October 24, 2025

झापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरु भावुक मात्र बनेन मेनुकाको गायकी सुनेर आश्चर्यचकित भए ।

नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन् । उनको मिठो सुर र उच्च तहको स्वरले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ सहित ‘गोल्डेन माइक’ समेत जित्यो । तीनैजना जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे ।

यसअघि नेपाल आइडलमा भाग लिएकी मेनुकालाई जजहरुले संगीत सिक्न बाँकी रहेको भनेपछि उनी बाहिरिएकी थिइन् । साथै, अर्को भारतीय रियालिटी शो ‘सारेगमप’ मा पनि उनले सहभागिता जनाएकी थिइन् ।

उनले त्यो बेला नै नेपाली तथा भारतीयको मन छोइसकेकी थिइन् । ‘सारेगमप’ का जजहरुले समेत नेपालले चिन्न नसकेको प्रतिभा भनेर उनको प्रशंसा गरेका थिए ।

जन्मँदै नेत्रहीन २५ वर्षीया मेनुकाले हिजो प्रशारण भएको अडिसन राउन्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी थिइन् । मेनुकाको गायकीमा तीनैजना जज भक्कानिएका थिए ।

उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् ।

त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौँ नि, त्यसलाई अघि देखिरहेका छौँ । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैँ हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’

अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’

श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैँलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इन्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमण्ममा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्दारसम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

झापाको बुद्धशान्ति गाउँपालिकमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा बारे अस्पष्टता रहेकाले असन्तुष्टि जनाउदै एेन संसोधनको लागि भोलि बाट हातमा र टाउकामा कालोपट्टी बाँधेर गाउँपालिकाको परिसरमा बिरोध जनाउने भएका छन, ।


स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको र स्थानीय सेवाका कर्मचारीहरुलाई निजामतिको परिभाषामा नसमेटिएको भन्दै अाइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित ऐनप्रति असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले प्रस्तावित ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएको भन्दै भोलिबाट गाउँपालिकाको कार्यलयमा विरोध स्वरुप हातमा र टाउकामा कालोपट्टी बाँधेर अति अावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने र स्थानीय सेवाका कर्मचारीको वृति र विकास सम्बन्धी न्यायिक व्यवस्था नभएसम्म अान्दोलन जारि राखिने समितिका संयोजक-देवेन्द्र कट्वाल जानकारि दिनु भयो ।

देवेन्द्र कट्वाल को सम्योजकत्वमा २५ सदस्यीय समिती समेत गठन गरेको छ ।
संयोजक-देवेन्द्र कट्वाल
सह-संयोजक- मन्जुश्री धिमाल/ तोषराज ठाकुर
सचिव-शिव श्रेष्ठ
सह-सचिव- दुर्योधन (देव) सिंह /धिरेन्द्र कु.यादव
कोषाध्यक्ष-शशी पनेरु
सदस्य- भीष्म सिटौला
सदस्य- निर्मला आचार्य रहनु भएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको हिजो भएको फाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब लाई ०/२ गोल अन्तरले हराउदै आयोजक भेन्ट्रास क्लब जयपुर प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको छ ।

खेल सुरू भएको २० औं मिनेटमा आयोजक भेट्रान्स क्लब जयपुरका पुर्ण सुब्बाले पहिलो गोल गरेका थिए भने काकरभिट्टा भेट्रान्सले भने पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेन ।
दोस्रो हाफमा खेलको १३ अौं मिनेटमा अायोजक भेट्रान्स क्लब जयपुरका केशव दाहालले थप १ गोल गर्दै टिमलाई थप बलियो बनाएका थिए भने काकरभिट्टा भेट्रान्सले भने निर्धारीत समयमा कुनै पनि गोल गर्न नसकेपछि ०/२ गोलको अन्तरले हार चखाउदै आयोजक भेट्रान्स जयपुर नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।

त्यस्तै फाइनल खेल अघि भएको सो म्याचमा जयपुर युवा क्लब र शिक्षक कर्मचारी बिच भएको थियो जस्मा शिक्षक कर्मचारीलाई ०–२ गोल अन्तरले हराउदै जयपुर युवा क्लब विजयी भएको थियो ।

असोज १३ गते शनिबार बाट आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा विभिन्न ८ वटा टिम सहभागिता रहेका थिए भने,फाइनल खेलको पहिलो विजेता टिमलाई नगद रू ५० हजार ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो भने उपविजेता टिमलाई नगद रू ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर आयोजक भेट्रान्स क्लब जयपुरका रूपक गुरूङ भएका थिए भने उच्च गोलकर्ता मित्र बस्नेत भए, आयोजक टिम बाट नै केशव राज दाहाल,म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका गुरूङलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले पुरस्कार वितरण गर्नु भएको थियो ।

नकअाउट कपको प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानका तर्फबाट पुरस्कृत गर्दै अाएको युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेलले जानकारी बताउनु भयो ।

शनिबार सम्पन्न फाइनल खेलमा जयपुर भेट्रान्स क्लबका जेष्ठ खेलाडीको रूपमा ६६ बर्षिय अशोक पोख्रेललाई सम्मान समेत गरिएको थियो, युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको संयोजन संस्थाका अध्यक्ष सेमन्त पोख्रेलको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाँइको प्रमुख अातिथ्यता त्यस्तै अतिथिहरूमा वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलि, वडा नं २ वडा सदस्यहरू विक्रम बोहोरा,अमिर श्रेष्ठ झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दाहाल, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइ, बुधबारे साना शहरी खाने पानि उपभोक्ता समितिका अध्यक्ष धुर्व अोलि, आदर्श मा. वि.सहायक प्रमुख बुद्धमणी गौतम, इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रबिन भट्टराई,  बुधबारे जेसिजका अध्यक्ष अर्जुन ढकाल टिमाई, पुर्व अध्यक्ष मुकेस भट्टराई, बेसक्याम प्रमुख,नाशिर मेनपावर संचालक विरेन्द्र राउत, लगायतको अातिथ्यतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई युवा अावाज बुद्धशान्तिका उपाध्यक्ष रमेश नेपालले साब्दिक स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्थानिय समाज सेवि गुरु अोलिले गर्नुभएको थियो ।


पछिल्लो समय युवा आवाज बुद्धशान्तिले समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भए देखिनै जनचेतना मूलक कार्यक्रम गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय लागुऔषध तथा अवैध तस्कर विरुद्ध बुद्धशान्तिका विभिन्न ठाउँहरूमा जनचेतना मूलक कार्यक्रम लगायत विभिन्न सामाजिक कार्य गर्दै खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन र पछिल्लो समय सानै उमेरका युवा युवती हरू लागू अौषध जस्ता विभिन्न कुराहरूमा लागेर विग्रदै गरेको अवस्थामा खेल पट्टि समय र रुचि राख्न सके राम्रो बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु गर्दै जाने संस्थाका अध्यक्ष सेमन्त पोख्रेलले बताउनु भयो ।

हाल संस्थाका अध्यक्षमा सेमन्त पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम, सदस्यहरूमा , प्रकाश खनाल, टंक खतिवडा, खिनामाया गौतम, दिपा खरेल, भावना अाचार्य, रत्नकला फुयेल,कमल भुजेल, उद्यव भण्डारी, राम धिमाल अनिल कोईराला,रहनु भएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब र कनकाई भेट्रान्स, सुरूङ्गा बिच भएको खेलमा ०/१ गोल अन्तरले हराउदै काकरभिट्टा भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।

खेल सुरू भएको २२ औं मिनेटमा काकरभिट्टा का रमेश गुरूङले पहिलो गोल गरेका थिए भने कनकाई भेट्रान्सले भने पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेन ।


दोस्रो हाफमा खेलको निर्धारीत समयमा पनि कनकाइ भेट्रान्स सुरूङ्गाले कुनै पनि गोल गर्न नसकेपछि ०/१ गोलको अन्तरले हार चखाउदै काकरभिट्टा भेट्रान्स फाइनलमा पुगेको हो ।


असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका थिए भने प्रतियोगिताको फाइनल असोज २० गते शनिबार हुने युवा आवाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेले बताउनु भयो ।


प्रतियोगिताको फाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब र आयोजक भेन्ट्रास क्लब जयपुर बिच खेलहुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।


आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने फाइनल खेलको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने युवा अावाज बुद्धशान्तिका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।


आज भएको सेमिफाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब का रमेस गुरूङ म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका गुरूङलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले पुरस्कार वितरण गर्नु भएको थियो ।

युवा आवाज बुद्धशान्तिले अायोजना गरेको प्रथम भेट्रान्स नकअाउट कपको प्रत्येक खेलमा म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानका तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा पाराबारी भेट्रान्स क्लब शिवसताक्षी लाई १ का विरुद्ध ५ गोल अन्तरले हराउदै जयपुर भेट्रान्स क्लब फाइनलमा प्रवेस गरेको छ ।

खेलको सुरू भएको ११ औं मिनेटमा पाराबारीले पहिलो गोल गरेको थियो भने आयोजकको तर्फबाट पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेको थिएन भने दोस्रो हाफ सुरु भएको १५ अौ मिनेटमा अायोजकको तर्फबाट मित्र बस्नेतले आफ्नो टिममा पहिलो गोल गरेका थिए । भने खेलको निर्धारित समयमा थप ४ गोल गर्दै पाराबारी भेट्रान्स शिवसाक्षी लाई १/५ गोलको अन्तरले हार चखाउदै जयपुर भेट्रान्स आयोजक फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेले बताउनु भयो ।

असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् ,भने भोलि हुने सेमिफाईनल खेलमा काँकरभिट्टा भेट्रान्स क्लब र कनकाई भेन्ट्रास सुरूङ्गा बिच खेलहुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

 

आज भएको खेलमा आयोजक भेट्रान्सका मित्र बस्नेत म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिएको छ । म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।

                          संस्थाको परिचय

खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा भेट्रान्स कप फुटबलको आयोजना गरिएको बताउदै युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेलले भन्नू भयो आउदा दिनहरूमा पनि अझ ब्यवस्थित ढंगबाट खेल खेलाउदै जाने साथै यस खेलबाट बचेको रकम बाट विभिन्न समाजिक कार्यहरूमा लगाउने बताउनु भयो ।

समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भएको युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।
यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै प्रहरी सगँको सहकार्यमा टार्फिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम वृद्धबुवा अामाहरूलाई सम्मान विभिन्न ठाउँहरूमा गएर अार्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।

हाल संस्थाका अध्यक्षमा सेमन्त पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम ,राम धिमाल ,कमल भुजेल, अनिल कोईराला,रहनु भएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित नमुना विद्यालयको रूपमा छनौट भएको बुद्धअादर्श माध्यमिक बिद्यालयमा बर्खा स्मृति प्रतिष्ठान र समुदायिक प्रहरी सेवा केन्द्र बुधबारेले बुधबार एक कार्यक्रमको आयोजना गरी लागु औषध, दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

नमुना विद्यालयको रूपमा छनौट भएको बुद्धआदर्श माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ९ र १० का करिब २०० विद्यार्थीहरुलाई सहभागी गराई विद्यालयको आफ्नै सभाहलमा बुधबारे इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रविन भट्टराईले लागु औषध नियन्त्रण सम्बन्धि प्रशिक्षण गराउनु भएको थियो ।


प्रशिक्षणका क्रममा उहाँले भन्नू भयो । अहिले समाजमा लागू अौषध दुर्व्यसन तथा मदिराले गर्दा ।लागु औषध सेवनबाट हुने असर र बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई प्रष्ट पार्नुभएको थियो ।


त्यस्तै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले भन्नुभयो,यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै सामुदाहिक प्रहरी सगँको सहकार्यमा लागु अौषध साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रहरी सगँको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका विभिन्न विद्यालयहरूमा छात्र वृद्धि बुद्धशान्ति गाउँ पालिका वडा नं ३ स्थित चिलिमगढी दाह सस्कार गृहको सरसफाई, बुद्धशान्ति गाउँपालिकामा रहेका केही विद्यालयहरूमा शिक्षा सुधारका लागि अार्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनु भयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी, बुधबारे ईलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई, बुद्धअादर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले,आशिर्बाद प्रतिष्ठानका प्रतिनिधि डि. बि. तामाङ शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई, लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले दुर्व्यसन बाट युवा युवतिले बाच्न जरूरी छ । दुर्व्यसन एक प्रकारको रोग भएकाले यसको रोकथाम गर्नु पर्छ । साथै यस्ता खाले जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका सम्पुर्ण विद्यालय हरूमा पनि कार्यक्रम सन्चालन गर्न जरूरी रहेको बताउनु भयो उहाँले भन्नुभयो मदिराले धेरैको घरवार बिगारेको छ । यो पनि समाजमा रोगको रूपमा स्थापित भएको बताउनु भयो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले भन्नूभयो,दिन प्रतिदिन लागु अौषध दुव्यर्सन तथा मदिरा प्रयोगकर्ता बढ्दै गएकाले यसलाई जरै बाट उखाल्न यस प्रकारका जनचेतना मुलक कार्यक्रम आवस्यक रहेको बताउदै विद्यालयको तर्फबाट बर्खा स्मृति प्रतिष्ठान परिवारलाई धन्यबाद समेत दिनुभएको थियो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजना र समुदायिक प्रहरी सेवा केन्द्रको शहकार्यमा भएको कार्यक्रमको सन्चालन बर्खा स्मृति प्रतिष्ठानका सचिब मदन मगरले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान्स क्लब लाई ५ का विरुद्ध ६ गोल अन्तरले हराउदै काँकरभिट्टा भेट्रान्स सेमिफाइनलमा प्रवेस गरेको छ ।


खेलको १६ औं मिनेटमा दमक लखनपुर भेट्रान्सका तर्फबाट सुवास अाङथापुले पहिलो गोल गरेका थिए भने दोस्रो हाफ सुरु भएको १८ अौ मिनेटमा काँकरभिट्टाका गोकुल रिजालले पनि पहिलो गोल गरेका थिए । भने खेलको निर्धारित समयमा १/१ गोलले बराबरी भएपछि ट्राईबेकरको अाधारमा दमक लखनपुर भेट्रान्सलाई ५/६ गोलको अन्तरले हार चखाउदै काँकरभिट्टा सेमिफाइनलमा प्रवेस गरेको हो ।

 

प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल त्यस्तै दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल बताउनु भयो छ ।

 

असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने सेमिफाईनल खेलमा जयपुर भेट्रान्स अायोजक र पाराबारी भेन्ट्रास शिवसताक्षी बिच हुने जयपुर भेट्रान्स  नकआउट कप फुटबल प्रतियोगिता युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

 

आज भएको खेलमा काँकरभिट्टाका गोकुल रिजाल म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिएको छ भने म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।


जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि नेपाल बैंक बुधबारे शाखा प्रमुख भानुभक्त भण्डारी,अतिथिहरूमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, वडा सदस्य अमिर श्रेस्ठ, लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यतामा शुक्रबार र शनिबार भएको क्षेत्र “क” सम्मेलनमा जेसीजका चार क्षेत्र अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ठ कार्यक्रम गरेको भन्दै बुधबारे जेसीजले जेसीज अवार्ड प्राप्त गरेको छ।

हालै बुधबारे जेसीज बर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम (भाद्र २२ देखि ३० गते सम्म) अन्तर्गत भएका ७ वटा कार्यक्रम मध्ये अन्तराष्ट्रिय क्षेत्र समेटी बुद्धशान्तिभरिका आधारभुत तहका कक्षा-८ मा अध्ययनरत विद्यार्थीहरुलाई भारतको सिलिगुडीमा अवस्थित साइन्स सीटीको अध्ययन अवलोकन भ्रमण गराएको थियो ।


बुधबारे जेसीजले भारतीय भुमिमा नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम सन्चालन गरेको थियो । जेसीज सप्ताह कार्यक्रम मुल संयोजन बुधबारे जेसीजका स्वास्थ्य संयोजक जेसी दुर्योधन(देव) सिंहको रहेको थियो भने सो कार्यक्रमको संयोजन बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरेले गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी अर्जुन ढकालले जानकारी दिनुभयो ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र” क ” का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कार्की को प्रमुख आतिथ्यता रहेको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रको उत्कृष्ट कार्यक्रम अवार्ड प्राप्त गरेकोमा बुधबारे जेसीजले गरेको राम्रो कामको मूल्याकंन भएको बताउदै अध्यक्ष ढकालले नेपाल जेसीज परिवारलाई धन्यवाद समेत दिनुभएको थियो ।

 

उनले यो सम्मानले थप उर्जाका साथ जेसीज अभियानमा लाग्ने प्रेरणा मिलेको भनी खुसी व्यक्त गर्नुभएको थियो ।
क्षेत्र क सम्मेलनमा बुधबारे जेसीजको तर्फबाट अध्यक्ष लगायत निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई , पुर्व अध्यक्ष जेसी नन्दकुमार याफु राई , कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरे , उपाध्यक्ष जेसी प्रेम गौतम ,कोषाध्यक्ष जेसी राज पौडेल , स्वास्थ्य संयोजक जेसी दुर्योधन सिंह (देव )तथा महासचिब जेसी कुशल अधिकारि लगायतको उपस्थिति रहेको महसचिब जेसी कुशल अधिकारिले बताउनु भयो ।

युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगितामा आज भएको तेस्रो दिनको खेलमा विर्तामोड भेट्रान्स लाई १ का विरुद्ध २ गोल अन्तरले हराउदै पाराबारी भेट्रान्स शिवसताक्षी विजयी भएको छ ।

 

१३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने खेलमा दमक लखनपुर भेट्रान्स क्लब र काकरभिट्टा भेन्ट्रास बिच खेल हुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको जानकारी दिनुभयो ।


जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले,अतिथिहरूमा बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, वडा सदस्य अमिर श्रेस्ठ, ,बर्खा स्मृति प्रतिष्ठानका तोया प्रसाईं बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी,,लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल बताउनु भयो छ ।


आज भएको खेलमा पाराबारी भेट्रान्स शिवसताक्षीका खेलाडी जर्सि नम्बर १५ का मोहन तामाङ म्यान अफ द म्याच घोषित भएका थिए ।


त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।