October 19, 2025

नाबालिकालाई जबरजस्ती करणी गरेको कसुरमा
रोङका आर्यन लाप्चा पक्राउ” परेका छन,
मिति २०८१ साल चैत्र २५ गते बर्ष १२ की नाबालिका ‘ड’ लाई जबरजस्ती करणी गरेको कसुरमा संलग्न अभियुक्तलाई अनुसन्धानको क्रममा मिति २०८१।१२।२७ गते इलाम जिल्ला रोङ गाँउपालिका वडा नं. ०३ भालुझोडा बस्ने वर्ष २० को आर्यन लाप्चालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत इलामबाट दिन १० (दश) म्याद थप गरी इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट अनुसन्धान कार्य भई रहेको ।

नारायणी नदीमा बेपत्ता दिदीभाइ दुवैजनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

पूर्वीनवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा मंगलबार साँझदेखि उनीहरू हराएका थिए ।

१३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निलको शव गोताखोरको टोलीले ३५ फिट र ५० फिट गहिराइबाट आज दिउँसो शव निकालेको एपीएफका डीएसपी शैलेन्द्र थापाले बताए ।

हजुरआमासँगै ब्रिटिसक्याम्प गएका उनीहरूको हजुरआमाको चप्पल नदीमा खसेको र चप्पल खोज्न भन्दै नदीमा हेलिएका थिए । भंगालोमा परेपछि उनीहरू बाहिर निस्कन सकेनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी गरिएको छ। बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ परेका उनलाई विमानमार्फत भैरहवा पुर्‍याइने प्रहरीले जनाएको छ।

हाल लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ। शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टको नेतृत्वमा रहेको टोलीले उनको घरमा पुगेर पक्राउ गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी काण्डमा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यो आदेश दिएको हो।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई उच्च अदालतले बदर गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए। अब उनलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ

बुद्धशान्ति गाउँपालिकामा भूमि समस्या समाधान आयोगको शाखा उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले रिवन काटेर कार्यालय उद्घाटन गरेका छन् ।
अव्यवस्थित बसोवासीलाई धनीपुर्जा वितरण गर्ने बुद्धशान्ति गाउँपालिकाको महाअभियान अन्तर्गत नयाँ बनिएको आयोग जिल्ला कार्यसमितिको कार्य प्रारम्भसंगै बुद्धशान्ति गाउँपालिकाले पनि चाँढै धनीपुर्जा वितरण गर्ने कार्य प्रारम्भ गरेको छ । जस अन्तर्गत आज कार्यालयको उद्घाटन गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष, भुमि समस्या समाधान आयोग झापा जिल्ला अध्यक्ष मदन अधिकारी , प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, वडाध्यक्ष, भुमि समस्या समाधान आयोग जिल्ला सदस्य, जिल्ला प्राविधिकसहित भुमि समस्या समाधान आयोग शाखा प्रमुख र सो शाखाका प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।करिव छ हजार २०० कित्ता नापी भएको बुद्धशान्ति गाउँपालिकाको अव्यवस्थित बसोवासीलाई धनीपुर्जा वितरण गर्ने अभियान तिब्रताका साथ अगाडि बढ्ने निश्चित भएको जनाइएको छ ।

झापाको कनकाई नगरपालिकामा एक महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरी आत्महत्या प्रयास गरेकी छन्।

हिजो साँझ करिब ७:३० बजे कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी नारायण घतानीकी श्रीमती, अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नै पेटमा खुकुरी रोपेको घटना सार्वजनिक भएको छ। आत्महत्या प्रयास गर्नुको कारण अहिलेसम्म खुलेको छैन।

उनलाई घाइते अवस्थामा श्रीमानले देखेपछि तत्कालै उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। हाल उनी सोही अस्पतालमा उपचाररत रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्गा प्रसाईको खोजी कार्य तीब्र पारेको प्रहरीले चैत १५ गतेको राजावादीहरुको राजधानीको हिंसात्मक प्रदर्शनमा संलग्न थप १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाका ६ जना रहेका छन् । १८ जनामध्ये ८ जनामाथि राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अरुलाई आपराधिक उपद्रव कसूरमा म्याद थपिएको छ ।

राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा पक्राउ पर्नेहरुमा झापा कमल ३ का ४६ वर्षीय तारानाथ बोहरा , दमक ७ का ४३ वर्षीय दानबहादुर न्यौपाने , दमक ७ कै ३९ वर्षीय भानुभक्त पौडेल, ३८ वर्षीय उमेश तामाङ र झापा बिर्तामोड २ का ४३ वर्षीय देवीप्रसाद संग्रौला रहेका छन् ।

पक्राउ परेका संग्रौला नागरिक बचाउ महाअभियान केन्द्रीय सचिवालय सदस्य तथा ऋण एशोसिएसनका केन्द्रीय संयोजक हुन् । त्यस्तै आपराधिक उपद्रव कसूरमा बुद्धशान्ति ४ की सीतादेवी राई पनि पक्राउ परेकी छन् ।

यता दुर्गा प्रसाईं झापामै रहेको आशंका गर्दै प्रहरीले सर्च अपरेशन जारी राखेको छ ।

प्रसाईको निवास र सम्भावित क्षेत्रमा केही दिनदेखि सर्च अपरेसन जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

संभावित ठाउँहरुमा खोजी गर्दा प्रसाईलाई अहिलेसम्म फेला पार्न नसकिएको उनले जानकारी दिए ।

इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा इलाम नगरपालिका ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका ६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन् ।

नाबालिकालाई ललाईफकाई धाकधम्की दिई पटक पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय इलाम र अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट चैत १४ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको थियो।

त्यस्तै जबरजस्ती करणी गरेको अभियोगमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन ।

नाबालिकालाई किराना पसलमा सामान किन्न गएको बेला एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी पेल्टिमारीबाट चैत १७ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका नेपाली र विश्वकर्मालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिनुभयो ।

मध्यपश्चिम विश्वविद्यालय जारी स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा नेविसंघले सुरुआती अग्रता लिएको छ ।

२२० मत गणना हुँदा नेविसंघका विवेक खड्काले ९८ मत पाएका छन् । यस्तै अनेरास्ववियुका जगतजंग शाहीले ४६, अखिल क्रान्तिकारीका प्रकाश विकले ३०, स्वतन्त्र उम्मेदवार मिलन विसीले १४ मत पाएका छन् ।

त्यसैगरी सचिवमा पनि नेविसंघका भूपेन्द्र आचार्य १२५ मतका साथ अगाडि छन् ।

अनेरास्ववियुका भूपेन्द्र भण्डारीले २८ मत ल्याउँदा अखिल क्रान्तिकारीका मोहन चौलागाईंले १८ मत पाएका छन् र कोषाध्यक्षमा नेविसंघका लोकप्रसाद रिजालले ८१ मत पाएका छन्

अनेरास्ववियुका विक्रमसिंह मन्दिर ६५ र अखिल क्रान्तिकारीका दिप बहादुर सुनारले २३ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिले राज्यद्वारा गरिएको दमन र शासन व्यवस्थाको विरोधमा हिजो प्रदर्शन गरेको छ।

झुट्टा मुद्दामा पक्राउ परेका राप्रपा नेता तथा अन्य राष्ट्रवादीहरूको रिहाइ, मृतकलाई सहिद घोषणा, घटनाको निष्पक्ष छानबिन, र सरकारको राजीनामालगायत माग राख्दै मसाल जुलुस गरिएको हो।

भद्रपुर नगर समितिको आयोजनामा भएको विरोध सभामा सयौँ राप्रपा नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

शान्तिपूर्ण रूपमा सुरू भएको जुलुस राप्रपा पार्टी कार्यालय जनता चोकबाट सुरु भई भद्रपुर बजार पुगेर कोणसभामा परिणत भएको थियो।

बिरोध जुलुस भद्रपुर बजार पुग्नै लाग्दा प्रहरीले राको खोस्ने प्रयास गरेको थियो भने जुलुस अवरोध गर्न खोजेपछि प्रदर्शनकारीले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए।

भद्रपुर बजारमा सम्पन्न कोणसभालाई भद्रपुर नगर अध्यक्ष राजकुमार राई र राप्रपाका सहमहामन्त्री भरतेन्दु कुमार मल्लिकले सम्बोधन गरेका थिए।

मल्लिकले भ्रष्ट र अक्षम सरकारविरुद्ध राप्रपाले निरन्तर आन्दोलन गर्ने र व्यवस्थाको परिवर्तन राप्रपाकै नेतृत्वमा हुने दाबी गरे।

नगर अध्यक्ष राईले सदनदेखि सडकसम्म राप्रपा नै एकमात्र प्रतिपक्षी दल रहेको दाबी गर्दै, देशलाई यो संकटबाट पार लगाउन तथा हिन्दू राष्ट्रसहित राजसंस्था पुनःस्थापना गर्न शान्तिपूर्ण संघर्ष जारी राख्ने बताए।

उनले सरकारको समर्थनमा काम गर्ने प्रहरी प्रशासनलाई चुनौती दिँदै उपस्थित सम्पूर्ण राप्रपा कार्यकर्तालाई पक्राउ गर्न हिम्मत भए प्रयास गर्न भने।

गत चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमा राप्रपाका महामन्त्री धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पक्राउ परेका थिए।

उनीहरूको रिहाइको मागसहित राप्रपाले देशव्यापी आन्दोलन गरिरहेको छ भने आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए।

ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

आज साँझ ५.०७ बजे इलाम नगरपालिका- १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे. १ ज २६ ४५ नम्बरको बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

बोलेरोमा सवारमध्ये पाँचजना यात्रु घाइते भई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक सञ्जीव बोगटीले बताए ।

दुर्घटना भएको भन्ने खबर अस्थायी प्रहरी बिट नेपालटारमा प्राप्त हुनसाथ ३ जना प्रहरी टोली खटिएको र बोलेरो चालक पाँचथर फिदिम नगरपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय विक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते हुनेहरू १) ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मङ्गलवीर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
२) ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
३) ताप्लेजुङ फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू (टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
४) झापा अर्जुनधारा –७ बस्ने १७ वर्षीया समीक्षा खड्का ( टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
५) पाँचथर कुम्मायक – ५ बस्ने अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू ( बायाँ आँखामाथि चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको)