झापाको बुद्धशान्ति गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखाको आयोजनामा कार्तिक २२ र २३ गरि दुई दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण शिविर ,निशुल्क रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ।
बुद्धशान्ति -४ स्थित टिमाई सामुदायिक भवनमा आयोजनामा भएको बन्ध्याकरण शिविर नेपाल एग्री लाइभष्टक ट्रेनिक एण्ड रिसर्च सेन्टर इटहरी ,सुनसरी र नेपाल भेटेरिनगरी एशोसिएसन कोशी प्रदेशको प्रविधि सहयोगमा सम्पन्न भएको हो।
यस शिविरको मुख्य उदेश्य भनेको सामुदायिक कुकुरको जनसंख्या नियन्त्रण र रेबिज रोग नियन्त्रण गर्नका लागि यो कार्यक्रमको गरिएको बुद्धशान्ति गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखा प्रमुख कैलाश सिंहले जानकारी दिनुभयो ।
यस शिविर बाट ९५ सामुदायिक कुकुर र ५२ घरपालुवा कुकुर गरि १४७ कुकुर को बन्ध्याकरण गरिएको बताईएको छ ,।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।
कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उनले भने।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीका कात्तिक २९ गते १० :५१ बजे उत्तम
कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनिढ किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।
यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।
झापाको बुद्धशान्तिमा जारी वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा वडा नं ४ र वडा नं ३ भिड्ने भएका छन, ।
दिपावली तथा छठ पर्वको अवसर पारेर कार्तिक २३ गते बाट बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प पश्चिम पट्टिको मैदानमा संचालन गरिएको भलिबल प्रतियोगिताको अाज भएको पहिलो सेमिफाईनलमा वडा नं ६ र वडा नं ३ बिच भएको खेलमा वडा नं ६ लाई हराउदै वडा नं ३ फाइनलमा प्रवेश गरेको हो
त्यस्तै आज भएको दोस्रो सेमिफाईनल खेलमा वडा नं २ र वडा नं ४ बिच भएको थियो सो खेलमा वडा नं २ लाई हराउदै वडा नं ४ फाईनलमा पुगेको हो
प्रतियोगिताको फाइनल खेल भोलि कात्तिक २५ गते शनिबार रहने बताइएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेतालाई १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र दिइने आयोजक समितिका विनोद रिजालले जानकारी दिनु भयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी हरूलाई विदागत रूपमा पुरस्कृत समेत गरिदै अाएको बताईएको छ ।
भोलि हुने फाइनल खेलका प्रतियोगिताका विजेताले नगद २५ हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद १५ हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने बताइएको छ ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गरिएको
खेलकुद विकास समिति बुद्धशान्तिका अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो।
कार्तिक २३ गतेदेखि कात्तिक २५ गतेसम्म संचालन हुने प्रतियोगितामा सम्पन्न गर्न २ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितीका सचिब गोविन्द लेप्चाले जानकारी दिनु भयो ।
इलाम – नेपालमा प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिक नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा पक्राउ परेका छन्। सशस्त्र प्रहरीको गस्ती टोलीले भारततिरबाट पैदल आउँदै गरेका उनीहरूलाई पशुपतिनगरको चारमाइल नजिकैबाट पक्रेको सूर्योदय २ का वडासदस्य उपेन्द्रराज पाण्डेले बताउनु भयो ।!
पक्राउ पर्नेमा भुटानको चिराङ जिल्लाका अन्दाजी ४४ वर्षे फौदसिंह राई, त्यही जिल्लाका अन्दाजी २० वर्षे विशाल राई र सर्वङ्ग जिल्लाका अन्दाजी ४५ वर्षे धनकुमार राई रहेको स्रोतले जनाएको छ।
उनीहरूको साथबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित सामान र विदेशी नोटसमेत बरामद गरेको छ। वडासदस्य पाण्डेका अनुसार उनीहरूबाट चार लाख २५ हजार रुपैयाँ बराबरको भारतीय नोट र अन्य सामान, तीन हजार सात सय ५६ का भुटानी नोट तथा दुई थान भुटानी राहदानी बरामद गरिएका छन्।
‘पक्राउ व्यक्तिको साथमा भुटानी राहदानी छ तर भारतीय नोट ठूलो मात्रामा छ,’ स्रोतले भन्यो, ‘यसअघि पनि उनीहरू केही पटक झापाको काँकडभिट्टा भएर नेपाल छिरेको देखिन्छ।’
पक्राउ व्यक्ति र सामान सशस्त्र प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।
ज्ञानु भट्टराई – झापाको बुद्धशान्तिमा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेलले पनि निकै चर्चा पाउने गरेको छ .
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा हाउस फुल विजेतालाई अाज १ तोला सुन पुरस्कार वितरण गरिने बताईएको छ । साथै अन्य आकर्षक नगद पुरस्कार पनि वितरण गरिने छ l साथै टिकट दर: ५००/- रहेको बिङ्गो खेल संचालक गोकुल पौडेलले बताउनु भयो
यो खेल दशैँको घटस्थापना देखि तिहारको साथै छठ पर्व पछिको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न बुद्धशान्तिका मात्रै नभई जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साँझमा बुधबारे बजारको रौनकले बुधबारे बजार धपक्कै बल्ने गरेको छ ।
बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै बुद्धशान्तिमा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । बुद्धशान्तिको बालुवाटारमा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने गरेको छ ।
विगत केही वर्ष देखि यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको यो खेल यस वर्षपनि संचालनमा रहेको अाद्रश युवा क्लब बुद्धशान्तिका सचिव दुर्योधन देवले बताउनु भयो
अन्यत्र व्यावसायीक रुपमै खेल खेलाइने भए पनि झापाको बुद्धशान्तिमा भने मनोरञ्जनका साथै सामाजिक कामको खर्च जुटाउने उद्देश्यले खेलाइदै आएको पाइन्छ ।
बिङ्गोबाट यस अघि संकलित रकमबाट बुद्धशान्तिमा विभिन्न खेलकुद हरूको अायोजना समेत गरिएको बताईएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि बुद्धशान्तिमा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेल बताउनु हुन्छ ।
बुद्धशान्तिको बालुवाटारमा बिङ्गो खेल्नकै लागि भनेर निकै टाढा-टाढाबाट गाढि चढेर समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएका हरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको स्थानिय नारायण अर्याल बताउनु हुन्छ ।
वर्षौदेखि छुटिएका साथीहरू बिङ्गोमा नै भेटिन्छन् यसैले पनि साथीहरूसँग रमाइलो गर्दै बिङ्गो खेल्न पाइने भएपछि साँझ पर्नेवित्तिकै बुधबारे बजारमा चाहलपहल सुरु हुने गरेको अर्का स्थानिय विनोद नेम्वाङ बताउनुहुन्छ ।
बुद्धशान्तिमा जारी बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिको अाज भएको पहिलो खेलमा वडा नं १ र वडा नं ५ बिच भएको थियो जसमा वडा नं ५ लाई ०/३ गोल अन्तरले हराउदै वडा नं १ विजयी भएको हो
दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा कार्तिक १४ गते बाट सञ्चालन भएको प्रतियोगिताको आज भएको दोस्रो खेलमा वडा नं २ र वडा नं ४ B बिच भएको थियो जसमा वडा नं २ लाई २/३ गोल अन्तरले हराउदै वडा नं ४ विजयी भएको हो । यसरी हेर्दा वडा नं ४ का दुबै टिम सेमिफाईनल प्रवेश गरेका छन, भने फाईनलमा पनि दुबै टिम भड्ने सक्ने अनुमान लाउन सकिन्छ ।
त्यस्तै प्रतियोगितामा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, बुद्धशान्ति ,वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ४ अध्यक्ष शेर वहादुर राय, वडा नं ५ का वडाअध्यक्ष डेगेन्द्र कार्की बुद्धशान्ति वडा नं २ का वडा सदस्य अमिर श्रेष्ठ, वडा नं १ वडा सदस्य मोहन कुमार राई, बुद्धशान्ति वडा नं ४ वडा सचिब राजकुमार न्यौपाने, बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला ,बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई समाज सेवि करण थेबे, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन युद्ध लिम्बुले गर्नु भएको थियो ।
प्रतियोगितामा ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने पहिलो सेमिफाईनल खेलमा वडा नं १ र वडा नं ४ A बिच हुने छ भने दोस्रो हुने सेमिफाईनलमा खेलमा वडा नं ३ र वडा नं ४ B बिच हुने बताइएको छ । बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयोबुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।
उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।
प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ भने अाज भएको पहिलो खेलमा वडा नं १ का पुजन थापा भएका थिए भने दोस्रो खेलमा वडा नं १ का विजय राई म्यान अफ द म्याच भएका थिए । दोस्रो खेलमा सोनुहाङ माबो लिम्बू भएका थिए बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट खेलको उत्तकृष्ठ प्लेयर लाई प्रति गोल २ वटा रेडबुल वितरण गर्नु भएको थियो ।
घाँस काटिरहेको बेला बारीको रुखमा रहेको अरिङ्गालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । मृत्यु हुनेमा माङ्गसेबुङ्ग-३ का ३० वर्षीय सन्तोष लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दशैमा ससुराली भेटघाट गर्न आएका उनी अरिङ्गाल झार्ने क्रममा टोकाईबाट घाइते भएका थिए । अरिङ्गालले चिलेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिङ्गाल आएर चिलेको हो ।
उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल ल्याइएकोमा मङ्गलवार राती एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार वाट सुरू भएको छ ।
दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा कार्तिक १४ गते मंगलबार वाट सुरू भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं ६ र वडा नं ४ बिच भएको थियो जसमा वडा नं ६ लाई ०/६ गोल अन्तरले हराउदै वडा नं ४ विजयी भएको हो ।
सोही दिन भएको दोस्रो खेलमा वडा नं ७ र वडा नं ३ बिच भएको खेलमा वडा नं ७ लाई ०/१ गोल अन्तरले हराउदै वडा नं ३ विजयी भएको छ ।
१४ देखि सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र बुद्धशान्ति ४ खेलकुद विकास समितीका अध्यक्ष अर्जुन मेन्याङवोको सभापतित्वमा भएको उत्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता, रहेको थियो ।
बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वडा नम्बर ४ का वडाध्यक्ष शेर वहादुर राय वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ ,वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेल वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ७ वडा अध्यक्ष चन्द्र भण्डारी विशिष्ठ अातिथ्यता रहेको थियो ।
त्यस्तै उत्घाटन खेलमा बुद्धशान्ति २ का वडा सदस्य अमिर श्रेष्ठ, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, किराँत राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राई, नेकपा माअोवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भवानि प्रसाद खतिवडा , वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन समितिका सचिब मिलन सुब्बाले गर्नु भएको थियो ।
१४ गते वाट सुरु भएको प्रतियोगितामा ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने पहिलो खेलमा वडा नं १ र वडा नं ५ बिच हुने छ भने दोस्रो हुने खेलमा वडा नं ४ र वडा नं २ बिच हुने बताइएको छ ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा सूरू भएको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।
उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।
प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ भने अाज भएको पहिलो खेलमा वडा नं ४ का जेम्स लिम्बू भएका थिए भने दोस्रो खेलमा वडा नं ३ का विजय राई म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।
ईलामकाे राेङ गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुकाे बैकखाता खाेलिने भएकाे छ ।
गाउँपालिकाले अध्यक्ष संग बिद्यार्थी बिधालयमा आधारित उधमशिलता कार्यक्रमको कार्यबिधी २०८० अन्तरगत वालबालिकाहरु वाट दैनिक रु एक रुपैया मागेर एक रुपैया थपिदिदै बचत प्राेत्साहन र बानिकाे बिकास गराउन लागेकाे हाे ।
वालबालिकाहरुकाे लागि एकरुपैया अनिवार्य हाे तर उनिहरुले अाफुसग भएकाे अन्य पैसा समेत उक्त खातामा जम्मा गर्न मिल्ने तर गाउँपालिकाले भने दैनिक एक रुपैया मात्रै थपिदिने कार्यक्रम तिहार लगत्तै थालिने अध्यक्ष मनिकुमार स्याङ्वाेले बताउनु भयो l
बचत बिद्यार्थी तर्फ न्युनतम रु एक वा जति पनि गर्न सक्ने
गाउपालिका तर्फ अधिकतम रु एक थपिने छ ।
यस कार्यक्रममा जोडिन सम्पुर्ण अभिभावक र बिद्यार्थी लाई गाउँपालिकाले विनम्र अनुरोध गरेको छ।
अनावश्यक खर्च कटौती गरौ, भबिस्यको लागि बचत गरौ गाउँपालिकाकाे अनुराेध छ ।
गाउँपालिकाको बार्षिक ठूलो बजेट छात्रवृत्ति शिर्षकमा खर्च हुन्छ तथापि सबै बिद्यार्थीले पर्याप्त छात्रवृत्ति पाउन सकेको छैन।छात्रवृत्ति बाढनु दिगो समाधान पनि होइन।
छात्रवृत्तिको स्थाई समाधानको लागि बिद्यार्थीले दैनिक न्युनतम रु एक र गाउपालिकाले दैनिक अधिकतम रु एक बचत गरि उच्च शिक्षाको लागि मात्र निस्कने सर्तमा बचत कार्यक्रम अघि सारिएको हो।यो छात्रवृत्तिको बिकल्पको रुपमा पनि हेर्न सकिन्छ।अध्यक्ष स्याङ्वाेले बताउनु भयो ।
बचतको सस्कार सहित बित्तिय साक्षरताको बिकास गाउँपालिका ले गराउने छ।
स्कुल तहबाटै उधमशिलता को शिक्षा प्रदान गर्दै बेरोजगारी समस्या समाधान गर्न पालिकाले अभिभावक शिक्षा समेत थालनि गर्ने तैयारी गरेकाे छ ।
अाफ्ना नानिहरुकाे शैक्षिक बिकाशमा अभिभावकहरुकाे जिम्बेवारी बाेध गराउदै समग्र वालबिकाशमा अभिभावकहरुकाे भुमिका र जिम्वेवारीकाे अभिभावक शिक्षा लागु गरिने भएकाे हाे । यस अघिनै पालिकाले शिक्षकहरुलाई अाई सिटिकाे माध्यामबाट शिक्षण सिकाई गराउन सबै बिद्यालयहरुमा अाईसिटि सामाग्री बितरण गरि अनुगमनकाे लागि सि सि क्यामेरा र ई हाजिरि जाेडेर पालिकासगकाे कनेक्टिभिटि गरि अनुगमनकाे ब्यवस्ता मिलाई सकेकाे छ ।
झापाको कमल गाउँपालिका वडा नं ६ मा झुन्डिएर आत्महत्या गरेका भनिएका अनिल कार्कीका आफन्तले इलाका प्रहरी कार्यालय दमक अगाडि धर्ना दिइरहेका छन् ।
कार्की मृत्यु प्रकरणमा कमल-६ का अध्यक्षवडा नरेन्द्र भट्टराईलाई पक्राउ गर्नुपर्ने माग राख्दै आफन्तले प्रहरी कार्यालयको गेटमा धर्ना दिएका हुन् । कार्कीलाई आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन्
आफन्तहरुले कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईमाथि पनि आरोप लगाएका छन् । केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।
त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । त्यही घटनाका कारण उनले आत्महत्या गरेको कार्कीका आफन्तले आरोप लगाएका छन् । घटनाका विषयमा बुझ्न खोज्दा भट्टराईको मोबाइल बन्द रहेको पाइयो ।
हिजो साँझ घरमै झुन्डिएको अवस्थामा कार्की फेलापरेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरुको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा खेमबहादुर बुढाथोकीले बताए ।
दमक प्रहरीले कार्कीको शव पोष्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । कार्की ससुरालीछेउमा घर बनाएर बसेका थिए ।