March 4, 2026

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा बुद्धशान्तिका वडा नं ४ खेलकुद विकास समितका अध्यक्ष अर्जुन मेन्याङवोले जानकारी दिनु भयो ।


बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिहेको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयो ।

खेलमा सहभागी खेलाडि हरूका लागि केही नियम समेत बनाईएको छ l

बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो 

प्रतियोगिता यही कार्तिक १४ गतेदेखि कात्तिक १८ गतेसम्म मंगलबारे बजारको खेल मैदानमा हुने बताईएको छ आयोजक टिमसँगै बुद्धशान्ति गाउँपालिका भरिका सम्पुर्ण वडाका खेलाडी बीच प्रतिस्पर्धा हुने समितिका सचिब मिलन सुब्बाले बताउनु भयो ।


प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।

उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।

प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ ।

प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।

झापाको बुधबारे बजारको जयपुर चोक साथै वालुवा टार आसपासमा शनिबार विहानै वाट निक्कै चहल पहल भएको देखिन्छ । साना सवारी चलाउँने देखि ठेलामा व्यापार गर्ने हरु भन्दै थिए आज मेलामा The Elements Band को बेजोड प्रस्तुती रहने जानू पर्छ है भन्दै थिए ।

आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा संचालन भइरहेको बुद्धशान्ति सास्कुतिक तथा सांङगितिक महोत्सवमा यस अघि पनि एलिना चौहान, कमल खत्री, मेचु धिमालको बेजोड प्रस्तुति साथैढ विभिन्न व्याण्डहरूको प्रस्तुति रहेको थियो । भने महोत्सवमा आज The Elements Band को बेजोड प्रस्तुती रहने बताईएको छ ।

कार्तिक २ गते वाट सन्चालन भएको मेलाबाट आएको केही नाफाले आशीर्वाद प्रतिष्ठान सुधारमा केन्द्रले बुद्धशान्ति गाउँपालिका भरिका ५ जना लागुअौषधमा साथै बिभिन्न कुलतमा फसेका युवाहरूलाई उपचार गरिने अाशिर्वाद प्रतिष्ठाका सुधार केन्द्रका अध्यक्ष प्रेम शावाले बताउनु भयो ।

बुद्धशान्तिको विकास विस्तार प्रब्रधनका लागी यस मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङले जानकारी दिँदै २ गते बाट सन्चलन भईरहेको मेलामा अाई भरपुर मनोरन्जन लिन सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी लगायत सन्चारकर्मि सुरक्षाकर्मि साथै आ आफ्ना ठाउँ बाट सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धन्यबाद दिदै मेलामा आई कार्यक्रमको सोभा बढाई दिनुहुन आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन्।

महोत्सवमा मनोरञ्जनका लागी रोटे पिङ, ड्रागन रेस लगायत बच्चाका विभिन्न खेल सामाग्री राखिएको छ । सथै मेलामा विभिन्न अर्गानिक परिकारहरूको स्वाद संगै रमाउन सकिने बताईएको छ ।

 

नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ l

तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् ।
घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेकाछन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।

मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउथे । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनु भएका छन् । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खान खाने समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।
यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।

अलैँची टिप्ने मजदुर पाउनै गाह्रो

विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताए ।
उनले भने, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।” गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताए ।

 


केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।


यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित प्रेटोलपम
पश्चिम पट्टिको भागमा आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा कार्तिक २ गते वाट संचालन भएको बुद्धशान्ति सास्कुतिक तथा साङगितिक महोत्सवमा अाज तृसना गुरूङ अाउदै ।त्यस्तै मेलाको आकर्षका रुपमा रोटेपिङ रेस, नाउ रेस,विभिन्न खेल तथा बच्चाहरुका लागि विभिन्न मनोरञ्जनका सामग्रीहरु राखिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङ बताउनु हुन्छ ।

मेलाबाट आएको केही नाफाले आशीर्वाद प्रतिष्ठान सुधारमा बुद्धशान्ति गाउँपालिका भरिका ५ जना लागुअौषधमा साथै बिभिन्न कुलतमा फसेका युवाहरूलाई उपचार गरिने अाशिर्वाद प्रतिष्ठाका सुधार केन्द्रका अध्यक्ष प्रेम शावा बताउनु हुन्छ ।

बुद्धशान्तिको विकास विस्तार प्रब्रधनका लागी यस मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङले जानकारी दिँदै २ गते बाट सन्चलन भईरहेको मेलामा अाई भरपुर मनोरन्जन लिन सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी लगायत सन्चार कर्मि सुरक्क्षा कर्मि साथै आ आफ्ना ठाउँ बाट सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धन्यबाद दिदै मेलामा आई कार्यक्रमको सोभा बढाई दिनुहुन आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन्।

खुलेको त्यो आकाश र लागेको चहकिलो घाम अनि  सुरु भइसकेको दसै । दशैंमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने  जाेहाे गरि भित्रिइसकेकाे छ दसै ।  सबै तयारी सकेर टिकाकाे साइत पर्खेर बसेका माइ नगरपालिका दुईका गाेपाल सुवेदीका घरमा दसैकाे खुसी खाेसि दिएकाे छ ।

खाेले पकाउन बालेकाे आगाेले भान्सा घर ग्वाली सहित एक तल्ले टिनको छाना भएको घर हेर्दाहेर्दै खरानी भएपछि टिकाकाे अघिल्लाे दिन दसैकाे खुसि खाेसिएकाे छ  । आगाे नियन्त्रणका लागि स्थानीय भेला भए पनि आगाेकाे ज्वालाे हुर्कि सकेकाे कारणा स्थानीय दमकल दमकल भन्न बाहेक केही गर्न नसकेकाे स्थानीय पत्रकार हरि अधिकारी बताउछन । आज विहान ६:३० बजे सुरु भएकाे आगलागीबाट १५ लाख बढीकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीमा २ तोला सुन,नगद दशै खर्च २५ हजार,धान १० मन,सादा मोबायल ३ थान,४ थान नेपाली नागरिकता प्रमाणपत्र,जग्गाधनी प्रमाण पुर्जा,४ ठिका चिरान काठ सहित घर नस्ट भएकाे  प्रहरी चौकी दानाबारीले जनाएको छ।
पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा मार्फत स्थानीय प्रशासनसङ्ग समन्वय गरि पहल भइरहेको बताइएको छ ।

झापाको बुद्धशान्तिमा सुपारी कृषकहरुले पत्रकार सम्मेलन गर्दै सरकारले विदेशी सुपारी आयातलाई प्राथमिकता दिएकाले स्वदेशी सुपारीले उचित भाउ नपाएको भन्दै सुपारी कृषकहरुले गुनासो पोखेका छन् ।

उद्योग बाणिज्य संघको सभाहलमा पत्रकारहरू सँग कुरा गर्दै कृषकहरूले गुनासो गर्नुभएको थियो ,। झापा, इलाम, मोरङ र सुनसारी जिल्लाका सुपारी कृषकहरुको भेलाबाट गठीत नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गिता प्रसाद अधिकारीले भन्नुभयो, कृषकले उत्पादन गरको काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने पहल सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँ आक्रोस पोख्दै भन्नू हुन्नुहुन्छ , दुईचारजना बिचौलियाका कारण सरकार निर्यात गर्न तर्फ भन्दा आयात गर्न लागि परको बताउनु भयो ।

नेपालमा सुपारी खेती व्यापक रुपमा बिस्तार भएकाले नेपालमा चाहिने भन्दा बढी भएता पनि बिचौलियाका कारण निर्यातमा समस्या रहेको किसानहरु बताउँदै आएका छन् ।

कृषकले उत्पादन गरको सुपारी सहज तरिकाले कृषक आँफैले निर्यात गर्न पाउनुपर्ने, सुपारीलाई कृषि उपजमा सुचिकृत गरिनुपर्ने माग राख्दै आएका सुपारी कृषकहरुले कृषि बिकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यापक छलफल गर्दै आफ्ना मागहरु राख्दै ज्ञापन पत्र समेत बुझाइएको संयोजक गिता प्रसाद अधिकारीले बताउनु भयो ।

उनले यस ज्ञापनपत्रको मागलाई सरकारले सुनवाई नगरे देशैभरका दश लाख बढी सुपारी कृषकलाई आन्दोलनमा उतार्ने समेत बताए । उनले यस बिषयमा सम्वेदनशील रहन समेत सरकारलाई समेत आग्रह गरेका छन् ।

३० बर्षदखि सुपारी व्यवसाय गर्दै आएका अर्जनधाराका सुपारी व्यवसायी सुरेन्द्र शाहका अनुसार सुपारी कृषकका लागि खोलिएका संस्था वास्तविक किसान नभएको समेत बताएका छन् । कमिसन र बिचौलयिाको काम गर्न मात्र संस्था दर्ता गरेर खोलिएको भन्दै आक्रोस पोख्नु भएको थियो । उहाँले भन्नुभयो नेपालको राम्रो लोकल सुपारी भारत जान्छ र भारतको बिग्रेको सुपारी नेपाल आयात भईरहँदा पनि सरकारले वास्ता नगरको बताए । यता सुपारी कृषक नारायण न्यौपानेले पनि कृषकले बिचौलियका कारण सोझै बिक्री गर्न नपाउँदा कम मुल्यमा बिक्री गर्नु परेको बताउनु भयो ।

स्वदेशी सुपारीले नधान्ने भएमा मात्रै आयात गर्ने नीति सरकारले बनाउनु पर्छ भन्ने किसान तथा व्यापारीको भनाई छ आयातको नाममा कमिसनरुपी कमाउ धन्दाले सुपारी उत्पादन गरेर जीवनयापन प्रयास गर्ने मिहिनेतको कदर नभएको किसानको गुनासो छ ।

नेपालमा झापा, मोरङ, सुनसरी, र इलाममा बढी सुपारी उत्पादन हुने गर्छ । यी जिल्लाहरु नेपाललाई सुपारी कारोबारमा आत्मनिर्भर बनाउने क्षमता राख्छन् । खेती गर्ने जमिन छ, सीप छ, तालिम पनि छ ,तर बेचेर आय आर्जन गर्ने उचित बजार तथा मूल्य नै छैन ।

सुपारी उत्पादक किसान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय तालिम लिएर गतिलो अनुभव सम्हालेका अनि मिहिनेती पनि छन् । तर सरकारले कृषककै लागि भनेर ठोस नीति नबनाउँदा कृषक समस्यामा पदै आएका छन् ।

झापाको बुद्धशान्ति स्थित मंङलबारे च्यालेन्ज कप २०८० को सम्पन्न फुटबल प्रतियोगिताको उपाधि शिनिश्चरे एफ.सी. अर्जुनधारा झापाले जितेको छ ।

मंगलबारे बजारको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा धुलाबारी ट्रिनिङ सेन्टर मेचिनगर झापालाई १–३ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफ.सी.अर्जुधाराले उपाधि उचालेको हो । उपाधि जितेसंगै शनिश्चरे एफ. सी. ले नगद २५ हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।

शनिश्चरे एफ. सी. अर्जुनधारालाई लाई उपाधि दिलाउन प्रदिप बुढाथोकीले खेल सुरु भएको ८ औं मिनेट पहिलो गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । निर्धारित समयको पहिलो हाफमा अन्य कुनै स्कोर हुन सकेन् । खेलको दोस्रो हाफको १३ औं मिनेटमा शनिश्चरेकै प्रदिप बुढाथोकीले थप एक गोल गर्दै शनिश्चरे एफ.सि. अर्जुनधारालाई लाई २–० गोल को अग्रता दिलाए ।

एता धुलाबारी ट्रेनिङ सेन्टर मेचिनगरले भने खेलको दोस्रो हाफको २२ औं मिनेटमा एक गोल फर्काउन वाहेक अन्य गोल थप्न सकेन । प्रतियोगिताको उपविजेता बनेको धुलाबारी ट्रेनिङ सेन्टर मेचिनगरले नगद १५ हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ 
प्रतियोगिताको‘म्यान अफ दी सिरिज’को पुरस्कार धुलाबारी ट्रेनिङ सेन्टर मेचिनगरका अजय शाहीले हात पारे । उनलाई ट्रफी र मेलल प्रमाण- पत्र प्रदान गरिएको मंगलबारे खेल मैदान संरक्षण समितिका अध्यक्ष ज्ञानु लिम्बुले बताउनु भयो ।

त्यस्तै फाइनल खेल सुरू हुनु अघि भएको मैला हरूको सो म्याच समेत खेलाईएको थियो जसमा अाईतबारे युथ क्लब र सृजनसिल युवा समाज भिडेका थिए , सो खेलमा सृजनसिल युवा समाजलाई ०-१ गोल अन्तरले हराउदै आईतबारे युथ क्लब विजयी भएको थियो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’को पुरस्कार शनिश्चरे एफ.सी.अर्जुनधाराका प्रदिप वुढाथोकी ले हात पारे । उनलाई ट्रफी मेडल र प्रमाण- पत्र प्रदान गरिएको थियो। प्रतियोगिताका विजेता र उपविजेता लगायतलाई आयोजक मंगलबारे खेलकुद कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, समाज सेवि करण थेबे, मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त गलान, वडा न. ४ का वडा सदस्य सन्जिब थेबे, समाज सेवि युवा व्यक्तित्व पुर्ण सुहाङ , समाज सेवि अर्जुन लिम्बू ,आयोजक समितिका सम्पुर्ण पदाधिकारी लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रमको सन्चालन मंगलबारे खेलकुद समितिका सचिब युद्ध लिम्बुले गर्नुभएको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय, समाज सेवी करण थेबे, मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त गलान वडा नं ४ का वडा सदस्य, संजिव मगर, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मंगलबारे युथ क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्थ बनाउने र उनिहरुलाई खेलकुदमा बेस्थ बनाई कुलतमा फस्नबाट जाेगाउन यस्ता खेलको आयाेजना गरेको मंगलबारे खेल मैदान संरक्षण समितिका अध्यक्ष ज्ञानु लिम्बुले बताउनु भयो ।

अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

केहिबेर अघि खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक (हात्तीगाडी) संग मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै मृत्यु भएको  प्रहरी निरीक्षक न्यौपाने बताउनु भयो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बि एण्ड सि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

हात्ती गाडीका चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भाईरहेको प्रहरीले बताएको छ । 

मृत्यु हुने दुवैजना एकै गाउँका हुन् । हात्ती गाडी चालक पनि सोही गाउँका पुर्वबासिन्दा रहेको र उनिहरु तिनै जनाबिच एकआपसमा चिनजान रहेको प्रहरीले बताएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित त्रिभुवन माध्यमिक विद्यालय होक्सेको शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् एवम् छठ पर्व २०८०को अवसरमा त्रिभुवन मा. बि. होक्सेले शुक्रबार शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष खड्ग तिम्सिनाको सभापतित्वमा भएकाे कार्यक्रममा वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि विद्यालयका शिक्षक विद्यार्थी अभिभावक सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

शनिवार भएको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष पूर्ण प्रसाद संजेलले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्य प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा अाफ्ना भनाई राख्दै प्रमुख अथिति वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले आफुले पढेकै विद्यालयमा आफुलाई पढाउने शिक्षक गुरूअामा सँग बसेर शुभकामना अादान प्रदान गर्ने अवसर मिलाउनु हुने विद्यालय परिवारलाई धन्यबाद दिदै सम्पुर्णमा विजया दशमीको शुभकामना दिदै बुद्धशान्तिको शैक्षिक गुणस्तर उकास्न सम्पुर्ण अभिभावक हरूको पनि साथ र सहयोग लिएर गाउँपालिको शिक्षामा गुणस्तर बढाउनका लागि आफु लागि पर्ने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा पुर्व विद्यार्थी समाज गठन सहयाेग समिति गठन समेत गरिएको थियो । जसमा अर्जुन अधिकारी संयाेजक ,उमेश भट्टराई सहसंयोजक लगायत ७ सदस्य समिती चयन भएका हुनु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्तिनिकेतन अङ्ग्रेजी माद्यमिक विद्यालयले आफ्ना विद्यार्थिहरूलाई सस्कृति,सँस्कार जोगाउने र सिकाउने दोश्रो घर विद्यालय पनि हो यहि जिम्मेवारीको अपनत्व बोध गराउदै बडा दशै २०८० को पावन अवसरमा सम्पुर्ण विद्यार्थी शिक्षकहरु बिच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रीन्सिपल उदयचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई टीका लगाई आशिर्वाद प्रदान गरिएको थियो ।

विद्यालयका अन्य शिक्षकहरुले पनि आफ्ना विद्यार्थीहरुलाई टीका लगाई शुभकामना ब्यक्त गर्नु भएको थियो । उक्त क्षेत्रमा बढि बाहुल्यता रहेको आदिबासी जनजातिमा राई ,तामाङ, नेवार,लिम्बू,गुरुङ, मगर आदिको प्रतिनिधित्व गर्दै आ-आफ्नो भेषभुषामा सजिएर आफ्नै भाषामा विद्यार्थीहरुले शुभकामना समेत राखेका थिए । विद्यार्थीहरुद्वारा निर्माण गरिएको विभिन्न चित्रहरु र शिक्षकशिक्षिकाहरु द्वारा निर्मित पेपर क्राफ्टले स्टेज सजाइएको थियो ।

विद्यालयका प्रीन्सीपल उदयचन्द्र कोईरालाले अौचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमको सहजिकरण विद्यालयका भाईस प्रीन्सिपल रबिन कोइराला, स्कुल कोअर्डिनेटर दिनेश लेप्चा, बिज्ञान विषयका शिक्षक सुनिल पौडेल,भेषराज चाम्लिङ, हरि खतिवडा, र विशाल शिवाकोटिले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक कृष्ण घिमिरेले गर्नुभएको थियो ।