October 19, 2025

इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४० करोड ३ लाख १७ हजार २२० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १७औं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले आगामी वर्षका लागि प्रस्तावित बजेट सभामा प्रस्तुत गर्नु भएको थियो ।कुल विनियोजनमध्ये १ अर्ब ८ करोड ३ लाख १७ हजार ३२० रुपैयाँ स्थानीय सञ्चित कोषबाट खर्च गरिनेछ भने बाँकी ३२ करोड रुपैयाँ संघीय सरकारअन्तर्गत अन्तरसरकारी वित्तीय व्यवस्थाबाट प्राप्त हुने उल्लेख गरिएको छ।

प्रस्तावित बजेटअनुसार, ६८ करोड ३१ लाख ३७ हजार २२० रुपैयाँ चालू खर्चतर्फ छुट्याइएको छ। त्यस्तै, ३९ करोड ७१ लाख ८० हजार रुपैयाँ पूँजीगत योजनाहरूमा लगानी गरिने योजना रहेको छ।

राजस्व पक्षमा नगरपालिकाले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट २२ करोड ५७ लाख ११ हजार रुपैयाँ संकलन हुने अपेक्षा गरेको छ। संघीय सरकारबाट ६४ करोड ४३ लाख रुपैयाँ र प्रदेश सरकारबाट ४ करोड ४४ लाख ८१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति पारित गरेको छ।

निजी विद्यालयमा छोराछोरी पढाउने अवस्थाको निरन्तरता रहँदा निर्णय कार्यान्वयन फितलो भएको भन्दै सोमबार सम्पन्न ११औं गाउँसभाबाट यो नीति पारित गरिएको हो। गाउँपालिकाका प्रवक्ता भरत खपाङ्गीका अनुसार, अबदेखि निजी विद्यालयमा सन्तान पठाउने जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले पाउने तलब, भत्ता तथा अन्य सुविधाबाट १० प्रतिशत रकम कट्टा गरिनेछ र त्यो रकम आन्तरिक राजस्व खातामा दाखिला गरिनेछ।

उक्त नीति सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता खपाङ्गीले जानकारी दिए। सोही गाउँसभाबाट शिक्षा ऐन, कृषि, वन तथा वातावरण सम्बन्धी ऐन, साथै जिन्सी लिलामी ऐनसमेत पारित गरिएको छ।


यसैबीच, गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ४१ लाख ४५ हजार ७ सय १ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यसमध्ये १ करोड रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य रहेको छ।फालेलुङ–५ नम्बर वडाले भने आफ्ना क्षेत्रभित्रका विपन्न, दलित, गरिब तथा अल्पसंख्यक समुदायका विद्यार्थीलाई लक्षित गर्दै पोशाक सहायता कार्यक्रम सञ्चालन गर्नका लागि छुट्टै बजेट विनियोजन गरेको छ।

इलामको रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमबाट तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०÷५५ की महिलाको मृत्यु भएको हो । आज साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।

घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरले तालुक इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापासंग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आज बिहान ४ बजे रोङ ६ को पुछार गाउँका पूर्णबहादुर राईको घर समेत हात्तीले भत्काइदिएको थियो । पछिल्लो समय खानाको खोजीमा झापासँग जोडिएका इलामका गाउँहरुमा हात्ती उक्लिएर क्षती गर्न थालेको छ ।

५३औं विश्व वातावरण दिवसको अवसरमा बिहिबार बुद्धशान्ति गाउँपालिकाले एक दिवसीय वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

बुद्धशान्ति गाउँपालिका वडा नं ६ र ७ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको दुबै तर्फको प्रवेशद्वार एक दिवसीय वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । बुद्धशान्ति गाउँपालिका वन,वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,विभिन्न वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,संघसंस्था प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बुद्धशान्ति गाउँपालिका वन,वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलले बिरुवा रोप्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।वृक्षारोपण तथा सरसफाइ गर्दै संयोजक शिवराज पौडेलले हालको समयमा वायु प्रदूषणको चपेटामा रहेको वातावरणलाई स्वच्छ राख्न यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक र प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेल विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ,।बुद्धशान्ति वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन बुद्धशान्ति गाउँपालिका विपद ब्यवस्थापन समिति सचिव शिव श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय बासि बुद्धशान्ति गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष स्वकिय सचिव गोकुल पौडेलले बताउनु भयो ।

झापाको मेचीनगरमा ट्रकको ठक्करबाट घाइते एक युवतीको मृत्यु भएको छ । जेठ १३ गते ट्रकको ठक्करबाट घाइते भएकी आकृति दनुवारको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।मेचीनगर १४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ५१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ ख ४७११ नम्बरको ट्रकले साइडबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १० का २९ वर्षीय राहुल गुप्तालाई केही नभए पनि मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति ५ की २२ वर्षीया आकृति गम्भीर घाइते भएकी थिइन् ।

ट्रकको ठक्करबाट उनको कम्मरमाथि पेलिएको थियो । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज दिउँसो ४ः१० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक चालक बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षीय विजय लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जनाइएको छ ।

बुद्धशान्ति गाउँपालिकामा अन्तर मावि T-10 छात्र नकआउट क्रिकेट प्रतियोगिता २०८२ को शुभारम्भ भएको छ। बुद्धशान्ति गाउँपालिका कार्यपालिकाको आयोजनामा आयोजित यस प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी प्रसाद खतिवडाले संयुक्त रूपमा गर्नुभएको हो।कार्यक्रममा गाउँपालिका पदाधिकारीहरू, विद्यालयका शिक्षक, अभिभावक, खेलाडी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उद्घाटनमा अध्यक्ष प्रसाईले ब्याटिङ गरी प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो भने उपाध्यक्ष खतिवडाले बलिङ गरेर प्रतियोगिता सुरुवात गर्नुभएको थियो। प्रतियोगिता बुद्धशान्ति गाउँपालिका–३, पेट्रोल पम्प अगाडिको खेलमैदानमा सञ्चालन भइरहेको छ र फाइनल खेल जेठ १९ गते, सोमबार सम्पन्न हुने तय भएको छ। विजेता टिमलाई नगद रु १२,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु ८,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।

इलामको सूर्योदय नगरपालिकाले पशुपालक र किसानलाई कृषि सामग्री वितरण गरेको छ । नगरको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।

नगरको आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्माका अनुसार १२७ जना किसानलाई चार लाख बराबरको मल्चिङ प्लाष्टिक, ३३९ जना किसानलाई १२ लाख बराबरको टनेल, २६ जना किसानलाई १६ लाख बराबरको हाते ट्याक्टर र ६३ जना किसानलाई ६ लाख रुपैयाँ बराबरको काउ म्याट बितरण गरिएको छ । जसमा किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ ।

सामग्री बितरण कार्यक्रममा नगरका उप प्रमुख दुर्गा कुमार बरालले अनुदानमा बितरण गरिएका सामग्रीको नगरले विगतका बर्षहरुबाटै आफ्ना अनुकुल वितरण नगरेर सवै वडाको समान प्रतिनिधित्व सहित व्यवसायिक किसानहरुमा वितरण गर्ने गरेको बताउनु भयो  । उहाँले वडाको सिफारिमा मात्र सामग्री बितरण गरिएको जानकारी दिनु भयो ।

उहाँले नगरले अनुगमन गर्ने क्रममा अनुदान दिइएका सामाग्रीहरु अन्यत्र विक्री वितरण गरिएको पाइएका प्राप्त हुने सुविधामा समेत कटौती गर्न सक्ने बताउनु भयो । उहाँले नगरले किसानहरुका घरमा आकस्मिक रुपमा अनुगमन गर्ने भएकाले प्राप्त सामाग्रीहरुको सदुपयोग गर्न आग्रह गर्नु भयो । उक्त कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले कृषि र पशु क्षेत्रको बिकास र बिस्तारका लागि सामग्री हस्तान्तरण गरिएको जानकारी दिनु भयो ।

राईले नगरपालिकाले किसानहरुको सहजताको लागि कृषि एपको विकास गरिएको बताउनु भयो  ।

उहँले एपमा विभिन्न रोग र निदानको बारेमा समेत जानकारी राखिएको बताउनु भयो । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नं ७ का वडाध्यक्ष एलबी राई लगायतको सहभागिता रहेको थियो ।

सूर्योदयमा चिया, स्कुस, आलु, अदुवा, अलैची , अकबरे अम्लिसो जस्ता नगदे बाली उत्पादन हुने गरेको छ । यो नगरपालिका दुध उत्पादन गर्ने अग्रणी क्षेत्र समेत हो । नगरले यस अघि नै पशुमा लाग्ने खोरेत रोग बिरुद्धको अभियान समेत संचालन गरिसकेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ ।

स्थानीय पाठ्यक्रमअन्तर्गत ‘हाम्रो बुद्धशान्ति नामक’ पुस्तक प्रकाशन गरी आधारभुत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम बुद्धशान्ति गाउँपालिका मार्फत सार्वजनिक गरि यही शैक्षिक सत्र २०८२ बाट कक्षा १ देखि ४ सम्म लागु गर्ने कार्यतालिका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २०८२ जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएर पदभार ग्रहण गरेको जेठ ९ गते ठिक तेस्रो वर्ष पुरा भएको अवसरमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले स्थानीय पाठ्यक्रम हस्तान्तरण गर्नेु भएको थियो ।बुद्धशान्ति गाउँपालिका पूर्व जनप्रतिनिधिको कार्यकालमा प्रक्रिया अघि बढाई तयारी भएको यस पाठ्यक्रम निर्माण समिति ,संवाद सहजीकरण समुह र सम्पादन मण्डललाई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले विशेष धन्यवाद दिनु भएको छ ,।

इलामको रोङ गाउँपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ।

देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपाल(प्यान)ले रोङ गाउँपालिकालाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनौट गरेको हो ।

एसोसिएसनले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा रोङ गाउँपालिकालाई छनौट गरेको बिज्ञप्तीमा जनाएको छ ।

प्राध्यापक डाक्टर बिद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले बिभिन्न २५ वटा मापदण्डका आधारमा रोङ गाउँपालिकालाई छनौट गरेको प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिनु भयो ।

प्यानले जेठ २६ गते पोखरा सभा गृहमा कार्यक्रम गरी पुरस्कार तथा सम्मानपत्र वितरण गर्ने जनाएको छ ।

शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो।

रोङ गाउँपालिकाले प्रविधिमैत्री बिद्यालय निर्माण गरी अविभावक शिक्षा लागु गरेको छ । यस पालिकामा महिनामा एक दिन बिद्यार्थी घर बसेर अविभावक पढन बिद्यालय जाने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनु भयो । पालिकाले विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । बाल बचतमा एक करोड हाराहारी रकम जम्मा भैसकेको छ ।

उहाले भन्नु भयो‘शिक्षालाई हामीले निक्कै प्राथमिक्ता दिएका छौ, यो मुल्याङ्कनले काम गर्ने साथीहरु र पालिकालाई हौसला मिलेको छ ।’ पालिका भित्र ३० वटा सामुदायिक र २ वटा संस्थागत बिद्यालय रहेका छन् ।

आज बिहान रोङ गाउँपालिका ४ स्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ च १२५२ नं. को किराना सामान बोकेको मिनी ट्रक ब्रेक फेल भई सडकदेखि करिब ५०० मिटर तल खसेर दु*र्घटना भएको हो । दुर्घटनामा मिनी ट्रकका सहचालक झापा बुद्धशान्ति –५ बस्ने ४१ वर्षीय कुमार श्रेष्ठ घा*इते भएका छन् ।

ट्रक चालक झापा मेचीनगर –१५ ज्यामिरगढी बस्ने ४१ वर्षीय राजेन्द्र मुखियालाई प्रहरी चौकी किटेनीले नियन्त्रणमा लिएको छ । ट्रक घटनास्थलमै रहेको र निकाल्ने पहल भइरहेको इलाम प्रहरीले जनाएको छ