April 17, 2025

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।

अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जंगल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्छिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो।’

गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताए। ‘गत वर्ष यस याममा प्रतिमन २८ हजार रुपैयाँ थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ’, उनले भने।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ। किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उनले बताए। रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्‍याउने प्रयास गरिरहेका छन्।

सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु आठ–दश लाख बचत हराएको छैन’, उनले भने।

आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो।

मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन। अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताए।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो। एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्यांक छ।

कार्यालयका कर्मचारी रुजन खड्काका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो। ‘गतवर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो।’ उनले भने, ‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ।’

गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले बताए।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो। विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो।

रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका छन्। ‘पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ’, किसान शेरेङले भने, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो।’

उनले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताएका छन्। अलैँची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्‍याएको उनले बताए।

‘मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ, पोखरा, स्याङ्जातिर पनि निर्यात भएको छ’, उनले भने, ‘मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आगामी वर्ष बृहत् गर्नुछ।’
प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ। अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो।

किसानले अलैँचीका लागि संघसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो।
अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन्।

घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ। दशकअघिको खेती प्रविधि सम्झँदै उनले भने, ‘त्योबेला अलैँची त दुःख नगरी फल्दोरहेछ, जबर्जस्ती आम्दानी लिएछौँ।’
सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उनले बताए। किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ। जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएकोे छ।

अलैँचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो,ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ। रासस

तीनतले सामुदायिक वन उपभोक्ता समुह बुद्धशान्ति १ झापाको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

वन समितिका अध्यक्ष नन्दुयाफु राईको सभापतित्व तथा रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङवो(सुवास)को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । सभामा बुद्धशान्ति गाउँपालिका १ नम्बर वडाका वडाध्यक्ष अनिल वाग्ले, रोङ सव डिभिजन वन कार्यालयका प्रमुख होमचन्द्र गौतमको विशिष्ट आतिथ्यता रहेको थियो ।

सभामा अध्यक्ष राईले वनले गरेका गतिविधिको वारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा नमुना आधारभूत विद्यालय र त्रिभुवन माविका गरिव तथा जेहन्दार २–२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र नगद पुरस्कार वितरण गरिएको थियो ।

सभामा प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष स्याङवोले सामुदायिक वनले दिगो विकासका कार्यमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उनले वनजंगलकामे संरक्षण गर्दै मुहान संरक्षण, जलाधारको संरक्षणका साथै जरिवुटी खेती, मौरीपालन जस्ता कुराहरुलाई प्रोत्साहन गरि उपभोक्तालाई रोजगारीसंग जोड्न लाग्नुपर्ने बताएका छन् । उनले रोङको पनि जङ्गल भएकाले आगामी दिनमा सहकार्य गरि अघि बढ्ने बताउनु भयो ।

विशिष्ट अतिथि वाग्लले आगामी दिनमा वडाले समेत वनलाई केही वजेट छ्ट्याएर अघि बढ्ने बताउनु भयो । उहाँले तिनतले पर्यापर्यटन स्थल सहिद पार्कमा वन वाटिका निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले १९ लाख ९३ हजार बजेट छुट्याएको समेत बताउनु भयो

सभामा पूर्व अध्यक्ष एवम् जग्गादाता भिमकुमार नेवारले समेत शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा उपाध्यक्ष पून्य बहादुर वरालले स्वागत गरेका थिएभने सञ्चालन सचिव छत्रकुमारी फुयलले गर्नभएको थियो । सभामा स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सरोकारवाल लगायतको उपस्थििति रहेको थियो ।

१ हजार ५ सय ३२ जना उपभोक्ता रहेको यस वनको क्षेत्रफल झापा र इलाम गरी ४ सय ३५ हेक्टरमा फैलिएको अध्यक्ष राईले बताउनु भयो  । उहाँले झापामा १५० हेक्टर फैलिएको बताउनु भयो  । वनले उपभेक्तालाई सहुलियत दरमा काठ, दाउरा दिनुका साथै वनजंगललाई थप विस्तार गर्न समयसमयमा बृक्षारोपण कार्यक्रम गर्दै आएको छ । आ.व २०८०/८१ का लागि बनले विभिन्न शिर्षकहरुमा ५२ लाख बराबरको बजेट समेत निर्माण गरेको छ । गरिबीन्यूनीकरणका लागि १९ लाख , बन बिकासका लागि १५ लाख बजेट छुट्याइएको अध्यक्ष नन्दयाफु राईले बताउ नु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयले आफ्नो ६३ औँ बार्षिकोत्सव सम्पन्न गरेको छ ।

विद्यालय व्यवसथापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ भद्रपुर  झापाका अध्यक्ष राजकुमार विकको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो ।

१८, १९ र २० गते भएको बार्षिकोत्सवको समापनका दिन विविध अक्षय कोषबाट छात्रावृत्ति प्रदान, अन्तर सदन-अन्तरकक्षा तथा खुला नित्य तथा गायन प्रस्तुत , विद्यालयबाट कक्षा १० उत्तीर्ण हुने र कक्षा १२ उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान, विभिन्न विधामा शिक्षक सम्मान समेत गरिएको थियो ।

सम्मानित हुने शिक्ष्कहरुमा दिपक वुढाथोकी, छत्रमणी आचार्य, टिकाराम खवास, गोविन्द ढुंगाना, युवराज अधिकारी, उर्मिला कोईराला, जीवनकुमार भट्टराई, ज्ञान बहादुर धिमाल, गणेश प्रसाद तिम्सिना, माधव वराल, अशोक भुर्तेल, हरि प्रसाईंलाई नगद प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बर्ष शिक्षक उमादेवी लामगाँदे र राजु पौडेललाई सम्मान गरिएको थियो । उनीहरलाई नगद ७ हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयमा लामो समयसम्म कर्मचारीको रुपमा रही सेवानिवृत्त भएका कर्मचारी डिल्लीराम काफ्ले र हरि भण्डारीलाई समेत सम्माान सहित विदाई गरिएको थियो । उहाँहरुलाई क्रमश ६० हजार र ४० हजार नगद सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिवारी र प्रमुख अतिथि विकले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य तथा परिवार प्रतिनिधि, विद्यालयका जग्गादाता, पूर्व शिक्षक,पूर्व शिक्षक-अभिभावक सङ्घ प्रतिनिधि,बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा सदस्य लक्ष्मी कँडेल समाज सेवि चन्द्र कोईराला व्यावस्थापन समितिका सदस्य करण शेर्पा बुधबारे ईलाका प्रहरी प्रमुख ट्राफिक प्रमुख विभिन्न सघ संस्थाका प्रतिनिधिहरू अभिभावक विद्यार्थिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि विक, आदर्श मावि जयपुरका अध्यक्ष जीवनकुमार पाखरेल, वालकृष्ण दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई सम्मानित शिक्षक ज्ञान बहादुर धिमाल राजु पोडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुहुँदै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
विद्यालयको प्रङगणमा भएको कार्यक्रको सञ्चालन शिक्षीका लक्ष्मी देवी न्यौपानेले गर्नुभएको थियो ।

झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् ।

हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका दनुवार परेका हुन् ।

अर्जुनधारा-६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए ।

चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् ।

झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरु अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतंकले हिउँदे बाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ । लगाएकाहरूलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ ।

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउँछन् । विगतमा मंसिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर बाँदरका कारण फुर्सदिलो बनेका छन् ।

बाँदर आतंक बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ । उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छाडेका हुन् ।

धान जेनतेन थन्क्याउन सकिन्छ,” टीकाराम भन्छन्, “हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भएर लगाउनै छोडियो ।”

त्यसैगरी, फलेवास–४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर नष्ट पारिदियो ।
बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए । तर, बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छोडेको बताउँछन् ।

“एकपटक पल्केपछि बाँदरले खेती सखाप नपारेसम्म नछोड्ने रहेछ,” उनी भन्छन्, “हजारौँ खर्च गरेर महिनौँसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि व्यावसायिक आलुखेती गर्न सकिएन ।”

बाँदरको हैरानी खेप्न नसकेका उनी दुई वर्षयता बाँदरबाट जोगिन बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेका छन् ।

अहिले जिल्लाभर बाँदरको आतंक फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन समूह भएर जाग्राम बस्नुपरेको छ । बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाहरूको भनाइ छ ।

मोदी–२ का गुरुदत्त चापागाईं भन्छन्, “पहिला कुकुर भुक्दा भाग्थ्यो । अहिले कुकुरलाई नै झम्टिन आउँछ ।”

जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि बाटै बाँकी नराखेर उखेलेकी थिइन् ।

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या बनेकाले किसान चिन्तित बनेका छन् ।

अहिले आलु मात्रै नभएर सुन्तला पनि खान थालेको छ,” बाँसखर्कका समुद्र खत्री   भन्छन्, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।”

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाइएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बिउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक वर्ष किसानलाई आलु र गहुँको बिउ निःशुल्क वितरण गर्ने कार्यक्रम राखे पनि अपेक्षित माग नआएको जनाएको छ ।

फाटफुट माग आएको थियो,” कृषि शाखा प्रमुख केदार सापकोटा भन्छन्, “बिउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन् ।” महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत किसानले हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् । 

 

तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई दाङ प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसिले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा. केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबिच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आउनुभएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।मानव सेवा आश्रमको मुख्य कार्यालय, हेटौँडाले उहाँलाई चितवनको खैरहनीस्थित अस्पतालबाट आज उद्धार गरेको हो । चितवनको खैरहनी नगरपालिका –११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना हुनुभएको ६४ वर्षीय तिम्सिना उपचारमा भएको खर्च तिर्न नसकेपछि गत ६ महिनादेखि अस्पतालमा नै बस्न बाध्य हुनुभएको थियो ।

मानव सेवा आश्रमले तिम्सिनाको उद्धारसँगै आश्रममा आश्रय र थप उपचार गरिदिने भएको छ । उद्धारपछि तिम्सिना हेटौँडा उपमहानगरपालिका –९ स्थित मानव सेवा आश्रमको मुख्य कार्यालयमा आश्रित रहनुभएको छ ।आश्रमका सूचना प्रविधि अधिकारी निरज पटेलले आश्रयका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको पहलमा तिम्सिनाको उद्धार गरिएको जानकारी दिनुभयो । अस्पतालमा उपचार गर्दाको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हुनुभएको हामीलाई सञ्चारमाध्यमबाट जानकारी पाएपछि अस्पताल प्रशासनसँग अस्पताललाई तिर्नुपर्ने शुल्कलायतका खर्च तिर्नु नपर्ने सहमति गरी उद्धार गरिएको आश्रमका सूचना प्रविधि अधिकारी पटेलले बताउनुभयो ।

तिम्सिनाले भारतीय जेलमा लामो समय बिताउनु भएको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ६ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि उपचार खर्च अस्पताललाई भुक्तानी गर्न नसक्दा घर ल्याउन नसकेको परिवारका सदस्यले बताउँदै आउनुभएको थियो ।दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले उपचारका क्रममा अस्पतालमा ६ महिनाअघि नै सात लाख १५ हजार रुपियाँ खर्च भएकोमा तीन लाख रुपियाँ बुझाए पनि बाँकी चार लाख १५ हजार रुपियाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको बताउनुभएको थियो । तिम्सिनालाई भारतको उच्च अदालतको आदेशअनुसार दिइएको रकम पनि यसअघि नै उपचारमा खर्च भइसकेकाले परिवारका सदस्य थप उपचार खर्च भुक्तानीका लागि जुटाउन समस्यमा परेको थियो ।

ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा। गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको भन्दै शतप्रतिशत निको भने नभएको बताउनुभयो । तिम्सिनाको अहिलेको अवस्था सामान्य रहेको बताउँदै आश्रमले थप उपचारमा सहयोग, समन्वय र सहजीकरण गर्ने सूचना प्रविधि अधिकारी पटेलले बताउनुभयो ।दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उहाँमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको थियो । उहाँ २० वर्ष उमेर हुँदा २०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या अभियोगमा उहाँ जेल पर्नुभएको थियो ।

तिम्सिनालाई २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएपछि विभिन्न सङ्घ संस्थाको पहलमा २०७७ साल चैत ८ गते इलामको लुम्बाकस्थित घर ल्याइएको थियो । गोरखापत्र अनलाईन

बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक बासस्थान बनाउन थालेका हुन् ।

बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्’, भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँल भन्छन् । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले बासस्थान बनाएका छन् ।

जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । ‘केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्’, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय रहिमन मण्डलले भने । वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उनको भनाइ छ ।

दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले बासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्’, मण्डलले भने । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् ।

सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादव बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताउछन् । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । आहाराको खोजीमा उनीहरु जुनसुकै बेला पनि बस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ ।

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

मेयर कटुवालको घरमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का ३० बर्षिय जयशंकर साहको घटना स्थलमै ज्यान गएको छ ।

साह बतलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताए । प्रहरीको गोली लागेर ज्यान गुमाएका साह बरहथवा स्थित सर्लाही होटेलका सञ्चालक हुन ।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली काङ्ग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टी सहित पाँच दलिय गठबन्धनले आन्दोलन गर्दै आएको थियो । बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेका छन्।प्रहरी र प्रदशनकारीहरु विच ठाँउ ठाउँमा झड्प भईरहेको छ

फोनमा धम्क्याएर रकम माग्ने गिरोहका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोतहटको फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षीय श्रीभगवान साह रहेका छन्।

अपराधिक मनस्थितितका व्यक्तिहरुले फोनमा धम्की दिई रकम माग गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो। पुस १० गतेदेखि ९८०१५७७५१० फोन नम्बरबाट एक जना व्यापारीलाई पटक–पटक फोन गरी व्यापारी र उनका छोराछोरीलाई धम्की दिएर पाँच लाखदेखि ५० लाखसम्म रकम माग गरिएको थियो।

अअनुसन्धानका क्रममा उक्त मोबाइल नम्बर प्रयोगकर्ता श्रीभगवान साह रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका उनीविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढााइ यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुकोसमेत पहिचान भएकाले उनीहरुको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ।