March 2, 2026

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको मुनामदन एकाडेमीले कक्षा ९ र १० का विद्यार्थीहरुलाई इलेक्ट्रिसियन र व्युटिसियन तालिम आईतबार बाट संचालनमा गरेको छ ।
२ महिना संचालन हुने तालिम आइतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।


विद्यालयका संचालक चेतन ढुंगेलको सभापतित्वमा भएको कर्याक्रममा शिक्षासेवी तथा विद्यालयका पूर्व शिक्षक अजय खड्का, विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा ढुंगेल, कोअर्डिनेटर म्याथु बानिँया, प्रशिक्षक प्रेम अधिकारी र सुजता राई लगायतको आतिथ्यतामा रहेको कार्यक्रमको संचालन शिक्षक लक्ष्मण मगरले गर्नुभएको थियो ।


मुनामदन एकाडेमी विद्यालयको प्राङगणमा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई शाब्दिक गर्दै विद्यालयका संचालक चेतन ढुंगेलले पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू विद्यालय छुट्टिको समय साथै अरू समयमा लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले प्राबिधिक शिक्षा पनि आजका नानिहरूलाई आवस्यक रहेको बताउनु भयो

यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । आगामी दिनमा पनि विद्यार्थिहरूलाई प्रोत्साहन गर्न विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै यस्ता व्यवहारिक ज्ञानमा पनि जोड दिनुपर्ने सन्चालक ढुङ्गेलले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको अमर युवा क्लब का खेलाडीहरूलाइ खेलकुद सामाग्री वितरण गरिएको छ।
अमर युवा क्लब बुद्धशान्ति –४ ले क्लबका खेलाडीहरुका लागि ४ थान फुटबल ,१२ पिस कोन ,६ पिस मार्कर ,६ पिस बिप्स हस्तान्तरण गरेको हो ।

पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा पनि “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले क्लब खेलाडिहरूलाई खेलकुद सामाग्री वितरण गरिएको अमर युवा क्लबका अध्यक्ष रोषन कटुवालले बताउनु भयो । उहाले भन्नू भयो युवाहरूलाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले खेलाडीहरूलाई खेलकुदका सामाग्री वितरण गरिएको हो ।

यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । क्लबलाइ राष्ट्रिय स्तरमै चिनाउने र खेल र युवा विकासका लागि आगामी दिनमा पनि खेलाडी लाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने तयारी रहेको कटुवालले बताउनु भयो ।

बुद्धशान्ति वडा नं ४ को गणेश मां बिं को खेल मैदानमा सनिबार खेलकुद सामाग्रीहरु वितरण गरिएको छ । वितरण गरिएको खेलकुद सामग्री समाजसेवि रबिन ढुङ्गाना,राजु फागु ,अर्जुन लिम्बु ,कुमार कटुवाल क्लब का समिति पदाधिकारी देबराज भण्डारी, गणेस बहादुर डागिले लगायतले सहयोग गर्नुभएको थियो ।

 

सुनसरीकाे धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको आदेशमा भनिएको छ ।

तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला­/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन प्रशासनले जानकारी गराएको छ ।

धरानमा सामाजिक सद्भाव भड्किन पुग्ने भन्दै स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका थिए । यसैलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा गरेको हो ।

सुनसरीकाे धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको आदेशमा भनिएको छ ।

तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला­/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन प्रशासनले जानकारी गराएको छ ।धरानमा सामाजिक सद्भाव भड्किन पुग्ने भन्दै स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका थिए । यसैलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा गरेको हो ।

बुद्धशान्ति गाउँपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ ।
बुधबार वडा नम्बर १,३,६,र ७ बाट यो रोग विरुद्वकोखोप लगाउन सुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम साता देखि बुद्धशान्तिमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख कैलास प्रसाद सिहंले जानकारी दिनु भयो ।

सवै वडाका कृषकहरुको घर घरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि बुद्धशान्ति गाउँपालिकाले १२ जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई ५० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिञ्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च गाउँपालिकाले व्यहोर्ने छ ।१० हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले गाउँपालिकाले मात्रै १० लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछि तथा मत्स्य विकाश शाखाले जनाएको छ ।

लम्कि स्किनरोग विरुद्व खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाअध्यक्ष अनिल वाग्लेले ‘लम्कि स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताउनु भयो । असहज अवस्था आए वडा तथा गाउँपालिकालाई खबर गर्न आग्रह गर्दै उहाँले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । वडाअध्यक्ष वाग्लेले बाँकी वडाहरुमा यी वडाको कार्यक्रम सकिए लगत्तै सुरु हुने बताउनु भयो ।

बुद्धशान्तिमा लम्कि स्किनका कारण १००० हजार भन्दा बढी पशु संक्रमित भएका छन् भने सानो ठूलो गरेको ८०/ वटा पशुहरू मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको पाईएको छ ।

विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देशको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

चिकित्सकले दिउँसो ४ः४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।

प्रहरीका अनुसार भानु स्कुलको बस भाडामा लिएर सेन्टमेरिजले विद्यार्थी ल्याउन र पुर्याउन प्रयोग गर्दै आएको थियो । विद्यार्थीलाई पुर्याउने क्रममा दुर्घटना भएकाे थियाे ।

इलामका एक व्यक्तिले आफ्नै १४ वर्षीया नातिनीलाई जवर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका छन् ।

६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता करणी गर्दैआएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ । दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पछिल्लो एक वर्ष यता बालिकालाई पटक–पकट करणी गरेको र गर्भ समेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश जबेगुले बताउनुभयो । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा पछिल्लो समय भित्री सडकमा खुल्ला रुपमा छाडा छोडिएका कुकुरहरले विद्यालय आसपासका छेत्रमा विभिन्न खाले दुर्घटना बढिरहेको हुनाले साथै व्यक्तिगतरुपमा पालिएका घरपालुवा कुकुर लाई कुकुरधनिहरूले सार्वजनिक स्थल तथा छिमेकीका घरआँगन छेउछाउमा डुलाउने क्रममा फोहोर मैला हुने गरेको र उक्त फोहोर मैलाले छिमेकि हरूलाई समेत असर पुर्याएको भन्दै यसको उचित व्यवस्थापन गर्न गराउन बुद्धशान्ति गाउँपालिकालाई विभिन्न प्रस्तावहरु सहित ध्यानाकर्षण पत्र बुझाएको बुद्धआदर्श मा वि व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले जानकारि दिनु भयो।

पछिल्लो समय बुद्धशान्तिको पुलचोक पहाडी चोक बुद्धआदर्श विद्यालयको हाता वरपर जयपुरचोक वालुवाटार चोक लगायतका स्थानहरूमा रहेका भुसिया कुकुरहरूले अातङ्कनै मच्चाउने गरेका छन,।
केहिदिन यता सडकमा ५ देखि ७ वटा सम्म हुल बाधिएर हिनेका कुकुरहरूले विद्यालय जाने आउने क्रममा विद्यार्थीहरुलाई झम्टने गरेको र भाग्ने क्रममा घाइतेसम्म हुने गरेको बताईएको छ । सडकमा कुद्ने बाइक चालकलाई झम्टने र पछ्याएर खेद्ने गरेको तथा उक्त कारणले दुर्घटना हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले बताउनु भयो , उहाँलेभन्नू केही समय अगाडि बुद्धशान्तिकै सडकमा छाडा छोडिएका भुसिया कुकुरकै कारण बुद्धशान्तिकै स्थानियको मोटरसाईकल दुर्घटना साथै कार दर्घटना समेत भएको साथै अाज भोलि त छाडा छोडिएका भुसिया कुकुरले खेतबारिमा चराउन बाधिएका पशु चौपायलाई टोक्ने,र टोकाइका कारणले मर्ने गरेको हुँदा आर्थिक भार समेत ब्यहोर्नु परेको बताउनु भयो ।

आफ्नो घरमा पालेको कुुकुरलाई डुलाउने क्रममा सार्वजनिक स्थल तथा छिमेकीको घरआँगनहरुमा दिसा पिसाब गराएका कारण फोहोर मैला हुने गरेको स्थानिय सारदा दाहाल बताउनु हुन्छ ।
सोमबार गाउँपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा साना साना बच्चा र विद्यालयका विद्यार्थीहरुलाई कुकुर अक्रमणबाट सुरक्षित ढंगले आवत जावत गर्न उचित व्यवस्था गर्नु पर्ने ।
घरपालुवा कुकुरलाई सार्वजनिक स्थल तथा छरछिमेकमा असर पर्ने गरी नघुमाउने र दिसापिसाब नगराउने वातावरण मिलाई नीतिगत ढंगले दीर्घकालीन रुपमा समस्याको समाधान गर्न पहल गर्ने साथै नियमलाई कार्यान्वयन नगर्ने सम्बन्धित कुकुरधनीलाई कार्वाहीका दायरामा ल्याउनु पर्ने लगायतको माग राख्दै सोमबार गाउँपालिकालाई ध्यानाकर्षण
बुझाएको बताईएको छ ।

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

 

बुद्धशान्ति स्थित कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले हिजाे ठक्कर दिँदा घाइते भएकी ८ बर्षीया बालिका समिक्षा बस्नेतकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
उनी स्थानीय ज्याेती अङ्ग्रेजी मावि कि विद्यार्थी थिइन,