October 22, 2025

बुद्धशान्ति –४ बर्नेको च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि  शनिश्चरे युवा क्लब अर्जुधाराले उचालेको छ ।

शनिबार सम्पन्न भएको  फाईनल खेलमा आदर्श युवा क्लब बुधबारेलाई २-० गोल अन्तरले हराउँदै शनिश्चरे युवा क्लब अर्जुधाराले  उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै अर्जुनधाराले नगद ५५ हजार ५ सय ५५  रूपयाँ, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित आदर्शयुवा क्लबले नगद २५ हजार,५ सय ५५ रूपयाँ  ट्रफी र मेडलमा चित्त बुझायो ।

स्थानीय युनिटी युथ क्लब बर्नेको  आयोजनामा ३ बजेबाट सुरू भएको खेलमा  खेलको म्यान अफ दि म्याच  अर्जुनधाराका देवेन्द्र तामाङ भएका थिए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्मा वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय लगायतले पुरस्कार वितरण गर्नु भएको
कार्यक्रममको सन्चालन खेल  व्यवस्थापन समितिका संयोजक मोहन कुमार लिम्बूले संचालन गर्नु भएको थियो ।
पौष २१ गते बाटसुरू भएको खेल लाई थप रोचक बनाउन  बिच बिचमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यसका साथै खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिनुका साथै प्रतेक खेलका गोल कर्तालाई १ गोल बराबर  बुधबारे बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं ले २ वटा रेडबुल प्रदान गर्दै आएको बताईएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको  थियो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ।

आइतबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।

झापा जिल्लाका पन्ध्रवटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैँया, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ । खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक रहने छन् ।  खेलमा म्यानअफ् दी म्याचलाई २ हजार, फाइनलको दिन म्यानअफ् दी म्याचलाई ५ हजार र म्यान अफ् दी सिरिजलाई १० हजार पुरस्कार पाउने छन ,।

सोही अवसरमा खेल तालिका समेत चिठ्ठा मार्फत सार्वजनिक गरिएको छ । पोल (ए) र पोल (बी) गरी खेल तालिका सार्वजनिक गरिएको हो । पहिलो खेल कनकाई नगरपालिका र बाह्रदर्शी गाउँपालिका बिच हुनेछ ।
दोस्रो खेल हल्दिबारी र गौरीगञ्ज गाउँपालिका,  तेस्रो खेल बुद्धशान्ति गाउँपालिका र मेचीनगरपालिका, चौंथो खेल झापा गाउँपालिका र गौरादह नगरपालिका, पाँचौ खेल शिवसताक्षी र कमल गाउँपालिका, छैठौँ खेल भद्रपुर र दमक नगरपालिका, सातौँ खेल अर्जुनधारा र कचनकवल गाउँपालिका बिच हुने बताइएको छ । बिर्तामोड नगरपालिका भने बाईमा परेको छ । खेल बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प छेउको खुल्ला मैदानमा हुनेछ ।
प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको प्रमुख आतिथ्यता, क्रिकेट संघ कोशी प्रदेशका सदस्य नारद नेपालको बिशिष्ट आतिथ्यता, झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष तुलानाथ दाहालको बिशेष आतिथ्यतामा खेल तालिका सार्वजनिक गरिएको थियो । खेल तालिका सार्वजनिक कार्यक्रमको सहजिकरण गोकुल पौडेलले गर्नु भएको । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मदन मगरले गर्नु भएको थियो ।

आपत विपतमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने स्थापना भएको यस प्रतिष्ठानले ५० लाख अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापनका लागि गरेर ७० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

स्थापनाको छोटो समयमा यस संस्थाले बुद्धशान्तिमा सामाजिक कार्य गरेर आफ्नो छुट्टै छाप छोड्न सफल भएको  सस्था हो ।

झापा। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् ।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भक्का दिवस मनाउन मनाइन्छ ।

राजवंशी समुदायको परम्परागत परिकार भक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ ।

चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चटनीसँग खाने गरिन्छ । जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।

माघे सङ्क्रान्तिलाई लक्षित गरी पछिल्लो एक सातामा मात्रै काठमाडौंको कालीमाटीमा ७ सय ९० टन तरुल भित्रिएको छ । माघे सङ्क्रान्तिमा तरुल खाने चलन छ ।
कालीमाटी तरकारी तथा फलफूल व्यापार विकास समितिका अनुसार पछिल्लो एक महिनामै १२ सय ११ टन तरुल काठमाडौंमा आयात भएको हो । जबकि यो वर्षको हालसम्म १४ सय ८९ टन भित्रिएको तथ्यांक छ ।

गत वर्ष १६ सय ९३ टन आयात भएको थियो । पछिल्ला केही दिनयता कालीमाटीमा अन्य तरकारीको तुलनामा तरुलको व्यापार बढेको छ ।

पछिल्ला केही दिनयता दैनिक १० क्विन्टलसम्म तरुल बिक्री हुने गरेको छ । साताअघि भने दैनिक २ क्विन्टलसम्म बिक्री हुने गरेको थियो । साताअघिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको तरुल अहिले होलसेलमै प्रतिकिलो ६० रुपैयाँभन्दा माथि पुगेको छ ।

तरुलको खुद्रा मूल्य पनि सोही दरमा महँगिएको छ । जातअनुसार मूल्य फरक-फरक छ । नेपाली बजारमा घर तरुल, वन तरुल, पातले, मुढेलगायतका जातका तरुल पाइन्छन् । काठमाडौंमा सबैभन्दा धेरै तरुल सर्लाहीबाट ल्याइन्छ ।

त्यस्तै सुनसरी, धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लाबाट पनि काठमाडौंमा तरुल ल्याइन्छ ।

अछाममा रूखले च्यापेर एक बालकको मृत्यु भएको छ।

जिल्लाकाे रामाराेशन गाउँपालिका वडा नम्बर ७ सुतारका १४ वर्षीय जनक बिककाे मृत्यु भएको हाे।

जंगलमा दाउरा चिर्न गएकाे बेला रूखले  च्या मृत्युु भएको हाे।

झापाको कमल ४ स्थित चुलाचुलीमा आज साँझ ४ः३० बजे दुईवटा मोटर साइकल र एउटा स्कुटर एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउने क्रममा राजमार्ग पारगर्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल, सोहि दिशाबाट आउँदै गरेको प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गएको प्रदेश ०१–०१६ प ७१४० नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए ।

प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा पछाडी सवार कन्काई ३ का ७० वर्षीय रघुनाथ भट्टराईको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारकालागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मे ६ प ३१५२ नम्बरको मोटरसाइकलमा सवार कमल २ बस्ने अन्दाजी ५५ वर्षका वेदप्रसाद बजगांई सामान्य घाइते भएको जनाइएको छ । दुर्घटना भएका सवारी केर्खा प्रहरी चौकिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो।

स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो। सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ।

यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन्। पार्टी एकता समायोजनका लागि समिति गठन गर्ने भने पनि त्यसको निर्णय भने भएको छैन।

झापाको बुद्वशान्तिकी एक महिला पाँचथरमा मृत भेटिएकी छन् । अ भिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिम नगरपालिका-४ स्थित गढीमा मृत अवस्थामा भेटिएकी हुन् ।

आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ ।

सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

स्वास्थ्य बिमामा आबद्ध भएकाहरुले आगामी माघ १ गतेदेखि २५ शय्यामाथिका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिँदा १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएको छ ।

कुनै पनि स्वास्थ्य संस्थाबाट आकस्मिक सेवा लिनुपरेमा भने यो नियम लागु नहुने स्वास्थ्य बिमा बोर्डले जनाएको हो ।

पछिल्लो समय बिमितले जथाभावी उपचार गराउने गरेकाले सहभुक्तानीको व्यवस्था लागु गर्नुपरेको दाबी बोर्डको छ । स्वास्थ्य बिमामा हाल पाँच जनासम्मको परिवारले ३५ सय तिरेमा एक लाखसम्मको उपचार सेवा पाउने गरेकामा बोर्डले भुक्तानीको रकममा पुनरवलोकन गरी सुविधाको दायरा बढाउन लागेको हो ।

बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाका अनुसार स्वास्थ्य संस्थाहरुलाई असारसम्मको भुक्तानी भइसकेको छ । हाल नेपालमा करिब ७५ लाख मानिस स्वास्थ्य बिमामा आबद्ध छन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा हिजो वाट सुरू भएक वार्षिक उत्सव आज  विभिन्न कार्यक्रम गर्दै सम्पन्न हुने भएको छ ।

विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष दुर्गा पोख्रेल ढुङ्गेलको सभापतित्वमा  हिजो उत्घाटन गरिएको ५६ औं वार्षिक उत्सव समारोह कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक झल्का अधिकारी भट्टराईको प्रमुख आतिथ्यतामा  उत्घाटन गरिएको कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय संस्थापक, विद्यालय सल्लाहकार समिति पदाधिकारी, अक्षयकोषदाता, अभिभावक, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चारकर्मीको आतिथ्यता रहेको थियो ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी सुनैना मगरले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक राज अर्याल र डम्बर शिवाकोटीले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा ५० वर्ष भन्दा माथिका पदाधिकारीहरूको सहभागितामा ट्रयाक उद्घाटन, विद्यार्थीहरूबीच विभिन्न विधामा प्रतियोगिता, बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको दौड, भलिबल, अन्तरआमा समूहको हाजिरिजवाफ प्रतियोगिता, अन्तरटोल पुरुष लठ्ठातान प्रतियोगिता, विविध अक्षयकोषका छात्रवृत्ति वितरण जस्ता कार्यक्रम गरी उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।