रसुवाको भोटेकोशीमा फेरि एक्कासी पानीको सतह बढेको छ । बाढी आएसँगै प्रशासनले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरेको छ । रसुवा आसपास पानी परेको छैन । भोटेकोशीमा के कारणले बाढी आयो भन्ने यकिन नभएको प्रशासनले जनाएको छ । बाढीबाट क्षति हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनको दावी छ । अहिलेसम्म बाढीले कुनै क्षति पुर्याएको छैन । यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढी धादिङ खण्डसम्म पुगेको बताइएको छ । नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताईएको छ ।
इलाम, साउन १० गते । किरात समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले इलाम नगरपालिका–५, बरबोटेमा किरात पार्क उद्घाटन गरिएको छ ।
७७ वर्षीया वृद्धा सन्चरानी लिम्बूले पार्कको उद्घाटन गर्नुभएको हो ।
स्थानीयले श्रमदानबाट करिब साढे तीन लाख रुपियाँको लागतमा निर्माण गरेको पार्कमा लिम्बू संस्कृतिलाई झल्काउने च्याब्रुङ बोकेको व्यक्तिको प्रतिमा राखिएको छ ।
केलाङसहितको प्रतिमा पनि स्थानीय कलाकार तीर्थ जबेगूले श्रमदानबाटै निर्माण गर्नुभएको हो ।
उद्घाटनका अवसरमा पार्क निर्माण गर्न जग्गा प्रदान गर्ने एक जना जग्गा दाता र प्रतिमा निर्माण गर्नै कलाकार तीर्थ जबेगूलाई सम्मान गरिएको थियो ।
उद्घाटनका अवसरमा च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो ।
इलामको राेङ गाउँपालिका वडा नं ६ मा रहेकाे एक स्वास्थ्य संस्थालाई एक बिदेशि संस्थावाट अढाईलाख बराबरकाे सहयाेग हस्तानतरण गरिएकाे छ । राेङ ६ मा रहेकाे रम्भ्याङ आभारतुत स्वास्थ्य ईकाईलाई भाैतिक पुर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख बरावरकाे सहयाेग एक कार्यक्रम बिच हस्तानतरण गरिएकाे हाे।
नमुना बिकास केन्द्रकाे ब्यवस्थापनमा spendedirekt स्पेन्ड डिरिक नामक बिदेशी सस्थावाट स्वास्थ्य सस्थामा आवश्यक पर्ने आधारभुत सामाग्रीहरु साथै स्वास्थ्य केन्द्र काे भवनमा,सिलिङ पाटिसन लगायतकाे काम गरेर सहयाेग गरिदिएकाे हाे ।
राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णु माया खवासकाे विशेष आतिथ्यतामा भएकाे सहयाेग हस्तानतरण कार्यक्रमा वाेल्दै अध्यक्ष स्याङ्वाेले गाउपालिकाले पालिकाे चाैतर्फि अभावका कुराहरु देखेपनि सिमित साधन र श्राेतकाे कारण पूरा गर्न नसकेकाे अवस्थामा यस्ता सहयाेगले पालिकालाई सहयाेग पुगेकाे वताउनु भयो ।
राेङ गाउपालिकाकाे स्वास्थ सस्थाहरुमध्ये सेवाग्राहिहरुकाे निकै चाप रहने रम्भ्याङ आधारभुत ईकाईकाे बिकासमा गाउपालिका लागिरहने भन्दै सहयाेगि र सहजिकरण गर्ने सबैमा गाउपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताउनु भयो ।
अभावै अभावमा रहेकाे स्वास्थ्य सस्थामा दाताकाे सहयाेगले काममा सहजहुने स्वास्थ्य शाखा प्रमुख दिपक खतिवडाले बताउनु भयो ।
दाताहरुवाट प्राप्त सहयाेगबाट स्थानिय नागरिक र सेवाग्राहिहरुलाई अधिक लाभ मिलाेस भनेर दुर्गम काे स्वास्थ्य सुधारमा सहयाेगि हुने बिश्वासले सहयाेग गरिएकाे दाता सहजकर्ता एव नमुना बिकास केन्द्रका काेषाध्यक्ष रुद्र प्रधानकाे बताउनु हुन्छ ।
कैलालीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न गइरहेकी थिइन् ।
त्यही बेलामा रुख ढलेर उनलाई लागेको प्रहरीले जनाएको छ ।
इलाम, श्रावण ६ – एच।के।आर। इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते, मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ।समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हाँस्यसहितको गहिरो सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ।
इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली, र जीवनशैलीलाई नजिकबाट चित्रण गरिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बसोबास गर्ने नेपालीको कथासमेत समेटेर समग्र नेपाली समाजको जीवनशैली उजागर गर्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ।
टेलिफिल्मका निर्देशक तथा कथाकार हिकस राईका अनुसार, यसमा हाँस्य र भावनात्मक दुवै पक्ष समेटिएको छ। “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन्,” निर्देशक राईले बताए।
टेलिफिल्ममा इलामे युवा पत्रकार बिक्रम सुन्दासले मोहनलाल पात्रको भूमिका निर्वाह गरेका छन्।
त्यस्तै, मोडल मुकेश गुरुङले चुलबुले, साहिल कार्कीले भैरे, विपना लेप्चाले आमा, हेम गेशाले देशी कान्छा, निकिता राईले चाँचरी, कुलमित लेप्चाले ठुली, प्रमोद शुब्बाले सालो, सुचन सम्पाङ राईले छोरा र निर्देशक हिकस राईले विदेशी पात्रको भूमिकामा अभिनय गरेका छन्।टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ एच।के।आर। इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
दर्शकले माया र साथ दिनेमा टिम विश्वस्त रहेको पत्रकार बिक्रम सुन्दासले बताए।
इलामको सूर्योदय नगरपालिका–६ स्थित तारगाउँको उत्तरे टोलका युवाहरूले “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै गाउँको समग्र विकासमा प्रेरणादायी योगदान पुर्याएका छन्।सडक मर्मत, सरसफाइ अभियान, खानेपानी स्रोत संरक्षण, विद्यालय सुधारलगायत विभिन्न कार्यमा उनीहरूको सक्रिय सहभागिता देखिएको छ।
सामूहिक श्रमदानमार्फत कच्ची सडक मर्मत, रूखरोपण, वातावरण संरक्षणजस्ता गतिविधिमा समय, श्रम र सीप लगाएर युवाहरूले उदाहरणीय कार्य गरेका छन्।यस्ता प्रयासहरूले गाउँको भौतिक पूर्वाधार सुधारसँगै सामाजिक एकता, समन्वय र नेतृत्व क्षमताको विकासमा पनि सकारात्मक प्रभाव पारेको छ।
उक्त अभियानले युवाहरूलाई जिम्मेवार नागरिकका रूपमा अघि बढाएको छ भने अन्य समुदायका लागि प्रेरणाको स्रोतसमेत बनिरहेको छ।
इलामको रोङ गाउँपालिकाले उत्पादन गरेको वस्तुलाइ रोङ ब्राण्ड गरी बजारमा ल्याएसगै देश बिदेशमा रोङको चिनारी हुन थालेको छ ।रोङ गाउँपालिकाले रोङकै भुमिमा पाईने र यहाँकै किसानले मेहनत गरेर उत्पादन गरेको कृषि उपजको प्रसोधन गरेका बस्तुमा तालिम अनुदान र सहयोग गरेर रोङ ब्रान्ड गरी बजारमा ल्याएको हो ।यी बस्तु बजारमा आएपछि यी बस्तु देश बिदेशमा पुग्दा उपभोक्तामा रोङ के हो कहाँ छ , जस्ता खुल्दुली बढेको र यसको वारेमा अरु देशमा पनि चर्चा हुन थालेको कुवेतमा रहनु भएकी मुना पौडेलले बताउनु भयो ।स्थानीय स्तरका उत्पादन प्रसोधनबाट स्वरोजगार,रोजगार ,बजारीकरण सगै रोङको पहिचान हुदा यहाको कृषि पर्यटनमा सहयोगी हुने र स्थानीयको आयस्तरमा बृद्धिहुने अपेक्षा गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।देश नै उत्पादनमुखी भन्दा वितरणमुखी भईरहदा रोङबाट बेसार,सिस्नु,गुन्दुक,करेलाको सुकुटी,मह,पानी,अचार लगायतका वस्तु उत्पादन ब्राण्डिङ भएर बजारमा आउन थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ।
रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ताको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता ‘दादागिरी प्रवृत्ति’ को घोर भत्सर्ना गरेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक–४ स्थित क्याम्पस मोड अगाडि रास्वपा दमक नगर समितिको आयोजनामा नगर सभापति तिर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला घटना भएको थियो।
सोही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक राईले आएर माइक खोसेर तोडफोड गरेका थिए।
उनको ‘दादागिरी र गुन्डागर्दी’ शैलीमा माइक फुटाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसको धेरैले आलोचना गरेका छन्।
कार्यवाहक सभापति पाठकले स्थानीय प्रहरीलाई जानकारी गराएरै दमक नगरमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको बताएका छन्।
उनले चालु रहेको माइक खोसेर भाँचिदिनुलाई ‘सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको’ भन्दै प्रश्न गरेका छन्।
पाठकले विज्ञप्तिमा लेखेका छन्, “प्रधानमन्त्रीले आफूलाई एउटा दलको मात्र ठान्ने, आफू हिँडेको बाटोमा अरु नहिँडून्, आफू उभिएको भूमिमा अरुले गतिविधि नगरुन् भन्ने तानाशाही चरित्र आफैँले संघर्ष गरेर हासिल गरेको भनिएको लोकतन्त्रको विरुद्ध मात्र छैन, सुरक्षा सबैका लागि हो भन्ने समान कानुनी अधिकारको खिल्ली उडाएको छ।
यसरी सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध जो कोहीबाट हुने यी र यस्ता गतिविधि कदापी सह्य हुने छैन।”
प्रहरी निरीक्षक राईमाथि यसअघि पनि ‘दादागिरी’ देखाउँदै आएको आरोप छ।
गत माघमा दमक–६ स्थित आकाशे पुलनजिक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक) को नेतृत्वमा बन्दकर्ताहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा राईको उक्साहटमा उनीहरू आन्दोलित भएका थिए।
इलाममा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष सिकिस्त भएका छन् । सर्पलडसेर चुलाचुली गाउँपालिका १ तीनतले बस्ने चित्रबहादुर राईकी छोरी १३ वर्षीया प्रिया राईको मृत्यु भएको हो ।
आफ्नै घरको कोठामा सुतिरहेको बेला उनलाई बिषालु सर्पले टोकेको थियो । बालिकाको हातमा सर्पले डसेकोे डाम देखिएपछि दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश केन्द्रमा लगिएको थियो ।
सर्पदंश उपचार केन्द्र दमकमा उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी चुलाचुली १ कमलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।