May 10, 2024

साहित्य

निराजन निरौला । झापाको बिर्तामोडमा ‘सिर्जनशील गजल महफिल – २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सिर्जनशील समाजिक युवा समूह नेपालले आयोजना गरेको महफिलमा पाँच जना गजलकारहरुको प्रस्तुति रहेको थियो । जसमा धनकुटाका गजलकार याक्थुङ्बा कान्छा, पाँचथरका मृदुल आङ्बो, पाँचथरकै पवन अधिकारी, त्यस्तै झापाकी सुनिता तामाङ र इलामकी अञ्जीला थामी अर्पणाले पाँच-पाँच वटा गजलहरु वाचन गर्नुभएको थियो ।
दुई शृङ्खलामा बिभाजित महफिलको पहिलो शृङ्खलामा प्रत्येक गजलकारले दुई-दुई वटा गजलहरु वाचन गर्नुभएको थियो भने दोश्रो शृङ्खलामा तीन-तीन वटा गजलहरु वाचन गर्नुभएको थियो । मिलन, बिछोड, खुसी, रोदन, देशभक्ति लगायतमा आधारित गजलले दर्शकहरुको मनमात्र तानीरहेको थिएन एकसाथ दर्शकहरुको ‘वा…..वा…., Once More’ का आवाजहरु पनि आइरहेका थिए । निरन्तर करिब तीन घण्टा चलेको महफिलको पत्तै नपाइ समय वितेको दर्शकहरुको प्रतिकृया थियो ।
सिर्जनशील गजल महफिलमा आउँदा साच्चै नै महफिलको जस्तो अनुभूति भएको कार्यक्रमका प्रमुख अतिथि विवश बलिभद्रले बताउनुभयो । “महफिलको आफ्नै नियम र दायराहरु हुन्छन्” उहाँले भन्नुभयो “जुन आयोजकले गरेको व्यवस्थानमा कुनै खोट छैन ।” महफिललाई सफल बनाउन गजलकारहरुको ठुलो भूमिका रहेको उहाँको प्रतिकृया थियो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि सुन्दर कुरुपले गजल आफैँमा समाज बोल्न सक्ने विधा भएको बताउनुभयो ।
सुदूरपूर्वमा पातल्ली रहेको गजलबिशेष कार्यक्रमलाई यो महफिलले पुनर्जागरण गरेको उहाँको प्रतिकृया थियो । त्यस्तै बिशिष्ट अतिथि खगेन्द्रा खुसीले गजलमा यदाकदा बिबादका कुराहरु आइरहे पनि अहिलेका पुस्ताले गजल बिधालाई धेरै मन पराएको बताउनु भयो । यि र यस्ता कार्यक्रमले विधालाई पुस्तान्तरणमा ठुलो भुमिका खेल्दै निखारीन सहयोग पुर्याउने उहाँले बताउनुभयो । त्यसैगरी धेरै अवार्ड र सम्मानबाट सम्मानित भइसक्नुभएकि गजलकार तथा कवि कविता राईले गजलले आफुलाई उच्च र लोभलाग्दो रुपमा स्थापना गरेकोमा हर्ष व्यक्त गर्नुभयो । तर गजललाई अहिले पनि राष्ट्रिय मान्यता नदिएको प्रति दु:ख व्यक्त गर्दै यस्ता कार्यक्रमले गजल विधालाई राष्ट्रिय मान्यता दिन सरकारलाई चुनौति दिने उहाँको भनाइ थियो ।
भौतिक उपस्थितिमा बैठक बसेर कार्यक्रम गर्ने परिपाटी रहिआएको र त्यहि अभ्यासहरु भइरहेको अवस्थामा यस संस्थाले एउटा फरक र नयाँ अभ्यास गरेको स्वागत मन्तव्यका क्रममा सिर्जनशील सामाजिक युवा समूह नेपालका उपाध्यक्ष निराजन निरौलाले बताउनु भयो । कार्यक्रम गर्न तन, मन र वचनले दृढताका साथ लागेमा सफल भइने रहेछ भन्ने संदेश प्रवाह गर्ने उद्येश्य लिएको उहाँको भनाइ थियो ।
कार्यक्रमको मुख्य आकर्षण तथा गजकारहरु र बिशिष्ट अतिथिहरुलाई प्रमुख अतिथिको हातबाट मायाको चिनो बितरण भएको थियो । प्रमुख अतिथिलाई संस्थाकि बरिष्ठ उपाध्यक्ष समिक्षा छिलिङ, उपाध्यक्ष निराजन निरौला लगायत संस्थाका पदाधिकारीहरुले मायाको चिनो वितरण गर्नुभएको थियो 
कार्यक्रमको समापन गर्दै संस्थाकि बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमकि अध्यक्ष समिक्षा छिलिङ राईले कार्यक्रम गर्न धेरै कठिन र चुनौतिपूर्ण भएपनि सबैको साथ, सहयोग, हौसला र उत्प्रेरणाले सहज महशुस भएको बताउनुभयो । जुनसुकै परिस्थितिमा भएर पनि संस्थाको निम्तोलाई स्विकार गरेर आउनु भएका सबै अतिथिहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । बिर्तामोडको साइ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको संचालन संस्थाकी सचिव जीना अधिकारीले गर्नुभएको थियो । अभागी थेगुवा, केशव आचार्य, भगवती ढुङ्गेल, बिराट किराँती, दिलिप घिमिरे लगायत थुप्रै अग्रज स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रमलाई सफल बनाउन संस्थाका सल्लाहकार भिम बिरही राईको ठुलो भुमिका रहेको थियो ।

४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।

Credit: Online Khabar

३ पुस, काठमाडौं । भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात बन्द गरेको हो ।

अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।

Credit: Online Khabar

४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

४ पुस, काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।