October 22, 2025

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

मेयर कटुवालको घरमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का ३० बर्षिय जयशंकर साहको घटना स्थलमै ज्यान गएको छ ।

साह बतलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताए । प्रहरीको गोली लागेर ज्यान गुमाएका साह बरहथवा स्थित सर्लाही होटेलका सञ्चालक हुन ।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली काङ्ग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टी सहित पाँच दलिय गठबन्धनले आन्दोलन गर्दै आएको थियो । बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेका छन्।प्रहरी र प्रदशनकारीहरु विच ठाँउ ठाउँमा झड्प भईरहेको छ

फोनमा धम्क्याएर रकम माग्ने गिरोहका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोतहटको फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षीय श्रीभगवान साह रहेका छन्।

अपराधिक मनस्थितितका व्यक्तिहरुले फोनमा धम्की दिई रकम माग गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो। पुस १० गतेदेखि ९८०१५७७५१० फोन नम्बरबाट एक जना व्यापारीलाई पटक–पटक फोन गरी व्यापारी र उनका छोराछोरीलाई धम्की दिएर पाँच लाखदेखि ५० लाखसम्म रकम माग गरिएको थियो।

अअनुसन्धानका क्रममा उक्त मोबाइल नम्बर प्रयोगकर्ता श्रीभगवान साह रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका उनीविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढााइ यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुकोसमेत पहिचान भएकाले उनीहरुको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ।

मेची राजमार्गमा पराल बोकेको पिकअप जलाएको आरोपमा पक्राउ परेका युवक दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । जिल्ला अदालतले झापाको बुद्धशान्ति गाउँपालिका–४ का ३३ वर्षे अञ्जन राई बुलेट किराती लाई आज बिहीबार रिहा गरेको हो ।

बुधबार नै अदालतले उनलाई धरौटी माग गरेको थियो । तर, उनी आज तोकिएको धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार इन्द्रकुमार श्रेष्ठले बताए । ‘उनीविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता छ,’ श्रेष्ठले भने, ‘राईको मुद्दामा अदालतले थप प्रक्रियागत कार्य गर्नेछ ।’

कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले गत मंसिर ३० र पुस १ गते मेची राजमार्गसहित केही स्थानमा यातायात बन्द आह्वान गरेको थियो । यहीबेला इलामको रोङ गाउँपालिका–४, कोल्बुङको किटेनीस्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगजनी गरिएको थियो ।

झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले राईलाई पुस २ मा पक्रेको थियो । र, प्रहरीले उनीविरुद्ध १० लाख रुपैयाँको क्षति दाबी गरेको छ ।

राई पक्राउको विरोधमा ‘पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामांकन समिति’सहित पाँच समूहले हिजो र आज मेची राजमार्ग बन्द आह्वान गरेका थिए । राईलाई रिहा गरेपछि आज दिउँसो २ बजेदेखि बन्द खुलेको थियो ।

तर, मंसिर ३० गते मेची राजमार्गमा पिकअप जलाइएको घटनामा आन्दोलनरत समूहका कोही पनि संलग्न नभएको, आन्दोलन शान्तिपूर्ण रूपमा आह्वान गरिएको र शान्तिपूूर्ण नै भएको दाबी आन्दोलनरत समूहको छ । राई पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामांकन समिति झापाका नेता भएपनि उनलाई झुटो मुद्दा लगाइएको समिति अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

रिहा गरिएपछि राईलाई आज इलाम चोकबजारमा पहिचानवादी समूहले खादा र अबिरले स्वागतसमेत गरेका छन् ।

झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी इलाका प्रहरी कार्यालय धुलाबारीमा दिएका थिए । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुर स्थित श्री आदर्श माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव समारोह तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार पोखरेलको सभापतित्वमा भएको समापन कार्यक्रममा देवी प्रसाद स्मृतिका संस्थापक ज्ञानेन्द्र प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा  प्रमुख कमलप्रसाद निरौला, बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्ली प्रसाद ओली, विद्यालय संस्थापक सदस्य तथा परिवार प्रतिनिधि, विद्यालयका जग्गादाता, पूर्व शिक्षक,पूर्व शिक्षक-अभिभावक सङ्घ प्रतिनिधि, बुद्धिजीवी,१ समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।
यसपूर्व विद्यालयले बुद्धशान्ति गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख कमलप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा अन्तर विद्यालय माध्यमिक तह चित्रकला प्रतियोगिता, नर्सरीदेखि कक्षा १२ सम्म विभिन्न विधामा दौड, हाइ जम्प लङ्ग जम्प भाले जुदाई अभिभावक र शिक्षकबीच तातोआलु, तौल अनुमान लगाउने, म्युजिकल चेयर खेल जस्ता विविध कार्यक्रम गरी उद्घाटन समारोह सम्पन्न गरेको थियो ।
त्यस्तै नेपाल सरकारका सचिव केवलप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा  विविध अक्षय कोषबाट छात्रावृत्ति प्रदान, अन्तर सदन-अन्तरकक्षा तथा खुला नित्य तथा गायन प्रस्तुत , विद्यालयबाट कक्षा १० उत्तीर्ण हुने र कक्षा १२ उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान, विभिन्न विधामा शिक्षक सम्मान जस्ता कार्यक्रम गरी दोस्रो दिनको समारोह सम्पन्न गरेको थियो ।त्यस्तै आज भएको समापन  कार्यक्रममा विद्यालयले विभिन्न विधामा कार्यक्रम सम्पन्न गरेको छ । आधुनिकता लाई मध्यनजर गर्दै प्रविधिको प्रयोग गरेर विद्यार्थीहरूबीच अन्तर सदनात्मक अनलाइन हाजिर जवाफ सम्पन्न गरिएको  थियो  अनलाइन हाजिरजवाफ गरेसँगै बुद्धशान्तिका विद्यालयमा अनलाइन हाजिरी जवाफ गर्ने पहिलो विद्यालयका रूपमा चिनिएको छ ।

त्यस्तै विद्यालयको आयोजना र युवा शिक्षा तथा खेलकुद शाखा को प्रायोजनमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आदर्श माध्यमिक विद्यालय जयपुर प्रथम बुद्धआदर्श माध्यमिक विद्यालय बुधबारे द्वितीय र शान्ति आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति-६ तृतीय भएको छ ।

६४औं वार्षिकोत्सव समारोह-२०८० को पावन अवसरमा सञ्चालित देवी प्रसाई स्मृति रनिङ सिल्ड अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता – छात्र मा राष्ट्रिय विजय मा.वि. ले ४-० गोल अन्तरले उपाधी हाँसिल गरेको थियो भने लिटल एन्जल चारआली दोश्रो स्थान हाँसिल गरेको छ ।
खेलमा उत्कृष्ठ अनुशासित टिममा नवकिरण आधारभूत विद्यालय, उत्कृष्ट खेलाडीमा राष्ट्रिय विजय मा.वि. का कृष्ण कार्की, उदयमान खेलाडीका रूपमा लिटल एन्जल चारआलीका इनिस उराउ चयन भएका छन् । विजेता टिम राष्ट्रिय विजय मावि ले २५ हजार नगद,मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता टिम लिटल एन्जल चाराली ले १५००० नगद,मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

इलामको सूूर्योदय नगरपालिका–७ कन्याममा २३ करोडको लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए ।

चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उनको भनाइ छ । “यहाँ सामान्यतया चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागतशैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ”, भट्टराईले भने ।

नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिएका छन् । “यो देशकै पहिलो चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ”, राईले भने । कोशी प्रदेश सरकार र नगरको साझेदारीमा करिब  २३ करोडको लागतमा यो केन्द्र निर्माण भएको हो ।

चियामा लागि उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ । इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ  । कृषक धीरज अधिकारीले भने, “स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा अब हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा छ ।”

नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन् । नगरपालिकामा अन्य पनि ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन् । नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । उनले भने, “ ५० करोड लगानीमा पर्यटन, पूर्वाधार र कृषिका आयोजनाको काम भइरहेको छ,  ६६ करोड लगानीको खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ भने  ३९ करोड लगानीको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।”
फिक्कलमा  १३ करोड लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले  ४४ करोड लगानीको भालुखोपबाट वडा नं १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिए।  नौ करोड लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ ।  १२ करोड लगानीमा स्वीस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको उनको भनाइ छ ।

स्वीस सरकारले पर्यटनसम्बन्धी विभिन्न आयोजनामा लगानी गर्न चासो देखाएको छ”, प्रमुख राईले भने, “नगरले आफ्नै लागत तथा अथक प्रयासमा प्रदेश र सङ्घको सहकार्यमा आयोजनाको काम गरिरहेको छ ।” सूर्योदय नगरपालिकाले ठूला आयोजनाको काम गरिरहेकामा नगरवासी खुसी देखिन्छन् ।

यही गतिमा सयौँ आयोजनाको काम सकिँदा विकासमा फड्को मार्ने आशा गरिएको स्थानीय रविन सापकोटा भन्छन्, “हाम्रो नगरपालिका चियाको उर्वर भूमि हो । पालिकाले अनुसन्धान केन्द्र बनाएर राम्रो गरेको छ ।” इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  ।

आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द भएको छ। कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज पनि बिहानै देखि मेची राजमार्गमा यातायात ठप्प भएको छ।

आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी हिजो र आज मेची राजमार्ग बन्द आह्वान गरिएको हो।

बन्दका कारण बिहानैदेखि मेची राजमार्गमा छोटो र लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। पहिचानवादी पाँच संस्थाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन्।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दैै गत मंसिर ३० र पुस १ गते बन्द आह्वान गरिएको थियो। त्यसक्रममा मंसिर ३० मा इलामको रोङ गाउँपालिका–४ स्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगगनी गरिएको थियो। झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षे अञ्जन राई (बुलेट किराती) लाई पक्रेको छ।

तर, आन्दोलनरत समूहले पिकअपमा आफूहरूले आगजनी नगरेको भएपनि राईलाई झुटो मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ। बन्द आह्वानकर्ताले जारी गरेको विज्ञप्तिमा यातायात बन्दका बेला गाडीमा आगजनीको गतिविधि आफूहरूले नगरेको र नगर्ने दाबी गरिएको छ। उनीहरूले पक्राउ राईलाई रिहा नगरेसम्म विरोध जारी रहने चेतावनी दिएका छन्। दुुई चक्के सवारी साधन भने नरोकिएको । झापा जिल्ला संयोजक पान्डब लाल चौधरिले बताए ।

उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ ।

ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ,” भट्टराईले भनेका छन् ।
भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्याेदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।

अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन् ।

“अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन्,” अध्यक्ष भट्टराईल भने ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ 

झापाको काँकरभिट्टामा बुधबार आयोजना गरिएको लागुऔषध विरुद्धको कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिएपछि हंगामा भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा काँकरभिट्टा खानेपानी सभाहलमा कार्यक्रम राखिएको थियो ।

कार्यक्रम हलको कुर्सीमै बियरका दर्जनौं बोलत छरपस्ट थिए । कार्यक्रममा आयोजक समितिले लागु पदार्थ दुव्र्यसनी रोक्न सरोकारवाला लाग्नु पर्ने बताइरहेका थिए ।

तर, हलभित्रै रक्सीको बोतल सञ्चारकर्मीले भेटेर देखाएपछि आयोजकको आलोचना भएको छ । सञ्चारकर्मी खगेन्द्र घिमिरेले कार्यक्रम स्थलमै रक्सीको बोतल भेटिनुले अभियानको खिल्ली उडाएको बताउनु भयो  त्यसपछि आयोजकले व्यवस्थापनमा कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने वचन दिएको छ ।

दाङमा ट्याक्टर दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
बिहेका लागि पात टिप्न जंगल गएका गढवा गाउँपालिका ४, पर्सा गाउँका बासिन्दा चढेको लु.२त १५६५ नम्बरको ट्याक्टर गढवा-कोइलावास खण्डमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

बिहेको पात टिपेर फर्किने क्रममा गढवा गाउँपालिका ५, चिसापानीमा दुर्घटनामा परेको प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।
घटनास्थलबाट सबै घाइतेलाई उपचारका लागि लमही पठाइएको पनि प्रहरीले जनाएको छ ।