरु तिनै जनाबिच एकआपसमा चिनजान रहेको प्रहरीले बताएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित त्रिभुवन माध्यमिक विद्यालय होक्सेको शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् एवम् छठ पर्व २०८०को अवसरमा त्रिभुवन मा. बि. होक्सेले शुक्रबार शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष खड्ग तिम्सिनाको सभापतित्वमा भएकाे कार्यक्रममा वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि विद्यालयका शिक्षक विद्यार्थी अभिभावक सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

शनिवार भएको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष पूर्ण प्रसाद संजेलले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्य प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा अाफ्ना भनाई राख्दै प्रमुख अथिति वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले आफुले पढेकै विद्यालयमा आफुलाई पढाउने शिक्षक गुरूअामा सँग बसेर शुभकामना अादान प्रदान गर्ने अवसर मिलाउनु हुने विद्यालय परिवारलाई धन्यबाद दिदै सम्पुर्णमा विजया दशमीको शुभकामना दिदै बुद्धशान्तिको शैक्षिक गुणस्तर उकास्न सम्पुर्ण अभिभावक हरूको पनि साथ र सहयोग लिएर गाउँपालिको शिक्षामा गुणस्तर बढाउनका लागि आफु लागि पर्ने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा पुर्व विद्यार्थी समाज गठन सहयाेग समिति गठन समेत गरिएको थियो । जसमा अर्जुन अधिकारी संयाेजक ,उमेश भट्टराई सहसंयोजक लगायत ७ सदस्य समिती चयन भएका हुनु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्तिनिकेतन अङ्ग्रेजी माद्यमिक विद्यालयले आफ्ना विद्यार्थिहरूलाई सस्कृति,सँस्कार जोगाउने र सिकाउने दोश्रो घर विद्यालय पनि हो यहि जिम्मेवारीको अपनत्व बोध गराउदै बडा दशै २०८० को पावन अवसरमा सम्पुर्ण विद्यार्थी शिक्षकहरु बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रीन्सिपल उदयचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई टीका लगाई आशिर्वाद प्रदान गरिएको थियो ।

विद्यालयका अन्य शिक्षकहरुले पनि आफ्ना विद्यार्थीहरुलाई टीका लगाई शुभकामना ब्यक्त गर्नु भएको थियो । उक्त क्षेत्रमा बढि बाहुल्यता रहेको आदिबासी जनजातिमा राई ,तामाङ, नेवार,लिम्बू,गुरुङ, मगर आदिको प्रतिनिधित्व गर्दै आ-आफ्नो भेषभुषामा सजिएर आफ्नै भाषामा विद्यार्थीहरुले शुभकामना समेत राखेका थिए । विद्यार्थीहरुद्वारा निर्माण गरिएको विभिन्न चित्रहरु र शिक्षकशिक्षिकाहरु द्वारा निर्मित पेपर क्राफ्टले स्टेज सजाइएको थियो ।

विद्यालयका प्रीन्सीपल उदयचन्द्र कोईरालाले अौचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमको सहजिकरण विद्यालयका भाईस प्रीन्सिपल रबिन कोइराला, स्कुल कोअर्डिनेटर दिनेश लेप्चा, बिज्ञान विषयका शिक्षक सुनिल पौडेल,भेषराज चाम्लिङ, हरि खतिवडा, र विशाल शिवाकोटिले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक कृष्ण घिमिरेले गर्नुभएको थियो ।

इलामको माईजोगमाई गाउँपालिकाले नयाँबजारको बजारको अनुगमन गरेको छ । माईजोगमाई गाउपालिका अनुगमन समितिको संयोजक प्रविना राईको संयोजकत्वमा आज माईजोगमाई गाउपालिकाको नयाँबजारको बजार क्षेत्रमा अनुगमन गरिएको छ । बजार क्षेत्रमा बिक्री बितरण हुँदै गरेका सम्पूर्ण सामाग्रीहरूको अनुगमन आज गरिएको छ । अनुगमनको क्रममा केही पसलहरूले दर्ता नगरेको तथा दर्ता गरे पनि नविकरण नगरेको , केही पसलहरूमा म्याद नाघेको खाध्यपदार्थहरू रहेको पाईएको थियो ।

अनुगमनको क्रममा २५ वटा पसलमा म्याद नाघेको सामाग्री भेटिएको थियो । साथै म्याद नाघेको उक्त सामाग्रीहरू अनुगमन टोलिले नियन्त्रणमा लिएर डिस्पोज समेत गरेको थियो ।

दर्ता गर्न बाकी पसलहरूलाई तत्कल वडामा गएर दर्ता गर्नको लागि साथै सराफाई कार्ड बनाउन बाकीको लागि सराफाई कार्ड बनाउन निर्देशन समेत दिएको छ । साथै आगमि दिनमा म्याद नाघेको कुनै पनि सामाग्री बिक्री नगर्नको लागि अनुगमन टोलिले अनुरोध गरेको छ ।

आजको अनुगमन माईजोगमाई गाउपालिका अनुगमन समितिका संयोजक प्रविना राई , गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत नयाँबजार ईलाका प्रहरी कार्यलय नयाँबजारका ईन्चार्ज तथा त्यस कार्यलयका प्रहरीहरू नयाबँबजार बजार ब्यवस्थापन समितिका पदाधिकारीहरू गाउपालिकाका कर्मचारीहरू लगायतको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित मंगलबारे बजारमा अायोजित मंगलबारे च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको खेलमा खुदुनाबारी स्पोटिङ क्लब र मेचिनगर वाहुन्डाँगी विच भएको खेलमा २-० गोल अन्तरले हराउदै खुदुनावारी स्पोटिङ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबारे युथ क्लब बुद्धशान्ति ४ को अायोजनामा आज भएको खेलमा खुदनाबारी स्पोटिङ क्लब र मेचिनगर वाहुन्डागी बिच प्रतिस्पर्धा भएको थियो खेल सूरू भएको १ मिनेको समयमा खुदुनाबारी स्पोटिङ क्लबका प्रतीक कन्दाङबेले १ गोल गरेका थिए खेल सुरू भएको १६ अौं मिनेटमा खुदुनाबारी स्पोटिङका प्रतीक कन्दाङबेले थप १ गोल गर्दै अाफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको निर्धारीत समयमा पनि मेचिनगर वाहुन्डागीले कुनै पनि गोल फर्काउन नसके पछी खुदुनाबारी स्पोटिङ क्लबले २/० गोलको अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो । असोज २८ गते बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने खेलमा शनिश्चरे एफ सी अर्जुनधारा र खुदुनाबारी स्पोटिङ क्लब अर्जुनधारा बिच हुने मंगलबारे युथ क्लबका अध्यक्ष तेज कुवर( क्षेत्रिले ) बताउनु भयो ।

प्रतियोगिताको फाइनल खेल यही कात्तिक ४ गते हुनेछ भने प्रतियोगिताको विजेतालाई २५ हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई १५ हजार नगद, ट्रफि र मेडल प्रदान गरिने बताइएको छ

त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पुरस्कृत समेत गरिने खेलकुद समितिका सचिब युद्ध लिम्बुले जानकारी दिनु भयो

मंगलबारे युथ क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्थ बनाउने र उनिहरुलाई खेलकुदमा बेस्थ बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको मंगलबारे खेल मैदान संरक्षण समितिका अध्यक्ष ज्ञानु लिम्बुले बताउनु भयो ।

प्रथम बुद्धशान्ति अध्यक्ष कप वडा स्तरिय टी-10 क्रीकेट प्रतियोगिताको उपाधी बुद्धशान्ति तीन नम्बर वडाले हात पारेको छ ।

मंगलबार झापाको बुधबारे स्थित पेट्रोलपम्प अगाडीको खेलमैदानमा भएको फाइनल खेलमा तीन नम्बर वडाले दुई नम्बरलाई ९ विकेटले पछि पार्दै विजय हाँसिल गरेको हो । खेलमा वडा नम्बर २ ले १० ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाएको थियो भने ७३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य वडा नम्बर ३ ले ६.३ ओभेरमा पूरा गर्दै ९ विकेटले विजय हासिल गरेको हो ।

विजयी टीमले नगद २५००० सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले १५००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।


फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का खेलाडी आदिहाङ फागो भएका छन् । उनले नगद ११०० सहित मेडल, ट्रफी, र प्रमाणपत्र हात पारेका छन् त्यस्तै खेलमा वडा नम्बर २ का उद्दव ओलि म्यान अफ द सिरिज घोषित भए ले मेडल, ट्रफी, प्रमाणपत्र र नगद रु. ५१००/- प्राप्त गरेका हुन । फाइनल खेलमा छक्का हान्ने खेलाडीलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाइले रेडबुलको प्रायोजन गर्नुभएको थियो ।

फाइनल खेलको उद्घाटनमा बोल्दै झापा जिल्ला क्रीकेट संघका अध्यक्ष प्रविन थापाले नेपाललाई क्रिकेटले विश्वमा चिनाइरहेको बताउदै धेरै मानिसले क्रिकेटलाई र क्रिकेट खेलाडीलाई माया गरेकै कारण नेपालमा विश्वमा चिनिन सफल भएको बताउनु भयो ।

क्रिकेटको क्रेज बडिरहेको अवस्थामा बुद्धशान्तिले माग अनुसारको प्रतियोगिता आयोजना गरेको वडा नम्बर तीनका वडाध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो । आउदा दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गर्दैजाने बताउनु भयो ।

लागुऔषधमा लागेका वा बेकाममा बराल्ली रहेका यूवाहरुलाई खेलको माध्यमबाट सहि बाटोमा हिनाउने प्रयास पालिकाको रहेको शुभकामना मन्तव्यका क्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाइले बताउनुभयो । उहाँले भन्नू भयो, क्रीकेटका माध्यमबाट मात्र नभइ फुटबल र भलिवलजस्ता खेलको आयोजना गरेर यूवामा भएको प्रतिभालाई प्रस्फुटन गराइ बुद्धशान्तिमा बिभिन्न खेलका राम्रा खेलाडी उत्पादन गर्ने लक्ष लिइएको उहाँले बताउनुभयो ।

आदर्श यूवा क्लबको आयोजना तथा बुद्धशान्ती गाउँपालिकाको प्रायोजनमा असोज २७ देखि संचालित कार्यक्रम असोज ३० गते समापन गरिएको प्रतियोगिताको फाइनल खेलमा आदर्श युवा क्लबको उपाध्यक्ष दिपक सुब्बाको संयोजकत्वमा तथा क्लबका अध्यक्ष मात्रीका श्रेष्ठको अध्यक्षतामा भएको कार्यकर्ममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख अातिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा बुद्धशान्ति गाउपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ साथै अतिथिहरूमा सातै वडाका वडा अध्यक्षको विशेष आतिथ्यता रहेको कार्यक्रममा अतिथिको रुपमा क्लबका निबर्तमान अध्यक्ष मनेष दाहाल, खेलकुद विकास समितीका सदस्यहरु तथा संयोजकहरु, बुद्धशान्ति गाउँपालिका विभिन्न वडाका वडा सदस्य ज्युहरु, विभिन्न संघ संस्था, बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष लगायतको आतिथ्यता रहेको कार्यक्रममा आदर्श यूवा क्लबका सदस्य तारा गौतमले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन क्लबका सचिव दूर्योधन देव सिंहले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित वडा कार्यलयको भवनमा मंगलबार जेष्ठ नागरिक अामा बुवा हरूलाई सम्मान गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति गाउँपालिकाको आयोजनामा ७२ बर्ष भन्दा माथिका जेष्ठ नागरिक अामा बुवाहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वडा नं ४ का वडा अध्यक्ष शेर वहादर रायले संयुक्त रूपमा अामा वुबा हरूलाई दोसल्ला अोढाई साथै ढाका पोपी लगाएर सम्मान गर्नु भएको थियो ।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायको अध्यक्षता भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख अातिथ्यता रहेको थियो त्यस्तै विषिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, वडा नं ४ वडा सदस्य भिम धमला सदस्य शशिकला विश्वकर्मा सन्जिब कुमार थेबे कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल, स्वाथ्य इकाई साथै वडा कार्यलयका सम्पुर्ण कर्मचारि जेष्ठ नागरिक अामा बुवा लगायतको अातिथ्यता रहेको थियो ।


वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै जेष्ठ नागरिक देशका धरोहर रहेको बताउनु भयो ,जेष्ठ नागरिक अनुभवका खानी र घरको बलियो खम्बा भएकाले जेष्ठ अामा बुवाहरूलाई स्याहार सुसार गर्नुपर्ने बताउनु भयो, जेष्ठ नागरिक जिउँदा इतिहाँस भएकाले उनिहरुको मनोवल उच्च राख्न जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउँने भत्ता लगायत समाज तथा घरपरिवारमा स-सम्मान बाँच्न पाउँने अधिकारका लागि स्थानीय सरकार लागि परेको बताउनु भयो,।

उहाँले भन्नू भयो,जेष्ठ नागरिक अामा बुवाहरूले उमेर ढल्किएसंगै शारिरीक र मानसिक रुपमा कमजोर हुदै जाँदा जेष्ठ नागरिक परिवार र समाजवाट अपहेलित हुनुपर्ने अहिलेको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय बताउनु हुन्छ ।


जेष्ठ नागरिक सम्मान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज प्रसाईले भन्नू भयो, जेष्ठ नागरिक अामा बुवाहरूलाई सम्मान गर्न पाउनु भनेको भाग्यमानी सम्झनु पर्ने बताउनु भयो उहाँले भन्नू भयो छोराछोरीको निम्ती आफ्नो जीवन रित्याएका बुवा आमालाई बुढेसकालमा सम्मानका स्यारसुशार गरेर पाल्नुपर्ने छोराछोरीको कर्तव्य भएको भन्दै हेला गर्न नहुने बताउनु भयो , जेष्ठ नागरिक सम्मान जनक ब्यक्तित्व भएको भन्दै उहाँहरूलाई सरल जीवन बाच्न पाउने अधिकार निर्वाह गर्न सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

, उहाले भन्नू भयो जेष्ठ नागरिकलाई माया प्रेम गरेर बाच्दासम्म राम्रो ब्यबहार गर्न सम्पुर्ण छोरा बुहारीलाई आग्रह गर्दै जेष्ठ नागरिक अामा बुवाहरूको लागि पालिका जहिले पनि तयार रहेको बताउदै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा अाफना भनाई हरू राख्दै विषिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवाडाले भन्नुभयो ,
जेष्ठ नागरिक देशका गहना हुन उहाँहरुलाई अपमान र हेला गर्न नहुने बताउनुभयो जेष्ठ नागरिकको हेरचाह, देन र छत्र छायाले नै नयाँ पुस्ताको सुरुवात भएको बताउदै उहाँले भन्नू भयो पछिल्लो समय छोरा बुहारीले बुवा आमालाई घर निकाला गर्ने, अपहेलना गरेर सडकमा पुर्‍याउने काम गरेको भन्दै यस्ता काम बन्द गर्न हरेक सन्तानले सोच्नुपर्ने बेला आएको र वृद्धवृद्धालाई माया गर्नुपर्ने बताउनु भयो

वठा नं ४ का कार्यलय सचिब राजकुमार न्यौपानेले सन्चालन गर्नु भएको कार्यक्रममा ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक अामा बुवाहरूलाई सम्मान गरिएको कार्यक्रममा बुद्धशान्तिकै जेष्ठ नागरिक वडा नं ४ कि ११६ वर्षिय मछलि माया बराईलि लाई पनि सम्मान गरिएको थियो नागरिक्ताकै अाधारमा उहाँलाई बुद्धशान्ति गाउँपालिका कै जेष्ठ नागरिक अामा रहनु भएको वडा अध्यक्ष शेर वहादुर रायले बताउनु भयो l

 

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर झापा आउँदै गरेको माइक्रोबस उदयपुरमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।

आज दिउँसो १:४० बजे बाग्मती प्रदेश ०१-००४ क २०७६ नम्बरको हायस गाडी मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-७ अधेरीमा दुर्घटना भएको हो ।

बाँया साइडको पछाडिको टायर खुस्केर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छघाइतेमध्ये चालक र एक यात्रुको अवस्था गम्भिर भएकाले विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिन्दन चौधरीले जानकारी दिए ।

घाइतेहरूको उद्दार गरेर उपचारको लागि विभिन्न अस्पताल लगिएको छ भने माइक्रोबस दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ घाइतेको विवर चालक जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका- ५ बस्ने बर्ष २३ को सागर ठाकुरीको टाउकोमा चोट, जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि १४:३० बजे बिराटनगर न्युरो रेफर ।
ईलाम सुर्यदय नगरपालिका- ९ बस्ने बर्ष ४० की रेणुका गौतामको नाकमा चोट,अवस्था सामान्य ।
रेणुकाको निजको छोरा बर्ष १५ को अनुपम आचार्य हात, अनुहारमा चोट अवस्था सामान्य ।
झापा शिवसतासि नगरपालिका- १ बस्ने बर्ष ३० को निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट अवस्था बोल्न सक्ने ।
निर्देशको बहिनी बर्ष १४ की निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट ।
सुनसरी बराह्रक्षेत्र नगरपालिका- ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्रीको दाहिने हात, छातीमा चोट अवस्था बोल्न सक्ने ।
झापा मेची नगरपालिका- १० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्कीको दाहिने खुट्टामा चोट अवस्था बोल्न सक्ने ।
भारतीको छोरा बर्ष १२ को संयम कार्कीको अनुहार, दाहिने हात खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
मोरङ पथरी नगरपालिका बस्ने बर्ष १४ को निरज निरौलाको दाहिने खुट्टामा चोट ,अवस्था बोल्न सक्ने ।
ललितपुर गोदावारी नगरपालिका-११ बस्ने बर्ष ४७ को बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोटअवस्था बोल्न सक्ने ।
पाँचथर फिदिम नगरपालिका-६ बस्ने बर्ष ७२ को बलबिर बि.क.को खुट्टा,अनुहारमा चोट, अवस्था गम्भिर विराटनगर रेफर ।
धनकुटा नगरपालिका- ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठको बाया खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।
कन्चपुर भिमदत्त नगरपालिका- १०बस्ने बर्ष ३४ को मुकेश चनको बाया हात, खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।
झापा धुलाबारी बस्ने अन्दाजी बर्ष २७ की अन्जु पोख्रेलको बायाँ हात, खुट्टामा चोट,अवस्था बोल्न नसक्ने ।
धनकुटा सागुरीगढी गाउँपालिका-६ बस्ने बर्ष १८ को रोशन राईको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
धरान उ.प.नगरपालिका- १७ बस्ने बर्ष ३० को बिनोद राईको अनुहारमा चोट,अबस्था सामान्य ।
कंकाई नगरपालिका- ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने देवि दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल खुट्टा र निधारमा सामान्य चोट ।

झापाको बुद्धशान्ति जारी ‘प्रथम बुद्धशान्ति अध्यक्ष कप वडास्तरिय टी-१० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १ लाई पराजित गर्दै वडा नम्बर २ फाइनलमा प्रवेश गरेको छ ।


दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर ४ र वडा नम्बर ३ विच भएको खेलमा वडा नं ४ लाई पराजित गर्दै वडा नं ३ फाइनलमा प्रवेश गरेको हो ।

आज भएको पहिलो र दोस्रो सेमिफाइनल  खेलमा वडा नं २ का उद्धव अोलि वडा नं ३ वाट लक्षमण म्यान अफ द म्याच घोषित भएका थिए ।

उनिहरुलाई नगद रु. ११००/- र ट्रफी प्रदान गरिएको थियो ।भने वडा नं ३ का आदिहाङ फागो ग्रेट सिक्स (उत्कृष्ट छक्का) हानेर रु.५००/- प्रोत्साहन सहित पुरस्कृत भएका थिए । भोली हुने फाइनल खेलमा वडा नम्बर ३ भर्सेस र वडा नम्बर २ बिच हुने आयोजक समितिका सचिव दुर्योधन देव सिंहले बताउनु भयो ।

प्रतियोगिताको फाईनल खेल भोलि दिउँसो १:३० बजेबाट सुरू हुने बताईएको छ । फाईनल खेलको विजेताले २५ हजार नगद पुरस्कार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन, भने द्वितीयले १५ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन। त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच, घोषित गरिदै अाएको छ भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने छ म्यान अफ द म्याचको ट्रफि लबज पृन्टिङ प्रेसका सन्चालक टन्क निरौलाले वितरण गर्नु भएको छ 

 

जसले नगद १ हजार १ सय सहित ट्रफि प्राप्त गर्दै अाएको छ भने ह्याट्रिक सीक्स र ह्याट्रिक विकेट पनि प्रत्येक खेलमा घोषित हुनेछन् उनिहरुले नगद सात सय रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।


त्यसैगरी प्रतियोगिताको फाइनल खेलमा मेन अफ द सिरिज घोषणा गरिनेछ जसले नगद ५ हजार एक सय सहित ट्रफि प्राप्त गर्नेछ । उक्त प्रतियोगिताको संयोजक आदर्श युवा क्लबका उपाध्यक्ष दिपक सुब्बाले गर्नुभएको छ ।