April 13, 2025

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं -३ बुधबारे तल्लो चोकमा दारी ग्याङ झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।
उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा न:१ का अध्यक्ष अनिल वाग्ले,वडा न:५ का अध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस झापा शाखाका जिल्ला सदस्य हरि पोखरेल ,रेडक्रस बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई ,ईलाका प्रहरी कार्यालय बुद्धशान्ति प्रमुख प्रविण भट्टराई ,सामाजिक ब्याक्तित्वहरु मनोरथ तिवारी ,चन्द्र प्रकाश कोइराला ,धिरेन्द्र ढकाल सहित संचारकर्मी,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो।

रक्तदान कार्यक्रममा रक्तदान गर्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले भन्नुभयो , नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिन्छ,
उहाँले भन्नू,भयो जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिन्छ ।

त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नुभयो, दारी ग्याङ झापाले गरेका सकारात्मक काम विभिन्न सामाजिक कार्यलाई आफुहरूले निहाली रहेको बताउदै बुद्धशान्तिको विकास विस्तार र प्रर्वद्धनमा आफु लागि परेको बताउनु भयो ।

दारी ग्याङ झापाका उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य राम जंग भट्टराईले राखेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गर्नुभएको थियो वर्षाका कारण निर्धारित समय ९:३० बाट संचालन हुने भनिएको रक्तदान कार्यक्रम दुई घण्टा ढिलो गरि ११:३० बाट मात्रै सुरु हुन सकेको अवस्थामा ५४ पिन्ट रगत संकलन भएको जानकारि गराउदै आगामी दिनमा पनि विभिन्न कार्यक्रम हरूमा दारी ग्याङ झापाले सहयोग गर्ने दारी ग्याङ झापाका अध्यक्ष पौडेलले  बताउनु भयो ।

पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ ६ वर्ष यताकै उच्च भएको छ ।
पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा पाँचथरमा अलैँची प्रतिमनको ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।


सिजन शुरु हुन लाग्दा अलैंची काे मुल्य उकालाे लागेपनि याे बर्ष उत्पादन भने घटेकाे छ ।
खाेल्छाकाे सुन उपमा पाएकाे अलैची ईलामे भुमिमा राेगले सखाप भएर मासिएकाे भएपनि किसानहरुले नयाँ ठाउँहरुमा नयाँ जात र नयाँ तरिकाले राेपेपछि केहिबर्ष यता उत्पादन बढेकाे थियाे ,तर नयाँ ठाउमा पनि पुरानै राेगले सताएपछि फेरि मासिने अवस्थामा पुगेकाे छ ।

बिगतका बर्षहरुमा किसानले सिमसार खाेल्छापाखा भित्ता र जंगलमा लगाएकाे रामसाई,गाेलसाई,डम्वरसाई चिबे जातकाे अलैंची लगाउने र मनग्गे उत्पादन हुने थियो तर अहिले त्यस ठाउँहरुमा अलैचि मासिएपछि बारीका गराहरुमा भारलाङ्गे र जिरमले जातका अलैंची राेपेर उत्पादन लिन थालेकाे भएपनि अहिले पुरानै राेगकाे कारण बगानै सखाप भएकाे सुर्योदय नगरपालिका वडा नं ६ का किसान सविर तामाङ बताउनु हुन्छ ।

उहाँ भन्नू ,गतबर्ष उत्पादनकाे सिजनमा करिव तीस हजारमा रहेकाे अलैची याे बर्ष सिजन सुरुकै बेला साठि हजार भन्दा बढिमा बिक्रि हुन थालेकाे छ । गतबर्ष करिव २५ मन सुख्खा अलैंची उत्पादन गरेका राेङ ६ का किसान उमेस प्रधानले याे बर्ष दुई तिन मन पनि नहुने बताउनु हुन्छ । यसैगरि सुर्याेदय नगरपालिका वडा नं ६ फाजिगाउँका राजेन्द्र सापकाेटा भन्नुहुन्छ गत बर्ष ११ मन भएकाे थियाे यसपालित बगानमा जान नै अल्छि लाग्दाे छ । पहाडि भुभागमा मात्रै हुने अलैचि अहिले कछाड र ताताे हावापानिमा सुपारी खेति सगै हुन थालेकाे छ यसकाे कारण न कतैवाट खाेजियाे न त राेगकाे पहिचान र निदान नै भयाे किसानहरुकाे गुनासाे रहेकाे छ ।

बिगतमा आठमन सम्म सुख्खा अलैच उत्पादन गरेकाे राेङ ६ का गणेश राई भन्नुहुन्छ मैले त अस्तिनै अम्लिसो पाे राेपिसके के टिप्नु ?
अलैंची मा छिर्के ,फुर्के राेग पहिला देखीनै रहेपनि बिगत केहि बर्षयता सरलक्क बाेट मरेर जाने राेग संक्रामक भएर आएकाे थियाे ।शुरुमा नेपालकाे पाच जिल्लामा मात्रै उत्पादन हुने अलैंची खेती अहिले नेपालका चालिस भन्दा बढि जिल्लामा फैलिसकेकाे र नेपालबाट सबैभन्दा बढि बिदेशी मुद्रा भित्राउने कृषि उपज हाे तर सरकारी निकायबाट उचित अनुसन्धान र राेगकाे निदान नखाेजिएमा तथ्याङ्क ऐतिहासिक मात्रै बन्ने निश्चित रहेकाे छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वाड नं ३ स्थित जयगंगा धर्मकाँटा तौलपुलमा मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचिराजमार्ग ट्रक कमिटिको आयोजनामा मंगलबार दुर्घटना न्युनीकरण सम्बन्धमा यातायात व्यवस्था कार्यलयका प्रतिनिधी जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि मजदुर सङगठन नियमनकारी निकायका प्रतिनिधि नेपाल यतायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि संन्चारकर्मी लगायतको उपस्थितिमा मेचि राजमार्गमा चल्ने ट्रक पिकप लगायत सम्पर्ण ढुवानिका सवारीहरूलाई काँटा गराई क्षमता भन्दा बढि भएका सवारी चालक हरूलाई सम्झाइ बुझाई दुर्घटना हुने कारण साथै सडकको क्षमता कानुनत दुर्घटना हुँदा चालक हरूलाई पर्ने असर बारे जानकारि समेत गराईएको थियो ,

यदि अटेर गरि आफ्ना सवारी साधनहरू संचालनको अवस्थामा नियमनकारी निकायबाट चेकजाँच गर्दा उक्त प्रमाणहरू साथमा नरहेमा कानुन अनुसार कार्बाही समेत हुने संस्थाका उपमहासचिव देवी प्रसाद भट्टराईले बताउनु भयो ।

दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत श्रावण ७ गते बाट संन्चालमा आएको बुद्धशान्ति गाउँपालिका रहेको यस जयगंगा धर्मकाँटा तौल पुल सरकारले चासोको बिसय लिएर गर्नु पर्ने काम निजि छेत्र बाट भएता पनि राम्रो कामको सुरूवात भएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ,।

अध्यक्ष प्रसाईले भन्नू भयो ,बुद्धशान्ति गाउँपालिका बाट रोङ गाउँपालिका मेचिराजमार्ग हुँदै ईलाम पाँचथर ताप्लेजुङ सम्म जाने गाडिहरू यहि बाटो जाने भएकाले सडकको क्षमता कति छ भौगोलिक अवस्थामा सडक कस्तो छ भन्ने विचार नगरि र तौल पुलमा गाडी चेक नगरि सवारी चलाउदा ठुलठुला दुर्घटना हुने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नू भयो सम्पुर्ण प्रकृया पुर्याएर पालिका सगँको समन्वयमा रहेर सन्चालन भएमा जयगंगा धर्मकाँटा तौलपुल लाई पालिकाको तर्फबाट सहयोग समेत रहने उहाँले बताउनु भयो ।

सवारीको तौल र त्यसको क्षमता अनुसार चेक नगरी गाडी लोड गरेर पहाडी छेत्रका सडक हरूमा चलाउने गर्दा बढी दुर्घटना हुने गर्दछ ,।
तर कानुनले सवारी चालक नै दोषी देख्ने भएकाले कतिपय दुर्घटनाहरूमा सवारी चालकले नै कानुनी कार्बाही भोग्नु परेको चालक दिपक भट्टराईले बताउनु भयो ।

मंगलबार भएको चेक जाँचको क्रममा ट्रकको क्षमता भन्दा बढि लोड लिएर आउने चालकहरू सँग कुरा गर्दा फ्याक्ट्री बाट नै गाडिको क्षमता भन्दा बढि बोक्न बाध्य बनाएको आरोप लगाउदै पन्छिन खोजेका थिए,तर ट्रक संचालक हरूलाई थाहा नै नदिई पकेट खर्चका लागि चालकहरूले ट्रकको क्षमता भन्दा बढि माललोड गरि सवारि चलाउने गरेको र दुर्घना हुँदा मात्र आफुहरूलाई थाहा हुने गरेको इलामका एक ट्रक संचालकले गुनासो गर्नुभयो ।

 

 

 

 

 

इलामको सूर्योदयमा श्रीमतीको हत्या गरि श्रीमान फरार भएक छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छि श्रीमतीको हत्या गरि फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुका अनुसार गएराती करिव ५० वर्षका पूर्णबहादुरले करिव ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडी श्रीमान श्रीमती बिच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडीपट्टिको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेको बताइएको छ ।

 

राती करिव ९ बजे सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमती सहित सूर्योदय नगरपालिकामा डेरा गरि बस्दै आएका थिए । घटनापछि श्रीमान फरार रहेको प्रहरीको भनाई छ । के कसरी घटना भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

हत्या गरिएकी कान्छी श्रीमती भनिए पछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ ।

कानुनी प्रक्रिया अनुसार शबको पोक्ष्माटमका लागि प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकमा बुधबारे युनिटी द्वारा आयोजित ३ दिने प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगितामा अाज भएको पहिलो सेमि फाईनल खेलमा नवज्योति युवा क्लब जयपुर र बुट्टाबारी युनाइटेड बिच भएको खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राइबेकरमा ४/५ गोल अन्तरले बुट्टाबारी युनाइटेड लाई हराउदै  नव ज्योति युवा क्लब  जयपुर फाइनलमा पुगेको थियो ।

आईतबार भएको दोस्रो सेमिफाईनल खेलमा आदर्श युवा क्लब बुद्धशान्ति र हात्ती किल्ला फुटबल क्लब अर्जुनधारा बिच भएको खेलमा १/० गोलको अन्तरले आदर्श युवा क्लब लाई हराउदै हात्ती किल्ला फूटबल क्लब फाइनलमा प्रबेश गरेको थियो ।

केहि समय पछि बाट सुरू भएको फाईनल खेलमा नव ज्योति युवा क्लब जयपुर र हात्ती किल्ला फुटबल क्लब अर्जुनधारा बिच भएको खेलमा ३/० गोल अन्तरले नव ज्योति युवा क्लबलाई हराउदै हात्ती किल्ला फुटबल क्लब अर्जुन धाराले प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।

आईतबार भएको प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कपको फाईनल खेलमा प्रतियोगिताको विजेता टिमले नगद रू २०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए

त्यस्तै उपविजेता  टिमले नगद १०००० हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कप समितिका अध्यक्ष समीर श्रेष्ठले जानकारी दिनु भयो ।

फाइलन खेल हुनु अघि भएको महिलाहरूको सो म्याचमा जयपुर र आयोजक बिच भएको खेलमा १-० गोल अन्तरले जयपुरलाई पराजित गर्दै आयोजकले जित हासिल गर्न सफल भएको थियो ।

झापाको बुद्धशान्ति न्यु स्टार युथ कल्ब भोटेटारले आयोजना गरेको दुई दिवसीय बुद्धशान्ति भेट्रान्स नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

बुद्धशान्ति १ स्थित भोटेटारकोे खेलमैदानमा भएको प्रतियोगितामा स्थानीय ८ टिमको सहभागिता रहेको थियो । जसमध्ये शुक्रबार भएको सेमिफाइनल खेलमा जयपुर फुटबल कल्ब र दामा फुटबल कल्ब भिडेका थिए । सो खेलमा जयपुरले १–० गोल अन्तरले दामा फुटबल कल्बलाई पराजित गर्दै जयपुर फाइनलमा प्रवेश गरेको थियो ।

यता शनिबार भएको दोस्रो सेमिफाइनल अर्जुनधारा फुटबल कल्ब र मानेबुङ बिच भएको खेलमा ४/० गोल अन्तरले हराउदै अर्जुनधारा फाईनलमा प्रवेश गरेको थियो ।

सोही दिन भएको फाईनल खेलमा जयपुर फुटबल कल्ब र अर्जुनधारा फुटबल कल्ब बिच भएको खेलमा जयपुर फुटबल कल्बलाई ४/१ गोल अन्तरले हराउदै अर्जुन धारा फुटबल कल्बले बुद्धशान्ति भेट्रान्स कपको ट्रफि उचाल्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद रू १०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए भने उपविजेता टिमले नगद रू ७००० ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त वितरण गरिएको शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले जानकारि दिनु भयो ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति झापाको आयोजना एवम् नेपाली काङ्ग्रेस बुद्धशान्ति-४ नम्बर वडा समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्तिको समन्वयमा तथा काकरभिट्टा आई केयर सेन्टर प्राली को प्राविधिक सहयोगमा बुद्धशान्ति वडा न:४ सट्टाभर्ना स्थित श्री गणेश माविमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

केही दिन एता अत्यधिक रुपमा आँखा सम्बन्धि समस्या बाट आम मानिस ग्रसित भइरहेको अवस्था मा यस शिविर बाट ५२० जनाले सेवा लिएका छन् ।
शिविर कै उद्घाटन सत्रमा आयोजित औपचारिक कार्यक्रम नेविसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र न:२ क्षेत्रीय सभापति खगेन्द्र मैनाली ,बुद्धशान्ति -४ नम्बर वडाध्यक्ष शेरबहादुर राय ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा,नेपाली काङ्ग्रेस जिल्ला सदस्यहरु,विभिन्न भ्रातृ संस्थाका प्रमुख ,नेविसंघ जिल्लाका पदाधिकारी तथा सदस्य ,विभिन्न क्याम्पस स्ववियु सभापति तथा सदस्य ,क्याम्पस इकाई सभापति तथा पदाधिकारी ,पार्टी प्रदेश सभा पदाधिकारी ,क्षेत्रीय सदस्य लगायत विभिन्न तहका नेतृत्वको उपस्थिति रहेको थियो।

नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचीव दिपक शेर्माले स्वागत मन्तव्य राख्नु भएको थियो  भने नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा र प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं ले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नेविसंघ झापा सचीव गोकुल पौडेलले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा बुद्धशान्ति -४ ले १५ गते सोमबार बाट सुरू गरेको ४ दिने खुल्ला नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता बिहिवार सम्पन्न भएको छ

शुक्रबार भएको सेमिफाइनल खेलमा अमर बस्ति फुटबल कल्ब र किरात युवा कल्ब बिच भएको खेलमा किरात युवा कल्बलाई ३–० गोल अन्तरले हराउदै अमर बस्ति फाइनलमा प्रवेश गरेको थियो ।
सोही दिन भएको फाइनल खेलमा भने सृजनशिल युवा कल्ब र अमर बस्ति बिच भएको खेलमा खेलको निर्धारित समयमा बराबर भएपछि ट्राईबेकरमा सृजनशिल युवा कल्बलाईल ५-४ गोल अन्तरले पराजित गर्दै बुद्धशान्ति नकआट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको थियो ।

विजय भएको खुसि व्यक्त गर्दै अमर बस्ति युवा कल्बका अध्यक्ष रोसन कटुवालले भन्नू भयो ,खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन र पछिल्लो समय सानै उमेरका युवा युवती हरू लागू अौषध जस्ता विभिन्न कुराहरूमा लागेर विग्रदै गरेको अवस्थामा खेल पट्टि समय र रुचि राख्न सके राम्रो हुने बताउनु भयो ।

प्रतियोगिताको विजेता टिमले नगद रू १५००० , ट्रफी, मेडल र प्रमाणपत्र पाउएका थिए भने उपविजेता टिमले नगद रू १०००० ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेका थिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर श्रीजन बर्देवा भए । उच्च गोलकर्ता अमर बस्तिका निरज कार्की भएको थिए ।

शुक्रबार भएको फाइनल खेलमा सृजनशिल युवा कल्बका अध्यक्ष निर्मल पराजुलीले भन्नू भयो, बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु यस कल्बले आयोजना गरिने बताउनु भयो ।

 

झापाको बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखाको सहकार्यमा साथै FAI MED र स्वाथ्य कार्यलय झापाले १ दिने डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि वहुनिकाय अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियामा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखा प्रमुख धिरेन यादव, कोशी प्रदेश स्वाथ्य मनत्रालय अधिकृत जीवन चौलागाँइ,स्वाथ्य कार्यलय झापाका फोकल पर्शन कुल वहादुर पौडेल, बुधबारे इलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई, ससस्त्र प्रहरी टिमाई प्रमुख रामकुमार लिम्बू ,बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष वडा सदस्य सम्पुर्ण स्वाथ्य कर्मी लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको समन्वयमा डेंगु रोग नियन्त्रणका सम्बन्धमा सरोकारवालाहरु संगको अभिमुखीकरणमा प्रशिक्षकको कोशी प्रदेश स्वाथ्य मनत्रालय अधिकृत जीवन चौलागाँइले डेँगु रोगको अवस्था र यसको नियन्त्रणका लागि गर्न सकिने विभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले भन्नू भयो ,संक्रमणमा कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ। एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने भए पनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहेको बताउनु भयो

कार्यक्रममा स्वाथ्य कार्यलय झापाका फोकल पर्शन कुल वहादुर पौडेलले आफ्नो भनाई राख्दै डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। स्क्रब टाइफस र डेंगुका लक्षण करिब एउटै हुने भए पनि स्क्रब टाइफसमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु प्रमुख कारण हुने बताउनु भयो ।

प्रशिक्षक पौडेलले भन्नू भयो , डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सर्ने सम्भावना पर्याप्त रहेको छ। ‘अलिअलि पानी जम्यो भने पनि त्यसमै डेंगु लामखुट्टे हुर्कन्छ। पानी जमेको ठाउँमा सफा गरिहाल्नुपर्छ’, उहाँले भन्नू भयो । पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्न थालेपछि बुद्धशान्ति गाँपालिकाले पनि १०० जनामा चेक गर्दा १० जनामा संक्रमण देखिएको बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखा प्रमुख धिरेन यादवले बताउनु भयो

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे युनिटी द्वारा आयोजनामा ३ दिने प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता १६ टिमको सहभागिता रहेको थियो । जसमध्ये बिहिबार भएको पहिलो खेलमा रम्याङ एफ -सि र नवज्योति युवा कल्ब बिच भएको खेलमा १-० को अन्तरले नवज्योती युवा कल्बले जित हासिल गरेको थियो ।

दोस्रो खेलमा विर्तामोड युनाइटेड कल्ब र के. वाइ .सि . बिच भएको खेलमा २/१ गोल अन्तरले विर्तामोड युनाइटेड कल्ब बिजयी भएको थियो । त्यस्तै अर्को खेलमा एम.वाई सि दुधेलाई र ए.वाई सि.आईतबारेले बिच भएको खेलमा ३/० को अन्तरले ए. वाई. आईतबारे बिजयी भएको थियो

चौथो खेलमा डि. जि. एफ. सि.र हात्ती किल्ला बिच भएको खेलमा २/४ गोलको अन्तरले हात्ति किल्ला एफ. सि. बिजयी भएको हो त्यस्तै अन्तिम खेलमा गुराँस युथ कल्ब र युनाटेड युथ कल्ब विर्तामोड बिच भएको १/ १ को बराबरी भएको खेलमा ट्राईबेकरमा ३/४ गोल अन्तरले गुँरास युथ कल्ब बिजयी भएको हो ।

साथै शनिबार हुने फाईनल खेल प्रतियोगिताको विजेता टिमले नगद रू २०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १५००० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्ने आयोजक समितिका अध समीर श्रेष्ठले जानकारी दिनु भयो ।