April 20, 2025

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रहेको र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा नै रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

नेकपा (एमाले) धादिङको विवाद छताछुल्ल भएको छ । यही माघ १९ गतेदेखि सुरु जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलको विषयको विवादले अधिवेशन अन्योलपूर्ण बनेको हो ।

अधिवेशनमा कुटाकुटकै अवस्था सिर्जना भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुंगेल आइतबार बिहान अधिवेशन स्थगित भएको विज्ञप्ति निकालेर काठमाडौं फर्किएका छन् ।

एमाले धादिङको अधिवेशनमा ‘धक्कामुक्का’, कार्यकर्ताको हात भाँचियो

काउन्टर’मा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

धादिङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूबीच नै प्रतिस्पर्धा छ । अध्यक्षमा त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् । त्रिपाठीले प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै अधिकारीलाई साथ दिएका नेताहरू असन्तुष्ट देखिएका हुन् ।

अधिकारीलाई प्रदेश अध्यक्ष ढुंगेल, खेम लोहनीलगायत नेताको साथ छ । लोहनीले प्रतिनिधिको अन्तिम नामावलीबारे अन्योल रहेको बताए ।

प्रतिनिधि उपस्थित गराउने सवालमा विवाद पहिलेदेखि नै भएको थियो । भूगोलबाट आएका प्रतिनिधिहरूमा कुनै विवाद थिएन,” उनले भने, “जनसंगठन, विभाग र कमिटीबाट मनोनयन गर्ने विषयमा विवाद थियो । अध्यक्षले त्यसमा एकलौटी गर्नुभयो । प्रतिनिधिको अन्तिम नामावलीको रजिस्ट्रर गर्ने विषयमा विवाद थियो । अहिलेसम्म पनि को–को भन्ने धेरै बाहिर आएको छैन ।”

अध्यक्षमण्डलमा पनि विवाद भएकाले अधिवेशन स्थगित गरिएको उनले सुनाए । जिल्ला अध्यक्षले निकालेको विज्ञप्तिबारे माथिल्लो कमिटीको अध्यक्षको निर्देशन मान्नुपर्ने उनको भनाइ छ ।

जिल्ला अध्यक्षले अरूको कुरा नसुनेको होला । पार्टीका प्रदेश इन्चार्जले स्थगित गर्नुभएको छ,” उनले भने, “हाम्रो पार्टी जनवादी केन्द्रीयतामा चल्छ । माथिल्ला कमिटीको निर्देशन तल्ला कमिटीले मान्नुपर्छ ।”

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मनोनीत प्रतिनिधि र अध्यक्षमण्डल सर्वसम्मतिले टुंग्याइएको जिकिर गरे । अधिवेशनअन्तर्गत आइतबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी हुँदा प्रदेश अध्यक्षले विज्ञप्ति सार्वजनिक गरेको उनले बताए । आफूहरू छलफलमा नै रहेको उनले जानकारी दिए ।

पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग छलफल गरेर अधिवेशन सञ्चालन गरिने उनले बताए । “प्रदेश अध्यक्षले कहाँबाट विज्ञप्ति जारी गर्नुभयो रे भन्ने सुनेँ । हामी छलफलमा नै छौँ,” उनले भने, “पार्टी अध्यक्ष र महासचिवसँग छलफल गरेर अधिवेशन चलाउँछौँ ।”

दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्। रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए।

आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिए। श्रीमती सहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए।

‘मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो,’ डिएसपी मल्लले भने, ‘पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टिका र छोरा शुशान्तको शब होटेलको कोठामा फेला पर्यो।’

उनका अनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ। हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनिसंग घटना बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए।

झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुधबारे साना शहरि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्माण हुँदै गरेको sump well को शुक्रवार अनुगमन गरिएको छ । शुक्रवार खानेपानी सरसफाई डिभिजन कार्यलयका झापाका प्रमुख विकास काफ्ले लगायतको टोलिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा खानेपानी तथा सरसफाई  डिभिजन कार्यलयका प्रमुख विकास काफ्लेले यस आर्थिक वर्षमा संघिय सरकार बाट खानेपानि पुनर्स्थापना अन्तरगत ११ लाख ५० हजार साथै प्रदेश सरकार बाट ५ लाखको लगानिमा निर्माण भईरहेको काम सम्पन्न गर्न लागत अनुमान को हिसाब र कामको हिसाबले त्यो बजेटले नपुग्ने भएकाले थप बजेट माग गर्नु पर्ने बताउनु भयो ।बुद्धशान्ति गाउँपालिका वडा नं १ भोटेटार उत्तर  रोङ गाउँपालिका वडा नं ४ ओढारे स्थित  बिरिङ खोलाको साइडमा निर्माण हुँदै गरेको खानेपानी फिल्टर साथै सोचजम ट्याङकी  निर्माण सम्पन्न गर्न करिब १ करोड लागत खर्च हुने भएकाले क्रमागत रूपमा काम गर्दै जाने संस्थाका अध्यक्ष धुर्व कुमार ओलिले बताउनु भयो ।मंशिरको पहिलो हप्तावाट सुरू गरिएको निर्माणको ८०% काम सकिएको भएपनि यसै वर्ष आर्थिक वर्षमा बजेट निकासा गर्ने गरि सम्पुर्ण काम भने फागुन भरमा सम्पन्न गर्ने बुधबारे साना शहरि खानेपानि सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र कोईरालाले बताउनु भयो , उहाँले भन्नू भयो,खानेपानि डिभिजन कार्यलय प्रदेश सरकार समन्वय र सहकार्यमा आर्थिक बर्षमा बजेट निकासा हुने गरि सम्पवोल्ल बाट ६०० मिटर खानेपानि पाईपलाईन जडान गरि भोटेटार पाईप लाईनमा जडान गरि काम सम्पन्न गर्दा बुद्धशान्ति गाउँपालिकाका ५ हजार भन्दा माथि घर परिवारलाई खानेपानि बाट ठूलो राहत हुने बताउनु भयो, यसरी खानेपानि सन्चालन गर्न सक्दा मासिक विद्युत खपत कम हुने साथै  इन्धन खपत कम हुँदै जाने हो भने खानेपानिको महसुलको विसयमा उपभोक्ता बाट आएको केही गुनासाहरू लाई मध्यनजर गर्दै केही समय पछि अवस्थालाई महसुल समेत घटाउन सकिने बताउनु भयो ।शुक्रवार गरिएको अनुगमनमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय झापाका प्रमुख विकास काफ्ले खानेपानि डिभिजन कार्यलयका इन्जिनियर रोजेन जोसि बुधबारे साना शहरी  खानेपानिका उपभोक्ता समितिका अध्यक्ष धुर्व कुमार ओली, संस्थाका उपाध्यक्ष चन्द्र  कोईराला संस्थाका सचिव पुर्ण सन्जेल नेपाली काँग्रेस पाटी प्रतिनिधि चक्र शेर्मा, खगेन्द्र मैनालि,राष्ट्रिय  स्वतन्त्र पाटी प्रतिनिधी सेखर भट्टराई,बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं,अन्य पाटिका प्रतिनिधी स्थानिय समाज सेवि जनप्रतिनिधी लगायको उपस्थितिमा अनुगमन गरिएको  संस्थाका व्यवस्थापक पुष्प न्यौपानेले जानकारि दिनु भयो ।

सहकारी क्षेत्रको नियमन तथा अनुगमनमा कडाइ नभएको फाइदा सञ्चालकहरूले लिँदा जोखिम निम्त्याएका छन् ऐन र नियमावलीमा भएको खुकुलो व्यवस्थाको दुरुपयोग गर्दै सञ्चालकहरूले जथाभाबी लगानी गर्दा सहकारी क्षेत्रमा जोखिम बढेको हो ।

सञ्चालकहरूले ऐन, नियम र कानुनमा नभएको व्यवस्था अनुसार, घरजग्गा र सेयरमा लगानी गर्दा सर्वसाधारण बचतकर्ताको लगानी जोखिममा परेको छ ।

सहकारीले लाखौँ लाख बचत गर्ने र त्यो रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा त्यसको असर देखा परेको छ । सञ्चालकहरूले छिटो पैसा कमाउन अनेकौँ कम्पनी खडा गर्ने, जग्गा तथा सेयरमा लगानी गर्दा पनि सहकारी क्षेत्रप्रति नै अविश्वास बढ्दै गएको छ ।

क्षणिक फाइदा मात्र हेरेर सहकारीका सञ्चालकहरूले लगानी गर्नाले समस्या निम्तिएको अध्ययन प्रतिवेदनहरूले देखाएका छन् ।

केही महिनाअघि राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनले पनि सहकारीमा समस्या आउनुमा सञ्चालककै बदमासी औँल्याएको छ ।

“निश्चित समुदायमा केन्द्रित रहेर संस्था सञ्चालन नगरिएको, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थपनमा समेत एकाघरका व्यक्तिहरूको संलग्नता भई सदस्यहरूबाट संकलित बचत रकमलाई घरजग्गा, अपार्टमेन्ट, डिपार्टमेन्टल स्टोर तथा विभिन्न कम्पनीहरूमा प्रत्यक्ष लगानी गरेका कारण समस्या सिर्जना भएको हो,” प्रतिवेदन भनिएको छ ।

सहकारी ऐन, २०७४ को दफा ३ को उपदाफा १ मा कम्तीमा तीन नेपाली नागरिक आपसमा मिलेर विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थामा रहेर टाठाबाठाहरूले आफन्त राखेर सहकारी गठन गरी सहकारीको मान्यताविपरीत लगानी गर्दै नागरिकका बचत जोखिममा पारेका हुन् ।सहकारी एक समुदाय वा समूहले निश्चित सदस्यहरूलाई केन्द्रमा राखेर सेवा दिने उद्देश्यले सञ्चालन गरिन्छ । तर, बैंक तथा वित्तीय संस्थाले गर्ने काम सहकारीले गरेपछि समस्या निम्तिएको हो । सहकारीका बेथितिहरूको अनुगमन र सुपरीवेक्षण गर्ने निकाय नहुँदा सहकारीका सञ्चालकहरूले मनपरी गरेका छन् ।

सहकारीलाई स्वनियमनको अधिकार दिइएको छ । यसको फाइदा लिँदै सहकारीहरूले बचतकर्ताको सम्पत्ति जथाभाबी दुरुपयोग गरेका छन् ।

बलियो नियमन निकाय नहुँदा सञ्चालकहरूले जथाभाबी लगानी गरे । यतिखेर अर्थतन्त्रमा आएको मन्दीका कारण सहकारीका साना बचतकर्तादेखि लाखौँ बचत गर्नेहरू समस्यामा छन् । यी समस्याका समाधान गर्न बेलाबेलामा अध्ययन पनि भएका छन् । तर, अध्ययन प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन हुन सकेका छैनन् ।

यसरी सुझाव कार्यान्वयन नहुनुमा सहकारी क्षेत्रमा भएको राजनीतिकरणलाई मुख्यरूपमा लिइएको छ । सहकारी क्षेत्रमा नै काम गर्नेहरूसँग अनौपचारिक कुरा गर्दा सहकारीलाई राजनीति गर्ने थलोका रूपमा विकास गरिएको बताउँछन् । सहकारी ऐन, २०७४ मा भएको सहज व्यवस्थालाई सञ्चालकहरूले दुरुपयोग गरेका छन् ।

त्यस्तै, सहकारी नियमावली, २०७५ को नियम १० मा सहकारी संस्थाको कार्यक्षेत्रसम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियममा सहकारी संस्थाको कार्यक्षेत्र, सदस्यका सिप, पेसा र प्रकृति समेतबाट फराकिलो क्षेत्र आवश्यक पर्ने देखिएमा स्थानीय तहसम्म हुने उल्लेख छ ।

उत्पादनको संकलन, सञ्चय, प्रशोधन सुविधाका दृष्टिले न्यूनतम आयातन (भोल्युम) कायम गर्न आवश्यक भएको पनि उल्लेख छ । तर, सहकारीले यी मान्यताभन्दा बाहिर बसेर काम काम गरेका छन् ।

सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष काशीराज दाहाल पनि सहकारी आफ्नो मूल्य मान्यताबाहिर गएर कारोबार गर्दा समस्या निम्तिएको बताउँछन् ।

“बचतकर्ताको बचत सुरक्षण गर्नेभन्दा पनि त्यसको लापरबाही नियतवश काम गर्ने प्रवृत्ति सहकारीमा देखियो,” उनले एक सार्वजनिक कार्यक्रममा भने, “कागजपत्रमा ऋण प्रवाह आफ्नै परिवारलाई गरेको छ । अध्यक्ष आफू उपाध्यक्ष श्रीमती, सचिव फलानो सालो, जुवाइ, ससुरो आदि इत्यादि ।”

मुद्दा चलाउँदा श्रीमतीले थाहा नपाएको जस्ता बयान दिएको उनी बताउँछन् । राज्य, सरकार र सहकारी सञ्चालकले नै समस्या समाधान गर्न सक्ने उनी बताउँछन् ।

पहिले नै मूल्यांकन र सुपरीवेक्षण गर्ने मेकानिजम बनाउनुपर्ने उनको भनाइ छ ।

सहकारी ऐन, २०७४ ले विभागका रजिस्ट्रारलाई अधिकार दिएको छ । कुनै पनि सहकारीका पाँच प्रतिशत सदस्यले सदस्यको हितविपरीत काम भएको भनी छानबिनका लागि निवेदन दिएमा रजिष्ट्रार वा रजिस्ट्रारबाट अधिकारप्राप्त अधिकारीले त्यस्तो संस्थाको छानबिन गर्न या गराउन सक्ने व्यवस्था पनि गरिएको छ । तर, त्यो अभ्यास भने विभागले गरेको पाइएको छैन ।

सहकारीलाई बिगार्न केही व्यक्ति लागेको पूर्वसचिव गोपीनाथ मैनाली बताउँछन् । उनका अनुसार, सहकारीले सदस्यमा मात्र कारोबार गर्नुपर्छ । तर, सहकारीले फाइदा बढी खोज्दा समस्या निम्तिएको मैनाली बताउँछन् ।

“सहकारी भनेको सदस्यकेन्द्रित संस्था हो । सदस्यको क्षमता विकासका लागि र आर्थिक सवलीकरणका लागि सहकारीले काम गर्नुपर्छ,” मैनालीले भने, “तर, सहकारीमा राजनीतिकण धेरै छ । सहकारी क्षेत्र सुधार गर्ने हो भने राजनीतिकरण हुनुहुँदैन ।”

नियमन गर्दा पनि सहकारी अभियानमा लागेकाहरूले आलोचना गर्ने गरेको पाइएको छ । सहकारी विभागलाई बढी अधिकार दिएको भए पनि सहकारीमा सहकारी बुझेका जनशक्ति नहुँदा पनि समस्या निम्तिएको छ । कतिपय अवस्थामा विभागका कार्मचारीलाई प्रलोभनमा पनि राखिन्छ ।

सहकारी ऐनमा व्यक्तिगत बचतको सीमा तोकिएको छैन । यसले पनि सहकारी क्षेत्रम कालोधन आउने गरेको आँकलन गरिएको छ ।

यसलाई संशोधन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सीमा तोक्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत प्रस्ताव लगिएको थियो ।

तर, प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिले यो सीमा नराख्ने निर्णय गरेको छ । विज्ञहरू भने यसको सीमा तोकिनुपर्ने बताउँछन् । सीमा नतोक्न सहकारी अभियानकै अभियन्ताहरूले चलखेल गरेको पनि आरोप छ ।

 

 

 

 

नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ। आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल रमट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
एलपि ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको छ।

इलामबाट मौसमी कामदार कोरीया पठाउन भन्दै रकम असुरी गर्ने एसीइ स्कील तालिम सेन्टरबाट स्थानीय युवाको ३२ लाख बढी रमक फिर्ता गराईएको छ ।दक्षिण कोरीयामा मौसमी कामदार पठाउन भनी अवैधानिक रुपमा तालिम संचालन गरी रकम असुली गरेर कामदार पठाउन नसकेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय इलामले सेन्टरबाट स्थानीय युवाको ३२ लाख ३० हजार रुपियाँ फिर्ता गराएको हो ।

इलाममा संचालित एसीइ स्कील तालिम सेन्टर कामदार कोरीया पठाउने भन्दै तालिम समेत संचालन गरेको थियो । तालिम शुल्क भनी स्थानीय युवाबाट मोटो रकम उठाएको थियो ।

रकम संकलन गरेको लामो समय सम्म पनि कामदार पठाउन नसके पछि जिल्ला प्रशासन कार्यालयमा युवाले उजुरी दिएका थिए । उजुरीका आधारमा ३१ जनाको पुरा रकम र थप तीन जनाको आधा रकम तालिम सेन्टरले फिर्ता गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।

इलाममा उक्त तालिम सेन्टरले तीय सय हाराहारी युवाबाट प्रति ब्यक्ति रकम संकलन गरेको थियो । सेन्टरले पानी जहाज बनाउने कम्पनीमा कामदार लैजाने भन्दै वेल्डिङ तालिम संचालन गरेको थियो । उक्र काम इलामका सुरेन्द्र राईले गर्नु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जीवी राईलाई पक्रिन नचाहेको बताएका छन् ।

मंगलबार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरूले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जीवी राईलाई पक्रिन नचाहेको उल्लेख गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरूलाई न्याय दिन  समेत नचाहेको जिकिर गरे ।

उनले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको बताए ।

गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताए । सभापति लामिछानेले सरकारले जीवी राईलाई समाउन लागे सक्ने पनि बताए ।

उनले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीवीलाई किन समाउन नसकेको ? भनी प्रश्न समेत गरे । सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको आरोप थियो ।

उनले भने- ‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितको लागि न्याय दिनुपर्‍यो। सहकारी पीडितहरूको लागि काम गर्नुपर्‍यो। सहकारीबाट भागेकाहरूलाई समातेर भएपनि, यिनको सम्पत्ति अहिल्यै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्नुपर्‍यो भनेर लागि परेको भए अहिलेसम्म कयौँ पीडितहरूले पैसा पाइसक्थेँ। केही न केही सुरुवात हुन्थ्यो।

तर उहाँको ध्यान त यसलाई चाहिँ छोड्नुभएन। यो रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त। यता खोज्नुस्। त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो।

केही भए पो पाउनु ? भए त किन छोड्थे र ? यति समय उहाँले पीडितहरूलाई न्याय दिने, पीडितहरूको पैसा फिर्ता लिने, त्यसको लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य, क्षमतावान् मान्छेहरू राख्ने र तुरुन्त राज्यले काम गर्ने र पहिला तिनलाई समाउँदै गर्ने, थुन्दै गर्ने तर तिनको सम्पत्ति कहाँ छ, तिनको कहाँ–कहाँ लगानी छ ? तिनलाई सुनिश्चितता गरेर एउटा योजना बनाएर पीडितहरूलाई न्याय दिन सोचेको भए, मेरो पछि लाग्ने समय पीडितहरूलाई दिन लागेको भएपनि पीडितलाई न्याय दिन सकिन्थ्यो ।’

झापाको चाआलिमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ।

पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले  सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।  वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ।  ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ।’