October 21, 2025

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री आनन्देस्वर शिव मन्दिर गुरूकुल पाठशालामा महाशिवरात्रि पर्वको अवसर पारेर मन्दिरमा शिव पार्वती र गणेशको प्रतिमाको अनावरण गरिएको छ । शुक्रवार महाशिवरात्री पर्वको अवसर पारेर बुद्धशान्ति गाउँपालिका वडा नं १ निवासी हाल राष्ट्रिय भुमी आयोगका शाखा अधिकृत साथै बुद्धशान्ति गाउँपालिका पुर्व प्रमुख प्रशासकिय अधिकृत ईन्द्र प्रसाद चापागाँइ साथै श्रीमती  जानुका चापागाँइ स परिवारको तर्फ पिता बुद्धशान्ति १ निवासी स्व. नन्दप्रसाद चापागाँईको स्मृतिमा २ लाख ८४ हजार बराबरको शिव पार्वती साथै गणेशको मुर्ति अनावरण गर्नु भएको  हो ।२०२७ सालमा विभिन्न दाता महानुभावहरूको  आर्थिक सहयोगमा निर्माण गरि स्थापन भएको आनन्देस्वर शिव मन्दिरमा आज वाट यज्ञशालाको पनि उत्घाटन गरिएको छ ।मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष पलमान बरालको अध्यक्षतामा भएको अनावरणमा राष्ट्रिय भुमि आयोग शाखाका अधिकृत इन्द्र प्रसाद चापागाँइको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रतिमा दाता परिवारलाई  आयोजक परिवारको तर्फबाट सम्मान समेत गरिएको थियो । आनन्देस्वर शिव मन्दिर समितिका सदस्य हरि कृष्ण तिम्सिनाले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत साथै कार्यक्रममको औचित्य माथि प्रकाश पार्दै  यश वर्ष पनि विभिन्न सहयोगी दाता महानुभाव वाट संकलन भएको ५ लाख बराबरको  रकमले मन्दिरको सभाहलमा टायल्स लगाउने काम  हुुँदै गरेको  बताउनु भयो।भने दाता परिवारको तर्फबाट आफ्ना भनाई राख्नु हुदै चापागाँइले बुद्धशान्ति गाउँपालिकाको प्रमुख प्रशासकिय रहँदा पनि बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रबर्धनमा आफुले सकेसम्म काम गरेको साथै आगामी दिनहरूमा पनि जागिरको सिलसिलाले जहाँ गएपनी बुद्धशान्तिको विकास निर्माणको कुरामा आफुले सकेको पहल साथै सहयोग सधै रहने बताउनु भयो ।

बिहानै वाट भक्तजनहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन मन्दिर सन्चालन समितिका सदस्य पुर्ण प्रसाद सन्जेले गर्नु भएको थियो ।

झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाइते मोटरसाइकल चालक मगरलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो। बस र बस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाएको छ।

देवान फुटबल क्लब र नामसालिङ फुटबल क्लब शिवरात्री गोल्डकपको फाईनलमा प्रवेश

माईजोगमाई गाउपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा संचालन भईरहेको शिवरात्री गोल्डकपको सेमिफाईनल खेल सम्पन्न भएको छ ।

आज भएको सेमिफाईनल खेल अन्तरगत जौवारी फुटबल क्लव र देवान फुटबल क्लव बिच भएको खेलमा खेल अवधिभरमा दुवै टिमबाट कुनै पनि गोल गर्न नसकी खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा ३ का बिरूद्द ५ गोल गर्दै देवान फुटबल फाईनलमा प्रवेश गरेको छ ।त्यसैगरी इडेन भ्यालि र नामसालिङ फुटबल क्लब बिच भएको खेलमा खेल अवधिभरमा दुवै टिमबाट १-१ गोल भई खेल ट्राईब्रेकरमा पुगेको हो । ट्राईब्रेकरमा ३ का बिरूद्द ४ गोल गर्दै नामसालिङ फुटबल क्लब फाईनलमा पुगेको छ ।

खेलको फाईनल खेल फागुन २७ गते आईतबार प्याङ माबिको खेलमैदानमा हुने छ । खेलको बिजेता टिमले नगद रू ५०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ भने उपबिजेता टिमले नगद ३०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ ।

फाईनल खेलको दिन माईजोगमाई गाउपालिका र संदकपुर गाउपालिका बिच मैत्रीपूर्ण महिला फुटबल खेल साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत  रहने आयोजकले जनाएको छ ।
फाईनल खेलको प्रत्यक्ष प्रसारण माईजोगमाई खवरको फेसबुक पेजमा हेर्न सकिने छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट अन्दाजी ३५ लाख बराबरको क्षति भएको छ ।

बुद्धशान्ति–२ गोपालडाँडाका ६२ वर्षीय शशिधर नेपालको घरमा कुटि काट्ने क्रममा बिद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट काठ र सिमेन्टले बनेको २ तले घर, घरभित्र राखेको नगद ३० हजार , सुन ९ तोला, चाँदी १२ तोला, टिभी १ थान, सखुवाको काठ ३० क्युफिट, विभिन्न फर्निचरको सामान, महत्त्वपूर्ण कागजपत्र, बिद्युत्को मिटर बक्स, कुटि काट्ने मेसिनलगायतका धनमाल जल्दा अन्दाजी ३५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट घरमा नै जोडिएको गाई गोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनु भयो

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको ७ जनाको प्रहरी टोली, मेचीनगर र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका अखिल नेपाल महिला सघं बुद्धशान्ति गाउँ कमिटीले ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहिवार बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया बगानमा काम गर्दै आउनु भएका श्रमिक ४२ जना महिला आमा दिदी बहिनीहरूलाई सम्मान गरेको छ । अखिल नेपाल महिला सघं बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पबित्रा पाठकको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै अनेम संघ बुद्धशान्ति गाउँ कमिटी उपाध्यक्ष देब कुमारी सेर्माले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको थियो । अनेम संघ बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपाने कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चिया बगानको शुन्दरताले पर्यटन क्षेत्रमा ठूलो महत्व बोकेको हुन्छ तर चियाको बुट्टा संग दैनिक पौठेजोरी खेल्दै दैनिकी गुजारा चलाउने यहाँका श्रमिक महिला दिदी बहिनिहरू भने सधै पछि परिरहनु पर्ने बाध्यता भने उस्तै छ,यहि कुरालाई मध्यनजर गर्दै हामिले उहाँहरूको हौसाला साथै मजदुर श्रमिकहरूको समस्या उहाँहरूको केही गुनासाहरू भए सम्बन्धीत ठाउँसम्म पुर्याउन सहयोग पुग्नेछ भन्ने उद्धेश्यले वर्ने चिया बगानमानै आएर बगानमा काम गर्ने ४२ जना श्रमिक महिलाहरूलाई सम्मान गरिएको उहाँले बताउनु भयो ।कार्यक्रममा नेकपा एमाले  प्रदेश कमिटी सदस्य लक्ष्मी राई, प्रदेश कमिटी सल्लाहकार  सदस्य ज्ञान बहादुर मगर, जिल्ला कमिटी सदस्य टीका प्रसाद पाठक,सदस्य गंगा सुबेदी, सदस्य दिपक गौतम, अनेम संघ जिल्ला कमिटी  उपाध्यक्ष रेनुका डाँगी गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल, गाउँ उपाध्यक्ष सम्भु प्रसाद बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा देबी खतिवडा,सदस्य नर्वदा चापागाँइ, पौडेल,चन्द्र कोइराला गाउँ सचिब धरणिधर पोख्रेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पबित्रा पाठक लगायतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन अनेम सघं बुद्धशान्तिकी सचिब दुर्गा पोख्रेल (ढुङ्गेलले) गर्नुभएको थियो । सन १९१० मा अन्तराष्ट्रिय नारी दिवसको प्रस्ताव क्लारा जेटकिनले गरेकी थिइन। यसको उत्पति श्रमिक आन्दोलनबाट सुरू भएको हो भने १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घन्टा छोटाउन,राम्रो तलव र मताधिकार माग गर्दै सुरू भएको थियो।

त्यसको ठीक एक बर्ष पछि’द सोसलिष्ट पार्टी’ले राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो र यसलाई अन्तराष्ट्रिय बनाउने अभियान कम्युनिष्ट अभियानकर्मी र महिला अधिकार वादी नेता क्लारा जेटकिनले अगाडी सारेकी थिइन,।
सोविचार १९१० मा कोपनहेगनको कन्फेरेन्स अफ वर्किङ विमिन नामको सम्मेलनमा सुझावको रूपमा पेश गरिएको थियो।
सो सम्मेलनमा १७ देशको १०० महिलाहरूको सहभागि थियो र उनिहरूले त्यसलाई सर्वसम्मत सहमति जनाई सुरू भएको पाइन्छ।

१९१७ मा रुसी महिलाहरूले ब्रेड एण्ड पीस माग गर्दै ४दिने विरोध प्रर्दशन पछि त्यस बेलाका जार साशकले सत्ता छोडेर त्यस पछिको काम चलाउ सरकारले महिलालाई मताधिकार दिएको थियो र त्यसताका रुसमा प्रचलित क्यालेण्डर जुलियन क्यालेण्डर अनुसार २३ फेब्रुवरीको दिनमा महिला हड्ताल सिरू भएको थियो भने जुन ग्रेगरियन क्यालेण्डर अनुसार ८ मार्च परेको हुनाले त्यस यता नारी दिवस मनाउन थालिएको पाईन्छ।

झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीबाट इलामका दुई युवती र बिर्तामोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

बुट्टाबारीस्थित मानबहादुर लिम्बूको घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचना पाएपछि अस्थायी प्रहरी चौकी बुट्टाबारी इन्चार्ज सरोज थापासमेतको प्रहरी टोलीले घरको कोठाभित्र खानतलासी लिएको थियो ।

प्रहरी चेकजाँचका ईलाम सन्दकपुर ४ घर बताउने अन्दाजी २५ वर्षीया बबिता गुरुङको साथबाट ३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

निजको साथबाट ६ हजार ९ सय पनि फेला परेको थियो । सोही कोठाबाट ईलाम नगरपालिका २ घर भएकी अन्दाजी २० वर्षीया पुर्णिमा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, उनको साथबाट केही फेला नपरेको प्रहरीको भनाइ छ ।

सोही घरका अन्दाजी २१ वर्षीय मनिष लिम्बूको साथबाट ९ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । निजको साथबाट २ थान मोबाइल, २ हजार ९५० फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिप्रका झापाले जनाएको छ ।

चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २-१ को जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेेेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे ।

दुईपटकको ए डिभिजन लिग बिजेता मच्छिन्द्रले खेलमा सुरुवाती अग्रता लिएकाे  थियो । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे ।

तर, अग्रतालाई जोगाउन नसक्दा मच्छिन्द्रले पराजय भोग्न पर्यो । पहिलो आफमा केही कमजोर देखिएको आर्मीले दोस्रो हाफमा मच्छिन्द्रलाई दबाबमा राख्न सक्यो । दोस्रो हाफमा मच्छिन्द्रले राम्रो फिनिसङ गर्न सकेन ।

आर्मी झापा गोल्डकपको उपाधि दाबेदार मानिन्छ । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग शुक्रबार खेल्नेछ । खेलअफ द म्याच आर्मीका बसन्त जिम्बा भए । उनले नगद ११ हजार प्राप्त गरे ।i

भाेलि बिहीबार आयोजक झापा-११ र एन्फा मकवानपुरबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बिनाेद बस्नेतले जानकारी दिनु भयाे। प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान ५ बजे धादिङको गजुरी-५  घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।बसमा सवार ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपिको कमाण्डमा खटिएको १८ जनाको टोलीले उद्धार गरी गजुरी अस्पतालतर्फ पठाइएको उनले जनाए ।

उक्त स्थानमा विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको जनाइएको छ। मृतक तथा घाइतेको पहिचान खुलेको छैन। समाचारको विस्तृत विवरण आउन बाँकी छ।

पथलैया–हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलको बजार नजिक मंगलबार यात्रुबस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका २२ यात्रुको अहिले उपचार भइरहेको र जसमध्ये दुई जनालाई आइसियुमा राखिएको छ। उनका हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार यात्रु उपचाररत छन्। अन्य सामान्य घाइते भएका यात्रु घर फर्किएका छन्।

हेटौंडाबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको यात्रुबस तीन नम्बर पुलको बजार छेउको खोलामा खसेको हो। घटनालगत्तै बजार क्षेत्रका स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए।

घटनालगत्तै पुगेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गाडीले समेत पाँच यात्रुलाई उद्धार गरी अस्पताल लगेको थियो।

हेटौंडाबाट फर्कने क्रममा दुर्घटना भएको देखेपछि पाँच जनालाई उद्धार गरेर तत्कालै हेटौंडास्थित अस्पताल लगिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। घाइतेको उपचार सुरु भएपछि महानगरको गाडी वीरगन्ज फर्किएको छ।

झापाको बुद्धशान्तिमा दारी ग्याङ झापाको आयोजना साथै बुद्धशान्ति गाउँपालिका को आर्थिक सहयोग एवम् परिवर्तन थिएटरकाँकडभिट्टा को नाटक मञ्चन र सेम्पल एजुकेसन बुद्धशान्तिको प्राविधीक सहयोगमा लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना मुलक कचहरी नाटक सम्पन्न गरेको छ । सोमबार बुद्धशान्तिका दुई स्थानमा लागुऔषध दुर्ब्यसन  विरुद्ध जनचेतनामुलक कचहरी नाटक मन्चनको भिडियो सामाग्री सहित जनचेतना मूलक भिडियो सामाग्री  प्रोजेक्टरको माध्यम बाट बुद्धशान्ति वडा नं ७ सुनमाईको मोदि डाँडा साथै बुद्धशान्ति वडा नं४ स्थित हापिन चोकमा स्थानीय वासीहरूको  उपस्थितिमा सचेतना मुलक भिडियो प्रदर्शन  गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले जानकारि दिनु भयो देशैभर विभिन्न सामाजिक कार्यमा गालामा दारी काधमा जिम्मेवारी भन्ने स्लोगनका साथ सक्रिय दारी ग्याङ झापाले पछिल्लो ६/७ वर्ष देखि निरन्तर सामाजिक कार्यमा अग्रसर भैरहेको देखिन्छ ।लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मंचन  साथै जनचेतना मुलक  भिडियो सामाग्री प्रदर्शनी गरिएको थियो ।