झापाको बुद्धशान्ति गाउँपालिका वाड नं ३ स्थित जयगंगा धर्मकाँटा तौलपुलमा मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचिराजमार्ग ट्रक कमिटिको आयोजनामा मंगलबार दुर्घटना न्युनीकरण सम्बन्धमा यातायात व्यवस्था कार्यलयका प्रतिनिधी जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि मजदुर सङगठन नियमनकारी निकायका प्रतिनिधि नेपाल यतायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि संन्चारकर्मी लगायतको उपस्थितिमा मेचि राजमार्गमा चल्ने ट्रक पिकप लगायत सम्पर्ण ढुवानिका सवारीहरूलाई काँटा गराई क्षमता भन्दा बढि भएका सवारी चालक हरूलाई सम्झाइ बुझाई दुर्घटना हुने कारण साथै सडकको क्षमता कानुनत दुर्घटना हुँदा चालक हरूलाई पर्ने असर बारे जानकारि समेत गराईएको थियो ,

यदि अटेर गरि आफ्ना सवारी साधनहरू संचालनको अवस्थामा नियमनकारी निकायबाट चेकजाँच गर्दा उक्त प्रमाणहरू साथमा नरहेमा कानुन अनुसार कार्बाही समेत हुने संस्थाका उपमहासचिव देवी प्रसाद भट्टराईले बताउनु भयो ।

दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत श्रावण ७ गते बाट संन्चालमा आएको बुद्धशान्ति गाउँपालिका रहेको यस जयगंगा धर्मकाँटा तौल पुल सरकारले चासोको बिसय लिएर गर्नु पर्ने काम निजि छेत्र बाट भएता पनि राम्रो कामको सुरूवात भएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ,।

अध्यक्ष प्रसाईले भन्नू भयो ,बुद्धशान्ति गाउँपालिका बाट रोङ गाउँपालिका मेचिराजमार्ग हुँदै ईलाम पाँचथर ताप्लेजुङ सम्म जाने गाडिहरू यहि बाटो जाने भएकाले सडकको क्षमता कति छ भौगोलिक अवस्थामा सडक कस्तो छ भन्ने विचार नगरि र तौल पुलमा गाडी चेक नगरि सवारी चलाउदा ठुलठुला दुर्घटना हुने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नू भयो सम्पुर्ण प्रकृया पुर्याएर पालिका सगँको समन्वयमा रहेर सन्चालन भएमा जयगंगा धर्मकाँटा तौलपुल लाई पालिकाको तर्फबाट सहयोग समेत रहने उहाँले बताउनु भयो ।
सवारीको तौल र त्यसको क्षमता अनुसार चेक नगरी गाडी लोड गरेर पहाडी छेत्रका सडक हरूमा चलाउने गर्दा बढी दुर्घटना हुने गर्दछ ,।
तर कानुनले सवारी चालक नै दोषी देख्ने भएकाले कतिपय दुर्घटनाहरूमा सवारी चालकले नै कानुनी कार्बाही भोग्नु परेको चालक दिपक भट्टराईले बताउनु भयो ।

मंगलबार भएको चेक जाँचको क्रममा ट्रकको क्षमता भन्दा बढि लोड लिएर आउने चालकहरू सँग कुरा गर्दा फ्याक्ट्री बाट नै गाडिको क्षमता भन्दा बढि बोक्न बाध्य बनाएको आरोप लगाउदै पन्छिन खोजेका थिए,तर ट्रक संचालक हरूलाई थाहा नै नदिई पकेट खर्चका लागि चालकहरूले ट्रकको क्षमता भन्दा बढि माललोड गरि सवारि चलाउने गरेको र दुर्घना हुँदा मात्र आफुहरूलाई थाहा हुने गरेको इलामका एक ट्रक संचालकले गुनासो गर्नुभयो ।





आईतबार भएको दोस्रो सेमिफाईनल खेलमा आदर्श युवा क्लब बुद्धशान्ति र हात्ती किल्ला फुटबल क्लब अर्जुनधारा बिच भएको खेलमा १/० गोलको अन्तरले आदर्श युवा क्लब लाई हराउदै हात्ती किल्ला फूटबल क्लब फाइनलमा प्रबेश गरेको थियो ।
केहि समय पछि बाट सुरू भएको फाईनल खेलमा नव ज्योति युवा क्लब जयपुर र हात्ती किल्ला फुटबल क्लब अर्जुनधारा बिच भएको खेलमा ३/० गोल अन्तरले नव ज्योति युवा क्लबलाई हराउदै हात्ती किल्ला फुटबल क्लब अर्जुन धाराले प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।

फाइलन खेल हुनु अघि भएको महिलाहरूको सो म्याचमा जयपुर र आयोजक बिच भएको खेलमा १-० गोल अन्तरले जयपुरलाई पराजित गर्दै आयोजकले जित हासिल गर्न सफल भएको थियो ।

यता शनिबार भएको दोस्रो सेमिफाइनल अर्जुनधारा फुटबल कल्ब र मानेबुङ बिच भएको खेलमा ४/० गोल अन्तरले हराउदै अर्जुनधारा फाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद रू १०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए भने उपविजेता टिमले नगद रू ७००० ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त वितरण गरिएको शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले जानकारि दिनु भयो ।
केही दिन एता अत्यधिक रुपमा आँखा सम्बन्धि समस्या बाट आम मानिस ग्रसित भइरहेको अवस्था मा यस शिविर बाट ५२० जनाले सेवा लिएका छन् ।





शुक्रबार भएको फाइनल खेलमा सृजनशिल युवा कल्बका अध्यक्ष निर्मल पराजुलीले भन्नू भयो, बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु यस कल्बले आयोजना गरिने बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियामा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखा प्रमुख धिरेन यादव, कोशी प्रदेश स्वाथ्य मनत्रालय अधिकृत जीवन चौलागाँइ,स्वाथ्य कार्यलय झापाका फोकल पर्शन कुल वहादुर पौडेल, बुधबारे इलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई, ससस्त्र प्रहरी टिमाई प्रमुख रामकुमार लिम्बू ,बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष वडा सदस्य सम्पुर्ण स्वाथ्य कर्मी लगायतको उपस्थिति रहेको थियो ।









यस पश्चात् भोलि श्रावण १९ गते शुक्रबार नि:शुल्क आँखा शिविर कार्यक्रम झापा जिल्ला हल्दिबारी गाउँपालिका वडा न:२ स्थित राष्ट्रिय एकता प्रावि ( काजली बजार) मा समेत शिविर सन्चालन हुने साथै श्रावण २० गते शनिबार बुद्धशान्ति गाउँपालिका वडा न: ४ सट्टाभर्ना स्थित श्री गणेश माविमा समेत आयोजना हुने नेविसंघ झापाका सचिव गोकुल पौडेलले बताउनु भयो ।

बिहिबार सम्पन्न भएको योग साधना कार्यक्रममा पातान्जल योग समिति झापाका अध्यक्ष श्याम ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुद्बशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं बिशिष्ठ अतिथिमा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा अतिथिहरूमा वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ वडा नं ३ वडा सदस्य लिला परियार पातान्जल योग समिती झापाका कोषाध्यक्ष टीका सुवेदी लगायतको अातिथ्यता रहेको थियो ।
कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई बुद्धशान्ति गाउँपालिका वडा नं का वडा अध्यक्ष पर्शुराम चेम्जोङले शाब्दिक स्वागत गर्नुभएको कार्यक्रमको पातान्जल योग समिति झापाका सचिब देवेन्द्र ढकालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले भन्नू भयो हाम्रा पूर्खाहरुले खानपानका सम्बन्धमा यावत् विधी एवं तौर–तरिकाहरु पहिल्याएका छन् । तर आज भोलि हामी खाना खानुअघि के गर्ने, खाना खादा कसरी खाने, खानपानपछि के गर्ने भन्ने कुरामा पनि हामी स्पष्ट छैनौ त्यसले पनि हाम्रो स्वाथ्यमा पनि असर पुगिरहेको हुन्छ त्यसैले पनि हाम्रो स्वाथ्यलाई योग साधना आवस्यक रहेको बताउनु भयो ।



