February 17, 2026

मेरो भ्वाइस युनिभर्स सिजन -२ को फाइनलमा पुग्न सफल झापा बुद्धशान्तिका प्रशान्त पोख्रेल सहित फाइनालिस्टहरु ग्राण्ड फिनालेका निम्ति आज प्रस्तुत हुँदै छन् ।

राजधानी काठमाडौमा हुने ग्राण्ड फिनाले बाट आजै बेलुका विजेता घोषणा गरिने छ।त्यसै अवसरमा आज दिनको ४ बजे बाट बुद्धशान्ति -१ पहाडी चोक ( बिच चोक ) स्थित रोयल रत्न होटल अगाडि प्रोजेक्टर मार्फत ग्राण्ड फिनालेको लाइभ देखाइने भएको छ। साथमा स्थानीय कलाकारहरु सहितको बेजोड सांगितिक प्रस्तुति समेत रहने भएको बताइएको छ। बुद्धशान्ति तथा आसपासका सम्पुर्ण महानुभावहरु लाई एकै स्थानमा उपस्थिति भई  प्रशान्त जिताउन अभियान अन्तर्गत सामुहिक भोट समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रशान्तलाई अहिले यस प्रतियोगिताको फाइनल जित्न भोटको खाँचो भएको र अझै केही समय रहेकाले उनलाई भोट गरी विजयी बनाइदिन प्रशान्त जिताउन अभियाका संयोजक मदन प्रसाईंले सम्पूर्णमा अनुरोध गर्दै बेलुकाको कार्यक्रममा उपस्थित भईदिन सम्पूर्णमा आग्रह गरेका छन् ।

२०८२ को जेठ अन्तिममा निर्माणकै चरणमा भाँचिएको हेवाँ खोला मोडुर ब्रिज निर्माणको काम पुरा भएको छ । बुधवार अपरान्हबाट हेवाँ खोलामा सवारी वारपार हुन थालेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा पुलको उद्घाटन गरे । जेठको ३१ गते अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो । पुलमा काम गर्दै गरेका तीन जनाको ज्यान गयो ।

बारा जिल्लाका २२ वर्षीय रुपलाल चौधरी, सोही ठाउँका २७ वर्षीय राजन राय र २२ वर्षीय राकेश राय थारुको ज्यान गएको हो । साँझ भएको दुर्घटनापछि प्राथमिक उपचार जिल्ला अस्पताल पाँचथरमा गरियो । थप उपचारका लागि विराटनगरमा रहेका बेला उनीहरुको ज्यान गउको थियो ।

अरु तीन जना घाईते अहिले पनि पुर्ण निको भईसका छैनन् । मृतकका परिवारलाई बिमा कम्पनी, निर्माण ब्यवसायीले राहत रकम सहयोग गरे । त्यसबाहेक नेपाल सरकारको तर्फबाट प्रति व्यक्ति थप १ लाख सहयोग गर्ने घोषणा गरिएको छ ।

तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाका बेला समेत आईनपुगका सरकारका प्रतिनिधि पुलको उद्घाटनका लागि भने टुप्लुक्क देखिए । गाडीको लावालस्करसहित मन्त्री दाहाल दिउँसो पुल भएको स्थानमा आइपुगेका हुन्।

उद्घाटन भाषणका क्रममा मन्त्री दाहालले १ लाख रुपैयाँ मृतकका परिवारलाई प्रदान गर्ने उधारो रकम घोषणा गर्न भ्याए । उनले भने, घोणा भएको छ, परिवारले पाउँछन् । २०८१ असोजमा आएको बाढीले त्यस अघि बनाईएको बेलि ब्रिज बगाएपछि एक वर्ष खोलामा अस्थायी डाईभर्सन निर्माण गरेर सवारी वारपार भईरहेका थिए ।

भारत सरकारको सहयोगमा पुल निर्माण भएको हो । नेपाल सरकारलाई प्रदान गरिएका १० पुलमध्ये हेवाँको पुल पनि हो । यो मोडुल प्रविधिमा डवल स्पामको नेपालमा सबैभन्दा लामो पुल हो । ७० मिटर पुलमा ३० टन क्षमताका गाडी मात्रै पार हुन सक्छन् । भारत सरकारले गरेको सहयोग सदुपयोग भएको प्रति राजदुत श्रीवास्तवले धन्यबाद दिए ।

पुलको क्षमता र मेची राजमार्गको यो खण्डमा सञ्चालन हुने सवारीको अवस्थालाई विश्लेषण गरेर क्षमता भन्दा बढी तौल भएका गाडीको ब्यवस्थापन भने दीर्घकालिन चुनौति बनेको छ । नागरिक न्युजबाट

झापाकाे बुद्वशान्ति गाउँपालिका-४ मा भारतीय नम्बर प्लेटकाे स्कर्पियाेले विपरीत दिशातर्फ जाँदै गरेकाे प्र.१-०१-०१६ प.३६६१ नम्बरको माेटरसाइकललाई ठक्कर दियाे । बिआर ५५८५०० नम्बरकाे स्कर्पियाेकाे ठक्करबाट बुद्धशान्ति -१ बस्ने ४६ बर्षका ठाकुर अधिकारी गम्भीर घाइते भए । तत्काल उनलाई बिर्तामाेडकाे एक अस्पतालमा उपचारका लागि लगियाे । उनकाे उपचारकै क्रममा साेही दिन ६ बजेतिर मृत्यु भयाे । स्कर्पियाे चालक राैतहटकाे बृन्दावन नगरपालिका-२ का प्रमाेद पटेल थिए । उनलाई दुर्घटना लगत्तै प्रहरीले नियन्त्रणमा लियाे ।

नेपाली नागरिकले अर्काे देशकाे सवारीसाधन चलाएकाे समयमा दुर्घटना भएकाे अवस्थामा बीमा सम्बन्धी व्यवस्था आकर्षित हुँदैन । चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नियम पनि झापामा उल्लंघन भइरहेका छन् । प्रचलित ट्राफिक ऐन अनुसार, नेपाली नागरिकले भारतीय नम्बर प्लेटको गाडी चलाउन चाहेमा अनिवार्य रूपमा भारतीय ड्राइभिङ लाइसेन्स हुनु आवश्यक हुन्छ । तर केही नेपालीले भारतीय लाइसेन्स वा बिना लाइसेन्स नै भारतीय गाडी चलाउने गरेको पाइएको छ । नेपालको कानुन अनुसार, भारतीय नम्बर प्लेटका गाडीहरू भन्सार शुल्क तिरेर नेपालमा १५ दिनसम्म मात्र राख्न पाइन्छ । सो अवधिपछि थप समय आवश्यक भएमा सम्बन्धित भन्सार कार्यालयमा शुल्क तिरेर अनुमति लिएर अधिकतम ६ महिना सम्म नेपालमा राख्न सकिन्छ । तर, झापामा यस्तो नियमको पालना हुन छोडेको देखिन्छ ।

झापामा धेरै स्थानीयले भारतीय नम्बर प्लेट भएका सवारी साधन प्रयोग गरिरहेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार, केही महिना यता दैनिकजसो दर्जनौं भारतीय नम्बर प्लेटका गाडीहरू यहाँ सहज रूपमा आवतजावत गरिरहेका छन् । तर, त्यस्ता गाडीहरूको अनुगमन र नियन्त्रणमा सरोकारवाला निकाय निष्क्रिय देखिएको छ ।

स्थानीयवासीले चेकजाँच हुँदै गरेको स्थानमा भारतीय सवारीलाई प्रहरीले देखेको नदेखेई गर्ने गरेको आरोप लगाउँछन् । ट्राफिक प्रहरीसँगको सेटिङमा भारतीय सवारीसाधन नेपालमा प्रयोग हुने क्रम बढेको आरोप उनीहरुको छ ।

स्थानीय र सर्वसाधारणले यस्तो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सडकमा ट्राफिकको उपस्थिति कमजोर भएको र अवैध सवारी साधन व्यवस्थापनमा गम्भीर बेवास्ता भएको आरोप लगाएका छन् ।

स्थानीयवासीहरू भने तत्काल निरीक्षण, अनुगमन र कडाइको माग गर्दै छन्। यदि प्रशासनले यथाशीघ्र ध्यान नदिए, विदेशी सवारीको अव्यवस्थित सञ्चालनले दुर्घटना, कर छली, र सीमा सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । झापामा ट्राफिक प्रहरीले मासिक रकम असुलेर भारतिय नम्बरका सवारीलाई खुलमखुल्ला कुद्न दिने गरेको समाचार यस अघिनै इखरिपाटीमा प्रकाशित भई सकेको  थियो ।


राेङ ६ मा रहेकाे सरस्वती माध्यामिक बिध्यालयका वालवालिकाहरु वाट “सरस्वती बाल ससार ” भित्तेपत्रिका प्रकाशन गरेका छन् ।

विध्यालयमा गठित सरस्वती वालक्वलकाे सक्रियतामा सरस्वती बाल ससार नामाकरणगरि प्रकाशन गरिएकाे त्रैमासिक बाल पत्रिकाकाे आज एक कार्यक्रमकाे गरि बिध्यालयका प्रधानाध्यापक गाेविन्द पाैडेल र सरस्वती वालक्लवका अध्यक्ष स्पर्श प्रधानले सयुक्त रुपमा लाेकार्पण गरेका थिए ।वालययययवालिमाहरुमा रहेकाे सृजनशिल प्रतिभाहरुलाई लेखनकाे माध्यामवाट प्रकाशन गरि वालवालिकाहरुकाे लेखन सिपकाे बिकाश गर्दै साहित्य कलामा विकास गर्दै थप उर्जाशिल वनाउन उनिहरुकै सकृयतामा भित्ते पत्रिकाकाे प्रकाशन थालिएकाे वालक्लवका सरक्षक शिक्षक सन्ताेष भण्डारीले वताए ।

छाेटा कथा,कविता,चुटकिला,गित ,गजल,चित्र जस्ता बिधाहरु समेटिदै अहिले शुरुआति चरणमा त्रैमासिक रुपमा प्रकाशन गरिने वालपत्रिकालाई आगामि दिनमा मासिक रुपमा प्रकाशनकाे लक्ष राखेकाे सरस्वती वालक्लवका सचिव आकृति सुबेदिले बताए ।

खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ ।अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन ९४० केजी० रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए ।

“यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य रु एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन रु एक लाख सात हजार पुगेको थियो ।

२०६७ सालमा प्रतिमन अलैँची रु एक लाख २० हजारसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन ।

भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको उहाँको भनाइ छ । अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन् ।

किसानबाट यतिबेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मङ्सिर–पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् । एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम रु २० हजारसम्म लगानी गरेका हुन्छन्,” महासङ्घका कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, “आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।”

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।

कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१–८२ मा काँकडभिट्टा नाका भएर रु सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।समाज प्रेस

झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

ईलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो (बीआर ५५८५००) र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल (प्र.१–०१–०१६ प. ३६६१) बीच मेचि राजमार्गमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका बुद्धशान्ति–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसीअस्पताल लगिएको थियो।

तर, उपचारको क्रममा साँझ ५:४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो । पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो ।

उनले भने, “पार्वो भाइरसविरुद्धको खोप दिने कार्यसँगै कुकुर निकै कमजोर देखिएकाले स्लाइनपानी (ग्लुकोज) चढाएर उपचार सुरु गरेका छौँ ।”

उनका अनुसार छ महिनादेखि दुई वर्ष उमेर समूहका कुकुरलाई यस भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिने गर्दछ । बाह्य क्षेत्रबाट कुकुरका छाउराछाउरी ल्याउने लैजाने क्रममा पार्वो भाइरस सङ्क्रमण हुने उच्च सम्भावना रहने जनाइएको छ

पार्वो भारइरस सङ्क्रमण भएको कुकुरको सम्पर्कमा रहेका अन्य कुकुरलाई पनि यो भाइरस सर्ने प्रवल सम्भावना रहन्छ, त्यही भएर सम्पर्कमा रहेका कुकुरलाई भाइरस सङ्क्रमण भए/नभएकोबारे अनुसन्धान गरिरहेका छौँ”, पशु चिकित्सक पाण्डेयले भने । गर्मीका बेला यस भाइरसको सङ्क्रमण कुकुरमा बढी देखिने गरेको छ ।

पार्वो भाइरसको सङ्क्रमण स्थानीय जातका कुकुरमा थोरैमात्र हुने भए पनि घरमै पालिने ‘एक्जोटिक ब्रीड’हरू (बाह्य देशबाट ल्याइने विशेष प्रजातिका कुकुर) मा बढी देखापर्ने गरेको छ ।

पार्वो सङ्क्रमण भएका कुकुरमा रगतसहितको पातलो दिसा हुने, वाकवाकी लाग्ने, कुकुर चिसो भएको ठाउँ, झाडीमा बस्न रुचाउने, दिसा गन्हाउने, खानापानीमा रुचि नराख्नेलगायत लक्षण देखापर्ने गर्दछन् । यस्तो लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि पशु चिकित्सालयमा लैजानु पर्दछ, तुरुन्त उपचार प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ, यो भाइरस सङ्क्रमण भएका कुकुर मर्ने दर उच्च रहने गर्दछ ।

यस भाइरसबारे सर्वसाधारणलाई जानकारी नभएकाले जनचेतनामार्फत जानकारी दिनुपर्ने हुन्छ”, चिकित्सक पाण्डेयले भने ।
शुक्लाफाँटा नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार यो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले पालकले समयमै खोप लगाइदिएमा कुकुरको ज्यान बचाउन सकिन्छ ।

कुकुरलाई सङ्क्रमण हुन नदिनका लागि जन्मिएको छ देखि आठ हप्ताको कुकुरका छाउराछाउरीलाई पार्वो भाइरसविरुद्धको नियमित खोप लगाउनुपर्ने हुन्छ । मौसममा आएको परिवर्तनका कारण रोगको सङ्क्रमण देखापरेको हो ।

रौतहटको देवाहीगोनाही नगरपालिकामा कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको मेलाको उद्घाटनलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार देवाहीगोनाही–९ धरहरीटोलस्थित ऐतिहासिक कृष्ण मन्दिर प्राङ्गणमा लाग्ने वार्षिक श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर बिहीबार दिउँसो विवाद उत्पन्न भएको थियो।

झडप कसरी भयो ?

स्थानीय स्तरमा लामो समयदेखि लाग्दै आएको कृष्ण जन्माष्टमी मेलाको उद्घाटन यसपटक कसरी गर्ने भन्ने विषय विवादको मूल कारण बनेको प्रहरीको भनाइ छ। नगरप्रमुख कानु पक्षले रिबन काटेर औपचारिक उद्घाटन गर्नुपर्ने अडान लिएको थियो भने अर्को पक्षले “मेला समुदायकै हो, त्यसलाई कुनै औपचारिक उद्घाटन नगरी परम्परागत ढंगले सञ्चालन गर्नुपर्छ” भन्ने अडान राखेको थियो।

दुवै पक्षबीच दिनभर वाकयुद्ध चले पनि दिउँसो मन्दिर परिसरमै विवाद चर्किँदै गएपछि स्थिति नियन्त्रण बाहिर पुगेको डीएसपी कार्कीले जानकारी दिनुभयो। विवाद मौखिक कटाक्षबाट सुरू भई धक्का–मुक्की हुँदै झडपमा परिणत भएको थियो।

पाँचजना घाइते झडपका क्रममा नगरप्रमुख साह कानुको टाउकोमा गहिरो चोट लागेर १७ वटा टाँका लगाउनुपरेको छ। त्यस्तै, प्रहरी वरिष्ठ हवलदार जगदीशराय यादव र धनसुन्दर ठाकुर पनि घाइते भएका छन्। यादवको टाउकोमा पाँचवटा र ठाकुरको टाउकोमा चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी स्थानीय रामविकाश साह र श्यामविनय साह घाइते भएका छन्। सबै घाइतेलाई प्रारम्भिक उपचारपछि गरुडास्थित बेटर नेपाल अस्पतालमा भर्ना गरिएको छ।

तीन जना पक्राउ प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा देवाहीगोनाही–९ का अन्दाजी ३५ वर्षीय राधामोहन साह, सोही उमेर समूहका विनोद साह र अन्दाजी २१–वर्षीय रीतिक साह रहेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय अवस्था झडपपछि केही समय मन्दिर क्षेत्र तनावग्रस्त बनेको थियो। तर प्रहरीको तत्काल हस्तक्षेपपछि स्थिति सामान्य भएको छ। अहिले मेला सञ्चालन भइरहे पनि सुरक्षालाई कडा पारिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। मन्दिर परिसर र आसपासमा अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ।

स्थानीय समाजसेवीहरूले मेलालाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न दुवै पक्षलाई अपिल गरेका छन्। “यो धार्मिक र सांस्कृतिक उत्सव हो, यसलाई राजनीतिक वा व्यक्तिगत विवादसँग जोड्नु अनुचित हुन्छ,” एक स्थानीय अगुवाले भने।

मेलाको महत्व देवहीगोनाही–९ स्थित कृष्ण मन्दिरमा वर्षेनी हजारौँ भक्तजन कृष्ण जन्माष्टमीको अवसरमा भेला हुने गरेका छन्। धार्मिक मेलासँगै व्यापार, साँस्कृतिक कार्यक्रम र सामाजिक भेटघाटका कारण यसलाई ठूलो पर्वको रूपमा लिइन्छ। यसपटक पनि विभिन्न सांस्कृतिक प्रस्तुति, भजन–कीर्तन र धार्मिक अनुष्ठान गर्ने तयारी गरिएको थियो। तर उद्घाटनको तरिका विषयमा विवाद हुँदा यसले अप्रिय मोड लिएको हो।

प्रहरीले घटनापछि स्थिति नियन्त्रणमा लिई मेलालाई निर्विघ्न सञ्चालन गर्न आवश्यक व्यवस्था गरेको जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।
स्थानीय तहमा यस्ता विवाद दोहोरिन नदिनेगरी मेलाको व्यवस्थापन गर्न सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरिएको छ।,समाचार पुर्ब खबर डटकम बाट

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको स्मरणमा आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा एवं भक्ति पूर्वक मनाइँदै छ।

पौराणिक कथनअनुसार अत्याचार, अन्याय र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ।

कंशको कारागारमा वासुदेव र देवकीको आठौँ गर्भबाट जन्मिएका श्रीकृष्णको जन्मबेला सेनाको कडा सुरक्षा हुँदाहुँदै पनि विष्णुको मोहिनी शक्तिका कारण सबै सैनिक गहिरो निद्रामा परेका थिए।

त्यसै अवसरमा आकाशवाणीमार्फत वासुदेवलाई नवजात कृष्णलाई वृन्दावनस्थित मित्र नन्दको घरमा पुर्‍याउन निर्देशन भएको धार्मिक विश्वास छ। यही कारण यो रातलाई ‘मोहरात्रि’ पनि भनिन्छ।

बाल्यकालदेखि नै लीला र वीरताका प्रतीक बनेका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेका थिए। मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी र वासुदेवलाई मुक्त गराएका उनी सत्कर्म, सत्य र धर्मका पक्षधरका रूपमा जीवनभर उदाहरणीय रहे।

महाभारतकालीन धर्मयुद्धमा पाँच पाण्डवमध्ये अर्जुनका सारथी बनेका श्रीकृष्णले युद्धभूमिमा सत्य र धर्मको पक्षमा लड्न प्रेरित गरेका थिए। यही क्रममा उनले अर्जुनलाई दिएको उपदेश नै पवित्र ग्रन्थ ‘श्रीमद्भगवत् गीता’ हो। गीतामा उनले भनेका छन्-

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।”

अर्थात्, जब जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, तब तब म धर्मको रक्षा गर्न पृथ्वीमा अवतरित हुन्छु।

श्रीकृष्णको जीवन न्याय र धर्मका लागि विनाश र युद्धको प्रतीक मात्र नभई शान्ति, प्रेम र मानवताको प्रतीक पनि हो। गोविन्द, कान्हा, मुरलीमनोहर, माखनचोर, श्यामसुन्दर लगायतका नामले पुकारिने कृष्ण आज पनि जगतका घटनाको मूल सर्जकका रूपमा पूजनीय छन्।

गायन रियालिटी शो ‘मेरो भोइस युनिभर्स सिजन २’ का लोकप्रिय प्रतिस्पर्धी तथा झापा–बुद्धशान्ति निवासी प्रशान्त पोखरेल भोलि गृह जिल्ला फर्कँदै छन्। यो जानकारी उनको परिवारले सार्वजनिक गरेको हो

प्रशान्त भोलि बिहान ९ः३० बजेको विमानमार्फत भद्रपुर आइपुग्ने र त्यहाँबाट बुद्धशान्ति जाने कार्यक्रम रहेको छ। प्रतियोगितामा सहभागी भएपछि उनी केही समयदेखि काठमाडौंमा बस्दै आएका थिए।

अभियानका मुख्य संयोजक मदन प्रसाईका अनुसार, प्रशान्तको आगमनसँगै झापाका विभिन्न स्थानमा उनको सांगीतिक प्रस्तुति हुनेछ। उनले स्वागत कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गरेका छन्।

भद्रपुर विमानस्थलमा भोलि बिहान ११ बजे विशेष स्वागत कार्यक्रम हुनेछ भने दिउँसो १ बजे बुधबारेस्थित बुद्धआदर्श माविमा ‘प्रशान्त जिताऊ अभियान’ सम्बन्धी पत्रकार सम्मेलन हुने सचिव धरणी पोखरेलले  बताउनु भयो ।