October 23, 2025

इलाम, कात्तिक ः इलामको माइपोखरीमा त्रिधार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १ गतेदेखी ८ गतेसम्म धार्मिक महोत्सवसँगै श्रीमदभागवत महापुराण सप्ताह समेत सञ्चालन हुने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको आयोजक मुल समितिले जानकारी गराएको छ ।

हिन्दु, बौद्ध र किरात धर्मग्रन्धको प्रचार सहितको महोत्सव सञ्चालनका लागि मुल आयोजक समिति गठन गरेर काम अगाडी बढाइएको छ ।

धार्मिक आस्था भएकै कारण यहाँ बिभिन्न धर्म, संस्कृति र जातजातीका मानिसहरु आउने गरेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताए । उनले पवित्र धार्मिक भुमीको बारेमा अघिल्लो पुर्खाले सिकाएको र भावि सन्ततीका लागि पनि जोगाएर राख्न आवश्यक रहेको उनको भनाई छ ।

कुनैबेला इलामको माईपोखरी धार्मिक भक्तजनको प्रमुख रोजाईमा पर्ने गरेको भएपनि पछिल्लो समय धार्मिक पर्यटकहरुको कमी हुन थालेपछि धार्मिक पर्यटकको संख्या बढाउन महोत्सवको तयारी गरिएको मुल आयोजक समितिका अध्यक्ष प्रेमकुमार राईले बताए । भक्तजनको भिडम्भाड रहने माइपोखरीमा पछिल्लो समय तिर्थालु भक्तजन घट्न थालेपछि माइपोखरीको धार्मिक महत्व जगाउने उदेश्यले धार्मिक उत्सव आयोजना गरिने उनको भनाई छ ।

बिभिन्न ठाउँमा धर्मका नाममा आतंक मच्चिने गरेकाले पनि धार्मिक सहिष्णुता बचाउन बिभिन्न धर्ममान्ने मानिसहरु एकै ठाउँमा उभिएको उनले बताए । धार्मिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाकै पहलमा धार्मिक मेला आयोजना गरिने भएको हो । सबै जातजातिको धर्मप्रतिको मोहलाई सम्मानका साथ धार्मिक मेला आयोजना गर्न लागिएको आयोजक समितिका उपाध्यक्ष गृष्म सुब्बाको भनाई छ । नौ वटा कुनामा फैलिएको माइपोखरी सुन्दर र हरियाली भएपनि यसको कम प्रचार भएका कारण पर्यटकहरुको संख्या घट्दै गएपछि नयाँ उत्साह जगाउन लागिएको सचिव दिनेश सुवेदीको भनाई छ ।

हालसम्म बैंक खाता खोलिएको र आर्थिक संकलन हुन थालेको आर्थिक समिति संयोजक नेत्रप्रसाद रिजालले बताए । उनले सहयोगका लागि कतै पनि रकम तोक्ने काम नभएको तर सबै जातजाती र धर्मावलम्बीकै कार्यक्रम भएकाले रकम जुट्नेमा आफुहरु ढुक्क रहेको बताए ।

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको माईपोखरीलाई प्रचार गर्न सके देश बिदेशका पर्यटकहरु भित्रिने भएकाले प्रचारका लागि पनि महाउत्सव गर्न लागिएको प्रसारप्रचार समितिका संयोजक श्यामकुमार राईको भनाई छ ।

बिश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरीको महत्व र यसले वातावरण सन्तुलनमा पारेको प्रभावलाई समेत उजागर गर्न यो कार्यक्रमले गर्न लागिएको हो ।

यहाँ हरिबोधनी एकादशीको दिन मेला लाग्दै आएको छ । परापूर्वकालदेखी यहाँ मेला लाग्दै आएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि यहाँ आउने हरिबोधिनी एकादशीकै अवसरमा मेला लाग्ने गरेको छ ।

गए राति सुनसरीको इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको रकेट बम जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।

 

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित एम्बिसन एकाडेमी बुद्धशान्ति २ जयपुरले नजिकिँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न गरको छ l

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको अध्यक्षता तथा शिक्षासेवी, समाजसेवी अभिभावक नेत्रप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति उद्योग बाणिज्यसंघका अध्यक्ष चन्द्र उप्रेती, समाजसेवी धु्रव ओली, जीवनकुमार पोखरेल, बुधबारे जेसीका अध्यक्ष अर्जुन ढकाल, पूर्व अध्यक्ष मुकेश भट्टराई, सेमन्त पोखरेल, समाजसेवी कमल श्रेष्ठ, चन्द्र गौतम, गंगा गौतम, इन्द्र राई, सथानीय समाजसेवी ,शिक्षविद, अभिभावक, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो

शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक कार्यक्रम, कविता वाचन साथै नाटक समेत प्रस्तुत गर्नुका साथै अभिभावकहरु बिच हण्डी फुटाई खेल समेत खेलाइएको थियो ।

सोही अवसरमा भोइस अफ एम्बिसन एकाडेमीमा सिनियर तर्फबाट प्रेरणा प्रधान साथै जुनियर तर्फबाट अनिमेश बस्नेत बिजय बिनेका विद्यालयका प्रबन्ध निर्देशक दिपेन सिटौलाले बताउनु भयो । त्यस्तै एम्बिस नफेसन सो अन्र्तरगत रेसिका भट्टराई र एडिन राई विजेता बनेका थिए ।

सोही अवसरमा सोही विद्यालयकी तेक्वान्दो खेलाडी खुसी गौतम, समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने हेप्पी जयपुर युवा समुह र सृजनशील कार्य गरेको भन्दै सानु क्रिएटरका सञ्चालक प्रदिप चौवान र पवन चौवानलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा एम्बिसन उद्यमशील क्लबको आयोजनामा राष्टिय आविश्कार केन्द्रको सहयोगार्थ डा. महाविर पुनको पुस्तक सटल समेत राखिएको थियो ।

सानै उमेरबाट संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्न आयोजना गरिएको कार्यक्रममा स सना नानीबाबुहरुको प्रस्तुतीले अभिभावकहरुले भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु सोफिया खड्का, आगल्स अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य सजेशा प्रसाईंले गरेकी थिइन् ।

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा अाज २ जना हाउस फुल विजेता हुनु भएको छ। विजेता हुनेमा बुद्धशान्ति १ का गजुहाङ योङहाङ र बुद्धशान्ति ३ का शङ्खर श्रेष्ठ रहेनु भएको छ विजेताले १ तोला सुन जित्नु भएको हो ।

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा दशैँको घटस्थापना देखि तिहारको साथै छठ पर्व पछिको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न बुद्धशान्तिका मात्रै नभई जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साँझमा बुधबारे बजारको रौनकले बुधबारे बजार धपक्कै बल्ने गरेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनु भयो ।

बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै बुद्धशान्तिमा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । बुद्धशान्तिको बालुवाटारमा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने स्थानिय हरू बताउनु हुन्छ ।

विगत केही वर्ष देखि यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको यो खेल यस वर्षपनि संचालनमा रहेको क्लबका सचिव दुर्योधन देवले बताउनु भय।

बिङ्गोबाट यस अघि संकलित रकमबाट बुद्धशान्तिमा विभिन्न खेलकुद हरूको अायोजना समेत गरिएको बताईएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि बुद्धशान्तिमा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेल बताउनु हुन्छ ।

बुद्धशान्तिको बालुवाटारमा बिङ्गो खेल्नकै लागि भनेर निकै टाढा-टाढाबाट गाढि चढेर समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएका हरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको क्लबका उपाध्यक्ष दिपक सुब्बा थेबे बताउनु भयो

झापाको बुद्धशान्ति गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखाको आयोजनामा कार्तिक २२ र २३ गरि दुई दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण शिविर ,निशुल्क रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ।

बुद्धशान्ति -४ स्थित टिमाई सामुदायिक भवनमा आयोजनामा भएको बन्ध्याकरण शिविर नेपाल एग्री लाइभष्टक ट्रेनिक एण्ड रिसर्च सेन्टर इटहरी ,सुनसरी र नेपाल भेटेरिनगरी एशोसिएसन कोशी प्रदेशको प्रविधि सहयोगमा सम्पन्न भएको हो।

यस शिविरको मुख्य उदेश्य भनेको सामुदायिक कुकुरको जनसंख्या नियन्त्रण र रेबिज रोग नियन्त्रण गर्नका लागि यो कार्यक्रमको गरिएको बुद्धशान्ति गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखा प्रमुख कैलाश सिंहले जानकारी दिनुभयो ।

यस शिविर बाट ९५ सामुदायिक कुकुर र ५२ घरपालुवा कुकुर गरि १४७ कुकुर को बन्ध्याकरण गरिएको बताईएको छ ,।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज  बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक २९ गते १० :५१ बजे उत्तम
कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए  । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनिढ किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।

झापाको बुद्धशान्तिमा जारी वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा वडा नं ४ र वडा नं ३ भिड्ने भएका छन, ।

दिपावली तथा छठ पर्वको अवसर पारेर कार्तिक २३ गते बाट बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प पश्चिम पट्टिको मैदानमा संचालन गरिएको भलिबल प्रतियोगिताको अाज भएको पहिलो सेमिफाईनलमा वडा नं ६ र वडा नं ३ बिच भएको खेलमा वडा नं ६ लाई हराउदै वडा नं ३ फाइनलमा प्रवेश गरेको हो

त्यस्तै आज भएको दोस्रो सेमिफाईनल खेलमा वडा नं २ र वडा नं ४ बिच भएको थियो सो खेलमा वडा नं २ लाई हराउदै वडा नं ४ फाईनलमा पुगेको हो

प्रतियोगिताको फाइनल खेल भोलि कात्तिक २५ गते शनिबार रहने बताइएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेतालाई १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र दिइने आयोजक समितिका विनोद रिजालले जानकारी दिनु भयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी हरूलाई विदागत रूपमा पुरस्कृत समेत गरिदै अाएको बताईएको छ ।

भोलि हुने फाइनल खेलका प्रतियोगिताका विजेताले नगद २५ हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद १५ हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने बताइएको छ ।


बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गरिएको
खेलकुद विकास समिति बुद्धशान्तिका अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो।

कार्तिक २३ गतेदेखि कात्तिक २५ गतेसम्म संचालन हुने प्रतियोगितामा सम्पन्न गर्न २ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितीका सचिब गोविन्द लेप्चाले जानकारी दिनु भयो ।

 इलाम – नेपालमा प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिक नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा पक्राउ परेका छन्। सशस्त्र प्रहरीको गस्ती टोलीले भारततिरबाट पैदल आउँदै गरेका उनीहरूलाई पशुपतिनगरको चारमाइल नजिकैबाट पक्रेको सूर्योदय २ का वडासदस्य उपेन्द्रराज पाण्डेले बताउनु भयो ।!

पक्राउ पर्नेमा भुटानको चिराङ जिल्लाका अन्दाजी ४४ वर्षे फौदसिंह राई, त्यही जिल्लाका अन्दाजी २० वर्षे विशाल राई र सर्वङ्ग जिल्लाका अन्दाजी ४५ वर्षे धनकुमार राई रहेको स्रोतले जनाएको छ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित सामान र विदेशी नोटसमेत बरामद गरेको छ। वडासदस्य पाण्डेका अनुसार उनीहरूबाट चार लाख २५ हजार रुपैयाँ बराबरको भारतीय नोट र अन्य सामान, तीन हजार सात सय ५६ का भुटानी नोट तथा दुई थान भुटानी राहदानी बरामद गरिएका छन्।

‘पक्राउ व्यक्तिको साथमा भुटानी राहदानी छ तर भारतीय नोट ठूलो मात्रामा छ,’ स्रोतले भन्यो, ‘यसअघि पनि उनीहरू केही पटक झापाको काँकडभिट्टा भएर नेपाल छिरेको देखिन्छ।’

पक्राउ व्यक्ति र सामान सशस्त्र प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

ज्ञानु भट्टराई – झापाको बुद्धशान्तिमा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेलले पनि निकै चर्चा पाउने गरेको छ .

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा हाउस फुल विजेतालाई अाज १ तोला सुन पुरस्कार वितरण गरिने बताईएको छ । साथै अन्य आकर्षक नगद पुरस्कार पनि वितरण गरिने छ l साथै टिकट दर: ५००/- रहेको बिङ्गो खेल संचालक गोकुल पौडेलले बताउनु भयो

यो खेल दशैँको घटस्थापना देखि तिहारको साथै छठ पर्व पछिको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न बुद्धशान्तिका मात्रै नभई जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साँझमा बुधबारे बजारको रौनकले बुधबारे बजार धपक्कै बल्ने गरेको छ ।

बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै बुद्धशान्तिमा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । बुद्धशान्तिको बालुवाटारमा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने गरेको छ ।

विगत केही वर्ष देखि यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको यो खेल यस वर्षपनि संचालनमा रहेको अाद्रश युवा क्लब बुद्धशान्तिका सचिव दुर्योधन देवले बताउनु भयो

अन्यत्र व्यावसायीक रुपमै खेल खेलाइने भए पनि झापाको बुद्धशान्तिमा भने मनोरञ्जनका साथै सामाजिक कामको खर्च जुटाउने उद्देश्यले खेलाइदै आएको पाइन्छ ।

बिङ्गोबाट यस अघि संकलित रकमबाट बुद्धशान्तिमा विभिन्न खेलकुद हरूको अायोजना समेत गरिएको बताईएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि बुद्धशान्तिमा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेल बताउनु हुन्छ ।

बुद्धशान्तिको बालुवाटारमा बिङ्गो खेल्नकै लागि भनेर निकै टाढा-टाढाबाट गाढि चढेर समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएका हरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको स्थानिय नारायण अर्याल बताउनु हुन्छ ।

वर्षौदेखि छुटिएका साथीहरू बिङ्गोमा नै भेटिन्छन् यसैले पनि साथीहरूसँग रमाइलो गर्दै बिङ्गो खेल्न पाइने भएपछि साँझ पर्नेवित्तिकै बुधबारे बजारमा चाहलपहल सुरु हुने गरेको अर्का स्थानिय विनोद नेम्वाङ बताउनुहुन्छ ।

बुद्धशान्तिमा जारी बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिको अाज भएको पहिलो खेलमा वडा नं १ र वडा नं ५ बिच भएको थियो जसमा वडा नं ५ लाई ०/३ गोल अन्तरले हराउदै वडा नं १ विजयी भएको हो

दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा कार्तिक १४ गते बाट सञ्चालन भएको प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नं २ र वडा नं ४ B बिच भएको थियो जसमा वडा नं २ लाई २/३ गोल अन्तरले हराउदै वडा नं ४ विजयी भएको हो ।
यसरी हेर्दा वडा नं ४ का दुबै टिम सेमिफाईनल प्रवेश गरेका छन, भने फाईनलमा पनि दुबै टिम भड्ने सक्ने अनुमान लाउन सकिन्छ ।

त्यस्तै प्रतियोगितामा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, बुद्धशान्ति ,वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ४ अध्यक्ष शेर वहादुर राय, वडा नं ५ का वडाअध्यक्ष डेगेन्द्र कार्की बुद्धशान्ति वडा नं २ का वडा सदस्य अमिर श्रेष्ठ, वडा नं १ वडा सदस्य मोहन कुमार राई, बुद्धशान्ति वडा नं ४ वडा सचिब राजकुमार न्यौपाने, बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला ,बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई समाज सेवि करण थेबे, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन युद्ध लिम्बुले गर्नु भएको थियो ।

प्रतियोगितामा ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने पहिलो सेमिफाईनल खेलमा वडा नं १ र वडा नं ४ A बिच हुने छ भने दोस्रो हुने सेमिफाईनलमा खेलमा वडा नं ३ र वडा नं ४ B बिच हुने बताइएको छ ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयोबुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो 
प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।

उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।

प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ भने अाज भएको पहिलो खेलमा वडा नं १ का पुजन थापा भएका थिए भने दोस्रो खेलमा वडा नं १ का विजय राई म्यान अफ द म्याच भएका थिए । दोस्रो खेलमा सोनुहाङ माबो लिम्बू भएका थिए बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट खेलको उत्तकृष्ठ प्लेयर लाई प्रति गोल २ वटा रेडबुल वितरण गर्नु भएको थियो ।