October 23, 2025

बुद्धशान्ति : स्थानिय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तिको विरोध तथा धर्ना कार्यक्रम बुद्धशान्तिमा रचनात्मक बन्दै गएको छ , ।
स्थानिय तह कर्मचारी संघर्ष समितीले धर्ना सङसगै विभिन्न रचनात्मक कार्यहरू गर्दै अाएको छ बुधबार रक्तदान कार्यक्रम सम्पन्न गर्दै धर्ना बसेको थियो भने, बिहिवार गाउँपालिका साथै भागिरथा बुद्धशान्ति अस्पताल वरपर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिवार स्थानिय तह कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र कट्वालको संयोजकत्वमा बुद्धशान्तिका गाउँपालिकाका सम्पुर्ण कर्मचारी लगायतको उपस्थितिमा बुद्धशान्ती गाउँपालिका परिसर साथै भागिरथा बुद्धशान्ति अस्पताल वरपर सरसफाई गरिएको हो ।

एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गरि विरोधका कार्यक्रम अघि सारिएको ब्यहोरा स्थानीय तह कर्मचारी संघर्ष समिती समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।

सरसफाई कार्यक्रमा कुरा गर्दै संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले भन्नू भयो एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गर्न हिजो बुधबार पालिकाको पाङगण मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छौ भने , अाज अान्दोलन लाई थप रचनात्मक बनाउन पनि पालिका साथै भागिरथा अस्पताल वरपर सरसफाई कार्यक्रमा सम्पन्न गरेको संघर्ष समिति संयोजक कट्वाल बताउनु हुन्छ ।


धर्ना कार्यक्रमलाई जारी राख्दै अति अावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने र स्थानीय सेवाका कर्मचारीको वृति र विकास सम्बन्धी न्यायिक व्यवस्था नभएसम्म अान्दोलन जारि राखिने संघर्ष समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।

संघीय सरकार सङ तिनै तहका (संघीय, प्रदेश र स्थानीय ) कर्मचारीहरुलाई सह-अस्तित्व रहने गरि समान दृस्ठिकोणबाट हेरिनु पर्ने र संघीय निजामती सेवा विधेयक २०८० लाई परिमार्जन गरि एकीकृत निजामती सेवा ऐन/विधेयक जारी गरि सम्पुर्ण संघीय, प्रदेश स्थानीय सेवाका कर्मचारीहरुलाई अपनत्व महसुस हुने किसिमको विधेक तयार गर्नुपर्ने तथा करार अस्थायी, र ज्यालादारी कर्मचारीहरुको उचित ब्यवस्थापन गरिनु पर्ने भनी केन्द्रीय संघर्ष समितीले अघि सारेको २० बुदे माग सम्बोधनका लागि विरोध तथा संघर्ष कार्यक्रम अघि सार्नु परेको बताईएको छ ।


यो हाम्रो रहर नभइ बाध्यता रहेको र सरकारले यथा शिघ्र वार्ता र छलफलबाट निस्कर्ष निकाले हामी चाडो भन्दा चाडो जनताको सेवामा समर्पित रहि काममा फर्कन चाहना रहेको संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले बताउनु भयो ।

इलामको पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डरा हुने भएको छ ।दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । यो १७ औ पटकको भण्डारा हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डरा आयोजना हुदै आएको भण्डरा यस बर्ष आगामी कातिक ४ गते शनिबार फूलपातीको दिन मन्दिर परिसरमा आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनुभयो । ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ८ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाको कारण कोरनाकालमा भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताउनुभयो । आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनुभएको छ । पाथीभरा मन्दिरमा पानी पुर्याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।
कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा समितिका सचिब एगा अर्यालले बताउनुभयो ।

मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवस्कयता रहेकाले सबै सग राय सुझाब सल्लाह र सहयोग माग गर्ने की भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुदै गरेको पनि सचिब अर्यालले बताउनुभएको छ । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराउनुभयो ।

बुद्धशान्ति : स्थानिय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार नेपाल रेड्क्रस सोसाइटी उपशाखा बुद्धशान्ती को संयोजन तथा नेपाल रेड्क्रस सोसाइटी झापा जिल्ला शाखा को प्राबिधिक सहयोगमा बुद्धशान्ती गाउपालिका परिसरमा
एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानिय तह कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र कट्वालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष श्री मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो यस्तै कार्यक्रममा बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेल,
नेपाल रेडक्रस बुद्धशान्तिका सभापती पुष्प भट्टराई ,सदस्य टंक निरौला, रेडक्रस कर्मचारी सुसिला रिसाल, वडा नं ३ का वडा सदस्य दिपक सापकोटा, लगायतको अातिथ्यता रहेको थियो ।


स्थानिय नागरिक  गाउँपालिका,सम्पुर्ण कर्मचारी,भागिरथा बुद्धशान्ति अस्पताल, शान्तिनगर स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाले समन्वयकारी भुमिका निर्वाह गरेको संघर्ष समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।

एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गरि विरोधका कार्यक्रम अघि सारिएको ब्यहोरा स्थानीय तह कर्मचारी संघर्ष  समितीका सचिव शिव श्रेष्ठले बताउनु भयो । संघीय सरकार सङ तिनै तहका (संघीय, प्रदेश र स्थानीय ) कर्मचारीहरुलाई सह-अस्तित्व रहने गरि समान दृस्ठिकोणबाट हेरिनु पर्ने र संघीय निजामती सेवा विधेयक २०८० लाई परिमार्जन गरि एकीकृत निजामती सेवा ऐन/विधेयक जारी गरि सम्पुर्ण संघीय, प्रदेश स्थानीय सेवाका कर्मचारीहरुलाई अपनत्व महसुस हुने किसिमको विधेक तयार गर्नुपर्ने तथा करार अस्थायी, र ज्यालादारी कर्मचारीहरुको उचित ब्यवस्थापन गरिनु पर्ने भनी केन्द्रीय संघर्ष समितीले अघि सारेको २० बुदे माग सम्बोधनका लागि विरोध तथा संघर्ष कार्यक्रम अघि सार्नु परेकोले जनतालाई समस्या भएको बताईएको छ ।


यो हाम्रो रहर नभइ बाध्यता रहेको र सरकारले यथा शिघ्र वार्ता र छलफलबाट निस्कर्ष निकाले हामी चाडो भन्दा चाडो जनताको सेवामा समर्पित रहि काममा फर्कन चाहना रहेको संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा १९ पिन्ट ब्लड सन्कलन भएको संघर्ष समितीका धिरेन्द्र यादवले जानकारी दिनु भयो ।

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य साथै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले भन्नुभयो ,नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिएकाले पनि जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिने रहेछ भनेर कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।


विहिबार भागिरथा बुद्धशान्ति अस्पताल परिसर साथै गाउँपालिका सरसफाइको कार्यक्रम समेत तय गरिएको संघर्ष समिती का सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले जानकारि दिनुभयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा गाडा गल्लीले अर्जुन धारालाई ५ फुटबल क्लबलाई १/२ गोलको अन्तरले हराउँदै गाडा गल्ली इनोभेटिभ फाइनलमा पुगेको छ ।

खेल सुरू भएको ११ औं मिनेटमा अर्जुनधारा फुटबल क्लबका सामेल राईले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको २० अौं मिनेटमा गाडा गल्ली इनोभेटिभका रूजन क्षेत्रीले १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए भने फेरि पनि गाडा गल्लीका रिक्की श्रेष्ठले थप १ गोल गर्दै अाफ्नो टिमलाई २ गोलले बलियो बनाएका थिए ।

दोस्रो हाफमा खेलको निर्धारीत समयमा अर्जुनधारा फुटबल क्लबले गोल गर्न नसकेपछि १/२ गोलको अन्तरले हार चखाउदै गाडा गल्ली इनोभेटिग स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप कपको फाईनलमा पुगेको हो ।

त्यस्तै महिला तर्फको पहिलो खेल आइतबारे युथ क्लब आयोजक र भोटेटार बिच भएको खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा अाधारमा अाईतबारे युथ क्लब लाई ७/८ गोल अन्तरले हराउदै भोटेटार फाइनलमा पुगेको संस्थाका अध्यक्ष मिलन सुब्बाले जानकारी दिनु भयो ।


प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रदान गरिने छ भने महिलाको तर्फबाट पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रदान गरिने अाईतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारि दिनु भयो ।


असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका छन् ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि रहेका छन भोलि हुने दोस्रो सेमिफाईनल खेलमा अाईतबारे युथ क्लब आयोजक र बुधबारे युनाइटेड बिच हुनेछ भने महिलाहरूको तर्फबाट भोलि हुने खेलमा सृजनसिल युवा समाज र छिमेकी युवा क्लव बिर्तामोड बिच हुने बताईएको छ ।

आज भएको खेलमा अर्जुनधारा फुटबल क्लबका रूजन क्षेत्रि म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गर्दै अाएको र म्यान अफ द म्याच भएका खेलाडीलाई समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुलेको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।

बुद्धशान्ति : आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै बुद्धशान्ति गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीको आन्दोलनका कारण गाउँपालिकाको सेवा प्रभावित भएको छ ।

स्थानीय तह कर्मचारी संघर्ष समिति बुद्धशान्ति सह सचिव दुर्योधन देव सिंहका अनुसार गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार कामकाज ठप्प पारेको बताइएको छ ।

साथै झापाका विभिन्न पालिका हरूमा पनि धर्ना बसि सेवा ठप्प पारेका छन, बुद्धशान्ति गाउँपालिकाका ७ वटै वडामा रहेका कर्मचारीहरु धर्नामा बसेका छन, उनिहरुले गाउँपालिकाको मुल गेटमा आफ्ना मागहरु समेटिएको कालो ब्यानर समेत टाँसेका छन् । स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको

स्थानीय तह कर्मचारी संघर्ष समिति बुद्धशान्ति संयोजक देवेन्द्र कट्वालले बताउनु भयो

साथै अान्दोलनलाई थप रचनात्मक बनाउन बुधबार स्थानीय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तीले गाउँपालिकाको परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको स्थानीय तह कर्मचारी संघर्ष समिति बुद्धशान्ति सह सचिव दुर्योधन देव सिंहले जानकारि दिनु भयो

इलामको सूर्योदय नगरपालिकाका सामुदायिक तर्फका माध्यमिक बिद्यालयमा अनलाईन कक्षा संचालनमा ल्याईएको छ ।नगरका १४ वटा सामुदायिक तर्फका माध्यमिक बिद्यालयमा एकै पटक कक्षा संचालन हुँने गरी अनलाईन कक्षा शुरु गरीएको हो । मंगलबार शिक्षा विद डाक्टर बिद्यानाथ कोईराला र सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले रिर्मोट थिचेर अनलाईन कक्षाको उद्घाटन गर्नु भयो ।

शिक्षा क्षेत्रमा उल्लेखीय फड्को मारेको सूर्योदय नगरपालिकाले पछिल्लो समय गणित बिषयको अनलाईन कक्षा शुरु गरेको छ । उद्घाटन कार्यक्रममा फिक्कल माबिका शिक्षक भुपेन्द्र अधिकारी गणित बिषयको अनलाईन कक्षा संचालन गर्नु भयो । नगरले शुरुमा माध्यमिक तहको कक्षा १० बाट गणित बिषय पढाउन शुरु गरेको नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार यस अघि नै फिक्कल नमुना माध्यमिक बिद्यालय र ज्योती माध्यमिक बिद्यालयमा गणित ल्याब संचालनमा ल्याई सकेको छ । नगरले सामुदायिक बिद्यालय अन्र्तगत प्राथमिक तहमा मिनि म्याथ ल्याव संचालनमा ल्याई सकेको छ ।

कार्यक्रममा शिक्षा बिद डा. कोईरालाले गणित संग बिभिन्न बिषयको फ्युजन गराउन जरुरी रहेको बताउनु भयो । उहाले गणित बिषयलाई ध्यान दिन सके शैक्षिक गुणस्तर सुधार गर्न सकिने भएकाले गणित बिषयमा जति खेल्न सक्यो उती नै उपलब्धी हुने बताउनु भयो । डा. कोईरालले भन्नु भयो‘बिज्ञानलाई हाम्रा पुर्खा देखि प्रयोग गर्दै आएका छौ, अव ब्यवहारमा लागु गरौ ।’उहाले घट्दो जन्मदरका कारण पनि शिक्षा क्षेत्रमा असर परेको बताउनु भयो । उहाले थप्नु भयो‘बच्चा पहिला की बिद्यालय भन्ने दिन आयो, बच्चै भएनन भने बिद्यालय मात्र भएर के गर्ने ?’
सोहि कार्यक्रममा आर्चाय महेन्द्र भट्टराईले मानसिक अवस्था र धैर्यताका कारण बिद्यालयमा समस्या आएको बताउनु भयो । उहाले एउटा शिक्षक कक्षा कोठामा गएर कराई रहने र बिद्यार्थीले नसुन्ने अवस्था आएको बताउनु भयो । शिक्षा क्षेत्रका अर्का जानकार बिबेक बिनयीले सबै क्षेत्र सक्रिय रुपमा लागनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले प्रविधि संगै नैतिक शिक्षाको खाचो रहेको बताउनु भयो । उहाले स्वरोजगार बन्ने गरीको शिक्षा दिनका लागि सरकारले पाठ्यक्रम परिमार्जन गर्नु पर्ने बताउनु भयो । ‘नगरले मात्र बल गरेर हुँदैन, राज्य , बिद्यालय र अविभावले समेत अव ध्यान दिनु पर्छ ।’ शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संचालन गर्नु भएको कार्यक्रमा नगरका प्रमुअ प्रशासकीय अधिकृत मिलन भट्टराई लगायत बिद्यालयका प्रधानाध्यापक लगायत सरोकारवालाको सहभागीता थियो । कार्यक्रममा फिक्कल माबिका प्रअ गंगाबहादुर महतले स्वागत मन्तब्य राख्दै बिद्यालय सुधारमा नगरे गरेका कामको प्रशंशा गर्नु भयो ।

सोहि कार्यक्रममा कक्षा ६–८ को स्थानीय पाठ्यक्रम‘हाम्रो सूर्योदय’को लोर्कापण समेत गरीएको थियो । नगरले यस अघि नै नगरका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सहित प्यान बोर्ड जडान गरीसकेको छ । प्रविधिमैत्री बिद्यालय निर्माणमा लागेको नगरले १२ महिना १२ कार्यक्रम छोरी बुहारी शिक्षा, बाल बचत खाता संचालन, अविभावक परिचय पत्र वितरण सहितका काम गर्दै आएको छ । उक्त कार्यक्रम पछि पाठ्यक्रम बारे प्रबोधिकरण कार्यक्रम समेत भएको थियो ।

इलामको रोङ गाउँपालिका भित्र रहेको सामुदायिक वनहरुलाइ ब्यवस्थित गर्ने कार्ययोजना ल्याएको छ यसका लागि गाउँपालिकाले पालिका भित्र रहेका सबै उनन्तीस वटा सामुदायिक वन उपभोक्ता समिति र  गाउँपालिका बिच भएको २०८०असोज १९ गते संयुक्त बैठक बसी साझा कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले  आफ्नो क्षेत्र भित्र रहेका सामुदायीक बन उपभोक्त समितिको आम्दामी पूर्वाधार क्षेत्रमा लगानी गर्न नपाइने ,सामुदायीक वनहरुले श्रोत  अभाव र ऋणमा निमार्ण गरि थप दायित्व सृजना नगर्ने , सामुदायिक वनको लेखा प्रणाली एकरुपताको लागि सफ्टबेयर मार्फत गर्ने सफ्टवेयर निमार्णको लागि गाउँपालिकाले सहयोग गर्ने ,निस्किृय वनहरुलाइ सक्रिय बनाउन गाउँपालिका र सक्रिय वन उपभोक्ता समितिहरु लाग्ने सामुदायिक वनवाट आर्जित आम्दानी वनजंगल पिडित किसानहरुलाइ लक्षित समुह केन्द्रित भएर कार्यान्वयन गर्ने ,रोङको सामुदायिक बिद्यालयहरुको लागि छात्रबृत्ति बितरणलाइ एकरुपता बनाउन गाउँपालिकाको वास्केट फन्टमा रकम जम्मा गर्ने ।सामाजिक बिकास क्षेत्रमा गाउँपालिकासँगको साझेदारीमा सबै सामुदायिक बिद्यालयहरुमा फर्निचर ब्यवस्थापन गर्ने ,गरिबि निवारण कार्यलाइ बितरण मुखी कार्यलाइ निरुत्साहित गर्दै आयआर्जन र रोजगारी सृजनाको क्षेत्रमा लगानी गरिने बनलाइ संभब्यताको आधारमा आम्दामी युक्त बनस्पतीहरु सुपारी वास, जडिबुटि हर्रो ,बर्रो, अमला  जस्ता बिरुवाको लागि आवश्यक प्रकृयामा जाने र यस कार्यलाइ गाउँपालिकाले समेत सहयोग गर्ने ,पाथीभरा मन्दिरको बिकासमा सबै वनले सहयोग गर्ने जस्ता गाउँपालिकाको हितकारी निर्णयहरु गरेको गाउँपालिकाको अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताउनु भयो ।

तराइसग सिमाना जोडीएका गाउँपालिका भित्र २९ वटा सामुदायिक वनहरु रहेका छन् जसमध्ये १८ वटा सक्रिय रुपमा रहेका छन् भने ११ वटा निस्कृय रुपमा रहेका छन् ।जसमा गाउँपालिकाको वडा नं १ मा पाचवटा, वडा नं २ र ४ मा दुइ दुइ ,वडा नं ३ मा तीन, वडा नं ५ र ६ मा आठ आठवटा रहेका गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनु भय।

त्यस्तै सृजना सामुदायिक वन आठ सय अठार दशमलव सात एक र नमुना सामुदायिक बन सात दशमलव दुइ एक हेक्टरमा रहेको छ । मसला, खयर ,गोब्रेसल्ला,खमारी सिसौ साल जस्ता मुल्यवान बृक्षहरु र पहिचान भएका सत्ताइुस प्रजातीका जडिबुटीहरु समेत रोङका वनहरुमा पाइने गरेको छ ।

रोङका सामुदायिक बन उपभोक्त  समितिहरुको दशवटा कच्ची, ८ वटा अर्ध पक्कि, १४ वटाका कम्पाउण्ड छुट्छै कार्यकक्ष,समितिकक्ष काठदाउराको घाट रहेको छ भने दृइवटा सामसदायिक बनहरुले कृषिवन नमुना प्रर्दशनी,चारवटा वनसमितिले आफ्नो परिसरमा वनस्पती नर्सरी समेत गरेको छ ।


गाउँपालिकाले सामुदायिक बनहरुको ब्यवस्थापनमा लागेपछि चोरी तस्करी रोकिएर बार्षिक साठी देखी सत्तरी लाखसम्मको आनतरिक आय बढाउन सकिने बिश्वास लिएको छ । गाउपालिका भित्रको वनवाट धेरै फाइदा गाउँपालिका  बाहिरको नागरिकहरुले लिएको ब्यापक गुनासो आइरहेको बेलामा गाउँपालिकाले लिएको कदम सकारात्मक रहेको आम नागरिकहरुको प्रतिकृया रहेको छ ।

इलामको चुलाचुली गाउँपालिकाकी एक महिलाको शव झापाको दमकमा फेला परेको छ ।

चुलाचुली गाउँपालिका-५ दाहाल गाउँकी रत्नकुमारी राईको शव वेवारिसे अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका-२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटको छेउमा अन्दाजी ६० वर्ष उमेरकी राईको शव भेटिएको हो ।

मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव अहिले पोष्टमार्टकालागि दमक अस्पतालमा राखिएको छ ।

इलामको रोङ गाउँपालिकाले एक कार्यक्रमको अायोजनामा गरि एकदिने योजना अनुगमन सम्बन्धि कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

स्थानिय स्तरमा सचालन हुने बिभिन्न याेजनाहरुमा अनुगमन प्रमुख उपाध्यक्ष रहने प्राबधान रहेकाेमा याेजनाकाे प्रभावकारिता र गुणस्तरियताकाे वारेमा प्रमुख जिम्बेवार रहने भएकाेले सरकारले गरेकाे लगानिमा कसरी गुणस्तरियता दिने भनेर अन्तरपालिकाकाे अनुभव अादान प्रदान गरिएकाे रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनु भयो ।

कार्यक्रममा झापा जिल्ला र इलाम जिल्लामा रहेका स्थानिय तहका उपप्रमुख, उपाध्यक्ष साथै अनुगमनका कर्मचारीहरूको उपस्थितिमा अनुगमन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको थियाे ।

रोङ गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोको प्रमुख अातिथ्यता रहेको थियो ।
गोष्ठिमा झापा र ईलामका गरि २५ वटा स्थानिय तहका उपप्रमुख, उपाध्यक्ष साथै अनुगमनका कर्मचारीहरूको उपस्थितिमा रोङ गाउँपालिका वडा नं ३ स्थित जङ्गल रिसोडको सभाहलमा मेचिनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक कुमार रेग्मी, र जिल्ला समन्वय समिति इलामका शाखा प्रमुख कृष्ण बहादुर कार्कीले योजना अनुगमन सम्बन्धि कार्यशाला गोष्ठिको सहजिकरण गर्नु भएको थियो ।

प्रशिक्षणमा योजना छनौट गर्दा लागतको कहाँ वाट र कति योजना हो त्यस लाभम्वित क्षेत्रहरू के के हुन, अनुगमन गर्दा सबै क्षेत्र भित्र रहेर हेर्दा कस्तो अधिकार हो, अाफ्नो जिम्मेवारी भन्दा वढि गर्न नपाइने, अनुगमन गर्दा अाम सरोकारवाला हरूसँग छलफल र मुल्यांकन गर्दा ध्यान दिने कुराहरू छलफल गर्ने ,अनुगमन गर्दा एेन र नियममा उल्लेख भएका कुराहरूलाई वढि प्राथमिकतामा राखेर अनुगमनको कार्य गर्ने लगायतका बिसयमा प्रष्ट पारिएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई इलाम जिल्ला समन्वय समिति सदस्य प्रेमराज गुरूङले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन रोङगाउँपालिका शिक्षा शाखा प्रतिनिधि सुजता पौडेलले गर्नुभएको थियो ।

बुद्धशान्ति । सडक दुर्घटनालाई मध्यनजर गर्दै बुद्घशान्ति गाउँपालिका वडा नं ३ स्थित ७ नम्बर चोक नजिकै रहेको श्री नवकिरण अाधारभुत विद्यालय जाने बाटोमा जेब्राक्रस निर्माण गरिएको छ ।

मेचि राजमार्ग भएकाले अत्याधिक सवारी चापका कारण आवातजावतमा समस्या सिर्जना भएपछि जेब्राक्रस निर्माण गरिएको हो । राजमार्गको पश्चिम दिशामा विद्यालय भएका कारण आवातजावतमा समस्या भएको थियो । राजमार्ग पश्चिम रहेको श्री नवकिरण अाधारभुत विद्यालयलका शिक्षक विद्यार्थी अभिभावकहरूलाई आवातजावतमा सहजताका लागि जेब्राक्रसको निर्माण गरेको हो ।

सोमबार बर्खा स्मृति प्रतिष्ठानको आर्थिक सहयोग साथै समुदाय प्रहरी साझेदारीमा जेब्राक्रस निर्माण गरिएको थियो । कार्यक्रममा बुधबारे ट्राफिक प्रहरी प्रमुख दिपक कोइराला, इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रबिन भट्टराई, बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईं, नवकिरण अाधारभुत विद्यालयलका प्रधानाध्यापक खेमराज कट्टेल, शिक्षक, विद्यार्थी अभिभावक,विभिन्न सामाजिक व्यक्ति पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

जेब्राक्रस निर्माणले सडक पार गर्नलाई थप सजिलो भएको नवकिरण अाधारभुत विद्यालयलका प्रधानाध्यापक खेमराज कट्टेल बताउनु भयो ।उहाँले भन्नुभयो विद्यालयका शिक्षक, विद्यार्थी,अभिभावकको सुरक्षाका लागि बर्खा स्मृति प्रतिष्ठान साथै समुदाय प्रहरीका सम्पुर्ण टिमलाई जेब्राक्रस निर्माण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बढ्दो शहरीकरण तथा सवारी साधनको चाप सगै हरेक बिधालय जाने बालबालिकाको लागि आवातजावतमा सहजता र सवारी चालक हरुलाई जनचेतना जगाउने उद्देश्यका साथमा बिधालय अगाडी जेब्राक्रस निर्माण गरिएको बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले बताउनु भयो ।

उहाँले भन्नुभयो, हरेक सडक पार गर्दा जेब्राक्रस बाट मात्र पार गर्नु पर्दोरहेछ भन्ने बिद्यार्थी भाईबहिनीहरूलाई जानकारी होस, साथै बिधालय अगाडि सवारिको गति सिमीत गर्दै रोक्नुपर्छ भन्ने सवारी चालकलाई पनि बोध गराउन सकियो भने सडक दुर्घटना पनि कम हुने भएकाले आफुहरुले यो कार्यक्रमको आयोजना गरि जेब्राक्रसको निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष प्रसाईंले बताउनु भयो ।

सडक सुरक्षामा स्कुलले देखाएको भूमिका प्रति खुसी व्यक्त गर्दै बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख प्रबिन भट्टराइले सम्पूर्ण अभिभावक तथा विद्यार्थी लगायत उपस्थित सम्पुर्णलाई निर्माण भएको जेब्राक्रस बाट मात्र राजमार्ग पार गर्न अनुरोध समेत गर्नु भएको थियो ।

साथै बुधबारे बजार क्षेत्रमा भिडभाड हुने र पैदल यात्रुले बाटो कहाँबाट र कसरी काट्ने भन्ने ज्ञान समेत नहुदा दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बुधबारे बजारको तल्लो चोक जयपुर सडकमा पनि जेव्राक्रस कोरिएको बुधबारे ट्राफिक प्रहरी प्रमुख दिपक कोइरालाले, बताउनु भयो ।

 

बुद्धशान्तिका विभिन्न ठाउँहरूमा जेब्रा क्रसहरु कोरिएको नागरिकहरुमा जानकारी नहुदा र अटेरि गर्दा पनि सानो दुर्घटनाले ठूलो क्षती निम्त्याउन सक्ने भएकाले ट्राफिक चिन्हहरुलाई अनिवार्यरुपमा पालना गर्न समेत आम नागरिक एवं सरोकारवालाहरुलाई ट्राफिक प्रहरीले सचेत पार्दै आएको बुधबारे ट्राफिक प्रहरीका बरिष्ठ हवल्दार चारू चन्द्र ठाकुरले जानकारी दिनुभयो ।

सबै चालक हरुले ट्राफिक नियम सिकेरै ड्राइभिङ लाइसेन्स ल्याएता पनि त्यो व्यवहारमा नउतार्दा धेरै दुर्घटना हुदै आएको साथै कुनै पनि ट्राफिक चिन्नको औचित्य नखारी जथाभावी सवारीसाधन पार्किङ गर्दा आम सर्वसाधारणले सास्ती बेहोर्नु परेको हुदाँ आम सर्वसाधारणलाइ ट्राफिक सचेतता गराइयो भने दिनहुँ हुने सवारी दुर्घटनालाइ न्यूनीकरण गर्न सकिने बुधबारे ट्राफिक प्रहरीसायक हवल्दार विजय श्रेष्ठले बताउनु भयो ।

      बर्खा स्मृति प्रतिष्ठान संस्थाको परिचय ।

पछिल्लो समय बर्खा स्मृति प्रतिष्ठानले समाजमा विभिन्न सामाजिक कार्यहरूमा निरन्तरता दिदै अाएको पाईएको छ ।

वि.सं. २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा रहेकी बर्खा खड्का वि.सं. २०७२ सालमा बुद्धशान्तिकै समाजसेवी मदन प्रसाई संग वैवाहिक जीवनमा बाँधिनु भएको थियो
तत्पश्चात् आप्रवासीहरुको क्षेत्रमा काम गर्ने संस्था आइ.वो.एम मा जोडिएर कामको शिलशिलामा अमेरिकामा रहनु भएकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामानै मृत्यू भएको थियो ।

मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहनु भएकि बर्खाको अल्पायुमानै मृत्यू भएकोले उनकै संझनामा रू ५०,००,०००, अक्षरूपि पचास लाखको अक्षय कोष एवंम रू २०,००, ०००, अक्षरूपि बिस लाख रहेको कार्यलय व्यवस्थापनका लागि छुट्याइ यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनुभयो ।

हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाई, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाई, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरुमा मनोज प्रसाई, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेको बताइएको छ ।