देउमाई महिला कृषक समूह बुद्धशान्ति –१ ले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुद्धशान्ति १ स्थित डाँडागाउँमा संस्थाले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष यामुना रिजालको सभापतित्व, बुद्धशान्ति गाउँपालिका कृषि शाखा प्रमुख अर्जुन पौडेलको प्रमुख आतिथ्यता, गाउँपालिका कृषि प्राविधिक कृष्ण ढुङ्गेलको विशिष्ट आतिथ्यता, वडा नं १ की महिला सदस्य तथा कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मीको विशेष आतिथ्यता, सृजनशील महिला बचत समूहकी अध्यक्ष कमला भट्टराई, पाथीभरा महिला समूह अध्यक्ष गंगा आचार्य, सिरिसे समाजकी प्रतिनिधी दिपा भट्टराई लगायतको आतिथ्यतामा भएको कार्यक्रम संस्थाकी सहसचिव कमला रिजालले संचालन गर्नुभएको थियो ।

तीज विशेष कार्यक्रमको अवसरमा संस्थाले ३ जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा संस्थाका लागि अहोरात्र खटिने सल्लाहकार सदस्य भोलानाथ भट्टराई, उत्कृष्ट नारी सम्मानको रुपमा समाजसेवी कमला राय र कार्यक्रममा देखाइएको नाटकमा उत्कृष्ट अभिनय गरेका बालकलाकार आरभ कोइरालालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उनीहरुलाई खदा, दोसल्ला र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
कृषिशाखा प्रमुख अर्जुन पौडेल, सृजनशील महिला समूहकी अध्यक्ष कमला भट्टराई र कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मीले शुभकामना मन्तव्य राखेको कार्यक्रम भव्यरुमा सम्पन्न भएको थियो ।
२९ जना सदस्य रहेको यस संस्था सामाजिक कार्यमा निक्कै सक्रिय रहेको संस्थाकी अध्यक्ष यमुना रिजालले जानकारी दिनुभयो । 



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विद्यालयको शैक्षिक गतिविधिलाई थप सुदृढ र प्रभावकारी बनाउन समुदायमा आत्मगौरव बढाउँदै फस्टाएको बुद्धअादर्श माद्यमिक विद्यालयलाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ संस्कार सहितको शिक्षा–शिक्षण सिकाइको स्रोतकेन्द्र कसरी बनाउन सकिन्छ ।






कार्यक्रममा संस्थाकी महिला उप समिति संयोजक चन्दा मगरको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ३ की महिला सदस्य लिला परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा ,न्यू पशुपति सहकारीकी सचिव दुर्गा पोख्रेल ढुङ्गेल,संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठ, संस्थाकी, उपाध्यक्ष मिरा भूर्तेल, साकोसका वर्तमान कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष गोविन्द प्रसाद पौडेलको संस्थाका शेयर सदस्य शेयर धनी , संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा गोविन्द पौडेल, मिरा भुर्तेल , दिल कुमार श्रेष्ठले लगायतले शुभकामना मन्तव्य,राख्नु भएको थियो ,। महिला उपसमिति सदस्य विष्णु मैनाली उप्रेतीले स्वागत् मनतव्य, राखेको कार्यक्रममा महिला उपसमिति सदस्य मुना भट्टराईले कार्यक्रमकाे औचित्य प्रकाश पार्नुभएको थियो ।




सामाजिक क्षेत्रमा आफ्नो बेग्लै छाप बनाउँदै आएको बुधबारे जेसीजले विद्यार्थीहरुलाई विज्ञान सम्बन्धि जानकारी दिन भारतको सिलुगुडीमा रहेको साइन्स सिटी विज्ञान सङ्ग्रहालयमा भ्रमण गराएको हो । उक्त सङ्ग्रहालयमा विद्यार्थीहरुले परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य मुख्य नमूना देख्न पाएका थिए । जसबाट विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिन पाएर खुसी भएका थिए ।
जेसीज सप्ताहको शुभारम्भ बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा नेपाल जेसीज बर्ष २०२३ का उपाध्यक्ष सिनेटर अनुप सुनवारको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा पूर्व अध्यक्ष नन्दकुमार याफू राई, मुकेश भट्टराई, महानन्द शिक्षा सदनका प्रिन्सिपल भिम श्रेष्ठ, शिक्षिका सुभद्रा योङ्याङ लगायतले शुभकामना मन्तव्य राख्दै जेसीले समुदायस्तमा यस्ता किसिमका काम गरेकोले खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रम संयोजक अनिल घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जेसीज आस्था पाठ तालिम संयोजक गजुहाङ योङहाङले बाचन गर्नुभएको थियो । कार्यक्रम महासचिव कुशल अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बुधबारे जेसीका उपाध्यक्ष प्रेम गौतम, कोषाध्यक्ष राज पौडेल, सञ्चारकर्मी ज्ञानु भट्टराई, विभिन्न विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।







कार्यक्रममा वीरता लेडी जेसीज, छठ महिला मञ्च लगायत विभिन्न महिला समूहले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोकच बनाइएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीलाई सामुहिक रुपमा दर खुवाइएको थियो ।



शुक्रबार हातेमालो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय औपचारिक कार्यक्रम गरी पुष्पगुच्छा, कदर पत्र सहित खादा ओढाई आचार्यलाई सम्मान साथै उहाँलाई विदाई गरिएको थियो ।
सम्मान तथा बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठले विदाई हुनु भएका कार्यलय सहायक अाचार्यले गर्नुभएको लामो २३ वर्षे सेवा अवधिमा संस्थामा गर्नुभएको योगदानको स्मरण गर्दै सबैले अनुशरण गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नू भयो संस्थाका सहायकको रुपमा अाचार्यले आफ्नो सीप, अनुभव र क्षमताको भरपुर प्रयोग गरी सेवा प्रवाह गर्नुभएको भन्दै यहाँको बाँकी जीवनशैली अझ उच्च बनोस् । समाजमा यहाँद्वारा गरिएका कार्यहरु अनुकरणीय बनुन् साथै व्यक्तिगत जीवन सुखद बनोस् भन्दै शुभकामना दिनुभएको थियो ।



कार्यक्रममा विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका सहकारी तथा संघ संस्थाका शाखा प्रमुख देवेन्द्र कटुवाल, अतिथिहरूमा राष्टिय सहकारी बैक लि. मेचिनगर साखा प्रमुख मुना घिमिरे , संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नवराज कोईराला, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
शनिबार बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथि झापा जिल्ला सहकारी संघ लि. का अध्यक्ष गणेश ढकालले शुभकामना मन्तव्य राख्दै उँहाले भन्नुभयो संस्थाको अार्थिक प्रतिवेदन अद्यययनको अाधारमा ढुक्कले बचत गर्न सकिने भन्दै उहाँले भन्नू, भयो, बुद्धशान्तिको छेत्रमा यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउनु भयो।
उक्त कार्यक्रममा अाफ्ना भनाई राख्दै विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका सहकारी तथा संघ संस्था शाखा प्रमुख देवेन्द्र कटुवालले भन्नू भयो बुद्धशान्ति सहकारी विभागलाई सुझाब दिने भ्यागुत्ताको गतिमा उफ्रदै शिखर चढेको सहकारी संस्था साथै उच्च शिक्षा हासिल गरेका युवा सन्चालकको नेतृत्व तथा स्मार्ट कर्मचारीले भएको यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थामा ढुक्कले करोबार गर्ने सक्ने संस्था भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।









