April 20, 2025

झापाको बुद्धशान्ति गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ।
गत माघ ५ गते देखि ७ गते सम्म भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका भित्रकाे १२ देखी १८ बर्ष उमेर समुहकाे सामुदायिक र संस्थागत गरि ३३ वटा  बिद्यालयकाे सहभागिता रहेकाे थियो ।
बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को वडा नं २ स्थित आदर्श मावि प्रथम भएको छ ।
उक्त प्रतियाेगितामा आदर्श माविले १५ स्वर्ण ११ रजत र ७ काँश्य सहित ३३ पदक जितेर प्रथम भएकाे थियाे
बुद्धआदर्श माविले ९ स्वर्ण १४ रजत र १२ काँश्य सहित ३५ पदक जितेर दाेश्राे साथै शान्ति आदर्श माविले ५ स्वर्ण ४ रजत ५ काँश्य सहित कुल १४ पदकसहित तेस्रो स्थान हासिल गरेकाे हाे।

गडिगाउँ माविले २ स्वर्ण १ काँश्य २ रजत सहित ५ पदक प्राप्त गरेको थियो । त्यसैगरि त्रिभुवन माविले ५ स्वर्ण १ रजत ९ काँश्य सहित १५ पदक, पाएको थियो यसैगरि सम्पुर्ण विद्यालयका सहभागी खेलाडी हरूलाई विधागत रूपमा प्रतियाेगितामा उत्कृष्ट हुने खेलाडिहरुले पदक र प्रमाण पत्र पाएका थिए ।बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माघ ५ गते वडा नं १ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उत्घाटन गरिएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका ५ वटा विद्यालयहरूमा एकैसाथ सुरू गरिएको थियो ।
प्रतियोगिताको समापन माघ ७ गते वडा नं १ स्थित नमुना विद्यालय रूपमा विकास गर्न छनौट भएको बुद्धआदर्श माविको खेल मैदानमा विभिन्न कार्यक्रमको आयोजना गरि प्रतियोगिताको समापन गरिएको थियो । आइतबार बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारि, विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई, सल्लाहकार सदस्य चन्द्र प्रकाश कोईराला, विद्यालयका सम्पुर्ण शिक्षक विद्यार्थी अभिभावक सन्चारकर्मि लगायतको आतिथ्यता रहेको थियो । एथलेटिक्स संयोजकअनिल खतिवडाले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद विकास संयोजक  पर्शुराम चेम्जोङले पुरस्कार वितरण गर्दै सम्पुर्ण खेलाडिहरूलाई अनुशासित र मर्यादित भएर खेल खेल्न र अभिभावक शिक्षक र  आफुलाई खेल छेत्रमा यो ठाउँसम्म पुर्याउने गुरूहरूको सम्मान गर्नु पर्ने बताउदै उहाँले भन्नू भयो पछिल्लो समय १८- देखि २० वर्ष सम्मका युवा युवतिहरू विभिन्न खाले कुलतमा फसेको परिबेसमा बुद्धशान्ति गाउँपालिकाले खेलकुद क्षेत्रमा लगानि गरेर बुद्धशान्तिको विकास विस्तार र प्रबर्धन सङसगै बुद्धशान्तिलाइ  खेलकुदको क्षेत्रमा अगाडि वढाएर लैजाने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि मनोज प्रसाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारि लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन शिक्षा,युवा तथा खेलकुद शाखा प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले गर्नु भएको थियो

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो ।

मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार स्थानीय समयअनुसार आज दिउँसो १२:२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । प्राण प्रतिष्ठामा केही नेपाली पूजारी पनि सहभागी छन् ।

प्राण प्रतिष्ठाअघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा छन् । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यस अवसरमा भारतको केन्द्र सरकारले देशभर नै आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सम्पन्न निर्वाचनको अध्यक्ष पदमा ख्याम राज निरौला विजयी हुनु भएको छ । अध्यक्ष पदतका लागि ३ जनाले उमेद्वारी  दिनु भएको थियो ।
मत गणना अनुसार ३५३ जम्मा मत गणना गर्दा  अध्यक्ष को लागि ख्याम राज निरौलाले ११५ विश्णु लाल रिजालले १०९ देवि प्रसाद अधिकारीले ११५मत ल्याई ख्याम राज निरौला ,र देवि प्रसाद अधिकारि दुबैजनाको  मत बराबरि भएकाले गोला प्रथा वाट अध्यक्ष पदका लागि ख्याम राज निरौला विजयी हुनु भएको थियो । त्यस्तै उपाध्यक्ष पदमा राजेन्द्र  खतिवडा १८४ मतले बिजयी हुनु भएको थियो भने उपाध्यक्ष पदका लागि खतिवडाका प्रतिस्पर्धी मनकला आचार्यले १२६ मतमा चित्त बुझाउनु पर्यो उपाध्यक्ष पदमा २ जनाले उमेद्वारी दिनुभएको थियो । सचिव पदमा प्रार्बता बजगाँइले १७४ मत ल्याई बिजयी हुनु भएको थियो भने सचिव पदका लागि बजगाँइका प्रतिस्पर्धी राम प्रसाद घिमिरेले १४५ मतमा चित्त बुझाउनु पर्यो ।
सचिवको पदकालागी २ जनाले उमेद्वारी दिनु भएको थियो।
त्यस्तै सह सचिवमा पदमा जानुका दंगालले १५१ मत ल्याएर बिजयी हुनुभएको थियो भने दंगालका प्रतिस्प्रर्धी कमल बहादुर कार्किले १०५दिलबहादुर धिमालले ६० मतमा चित्त बुझाउनु पर्यो ।
सहसचिव पदका लागि ३ जनाले उमेद्वारी दिनु भएको थियो ।
कोषाध्यक्ष पदमा मन कुमारि नेम्वाङले १६५ मत ल्याएर बिजयी हुनुभएको थियो भने नेम्वाङका प्रतिस्प्रर्धी गिता देवि सेन्चिउरीले १४५ मतमा चित्त बुझाउनु पर्यो । कोषाध्यक्ष पदमा २ जनाले उमेद्वारी दिनु भएको थियो ।खुल्ला सदस्य पदमा मणिकुमार बास्कोटाले १२६ मत ल्याएर विजयी हुनुभएको थियो भने बास्कोटाका प्रतिस्प्रर्धी यसोदा घतानिले ११७ मत र हेमराज राजबंशीले ६१ मतमा चित्त बुझाउनु पर्यो ।
खुल्ला सदस्य पदमा ३ जनाले उमेद्वारी दिनु भएको थियो ।त्यस्तै आरक्षण सदस्य पदमा मनकुमारि धिमालले १६९ मत ल्याएर विजयी हुनुभएको थियो भने धिमालका प्रतिस्प्रर्धी कमला खतिवडाले १३६ मतमा चित्त बुझाउनु पर्यो । आरक्षण सदस्य पदमा २ जनाले उमेद्वारी दिनु भएको थियो ।

संस्थाका जम्मा मतदाता ३ सय ७७ जना मतदाता रहेकोमा ३ सय ५३ मतको गणना गरिएको थियो ।

 शनिबार चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निर्वाचन संयोजक चन्द्र  प्रकाश कोइरालाको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा नव निर्वाचित समितिलाई पद हस्तान्तरण साथै प्रमाण पत्र वितरण गरिएको थियो ।

संस्थाका लेखा संयोजम विष्णु सापकोटाले उपस्थित सम्पुर्णलाई साब्दिक स्वागत गर्नुभएको कार्यक्रममा साना शहरी खानेपानि सचिव पुर्ण संजेल,श्री शिशु सुधार आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद रिजाल,आदर्श नमुना सामुदाहिक वनका कोषाध्यक्ष राम वहादुर कार्की,संस्थाका निवर्तमान अध्यक्षहरू चन्द्र प्रसाद अधिकारी,देवि प्रसाद अधिकारि,संस्थाकी नि वर्तमान सचिव नर्वदा चापागाँइ लगायतको आतिथ्यता रहेको थियो ।नव निर्वाचित अध्यक्ष ख्याम राज निरौलाले निर्वाचन समिति लगायत सम्पुर्णमा धन्यबाद दिदै   बुद्धशान्ति गाउँपालिका वडा नं ३  साबिक ८ नम्बर वडाका सम्पुर्ण बस्तिहरूमा खानेपानीका विषयमा कुनै पनि समस्या देखिँदा त्यसलाई तत्काल  आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी पुर्याउने काममा भूमिका रहने बताउनु भयो । निर्वाचन समितिका सचिव पुन्य खतिवडाले सन्चालन गर्नु भएको कार्यक्रममा श्री शिशु सुधार आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद रिजाल,कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष पर्शुराम,चेम्जोङ, संस्थाका निवर्तमान अध्यक्षहरू चन्द्र प्रसाद अधिकारी,देवि प्रसाद अधिकारि,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा निर्वाचन सफल बनाउन  अहोरात्र खटेर सहयोग पुर्याउनु हुने संस्थाका सम्पुर्ण उपभोक्ता सुरक्षा कर्मि,  स्थानिय समाज सेवि,सन्चारकर्मि लगायत सम्पुर्णमा धन्यबाद दिदै नयाँ निर्वाचित समितिको कार्यकाल तिन बर्से हुने प्रावधान रहेको निर्वाचन समितिका संयोजक चन्द्र प्रकास कोईरालाले जानकारी दिनु भयो  ।

इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई आतङ्कित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरि ६ मा पेस्तोल देखाएर सार्वजनिक बसहरूमा चढेर आतङ्कित पार्ने धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ बस्ने ३० वर्षीय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय शिरीष बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीकाअनुसार पक्राउ परेका उनीहरूले लामो समयदेखि नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउँदै आएको खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट एक थान नक्कली लाइटर पेस्तोल समेत बरामद गरिएको डीएसपी कार्कीले बताउनु भयो । पक्राउ परेका शेर्पा तरकारी व्यापारी रहेको र बोहरा रिकण्डिसन सञ्चालक रहेको खुलेको छ ।

पक्राउ परेका दुवैजनाविरुद्व आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित बुद्धआदर्श  माध्यमिक विद्यालयको समकालीन साथी समूह-२०५४ ले वनभोज तथा  पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बुद्धशान्ति ३ स्थित आदर्शनमुना धार्मिक तथा पर्यापर्यटन  क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका संयोजक राजन दुलालको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ शिक्षक चन्द्र प्रसाद अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २० जना शिक्षक हरूलाई सम्मान समेत गरिएको थियो ।
सम्माननित हुनेहरूमा शिक्षक महेन्द्र संगौला,वेनु पनेरू, गणेश निरौला,भक्त वहादुर खपाङ्गी, धन वहादुर श्रेष्ठ,दिपक कुमार वुढाथोकी,टिकाराम पोख्रेल,केदार कोइराला,कुमार गिरी,चन्द्र प्रसाद अधिकारी,देवेन्द्र प्रसाद अधिकारी,लाल प्रसाद रेग्मि,लक्ष्मणआचार्य,सुमित्रा बास्कोटा, उर्मिला ढकाल,डिल्लि राम काफ्ले,हाल कार्यरत बुद्धआदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, त्यस्तै लेखा शाखा ,विश्व नाथ ढकाल,कार्यलय सहयोगी  हरि प्रसाद भन्डारी,गंगाराम अर्याल, लगायतलाई खदा लगाई मिस्ठान परिकारको साथै मायाको चिनो उपहार सहित सम्मान गरिएको थियो ।बुद्धआदर्श मावि समकालीन साथी समूह-२०५४ले  आयोजना गरेको वनभोज तथा पुनर्मिलन कार्यक्रम माघको महिना चिसो समय भएपनि आआफ्नो  पेशा र व्यवसायले निकै टाढा भएपनि समकालीन साथीहरू सबैजना यसरी भेलाभएर कार्यक्रममा आफ्ना तितामिठाअनुभवहरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गर्नु भएको थियो ।
शिक्षकहरूलाइ सम्मान सँङसँगै कार्यक्रममलाई थप रोचक बनाउन शिक्षकहरू बाट हाँडी फुटाउने कविता,गजल, मुक्तक,मटरको दाना गेस गर्ने लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । मटरको दाना गेस गर्नेमा शिक्षक धनबहादुर श्रेष्ठ ,साथै हाँडी
फुटाउनेमा शिक्षक कुमार गिरी विजेता हुनुभएको थियो ।
त्यस्तै कार्यक्रममा सगरमाथा आधार शिविरमा समकालीन साथि समूह २०५४ को झण्डा फहराएर हाम्रो समुहको साथै अध्ययन गरेको विद्यालयको नाम उच्च राख्न सफलएकोमा समकालिन साथि समुहका पुर्णबहादुर गौलीलाई पनि खदा अविर लगाई प्रशंसा पत्र र  मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।

समूहका सदस्य चन्द्र कटुवालले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा नारायण न्यौपाने,भक्त खपाङ्गी, गणेश निरौला,धन बहादुर श्रेष्ठ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन समकालीन साथि दुर्गानाथ ढकालले गर्नु भएको थियो ।

दाङमा एक व्यक्तिले रड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले गएराति रक्सीले मातेर श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी पण्डुलेलाई राति नै नियन्त्रणमा लिएको छ ।

मदिराले मातेका पेण्डुले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

पण्डुले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका रहेको बुधबारे जेसीजले मेचीनगर ९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र बाल आस्रममा आश्रित बालबालिकाहरुका लागि न्यानो कपडा, खाद्यान्न तथा खेलकुद सामाग्री, तथा बालबालिकाको व्यक्तिगत सरसफाईका लागि कपाल काट्ने कार्यक्रम सम्पन्न गरेको छ । बुधबारे जेसीजका अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, विषेश अतिथि बुधबारे जेसीजका संस्थापक कार्यकारी उपाध्यक्ष जेसी मनेस दाहाल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति ३ स्थित स्मिता ब्युटी एकाडेमीले बालबालिको निशुल्क कपाल काट्ने व्यवस्था गरेको थियो, बुद्धशान्ति स्थित यलम्बर फेन्सी स्टोरका संचालक गोपाल राईले बालबालिकाका लागि १५ थान न्याने कपडा, आदर्श यूवा क्लबले एक थान फुटबल, एक थान क्रिकेट व्याट, ६ थान स्किपिङ्ग तथा मनेस दाहालले २ थान व्याटमिन्टन, ६ थान कर्क गरि रु ८५०० बराबरको खेलकुद सामाग्री र बुद्धशान्ति निवासी बादल योङहाङले २० केजी चामल, ५ केजी पिठो, एक केजी मटर र २ केजी मुरै बुधबारे जेसीसलाई निशुल्क प्रदान गर्नु भएको थियो । सो सामाग्रीहरु कार्यक्रमका अध्यक्ष लगायत अतिथिहरुले केन्द्रका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो ।
जेसी स्मिता गुरुङ राज्यलक्ष्मी कार्यक्रम संयोजक रहेको कार्यक्रमा विषेश अतिथि, निवर्तमान अध्यक्ष, केन्द्रका अध्यक्ष लगायतले शुभकामना व्यक्त राख्नु भएको थियो  । जेसी स्मिता गुरुङ राज्यलक्ष्मी बुधबारे जेसीजको इतिहासमा पहिलो महिला कार्यक्रम संयोजक समेत रहनु भएको थियो  ।

इलामको सूर्योदय नगरपालिका वडा नं १३ लक्ष्मीपुर स्थित किरण टोलमा भाइले दाजुलाई छुरी प्रहार गरेका छन् । घरायसी विवादका क्रममा स्थानीय चन्द्र ध्वज नेम्वाङका एक्लो छोरा २७ बर्षीय तिलक नेम्बाङ्गले मधिरापान गरी बुवा आमालाई कुटपिट गरेपछि छुट्याउन पुगेका आफ्नै सानीमाको छोरा ३३ बर्षीय सन्तोष लिम्बुलाई तिलकले गए राती धारिलो छुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

छुरी प्रहारबाट गम्भीर घाईते भएका सन्तोषको झापास्थित बी एण्ड सी अस्पतालमा उपचार भईरहेको जबेगुले  बताउनु भयो । आरोपितलाई प्रहरीले सूर्योदय–१३ को भालुखोपबाट नियन्त्रणमा लिएको जनाएको छ । उनलाई थप अनुसन्धानका लागि नजीकैको प्रहरी विट तिनघरेमा राखिएको जबेगुले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ ले आफ्ना वडामा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत ‘क्लोज क्याम्प’ कार्यक्रमको सुभारम्भ गरेको छ । मंगलबार उक्त कार्यक्रम बुद्धशान्तिको किनारावस्तीबाट सुभारम्भ गरिएको हो ।

वडाको आर्थिक सहयोग तथा पहिलो चरणमा वडाको नमूना आधारभूत विद्यालयको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागि टोल टोलमा गएर अंग्रेजी, गणित र विज्ञान विषय पढाउन सुरु गरिएको हो ।

 पहिलो चरणमा नौ वटा टोलमा ९ जना दक्ष शिक्षकको व्यबस्था गरिएको वडा अध्यक्ष अनिल वाग्लले बताउनु भयो  । उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि यो कार्यक्रम प्रभावकारी रहने बताएका छन् । उनले उक्त कार्यक्रमलाई भरपुर सदुपयोग गर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका छन् ।
वडाका तीनवटै विद्यालयलाई वडाले वजेट बिनियोजन गरेको छ । क्याम्प दुुई महिना सञ्चालन हुने बताइएको छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नु भएको थियो ।
 उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गर्नु भएको थियो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य लक्ष्मी कडेल, मोहन कुमार राई, शिक्षक अभिभावकसंघका अध्यक्ष लेखनाथ खतिवडा, सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गर्नु भएको थियो ।

बुधबारे जेसीजले वर्ष २०२४ को पहिलो कार्यक्रम १०८ दिप प्रज्वलन गरी सुरुवात गरेको छ ।

स्थानीय बुद्धशान्ति ४ मा रहेको पाल्युल देछेन छोइलिङ्ग गुम्बामा शान्ति दिप प्रज्वलन, धर्म गुरुहरूलाई सम्मान गर्दै कार्यक्रमको सुरुवात गरेको छ । साथै बुधबारे जेसीजको नाममा एक महिनासम्म दिप प्रज्वलन गर्न व्यबस्थापन समेत गरेको छ ।

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका इन्चार्ज आचार्य पूर्णको प्रमूख आतिथ्यता, गुम्बा संरक्षक मिनबहादुर थिङको विशेष आतिथ्यता तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बराल, नन्दकुमार याफू राई, अनिल वाग्ले, निवर्तमान अध्यक्ष अर्जुन ढकाल लगायत बुधबारे जेसीजका पदाधिकारी, गुम्बाका पदाधिकारी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक जेसी तीर्थराज तिम्सिनाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष जेसी अच्युतराज ढकालले जेसीज आस्था पाठ गर्नु भएको थियो । भने

कार्यक्रमको सञ्चालन महासचिव गजुहाङ योङहाङले गर्नु भएको  थिए ।