

दुई शृङ्खलामा बिभाजित महफिलको पहिलो शृङ्खलामा प्रत्येक गजलकारले दुई-दुई वटा गजलहरु वाचन गर्नुभएको थियो भने दोश्रो शृङ्खलामा तीन-तीन वटा गजलहरु वाचन गर्नुभएको थियो । मिलन, बिछोड, खुसी, रोदन, देशभक्ति लगायतमा आधारित गजलले दर्शकहरुको मनमात्र तानीरहेको थिएन एकसाथ दर्शकहरुको ‘वा…..वा…., Once More’ का आवाजहरु पनि आइरहेका थिए । निरन्तर करिब तीन घण्टा चलेको महफिलको पत्तै नपाइ समय वितेको दर्शकहरुको प्रतिकृया थियो ।
सुदूरपूर्वमा पातल्ली रहेको गजलबिशेष कार्यक्रमलाई यो महफिलले पुनर्जागरण गरेको उहाँको प्रतिकृया थियो । त्यस्तै बिशिष्ट अतिथि खगेन्द्रा खुसीले गजलमा यदाकदा बिबादका कुराहरु आइरहे पनि अहिलेका पुस्ताले गजल बिधालाई धेरै मन पराएको बताउनु भयो । यि र यस्ता कार्यक्रमले विधालाई पुस्तान्तरणमा ठुलो भुमिका खेल्दै निखारीन सहयोग पुर्याउने उहाँले बताउनुभयो । त्यसैगरी धेरै अवार्ड र सम्मानबाट सम्मानित भइसक्नुभएकि गजलकार तथा कवि कविता राईले गजलले आफुलाई उच्च र लोभलाग्दो रुपमा स्थापना गरेकोमा हर्ष व्यक्त गर्नुभयो । तर गजललाई अहिले पनि राष्ट्रिय मान्यता नदिएको प्रति दु:ख व्यक्त गर्दै यस्ता कार्यक्रमले गजल विधालाई राष्ट्रिय मान्यता दिन सरकारलाई चुनौति दिने उहाँको भनाइ थियो ।
भौतिक उपस्थितिमा बैठक बसेर कार्यक्रम गर्ने परिपाटी रहिआएको र त्यहि अभ्यासहरु भइरहेको अवस्थामा यस संस्थाले एउटा फरक र नयाँ अभ्यास गरेको स्वागत मन्तव्यका क्रममा सिर्जनशील सामाजिक युवा समूह नेपालका उपाध्यक्ष निराजन निरौलाले बताउनु भयो । कार्यक्रम गर्न तन, मन र वचनले दृढताका साथ लागेमा सफल भइने रहेछ भन्ने संदेश प्रवाह गर्ने उद्येश्य लिएको उहाँको भनाइ थियो ।
कार्यक्रमको समापन गर्दै संस्थाकि बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमकि अध्यक्ष समिक्षा छिलिङ राईले कार्यक्रम गर्न धेरै कठिन र चुनौतिपूर्ण भएपनि सबैको साथ, सहयोग, हौसला र उत्प्रेरणाले सहज महशुस भएको बताउनुभयो । जुनसुकै परिस्थितिमा भएर पनि संस्थाको निम्तोलाई स्विकार गरेर आउनु भएका सबै अतिथिहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । बिर्तामोडको साइ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको संचालन संस्थाकी सचिव जीना अधिकारीले गर्नुभएको थियो । अभागी थेगुवा, केशव आचार्य, भगवती ढुङ्गेल, बिराट किराँती, दिलिप घिमिरे लगायत थुप्रै अग्रज स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रमलाई सफल बनाउन संस्थाका सल्लाहकार भिम बिरही राईको ठुलो भुमिका रहेको थियो ।
Related Stories
४ पुष २०७९, सोमबार ०७:२४
४ पुष २०७९, सोमबार ०७:२४
४ पुष २०७९, सोमबार ०७:२४