बारामा नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।
बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।
उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति भागिरथा अस्पतालमा आज बाट तीन जना MBBS डाक्टर हरूबाट सेवा सुरु भएको छ ।
बुद्धशान्ति भागिरथा अस्पतालमा डा.सुमेश चौधरी डा.सुमन शिवाकोटी को सेवा अस्पताल बाट भैइरहेको अवस्थामा डा.आविस दाहाल को पनि आज बाट सेवा सुरु भएको छ ।
साथै बिरामीहरु लाई सहजताको निम्ति अस्पतालले टोकनको सुविधा पनि सुचारु गरेको छ। अस्पतालमा पालो पर्खनु पर्ने लगायत बिभिन्न कारण केही समय कुरेर बस्दा कुरूवालाइ साथै बिरामि हरूलाई पनि सहजै सँग समय बिताउन सजिलो होस, भनेर LED टेलिभिजन को ब्यवस्था गरिएको साथै थप सेवा वृद्धिका निम्ति कार्यहरु समेत भईरहेको रहेको बुद्धशान्ति गाउँपालिकाका स्वाथ्य साखा प्रमुख धिरेन यादबले जानकारि दिनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.-३ स्थित प्रणामी मन्दीर छेउमा पर्ने जयपुर बुधबारे सडक खण्डमा अहिले बिहान ९:४० बजेको समयमा पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको मे १ क ८६० नं को कर्णाली एजुकेशन फाउण्डेसन को स्कुल बसले ठक्कर दिदा सोही स्थानको शाखा बाटोबाट मुल बाटोमा ज्योती बोर्डिङ स्कुलमा पढने बिद्यार्थी पुर्याउने जाँदै गरेको साईकल चालक बुद्धशान्ती गा.पा.वडा नं १ बस्ने खड्क प्रसाद बस्नेत की श्रीमती बर्ष ३५ की रिता बस्नेत घाईते भएको र साईकलमा सवार छोरी बर्ष ८ की समिक्षा बस्नेत लाई कम्मर मुनी चोट लागि गम्भीर घाईते भएकि छिन साथै छोरा बर्ष ५ को सन्दीप बस्नेतको (बाँया खुट्टामा चोट लागि घाईते भएको र घाइतेहरूलाई उपचारको लागि बिर्तामोड स्थित B&C हस्पिटल लगिएको इलाका प्रहरि कार्यलयका प्रमुख प्रविन भट्टराईले जानकारि दिनु भयो ।
चालक तथा उक्त बस इलाका प्रहरि कार्यलय बुधबारेमा राखिएको बताईएको छ ।
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा घरपालुवा कुकुरलाई सडकमा लगेर दिसापिसाब गराउनेमाथि कारबाही गर्न आवाज उठेको छ ।
२१ औँ नगर कार्यपालिका बैठकमा ‘कुकुरको व्यवस्थापन सम्बन्धी कार्यविधि’माथिको छलफलमा भाग लिँदा वडाध्यक्ष मुकुन्द रिजालले यस्तो कार्यमा कतिपय भीआईपी भनिने मान्छेहरुनै सक्रिय रहेको भन्दै यसबारे महानगरको ध्यान जानुपर्नेमा जोड दिए ।
‘घरमा कुकुर पाल्ने र बाटोमा छाडेर ट्वाइलेटै बाटोमा बनाउन पाइन्छ कि पाइँदैन ?’, उनले भने, ‘धनीमानि ठुलाबडा, अलि ठुला पदमा पुगेका मानिसहरू नै मर्निङवाकमा शेर जत्रा कुकुर लिएर निस्कने र बाटोमा दिसापिसाब गराउने प्रवृत्ति छ। यस्तो कार्यमा संलग्नमाथि महानगरपालिकाले कारबाही गर्नुपर्छ ।’महानगरले टोली परिचालन गरेर जरिवाना गर्न थाले यस्तो कार्य रोकिने उनको भनाइ थियो ।
बिहीबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको उक्त बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सगत, वातावरण समिति, विधायन समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल र वित्त समितिका संयोजक ईश्वरमान डंगोलले आफ्ना समितिअन्तर्गतका प्रस्ताव पेस गरेको महानगरपालिकाले जनाएको छ । बैठकमा विविधसहित २१ वटा प्रस्ताव थिए ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्ती निकेतन अङ्ग्रेजी मा.बि ले हरेक हप्ताको शुक्रवार गुड फ्राईडे”को रुपमा विद्यार्थीहरुको सर्वब्यापी बिकासको लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै आईरहेकोमा यस हप्ताको शुक्रवार देखि ब्यवहारिक ज्ञान सिकाउन सुरु गरेको छ।
विद्यालयले मिति भदौ १ गते शुक्रवार बाट कक्षा ८,९,१० का विद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउन थालिएको बुद्धशान्ति गाउँकार्यपालिका सदस्य तथा विद्यालयका कोअर्डिनेटर दिनेश लेप्चाले जानकारी दिनु भयो।
गाउँ घरका ज्येष्ठ नागरिक तथा आमाहरुले मात्र गाँस्न जान्नुहुने भएकाले अहिलेको पिढीले यस्ता ब्यवहारिक ज्ञान नसिके निकट भबिस्यमा यस्ता ज्ञान लोप भएर जाने साथै आफ्ना घरमा गाउँमा हुने शुभ अशुभ सबै कार्यहरूमा समेत दुना टपरी प्रयोगमा आउने भएकाले आफुसँग भएको सीप जतिबेला पनि प्रयोगमा आउने भएकाले पनि अहिले साना साना नानिहरूलाई पनि यस्तो व्यवहारिक ज्ञान सिकाउन सुरू गरिएको विद्यालयका प्रीन्सिपल उदय चन्द्र कोईरालाले बताउनु भयो ।
यस्तै दुना टपरी हरेक घरको शुभकार्य गर्दा आवश्यकता पर्ने भएकाले र घरवरपर नै सहजै उपलब्ध हुने रुखका पातहरुबाट बनाउन सकिने भएकाले बिनाखर्च आफ्नो सीप प्रयोग गरि यसलाई बनाउन सकिने विद्यालयका भाईस प्रीन्सिपल रबिन कोईरालाले बताउनु भयो।
विद्यालयका बिज्ञान बिषयका शिक्षक सुनिल पौडेल साथै अन्य शिक्षकहरु विशाल शिवाकोटी,भेस चाम्लिङ,कृष्ण घिमिरेद्वारा सहजिकरण गरिएको कार्यक्रममा शिक्षकहरु कबिता भण्डारी,रचना ढुंगाना,भिक्टोरी श्रेस्ठ लगायतले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो।
ज्ञानु भट्टराई : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा हुने आम निर्वाचनमा झापामा जनताले रास्वपाका उम्मेद्वारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताउनु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित पुरानो टिमाई शिविर नवनिर्मित सब्जि मण्डीको प्राङगणमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुहरु जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परिक्षा लिन आग्रह गर्नुभयो ।
“काम गर्न सकेनौँ भने,यो क्षेत्र घण्टी निशेधित बनोस् ।” बर्षौ देखि जितेका नेताले बुद्धशान्तिमा के परिवर्तन गरे? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “तपाईहरुलाई अपेक्षा गरिएको छ । बुद्धशान्ति अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन,कृषि,उद्योग,शिक्षा,सडक हरेक क्षेत्रको विकास हुन सकको छैन ।”
कांग्रेस,एमाले र माओवादीहरुले गर्न सक्नेजति गरिसकेको लामिछानेको दाबी छ । “उनिहरुको क्षमता यति नै हो केही गर्न सक्दैनन् ।” उहाँले भन्नुभयो, “यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन कान्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ । र, देशमा औँलाले गन्न सकिने बाहेक नेता जेलको छिँडीमा सडिनेछन् ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुद्धशान्तिमा आई यहाँकाे सुकुम्बासी समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्तिले शुक्रबार आयाेजना गरेकाे भेटघाट कार्यक्रममा बाेल्दै उहाँले भन्नू भयो बुद्धशान्तिमा हसने हात्ती आतंक सुकुम्बासीका समस्या साथै बुद्धशान्तिको विकाश बिस्तार र प्रबर्धन राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिक्तामा राखेर काम गर्ने बताउनु भयो ।
शुक्रबार भएको भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाई, काेशी प्रदेश इन्चार्ज ओम भण्डारीले सम्बाेध गरेका थिए भने पार्टीका क्षेत्रीय सदस्य कमल श्रेष्ठले स्थानीय विषय समेटिएको प्रतिवेदन वाचन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्ति वडा नं ४ का अध्यक्ष रोसन कटुवालले जानकारि दिनु भयो
रास्वपाको उदयबाट आत्तिएकाहरुले आफुहरुको आलोचना,टिकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ । जति नै गाली गरेपनि खुद्रामा नभई थोकमा जवाफ दिने त्यसका लागी आम निर्वाचन पर्खन उहाँले चेतावनी दिनुभयो ।
“हामीलाई शिद्धान्त विहिन पार्टी भन्दै खेदो खन्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “हरेक मान्छेका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो शिद्धान्त छ । यो कुन शिद्धान्त हो? हामीलाई थाहा छैन । वृद्धवृद्धालाई घरमा गएर स्वास्थ्य जाँच गर्ने,उपचारमा लैजाने हाम्रो काम हो । यो कुन शिद्धान्त? कुन वाद? कुन नीति हो? हामिलाई थाहा छैन ।” यी शिद्धान्त मन परेमा रास्वपासंग सम्झौता गर्न रविको आग्रह छ ।
चड्कारो आवाजमा चोटिलो भाषण गर्न खप्पिस लामिछानेले छोटो मन्तब्यमा अगामी निर्वाचनका लागी मिठो शैलीमा भोट माग्नु भयो । “आज भोलि नै चुनाव आउँदैन । तर , हेर्दा हेर्दै चुनाव आउँछ । त्यो बेला यहाँका पुराना नेता हो न हो हुनेगरी भोट माग्न आउनेछन् ।” उहाँले भन्नुभयो, “तपाईहरु विकसित देशका जनताले जस्तै शान्त विद्रोह गरेर रास्वपाको चुनाव चिन्हमा भोट हाल्नुहोला ।”
बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक बर्ष २०७९/ ८० मा २ करोड ४५ लाख १० हजार ८३ रुपैँया ९ पैसा राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा उक्त रकम राजस्वका रुपमा संकलन भएको बुद्धशान्ति गाउँपालिका राजस्व इकाइ प्रमुख शशी पनेरुले जानकारी दिनुभयो ।
१ नं वडा ले ३६ लाख ६ हजार १ सय ५३।१४ रुपैँया, २ नं वडा ले ३४ लाख ७८ हजार ४ सय २२।३२ रुपैँया, ३ नं वडा ले ४२ लाख १३ हजार ५६५।३३ रपैँया, ४ नं वडा ले १८ लाख ३३ हजार ७ सय ३८।१७ रुपैँया, ५ नं वडा ले ११लाख ८० हजार ८ सय २२।७३ रुपैँया, ६ नं वडा ले ७ लाख ८१ हजार ४ सय ९९।३० रुपैँया र ७ नं वडा ले ४ लाख ६० हजार ८ सय ८।९६
रुपैँया राजस्व संकलन गरेको छ ।
वडा नं ३ राजस्व संकलनको हिसाबले पहिलो
सात वटा वडाहरु रहेको बुद्धशान्ति गाउँपालिको बजार क्षेत्रअन्तर्गत पर्ने वडा नं ३ राजस्व संकलनको हिसाबले पहिलो स्थानमा रहेको छ । ३ नं वडा ले चालु आर्थिक बर्षमा ४२ लाख १३ हजार ५६५।३३ रपैँया राजस्व संकलन गरेको हो । त्यस्तै राजस्व संकलनमा सवैभन्दा कम ७ नम्बर वडाले गरेको छ । ७ नं वडा ले ४ लाख ६० हजार ८ सय ८।९६ रुपैँया राजस्व संकलन गरेको छ ।
इलामको रोङ गाउँपालिकाले बर्षादकाे समयमा लामखुट्टेवाट सर्ने डेंगु राेग नियन्त्रणकाे लागि लामखुट्टे खाेजि खाेजि नासगर्ने अभियान थालिएकाे छ ।टाईगर मस्क्युटाे समेत भनिने एडिस एजिप्टाई जातकाे सफापानीमा बसेर दिउँसाेकाे समयमा टाेक्ने लामखुट्टे वाट डेंगु हुने गर्दछ ।डेंगु लागेका बिरामिहरुलाई तिन देखि दश दिनसम्म उच्च ज्वराे अाउने टाउकाे पेट,अाखा दुख्ने,वाकवाकि लाग्ने गर्दछ । पानी जम्मा हुने भाडा गमला फुलदानि टायर रित्तो बट्टाहरू ,अध्याराे काेठा,शाैचालय,टेवल खाटकाे मुनिपट्टि बस्ने लामखुट्टे नास गर्नकाे लागि राेङमा यसकाे बासस्थान खाेजि गरि नास गर्ने अभियान थालिएकाे राेङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्लेले बताउनु भयो ।
डेंगु नियन्त्रणका यस कार्यकाे लागि गाउँपालिका स्तरमा सराेकारवलाहरुकाे बैठक बसि हरेक वडाहरुमा चेतना हरेक वडाहरुमा जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यस्वयसेबिका,टाेलबिकाश सस्थाका प्रतिनिधिहरु,राजनितिक दलका प्रतिनिधिहरु सहितकाे अन्तरकृया गरिएकाे र राेगकाे पहिचानकाेे लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर टेस्ट किड समेतकाे ब्यवस्था गरिएकाे शाखा प्रमुख काफ्लेले बताउनु भयो ।
हाल सम्म राेङ गाउँपालिकामा चारजना डेंगु सक्रमित भएकाे शाखाकाे तथ्याङ्क रहेकाे छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं -३ बुधबारे तल्लो चोकमा दारी ग्याङ झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।
उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा न:१ का अध्यक्ष अनिल वाग्ले,वडा न:५ का अध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस झापा शाखाका जिल्ला सदस्य हरि पोखरेल ,रेडक्रस बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई ,ईलाका प्रहरी कार्यालय बुद्धशान्ति प्रमुख प्रविण भट्टराई ,सामाजिक ब्याक्तित्वहरु मनोरथ तिवारी ,चन्द्र प्रकाश कोइराला ,धिरेन्द्र ढकाल सहित संचारकर्मी,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो।
रक्तदान कार्यक्रममा रक्तदान गर्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले भन्नुभयो , नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिन्छ,
उहाँले भन्नू,भयो जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिन्छ ।
त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नुभयो, दारी ग्याङ झापाले गरेका सकारात्मक काम विभिन्न सामाजिक कार्यलाई आफुहरूले निहाली रहेको बताउदै बुद्धशान्तिको विकास विस्तार र प्रर्वद्धनमा आफु लागि परेको बताउनु भयो ।
दारी ग्याङ झापाका उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य राम जंग भट्टराईले राखेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गर्नुभएको थियो वर्षाका कारण निर्धारित समय ९:३० बाट संचालन हुने भनिएको रक्तदान कार्यक्रम दुई घण्टा ढिलो गरि ११:३० बाट मात्रै सुरु हुन सकेको अवस्थामा ५४ पिन्ट रगत संकलन भएको जानकारि गराउदै आगामी दिनमा पनि विभिन्न कार्यक्रम हरूमा दारी ग्याङ झापाले सहयोग गर्ने दारी ग्याङ झापाका अध्यक्ष पौडेलले बताउनु भयो ।
पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ ६ वर्ष यताकै उच्च भएको छ ।
पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा पाँचथरमा अलैँची प्रतिमनको ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सिजन शुरु हुन लाग्दा अलैंची काे मुल्य उकालाे लागेपनि याे बर्ष उत्पादन भने घटेकाे छ ।
खाेल्छाकाे सुन उपमा पाएकाे अलैची ईलामे भुमिमा राेगले सखाप भएर मासिएकाे भएपनि किसानहरुले नयाँ ठाउँहरुमा नयाँ जात र नयाँ तरिकाले राेपेपछि केहिबर्ष यता उत्पादन बढेकाे थियाे ,तर नयाँ ठाउमा पनि पुरानै राेगले सताएपछि फेरि मासिने अवस्थामा पुगेकाे छ ।
बिगतका बर्षहरुमा किसानले सिमसार खाेल्छापाखा भित्ता र जंगलमा लगाएकाे रामसाई,गाेलसाई,डम्वरसाई चिबे जातकाे अलैंची लगाउने र मनग्गे उत्पादन हुने थियो तर अहिले त्यस ठाउँहरुमा अलैचि मासिएपछि बारीका गराहरुमा भारलाङ्गे र जिरमले जातका अलैंची राेपेर उत्पादन लिन थालेकाे भएपनि अहिले पुरानै राेगकाे कारण बगानै सखाप भएकाे सुर्योदय नगरपालिका वडा नं ६ का किसान सविर तामाङ बताउनु हुन्छ ।
उहाँ भन्नू ,गतबर्ष उत्पादनकाे सिजनमा करिव तीस हजारमा रहेकाे अलैची याे बर्ष सिजन सुरुकै बेला साठि हजार भन्दा बढिमा बिक्रि हुन थालेकाे छ । गतबर्ष करिव २५ मन सुख्खा अलैंची उत्पादन गरेका राेङ ६ का किसान उमेस प्रधानले याे बर्ष दुई तिन मन पनि नहुने बताउनु हुन्छ । यसैगरि सुर्याेदय नगरपालिका वडा नं ६ फाजिगाउँका राजेन्द्र सापकाेटा भन्नुहुन्छ गत बर्ष ११ मन भएकाे थियाे यसपालित बगानमा जान नै अल्छि लाग्दाे छ । पहाडि भुभागमा मात्रै हुने अलैचि अहिले कछाड र ताताे हावापानिमा सुपारी खेति सगै हुन थालेकाे छ यसकाे कारण न कतैवाट खाेजियाे न त राेगकाे पहिचान र निदान नै भयाे किसानहरुकाे गुनासाे रहेकाे छ ।
बिगतमा आठमन सम्म सुख्खा अलैच उत्पादन गरेकाे राेङ ६ का गणेश राई भन्नुहुन्छ मैले त अस्तिनै अम्लिसो पाे राेपिसके के टिप्नु ?
अलैंची मा छिर्के ,फुर्के राेग पहिला देखीनै रहेपनि बिगत केहि बर्षयता सरलक्क बाेट मरेर जाने राेग संक्रामक भएर आएकाे थियाे ।शुरुमा नेपालकाे पाच जिल्लामा मात्रै उत्पादन हुने अलैंची खेती अहिले नेपालका चालिस भन्दा बढि जिल्लामा फैलिसकेकाे र नेपालबाट सबैभन्दा बढि बिदेशी मुद्रा भित्राउने कृषि उपज हाे तर सरकारी निकायबाट उचित अनुसन्धान र राेगकाे निदान नखाेजिएमा तथ्याङ्क ऐतिहासिक मात्रै बन्ने निश्चित रहेकाे छ ।