October 21, 2025

 झापाको बुद्धशान्ति गाउँपालिकामा  दारी ग्याङ झापाको आयोजनामा आज  बुद्धशान्ति गाउँपालिकाका तीन स्थानमा लागु औषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक कचरी नाटक मंचन भएको छ। बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र परिवर्तन थिएटर काकडभिट्टाको नाटक मंचनमा कार्यक्रम सम्पन्न भएको हो।
सीतारमेश बहुमुखी क्याम्पस बाट सुभारम्भ भएको नाटक मंचन श्री बुद्धआदर्श मावी र बुद्धशान्ति -३ स्थित बुधबारे तल्लो चोक गरि दुई शैक्षिक संस्था र एक सार्वजनिक स्थलमा मंचन भएको थियो
सीतारमेश बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हरु माझ लागु औषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक नाटक मंचन भएको थियो।

दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,संचाकक समिति सदस्य मनेश दाहाल ,दारी ग्याङ केन्द्रिय सदस्य नुतन ढकाल सहित दारी ग्याङ झापाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति बिच क्याम्पसमा अध्ययनरत विद्यार्थी ,क्याम्पसका प्राध्यापक र विद्यार्थीहरु माझ परिवर्तन थिएटर काकडभिट्टा बाट कचरी नाटक मंचन भएको हो। यसैगरी श्री बुद्धआदर्श माविमा भएको सचेतना मुलक नाटक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी , कक्षा १० सम्मका विद्यार्थी र कर्णाली एजुकेसन फाउन्डेसनका कक्षा ११ र १२ का विद्यार्थीहरुको उपस्थिति बिच मंचन भएको थियो।

यस नाटक मंचन कार्यक्रममा बुद्धशान्ति वडा न:१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य ,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारी ,विद्यालय प्रधानाध्यापक कृष्णराज भण्डारी ,विद्यालय शिक्षक -अभिभावक संघका अध्यक्ष राजेन्द्र राई,आशिर्वाद प्रतिष्ठान सुधार केन्द्रका अध्यक्ष प्रेम सावा सहितको उपस्थिति रहेको थियो।

त्यसैगरी बुद्धशान्ति -३ स्थित बुधबारे तल्लो चोकमा तेस्रो नाटक मंचन भएको थियो।जहाँ तल्लो चोकमा अवस्थित  ब्याक्तित्वहरुको बाक्लो उपस्थिति बिच नाटक मंचन गरिएको थियो।बुद्धशान्ति वडा न:६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्य ,बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद उप्रेती ,बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देव,सामाजिक ब्याक्तित्वहरु चन्द्रप्रकाश कोइराला ,कृष्ण खतिवडा ,गणेश खरेल ,राजु उप्रेती ,इलाका प्रहरी कार्यालय बुद्धशान्ति ,ट्राफिक प्रहरी बुद्धशान्ति सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।तिनै स्थानमा भएको कार्यक्रमको स्वागत सहित कार्यक्रमको औचित्य बारे दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गर्नुभएको थियो । तिनै कार्यक्रमको संयोजन दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले गर्नुभएको थियो भने सचेतनामुलक कचरी नाटक परिवर्तन थिएटर काँकडभिट्टा बाट मंचन भएको दारी ग्याङ झापाका उपाध्यक्ष मनिष दाहालले जानकारी दिनु भयो ।
देशैभर विभिन्न सामाजिक कार्यमा गालामा दारी काधमा जिम्मेवारी भन्ने स्लोगनका साथ सक्रिय दारी ग्याङ झापाले पछिल्लो ६/७ वर्ष देखि निरन्तर सामाजिक कार्यमा अग्रसर भैरहेको देखिन्छ।लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मंचन गरिएको बताइएको छ।
बुद्धशान्ति गाउँपालिका बाट दारी ग्याङ झापा लाई यो खालको सकारात्मक सन्देश प्रवाह गराउने कार्यक्रम लाई आर्थिक सहयोग र समन्वय गरिएकोमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले विशेष आभार व्यक्त गर्दै आगामी दिनमा गाउँपालिका संगको सहकार्यमा थप सामाजिक सुधारका कार्यक्रम लिएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित श्री आदर्श नमुना सामुदायीक वन उपभोक्ता समुहको सभाहलमा १ दिने निःशुल्कआँखा शिवीर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ३ को कार्यलय साथै नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र मेचि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा आज १ दिने  निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा नेपाल रेडक्रस सोसाइटी  बुद्धशान्ति उपशाखाका अध्यक्ष  पुष्पराज भट्टराईको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको
प्रमुख आतिथ्यतामा भएको शिविरमा १७२ जनाले आँखा परीक्षण गराउनु भएको संस्थाका सदस्य टंक निरौलाले जानकारि दिनु भयो ।

साथै शिविरमा ३० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निशुल्क चस्मा वितरण गरिएको थियो ।
मंगलबार भएको शिविरमा सम्पूर्ण विरामीहरुलाई आवश्यक अनुसार औषधि समेत निसुल्क  वितरण  गरिएको थियो । शिविरमा ५ जनाको मोतिया विन्दुवाट अप्रेशन गर्नु पर्ने समस्या देखिएको छ । उनिहरूलाइ प्राविधिकको सल्लाह अनुसार अप्रेशन गर्ने बताईएको छ ।स्वास्थ्य शिविरमा मेचि आँखा अस्पताल विर्तामोडका स्वास्थ्य कर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।
शिविरमा आदर्श नमुना सामुदायिक वन कार्यलयका सचिब भोजराज बास्तोला, वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाँइ सदस्य लिला परियार,आदर्श सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वसन लिम्बू ,उपाध्यक्ष खगेन्द्र आचार्य,
संस्थाका सम्पुर्ण कर्मचारि स्थानिय सेवा ग्राही लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन संस्थाका सदस्य केसव खुलालले गर्नु भएको थियो ।

यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज ९बुधबार० सार्वजनिक गरिएको छ ।

यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ ।

त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम ९एनआरटी० सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २९ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ ।

झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (मंगलबार) भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधाराको शनिश्चरे एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यो संगै आज बाट क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको १५ मिनेटमा बुट्टाबारीे युनाइटेडका सोना लिम्बुले गरेको पहिलो गोलनै खेलको निर्णायक गोल बन्यो । खेलको ५१ औँ मिनेटमा शनिश्चरे एफसीका अनिस राइले रातो कार्ड पाए पछी शनिश्चरे ८ खेलाडीमा सिमीत भएको थियो ।

खेल अवधी भर कुनै पनि गोल गर्न नसक्दा शनिश्चरे एफ सी प्रतियोगीताबाट बाहिरीएको छ । खेलमा निर्णायक गोल गरेका गरेका बुट्टाबारीेका सोना लिम्बु म्यान अफ दि म्याच भएका थिए

उनलाई १ हजार नगद पुरस्कार वितरण गर्नु भएको थियो ।
साथै खेल अवधिभर खेलाडीहरू लाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक  खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिदै आएको छ ।

अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने अध्यक्ष रोशन कटुवालले बताउनु भयो । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।

सृजनशिल युवा समाज बुद्धशान्ति ४ ले गर्यो मेची राजमार्गको भाइरल शिरीष रुख वरपर रोपिएको विरूवामा पानी हाल्ने गोडमेल गर्ने साथै सरसफाइ गर्ने काम सम्पन्न  गरेको छ ।गत र्वष वडा न:४ स्थित बर्ने चिया कमान आसपास मेची राजमार्गको दुवै तर्फ भाइरल शिरीष रुख वरपर  बुद्धशान्ति गाउँपालिकाले गुल्मोर प्रजातीका आकर्षक विभिन्न रङ्गका फुल फुल्ने शिरीष राजबिक्छे,जाडुल लगायतका विरुवा वृक्षरोपण गरिएको थियो। हिउँदको समयमा बिरुवा सुक्ने वाख्रापाठाले खाने साथै भाँचिने टेकिने विभिन्न कारणले बिरुवा हरू मर्ने थाले पछि आज सृजनशिल युवा समाज बुद्धशान्ति ४ विरूवामा पानी हाल्ने गोडमेल गर्ने घेराबारा मर्मत गर्ने लगायतका काम सम्पन्न गरेको छसट्टाभर्ना मंगल बारे खानेपानि उपभोक्ता समितिको सचिव सृजनशील युवा क्लब को सदस्य साजन तामाङ को संयोजकत्वमा
हरियो वन नेपालको धन आफ्नो गाउँ आफै बनाऊ भन्ने नाराको
संदेश दिदै : viral maatra hoina भविस्य बनाऊ भन्ने र स्थानीय पर्या पर्यटन विकास र प्रवद्र्धन मा श्रम दान गरौं । भन्दै संस्थाका अध्यक्ष  पराजुलिले विगतका दिनहरूमा पनि संस्थाले देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई आर्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोगसंस्थाहरूमा सरसफाई जिल्ला स्तरिय फुटबल खेलाउने पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरूमा सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता विभीन्न सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।क्लब सचिव पारस लिम्बू, गोबिन कार्की, सुरज दाहाल नवीन अधिकारि,उज्वल खवास,दिपु अधिकारीको उपस्थिति रहेको थियो 
सम्पूर्ण खाजा पानी प्रयोजन,स्थानिय व्यापारी हरुले गर्नु भएको बताईएको संस्थाका सचिव पारस लिम्बुले जानकारि दिनु भयो ।
पानी उपलब्द गणेश बस्ती डिप ट्युबवेल जल उपभोक्ता समितिको अध्यक्ष कृष्ण कुमार प्रधानले गर्नु भएको थियो ।

बुद्धशान्ति ।बिर्तामोडको आदर्श एकडेमी यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराको लक्ष्मीधाप एफसीलाई ७–३ गोल अन्तरले पराजित गर्दै आदर्श एकडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा लक्ष्मीधाप एफसीले सुरुवाती अग्रता बनाएपनी नतिजा आफ्नो पक्षमा पार्न सकेन । आदर्शको जितका लागि दिवस बास्तोलाले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे भने साहिल धिमालले २, पवन बास्के र समिर हेमरनले गरेको १ ÷१ गोलले  जित निश्चित बनाएको थियो ।
त्यस्तै लक्ष्मीधाप एफसीका लागी रोहन राईले व्यत्तिलगत २ गोल कृितन विसुङ्ख सुजन विस्वकर्मा १ ÷१ गोल गरे पनि जितका लागी पर्याप्त बन्न नसक्दा प्रतियोगीताबाट बाहिरीएको छ ।
खेलमा ह्याट्रिक गरेका दिवस बास्तोला म्यान अफ दि म्याच भएका थिए उनलाई बुद्धशान्ति वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय साथै क्लबका अध्यक्ष साथै अन्य अतिथिले १ हजार नगद पुरस्कार वितरण गर्नु भएको थियो ।

साथै खेल अवधिभर खेलाडीहरू लाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक  खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिदै आएको छ । अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने क्लबका अध्यक्ष रोषन कटुवालले बताउनु भयो । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने बताईएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको देखिन्छ ,।

बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भईरहेको छ । निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।

एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल छ भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको छ ।

अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट राजु न्यौपाने र स्वतन्त्र प्यानलबाट अर्जुनकुमार मैनालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । न्यौपाने वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र मैनाली महासचिव हुन् ।

दुवैले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । वाणिज्य संघमा ५ हजार ६ सय ७३ रहेका छन् । मतदान अहिले बिहान ८ बजेदेखि अतिथि सदनमा शुरु भएको हो । हाल सम्म २ हजार मत खसेको बताईएको छ | साझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनु भयो ।

बुद्धशान्ति । डि एफ सी क्लब यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गको इस्ट स्टार्ट एफसी ४–० गोलले पराजित गर्दै डि एफ सी बाहुनडाँगीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।डि एफ सीको जितका लागि खेलको १७ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको २०,४० र थपिएको अतिरिक्त समयमा निसान प्रधानले गरेको ह्याट्रीक गर्दै बलियो जित दर्ता गराए ।खेलको म्यान अफ दी म्याच डि एफसीका निसान प्रधान घोषित भएनिर्धारीत समय सम्म इस्ट स्टार्ट एफसीलागि गोल गर्न नसक्दा टिम प्रतियोगीताबाट बाहिरिएको छ ।उनलाई क्लबका अध्यक्ष साथै अतिथिले नगद १ हजार र ट्रफी
वितरण गर्नु भएको थियो ।
साथै खेल अवधिभर खेलाडीहरू लाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक  खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिने आयोजकले जनाएको छ । फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने क्लबका उपाध्यक्ष गणेश बहादुर डाँगीले बताउनु भयो  ।

प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष  रोसन कटुवालले बताउनु भयो ।प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ४ लाख  रुपैयाँ खर्च अनुमान गरिएको क्लबका उपाध्यक्ष गणेश डागिले बताउनु भयो ।
भोलि हुने खेलमा अर्जनधारा र विर्तामोड बिच हुने बताईएको छ । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष मनेस दाहाल,झापा जिल्ला रेफ्रि संघका महासचिब उदय ठाकुर,बुद्धशान्ति ४ गणेश मां विं का शिक्षक रविन कोइराला,न्यु एभर ग्रिन स्कुल व्यवस्थापन समितीका अध्यक्ष नारायण ढुङ्गाना, वोड्लिङ इन्टरनेट बुधबारेका सन्चालक सुनिल भट्टराई विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमी महानुभावहरूको  बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका अध्यक्ष रोसन कटुवालले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ मा प्रथम जयपुर भेन्ट्रास फुटबल कल्बको आयोजनामा भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को  हिसाब सार्बजनिक भएको  छ ।
फागुन १ गते वाट सन्चालन भएर ७ गते सम्पन्न भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को आयोजक समितिले ११ गते शक्रवार  समितिका सम्पुर्ण सदस्यहरूको उपस्थितिमा आय तर्फ ९९,६००  व्यय तर्फ ९९,६०० साथै उठ्न बाकी रकम १५,००० हिसाब सार्बजनिक गरेको हो ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष  सेमन्त पोख्रेलले बताउनु भयो ।श्री आदर्श माविको जयपुरको खेल मैदानमा फागुन १ गते बाट सन्चालन भएको टोल स्तरिय फुटबल
प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागीता रहेको थियो भने

प्रतियोगिताको बिजेताले नगद रु १५ हजार, मेडल र ट्रफि प्राप्त गरे भने  उपविजेताले नगद रु १० हजार र मेडल र ट्रफि  पाएका थिए ।

खेललाई थप रोचन र आक्रर्शक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत भएको  बताईएको छ ।