September 19, 2025

झापाको बुद्धशान्ति गाँउपालिकामा पनि परम्परागत रुपमा खेतबारी जोत्न प्रयोग हुँदै आएको हल गोरु र राँगा भने प्रविधिको विकास सँगै बिस्तारै हराउँदै जान थालेको छ ।

४२ वर्ष पैला देखि नै बुवाले गोरू पालेर सबै आफ्नो खेत जोत्ने,जमिन सम्याउने,गर्नुहुन्थ्यो । आज भोलित धान रोप्ने आली लगाउने,बीउ राख्ने,छर्ने,दाँइ हाल्ने काम गर्ने मान्छे पाईदैन त्यसैले पनि कृषि मजदुरको अभाव हुँदै जाँदा यान्त्रिकरणमा किसानको आकर्षण बढिरहेको स्थानिय कृषक युवा व्यवसायी तथा बुधबारे जेसिजको पुर्ब अध्यक्ष बुद्धशान्ति १ देउरालीका प्रकास भण्डारी बताउनु हुन्छ ।

यसले परम्परागत कृषि प्रणाली अंगाल्ने कार्य पनि कम हुँदै गएको छ। यसरी मज्जाले गोरु र राँगा जोत्न बल भएको मान्छे हुनुपर्छ। अहिलेका युवाले यो काम गर्न सक्दैनन बुद्धशान्ति वडा नं ६ स्थानीय कृषक राजन कार्की बताउनु हुन्छ ।

बुद्धशान्ति १ होक्सेका ७० बर्षका हर्क मगर अहिले उहाँको अनुभव बताउनु हुन्छ । गोरुलाई मेलोमा लगाउन त खासै समस्या पर्दैन तर दाउनलाई हम्मेहम्मे पर्छ उहाँको गोरु नार्दाका अनुभव उहाँलाई राम्रोसँग थाहा भएकाले अहिले पनि खेतमा पसेर पटा लगाउने गरेको उहाँ बताउनु हुन्छ ।

स्थानिय नागरिकको मुख्य पेशा कृषि भए पनि त्यसमा लाग्ने आधारभूत कच्चा पदार्थ मल, बीउ, समयमा स्थानिय सरकारले उपलब्ध गराईदिने होभने थोरै भएपनि कृषकहरूलाई राहत हुने बुद्धशान्ति वडा नं ६ कि बिष्णु भट्टराई बताउनु हुन्छ ।


एकहप्ता सम्म लगाएर छरछिमेकी हरूसँग अर्मपर्म गरेर असारे गितको भाकामा छुपुछुपु धान रोपेको अहिले जस्तो लाक्छ आज भोलि त ट्याक्टर लगाएर जोत्छन,एकै दिनमा सकिन्छ नरमाईलो लाक्छ भन्दै गुनासो गर्नुहुन्छ बुद्धशान्ति १ कि मिरा भण्डारी ।

समयको माग र प्रविधिलाई पनि आत्मसात् गरेर अघि बढ्नु पर्नेरहेछ हाम्रा परम्परागत चलनलाई पनि जीवन्त राख्दै आधुनिकता र प्रविधिलाई पनि अगाल्नु पर्ने बुद्धशान्ति वडा नं ६ का स्थानिय दिनेश लेप्चा बताउनु हुन्छ ।

पैला जस्तो सस्तो छैन अहिले गोरु र राँगा किनी नसक्नु महँगो भएको छ ।‘एक हल गोरू किन्नुपर्यो भने त ६५,००० हजार भन्दा बढी चाहिन्छ‘ अझ राँगा किन्नु पर्यो भनेत त्यो भन्दा पनि महँगो पर्छ त्यसैले पनि आजभोली ‘गाउँमा ट्याक्टर बोलाएर एकैछिनमा खेतमा बाली लगाउने अवस्था बनाइ दिन्छ बुद्धशान्ती १ का स्थानिय कृषक नेत्र अधिकारीले बताउनु भयो ।

परम्परागत कृषी प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराउँदै गएको पुराना किसानको गुनासो छ। ‘केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसँगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहार खेतमा हुँदा रोपाइँको चहल पहल रमाइलो हुन्थ्यो अहिले त यस्तो देख्न पनि छाडियो बुद्धशान्ति वडा नं ६ सान्तिनगरका राजन कार्की बताउनु हुन्छ ।

एक दिन जोतेको एक हल गोरु को १,००० देखि १५,०० लिन्छन,एक जना धान रोप्ने रोपारको हाजिरा ५००/ देखि ६०० सम्म लाग्छ, त्यसैले पनि मेसिनको प्रयोग तथा आधुनिकीकरण र काम गर्ने उमेर समूहका अधिकांश युवा पुस्ता विदेश जान थालेपछि पनि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल गोरु र बाउसेको अभाव देखिँदै गएको र परम्परागत रुपमा खेती गर्दा लागत मूल्य धेरै नै हुने भएकाले पनि यो हराउँदै गएको बुद्धशान्ति वडा नं १ देउरालीका युवा प्रकास भण्डारी बताउनु हुन्छ ।

कृषकलाई सहज ढंगले कृषि गर्न,सहज तरिकाले मल खाद्य उपलब्ध हुने व्यवस्था मिलाउन,सिंचाईको उचित व्यवस्थापन गर्न र कृषकलाई कसरी कृषिमा आकर्षित गराउन सकिन्छ भनेर स्थानिय सरकाले पनि चासो देखाउनु पर्ने बेला आएको देखिन्छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित एरा एभरग्रीन अंग्रेजी माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्कृष्ट परीक्षाफल हासिल गर्न सफल सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शिक्षक अभिभावकहरूमा शुभकामना आदान प्रदान गरेकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बाँस्तोलाको सभापतित्वमा भएकाे कार्यक्रममा वरिष्ठ शिक्षासेवी तथा विद्यालयका सल्लाहकार टिकाराम पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि विद्यालयका शिक्षक विद्यार्थी अभिभावक सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

 

शनिवार भएको बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक खगेन्द्र मैनालीले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै उहाँले भन्नू २०५६- सालमा स्थापित भई एरा एभरग्रिन अंग्रेजि स्कुल माध्यमिक विद्यालय पठनपाठनमा उत्कृष्ट हुँदै आएको छ । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्पुर्ण विद्यार्थी साथै अभिभावकहरूको पनि उत्तिकै भुमिका रहेको बताउनु भयो ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अवीर र खदा लगाई नगद रू २,००० ले सम्मान गरिएको थियो । साथै A+ ल्याउने विद्यार्थीलाई गणितका शिक्षक उमेश आचार्यले एकमुष्ठ नगद रू १०,००० पुरस्कार समेत प्रदान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट शिक्षकहरूलाई खदा र अबिरले सम्मान गरिएको थियो ।

 

प्रमुख अथिति पोख्रेलले बुद्धशान्तिको शैक्षिक गुणस्तर उकास्न एरा एभरग्रीन अंग्रेजी विद्यालयले साथै अभिभावकले खेलेको भूमिकाको प्रसंसा गर्दै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेर सिङ्गो गाउँपालिकालाई गौरव महसुस गराएकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुभयो । साथै आगामी दिनमा पनि अझ शिक्षामा गुणस्तर बढाउनका लागि शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै बुद्धआदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले शिक्षा सिकाई समाज रुपान्तरणका लागि हुनु पर्नेमा जोड दिँदै उहाँले भन्नु भयो हाम्रो शिक्षा प्रणाली प्रतक्ष समाजमा जोडीन आवस्यक रहेको बताउदै त्यसको थालनी हामी बाटै सुरू गर्नु पर्नेमा जोड दिनु भयो ।

 

त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाँईले स्कुलले विधार्थीहरुलाई उत्कृष्ठ नतिजा ल्याउन सफल बनाएको भन्दै खुशी व्यत गर्दै सम्मानित विद्यार्थीलाई नजिकैबाट नियाल्न पाउँदा हर्षित भएको बताउनु भयो ।

 

मन्तव्यकै क्रममा विद्यालय समितिका सल्लाहकार समितीका सदस्य छत्र तिम्सिनाले अहिलेका विद्यार्थीहरुको जीवनभरको भाषाको स्रोत नै अहिले पढ्दै गरेको विद्यालय हो, यहि उमेर उनीहरुको जीवनको आधार हो त्यसैले उनीहरुले जिवनभर आवस्यक पर्ने आधारभूत सीपहरु पनि विधालयबाट सिक्न र सिकाउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बाँस्तोलाले विद्यार्थीका अभिभावकहरुले पनि विद्यालयले संचालन गरेका राम्रा गतिविधिलाई सफल बनाउन अभिभावकले पनि रचनात्मक भूमिका खेल्नु पर्ने कुरा बताउनु भयो ।

 

कार्यक्रम एरा एभरग्रीन अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक आदर्श राईले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्दै दिऊँसो १ बजे बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका माध्यमिक तर्फका शिक्षक रोसन भट्टराईले गर्नु भएको थियो ।

झापाको बुद्बशान्ति गाउँपालिका वडा नं २ स्थित एम्बिसन एकेडेमि निजि विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षिय एक विद्यार्थिलाई शिक्षकले निलडाम बस्नेगरि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छन।

विद्यालयमा ल्याउन बन्चित गरिएको सामान बोकेर विद्यालयमा आएको र विद्यालयमा अपशब्द बोलेकाले निलडाम हुने गरि कुटपिट गरेको र एक हप्तासम्म सस्पेन्स समेत गरेकाले बच्चा र आफुलाई अन्याय परेको भन्दै पिडित पक्षले आरोप लगाएका हुन ।

एता एम्बिसन एकेडेमिका शिक्षक दिपेन सिटौलाले विद्यार्थीले विद्यालयमा परिवार नियोजनका अस्थाई साधन ल्याउने र साना साना विद्यार्थी नानिहरूलाई विभिन्न खाले कृयाकलाप गर्ने सिकाउने विद्यालयमा अपशब्द बोल्ने गरेको र पटक पटक अभिभावकलाई जानकारि गराउदा पनि अटेर गरेकाले डर देखाउने हिसाबले सामान्य कुटपिट गरेको तर यसरी निलडाम हुने गरि कुटपिट नगरेको विद्यालयका शिक्षक सिटौलाले बताउनु भयो ।

कुटपिटको विषयलाई लिएर पीडित विद्यार्थीका अभिभावकले आरोपित शिक्षकलाई असार २२ गते प्रहरिलाई खबर गरि मौखिक जानकारि गराउदै कारबाहीको माग गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि अभिभावक र पीडित पक्षसँग असार २३ गते बिहान विद्यालयमा भएको छलफलमा आरोपित शिक्षकले पनि विद्यालयबाट भएको गल्ति महसुस गर्दै आजबाट यस्तो नहुने बताएका छन।

अभिभावकले पनि आफ्नो नानिलाई यस्तो खालको गल्ति दोहोर्याउन नदिने भनेपछि कानुनि कारबाही अघि नबढाउने शर्तमा २४ गते आईतबार बाट नानिलाई विद्यालय पठाउने भनि मिलापत्र गरिएको स्थानिय मुकेस भट्टराईले बताउनु भयो ।

झापाको बुद्धशान्ति वडा नं ४ स्थित गणेश माध्यमिक बिद्यालयमा रोशन मिडिया हाउस र समुदायिक प्रहरी सेवा केन्द्र बुधबारेले बुधबार एक कार्यक्रमको आयोजना गरी लागु औषध, दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


बुद्धशान्ति ४ स्थित गणेश माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सूर्योदय साप्ताहिक पत्रिकाका सन्चालक ज्ञानु भट्टराईको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै बुधबारे ईलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराईको विशिष्ट आतिथ्यता साथै गणेश माध्मिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम खतिवडा शिक्षक रबिन मैनालिको विशेष आतिथ्यतामा भएको कार्यक्रममा बुद्धशान्ति साप्ताहिक सन्चारकर्मी नारायण रिजालले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शेरबहादुर रायले दुर्व्यसन बाट युवा युवतिले बाच्न जरूरी छ । दुर्व्यसन एक प्रकारको रोग भएकाले यसको रोकथाम गर्नु पर्छ । साथै यस्ता खाले जनचेतना मुलक कार्यक्रम सन्चालन गर्न जरूरी रहेको बताउनु भयो उहाँले भन्नुभयो मदिराले धेरैको घरवार बिगारेको छ । यो पनि समाजको रोगको रूपमा स्थापित भएको बताउनु भयो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका शिक्षक रबिन मैनालीले भन्नू भयो दिन प्रतिदिन लागु अौषध दुर्व्यसन तथा मदिरा प्रयोगकर्ता बढ्दै गएकाले यसलाई जरै बाट उखाल्न यस प्रकारका जनचेतना मुलक कार्यक्रम आवस्यक रहेको बताउनु भयो।


त्यस्तै कार्यक्रममा उपस्थित भएका ५० बढि विद्यार्थीहरुलाई बुधबारे इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रविन भट्टराई लागु औषध नियन्त्रण सम्बन्धि प्रशिक्षण गराउनु भएको थियो । प्रशिक्षणका क्रममा उहाँले भन्नू भयो । अहिले समाजमा लागू अौषध दुर्व्यसन तथा मदिराले गर्दा ।लागु औषध सेवनबाट हुने असर र बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई प्रष्ट पार्नुभएको थियो ।

रोशन मिडिया हाउस र सामुदायीक प्रहरी सेवा केन्द्रले आयोजना गरेको कार्यक्रमको सन्चालन रोसन भट्टराईले गर्नु भएको थियो ।

इलाममा एक पुरुषले श्रीमतीको हत्या गरि आत्माहत्या गरेका छन् । माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षिय राधिका खतिवडाको हत्या गरि आत्माहत्या गरेका हुन् ।

राधिका पिताम्बरी जेठी श्रमती हुन् ।
गएराती करिव साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएका थिए । घरमा जाँदा भित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरिक्षक मदन बस्नेतको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो ।

साथै प्रहरी चौकी जौबारीबाट समेत प्रहरी सहायक निरिक्षक धनप्रसाद रिमालको कमाण्डमा दुई जना प्रहरी घटना स्थलमा पुगेको थियो ।

श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यू भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार श्रीमती राधिकाको वाँया गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ ।

घरमा ताला लगाएर फरार भएका पिताम्बर समेत घरभन्दा करिव एक मिटर उत्तरमा निबारोको रुखमा झुण्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेका छन् ।

आमाको हत्या बुबाले नै गराएको हुनसक्ने संका १४ वर्षिय छोरी रचना खतिवडाको बयान आएको प्रहरी प्रमुख घिमिरेको भनाई छ । घटनास्थल सुरक्षित राखिएको छ ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट थप प्रहरी परिचालन गरिएको बताइएको छ ।

इलाममा पछिल्लो समय हत्याका घटना बढ्दै गएका छन् । दुई दिन अघि मात्र इलामको माई नगरपालिकामा समेत जेठाजुले बुहारीको हत्या गरेका थिए ।

झापाको चारआली जंंगलमा जताततै पाइने निगुरोले जंगल आसपासका धेरै परिवारको गुजारा चलाउने स्रोत बन्दै आएको छ ।

अर्गानिक तरकारीका नामले चिनिएको यो जंगली झार शहरी क्षेत्रका कतिपय परिवारको भान्सामा लोकप्रिय तरकारीका रूपमा भित्रिने गरेको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका झापाको चारआलि जंगल दुवागडी चन्द्रगडि रोड मंगलबारे, पथरी, कानेपोखरी भाउन्ने, लक्ष्मीमार्ग, बेलबारीमा दैनिक लाखौं मूल्यको निगुरो विक्री हुने गरेको छ ।

झापाको चारआलि जंगलमा साथै सामुदायिक वन क्षेत्रमा पाइने निगुरो स्थानिय बजार मात्र नभई काठमाडौं उपत्यकासम्म पनि पुग्ने गरेको विगत पाँच वर्ष देखि निगुरो बिक्री गरेर परिवारको गुजारा चलाउँदै आएकी मेचिनगर १२ कि मन्जु लिम्बले बताउनु भयो । नजिकको जंगलबाट दैनिक ५० मुठा निगुरो टिपेर प्रतिमुठा २० रुपैयाँमा बिक्री गर्नुहुन्छ ‘हरेक दिन ५० मुठा निगुरो विक्री गर्न सके १ हजार रुपैयाँ आम्दानी हुन्छ, उहाँले बताउनु भयो ।

‘त्यही आम्दानीले हाम्रो पाँच जना परिवारको गुजारा चल्दै आएको छ ।’ उहाँका अनुसार यहाँको निगुरो धेरैले कोसेलीका रूपमा समेत किनेर लैजाने गरेका छन् । जंगलबाट टिपेर चोकमा ल्याइपुर्‍याए लगत्तै निगुरो विक्री हुुन्छ । बसमा चढ्ने र ओर्लिने यात्रुहरू निगुरोका मुख्य ग्राहक भएको लिम्बुको अनुभव छ । ‘बजार आउनेले कोसेलीका रूपमा निगुरो लैजाने गरेका छन ।

‘बसबाट ओर्लिने यात्रुले घर र छिमेकीका लागि तरकारी भन्दै निगुरो लग्ने गरेका छन् ।’ पछिल्लो समय चारआलि, बिर्तामोड ,बेलबारी, उर्लाबारी, दमक, पथरी, इटहरी र वीराटनगर सम्मका यात्रुहरूले निगुरो किनेर लाने गरेको बेलबारी -११ लक्ष्मीमार्गकी इच्छामाया राईले बताउनु भयो ।


सडकको छेउमा बसेर दिनभरी बेपार त गर्छौ तर कुनबेला ज्यान जान्छ भन्ने डरले सताई रहन्छ , यश ठाउमा स्थानिय सरकारले सामुदाहिक वन सग समन्वय गरेर निश्चित ठाउँमा टहरा निर्माण गरेर सन्चालन गर्दिए लागेको दस्दुर तिरेर बस्ने थियौ भन्दै मनमाया राई गुनासो गर्नुहुन्छ ।

बुद्धशान्ति ढुवानी मजदुर संघको चौथो गाउँ अधिवेशन बिहीबार सम्पन्न भएको छ।

बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमा बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष हेमन्त राजवंशीकाे अध्यक्षता बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै अतिथिहरूमा बुद्धशान्ति वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेती ईलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रविन भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले मजदुरहरूका लागि गाउँपालिकाले बजेट नै छुट्याएर उनीहरूकाे विकास र प्रवर्द्धनमा ध्यान दिने बताउनु भयो ।
बुद्धशान्ति उद्योग वाणिज्य संघकाे सभाहलमा भएकाे कार्यक्रम बुद्धशान्ति मजदुर संघका सम्पुर्ण मजदुरहरूको उपस्थिति रहेको थियाे ।

मजदुर संघकाे आगामी कार्यकालका लागि अध्यक्षमा भवेष राजवंशी चयन भएका छन् भने उपाध्यक्षमा रविन राजवंशी, सचिवमा उवारूजुदिन माेहम्मद, सहसचिवमा अलाउदिन महम्मद, काेषाध्यक्षमा फराउदिन रहमान लगायत ४ सदस्य चयन भएका छन् ।


नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइने गरेको हो । तर यस दिनलाई वि. सं. २०६४ बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरिएको हो ।
वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमको संचालन गाेकुल पाैडेलले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं, ५ स्थित स्वास्थ्य चौकी शान्तिनगरमा विगत एक वर्ष अगाडि सम्म प्रभावकारी रूपमा सन्चालनमा भईरहेको सेवाको गुणस्तर घट्दैगएको र अहिले आएर सेवाको स्तर सुन्य रहेकाले सरोकारवाला स्थानिय जनता राजनैतिक दलका प्रतिनिधिहरूको संयुक्त भेलाबाट संघर्ष समिति गठन गरि बुधबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुजाएको शान्तिनगर स्वास्थ्य चौकी संघर्ष समितिका स्दस्य खड्ग पंद्याक सुब्बाले जानकारी दिनु भयो ।

शान्तिनगर स्वास्थ्य चौकीको दरबन्दि अनुसार पदस्थापन भएका स्वाथ्यकर्मीहरू तोकिएको समय भित्रमा शान्तिनगर स्वाथ्य चौकीमा खटाईनु पर्ने ,स्वाथ्य चौकी शान्तिनगरमा एम्बुलेन्स सेवा व्यवस्पथानका निमित्त आवश्यक प्रकृया बढाउनु पर्ने र आजको मितिले ५ दिन भित्रमा माग पूरा नगरे चरणबद्ध रूपमा आन्दोलनमा उत्रने समेत गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको
छ।

इलामको रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका बनेकाे छ ।
मंगलबार गाउँपालिकामा आयाेजित एक कार्यक्रमकाे बिच गाउँपालिकालाई पुर्ण खाेप घाेषणा सगै बिगतमा उत्कृष्ट कार्य सम्पादन गरेका चारजना स्वास्थ्यकर्मी लाई नगद सहित प्रशंसा पत्रद्वरा सम्मान गरिएकाे हाे ।

यसरी समानित हुनेहरुमा काेल्बुङ स्वास्थ्य केन्द्रका सिनियर अहेव ब्रमलाल यादव,ल्याव असिस्टेन साेनिका खाम्दाक,सन्ध्या राई, र शान्तिपुर स्वास्थ्य चाैकिका सिनियर अहेव निर्मल पाण्डे , रहेका छन् । उनिहरुले गरेकाे कामकाे उच्च मुल्यांकन गर्दै जनहि नगद दश हजार र प्रसंसापत्र प्रदान गरिएकाे थियाे । साथै राेङ गाउँपालिकाकाे स्वास्थमा उल्लेखनिय याेगदान गरे वाफत छिमेकि माई नगरपालिकाका डाक्टर रामकृष्ण आचार्यलाई समेत सम्मान गरिएकाे थियाे ।

जन्मे देखी १५ महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार बिभिन्न १३ वटा रोगको बिरुद्ध नौ वटा खोप लगाइने नियमित राट्रिय अभियान अनुसार दिइने र यदि नियमित खोप अभियानमा कुनैपनि खोप छुटेमा १६ देखी ५९ महिना भित्र खोज र खोप अभियान अन्तरगत खोपकोे सुनिश्चित गरेपछि पूर्ण खोपको घोषणा गर्ने प्रकृया रहेकाे छ ।

रोङ गाउँपालिकाले गत चैत्रमा सबै वडाहरुमा स्वास्थ्य कर्मीहरु, महिला स्वास्थ्य स्वयंसेबिकाहरु जनप्रतिनिधिहरुको समिति निमार्णगरि घर धुरी सर्भेक्षण गरि खोज अभियान संचालन गरि छुटेका बच्चाहरुलाइ बैशाख १५ र बैशाख ३१ गते खोप लगाइएको खोपकार्ड नभएका बच्चाहरुको लागि खोपकार्ड बितरण समेत गरेको थियो ।

खोप लगाइ सकेपछि पालिका स्तरिय खोप समन्वय समितिले प्रतेक वडाको पन्ध्र पन्ध्र घर धुरी सभेक्षण गरि सबै बच्चाहरुले खोप लगाएको एकिन भएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा हुदा रोङको सबै वडाहरु पूर्ण खोप युक्त वडा घोषण भइसकेकोले आगामी असार १९ गते रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका दिगोपना सुनिश्चि हुन लागेको रोङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्ले बताउनु भयो ।

राेङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बाेकाे प्रमुख आतिथ्यता ,स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ अधिकृत युवराज काफ्लेले सन्चालन गरेकाे कार्क्रमकाे उदेश्यमाथि स्वास्थ्य कार्यलय ईलामका खाेप तथा तथ्याङ्क अधिकृत गागाधर पण्डिले कार्क्रमकाे अौचित्य माथि प्रकाश प्रार्नुभएको थियो, कार्यक्रमकाे अध्यक्षता बडा न ३ का अध्यक्ष मात्रिका बरालले गरेका थिए ।

 

वाल मृत्युदर र अपाङता घटाउन नेपालमा २०३४ सालवाट बिस्तारित खोप शुरुआत गरिएको थियो भने बि सं २०२१ सम्म पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको देश बनाउने लक्ष्य अनुसार सोह् हजार भन्दा बढी खोपकेन्द्रहरुवाट नियमित खोप सेवा दिइने गरेको छ । मुलुक संघिय संरचनामा गएपछि स्वास्थ्य सेवामा थप बिकेन्द्रिकृत बनेर निशुल्क स्वास्थ्य सेवा लिनेहरुको संख्या बढीरहेको छ । सेवाको बिस्तारवाट मानव बिकाश सुचकाङ्क बृद्धि भइ सरकारले आवलम्वन गरेको सहस्रबिध बिकाहकाे लक्ष्यमा सघाउ पुगेर बिकाशको गतिमा फड्को मार्ने छ ,जनसांंखिक सभेक्षण २०११ अनुसार करिव ७८ प्रतिसत बच्चाहरुमा पूर्ण खोप पाएका छन् भने ३ प्रतिसतले कुनै खोप नपाएको तथ्याङ रहेको छ।

झापाको बुद्धशान्ति गाउँपालिकामा प्रथम बुद्धशान्ति उपाध्यक्ष तेक्वान्दो प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

जयपुर तेक्वान्दो डोजाङ झापाको आयोजनामा जयपुर तेक्वान्दो डोजाङको हलमा सम्पन्न भएको प्रतियोगितामा झापाका १५ डोजाङ को सहभागिता रहेको थियो।

जयपुर तेक्वान्दो डोजाङका अध्यक्ष चन्द्र प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमूख आतिथ्यता साथै वडा नं २ का वडाअध्यक्ष डिल्ली प्रसाद ओलि समाजसेवि नेत्र गौतम,नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोख्रेल चन्द्र सूर्य युवा क्लब अध्यक्ष मेदनी घिमिरे, खेलकुद विकास समिति बुद्धशान्ति का अध्यक्ष भरत खतिवडा, झापा तेक्वान्दो संघ कार्यकारिणी अध्यक्ष बाबुलाल सुब्बा, वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा प्रतियोगिता निर्णायक जितेन मेचे, जिल्ला तेक्वान्दो कार्यकारिणी समिति पूर्व सदस्य दिपेन मेचे तथा पत्रकारको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता तर्फ टीम पहिलो जयपुर तेक्वान्दो डोजाङ, टीम दोश्रो बुधबारे तेक्वान्दो डोजाङ र टीम तेश्रो झोलुङ्गे तेक्वान्दो डोजाङ भएको थियो भने Best फाइटर केटी तर्फ खुसी गौतम जयपुर डोजाङ र वेस्ट फाइटर केटा तर्फ कुसल राई झोलुङ्गे डोजाङ ले हात पार्न सफल भएको थियो।


प्रतियोगिता तर्फ टीम पहिलो जयपुर तेक्वान्दो डोजाङ, टीम दोश्रो बुधबारे तेक्वान्दो डोजाङ र टीम तेश्रो झोलुङ्गे तेक्वान्दो डोजाङ भएको थियो भने Best फाइटर केटी तर्फ खुसी गौतम जयपुर डोजाङ र वेस्ट फाइटर केटा तर्फ कुसल राई झोलुङ्गे डोजाङ ले हात पार्न सफल भएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नूभयो,आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु समेत आयोजना गरिने जानकारी दिनुभयो। खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन आगामी दिनहरुमा खेलकुदका हरेक क्षेत्रका खेलाडीहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो।