February 17, 2026

भानु नगरपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्रान्ड निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना बनाएको हो।

कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनु भयो ।

इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणपश्चात् प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढंगले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताउनु भयो ।

गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ। जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उनले जानकारी दिए।

उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ, क्युआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ। किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीले बताउनु भयो । गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ’, उनले भने, ‘हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबिचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ।’

भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

कोशी प्रदेशमा पशुहरुलाई लाग्ने लम्पीस्किन रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा लम्पिस्किनका कारण ६ सय ३७ वटा पशु चौपाया मरेका छन् ।

अहिले सम्म २२ हजार १ सय २२ चौपाया यो रोगका कारण बिरामी भएका छन् । यो रोगका कारण कोशी प्रदेशमा १ अर्ब १ करोड रुपैयाँ बराबरको क्षति भएको निर्देशनालयले जनाएको छ।

लम्पीस्किन रोगको प्रकोप तराइका जिल्लामा बढी रहेको छ । तराईका झापा मोरङ सुनसरी र उदयपुर मध्ये सबै भन्दा बढी यसको प्रकोप झापामा फैलिएको छ । झापामा यो रोगका कारण ४१० वटा पशु चौपायाको मरेका छन् । झापामा मात्रै १४ हजार ६९२ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । झापा पछि यो रोगको प्रकोप मोरङ, इलाम र सुनसरीमा फैलिएको छ ।

पशुपन्छी निर्देशनालय विराटनगरका निर्देशक डा. सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा यो रोग लागेका पशुको मृत्युदर २.७ प्रतिशत रहेको छ । उनले यो रोग आंशिक रूपमा नियन्त्रणमा रहेको बताए । पशुमा यो रोग लागे दूध र मासु उत्पादन घटाउने गरेको छ । यस्तै पशुको प्रजननमा असर पार्ने र छालाको गुणस्तर बिगार्ने र अन्तिममा पशु चौपाया नै मर्ने अवस्था बन्छ ।

तीन वर्ष अघि पनि कोशी प्रदेशमा यो रोगको प्रकोप फैलिएको थियो । अघिल्लो वर्ष खोप कार्यक्रम सञ्चालन भएका कारण नियन्त्रणमा आए पनि यस वर्ष यो रोगको प्रकोप थप फैलिएको निर्देशनालयले जनाएको छ ।

तीन वर्ष अगाडि प्रकोपको रूपमा आएको लम्पिस्किनका विरुद्धमा नियमित खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा पुनः यस पटक किसानले क्षति व्यहोर्नु परेको छ । ‘दुई वर्षअघि खोप लगाएका पशुहरूमा यो रोग देखिएको छैन । सङ्क्रमण मुख्यतः खोप लगाउन छुटेका पशुहरूमा देखिएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवले समयमै खोप कार्यक्रम सञ्चालन नहुनु र रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनु नै प्रकोप फैलिनुको मुख्य कारण रहेको बताए ।

उनले भने,‘लम्पीस्कीन अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा पर्न सकेको छैन । गत वर्ष पालिकाहरूले आफ्नै स्रोतबाट खोप लगाउँदा रोग नियन्त्रणमा थियो, तर यो वर्ष त्यसो नहुँदा र नीतिगत कमजोरीले गर्दा प्रकोप फैलिएको हो ।’

प्रदेशमा रोग नियन्त्रणका लागि खोपको अभाव पनि रहेको उनले बताए । प्रदेशको पशु सङ्ख्याको आधारमा कम्तीमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेमा पशु सेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको छ । ‘

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गा बजारस्थित क्याम्पस रोडमा आगलागी हुँदा एक बुद्धा महिला जलेर गम्भीर घाइते भएकी छिन् । आगलागीबाट ८१ बर्षिया बृद्धा बाटुलिमाया दाहाल जलेर सख्त घाइते भएकि छिन् ।

आज (बिहीवार) ७ः१५ बजे बिहान ग्यास सिलिण्डरबाट आगलागी भएको हो ।  आगलागीबाट घरका सबै सामान जलेर नष्ट्र भएको छ ।
ताप्लेजुङ घर भई हाल झापा कनकाई–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीन तल्ले पक्की घरको दोस्रो तल्लाको एउटा कोठामा एक्लै डेरा गरी बस्ने दाहाल खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिकेज भएर आगोलागी भएको थियो ।

शरिरको बिभिन्न भाग जलेको, तत्काल उपचारको लागेर कनकाई नगर अस्पताल सुरुङ्गामा लगिएकोमा थप उपचारको लागि बीएण्डसी बिर्तामोड तर्फ पठाइएको प्रहरीले जनाएको छ । उक्त कोठा आगलागीबाट पूर्ण रुपमा क्षति भएको, क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शिवसताक्षी नगरपालिका, बिर्तामोड नगरपालिकाको दमकल, सुरुङ्गा प्रहरी, पत्रकार स्थानियवासीको सहयोगमा ७ः३५ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो । आगलागबाट बाटुलिमाया शरिरको ३० प्रतिशत भाग जलेको पारिवारिक स्रोतले जनाएको छ ।

गत साउन १९ गते हराएका इलामको सन्दकपुर गाउँपालिका–४ माबृुका गोपाल राईको निधन भएको छ ।

जंगलमा भेटिएका उनको घर ल्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ढाल बहादुर गुरुङले जानकारी दिए । पाखा गाउँ निवासी अन्दाजी २६ बर्षिय राई साविकको माबु–२ तीनतले भन्दा माथिको बनेलकुरी सामुदायिक वनमा भेटिएका थिए । झाडीमा भेटिएका उनको माबु स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर घर साविकको माबु–७ ल्याउने क्रममा निधन भएको गुरुङले जानकारी दिए ।

पाँचथरको याङवरक–१ च्याङथापुका पाँचदिनदेखि हराइ रहेका दाजुबहिनी मृत अवस्थामा भेटिएका छन ।

उनीहरुको शव मङ्गलबार याङवरक–१ को बिरुवा खोलामा मृत अवस्थामा भेटिएको हो । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राई शुक्रबार बिहानैदेखि सम्पर्क विहिन थिए ।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङका अनुसार उनीहरु विरुवा स्थित पूर्ण आधारभुत विद्यालय माथि रहेको आफ्नो घरमा हजुरबा हजुरआमासँग बस्ने गर्थे ।

साउन १४ गते साँझ विद्यालय मुनी रहेको आफ्ना पिता बस्ने घरमा आएका थिए । घर आइपुग्दा पितालाई नभेटेपछि छिमेकी कलम बान्तावाको घरमा बास बसेका उनीहरु साउन १५ गते शुक्रबार हजुरबा हजुरआमा बस्ने घर जान भन्दै हिडेपछि सम्पर्क विहिन भएका थिए ।

उनीहरुलाई पूर्ण आधारभुत विद्यालय नजिकै विरुवा खोलाले बगाएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख कौशलकुमार बुढाथोकीका अनुसार बालबालिका बेपत्ता भएको खवर प्राप्त भएसँगै प्रहरी चौकी च्याङथापु र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली सहित स्थानीयले खोजी गर्ने अवस्थामा बाल बालिकालाई मृत अवस्थामा फेला पारेको जानकारी दिए ।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको पनि बुढाथोकीले बताए ।

पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापु बाट गएको शुक्रबार बाट हराइरहेका ९ वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राई मृत अवस्थामा फेला परेका छन ।उनीहरु स्थानीय श्री पूर्ण आधारभूत विद्यालयको कक्षा ४ र १ मा अध्ययन गर्दै आएका थिए ।

इलामको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/ ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ ।

नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिद्यामा ब्यक्ति र संघ संस्था गरी १९ जनालाई सम्मानित तथा पुरस्कृत गरीएको हो ।सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । पत्रकार अधिकारी प्रेस चौतारी नेपाल, इलाम शाखाका अध्यक्ष, राष्ट्रिय समाचार समिति ९रासस०को इलाम सम्वाददाता , डिजिटल अनलाईन पत्रिका इलाम खबर डटकमका सम्पादक तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका इलाम तथा झापा श्रोत व्यक्ति हुनुहुन्छ ।

सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रतर्फ डा. बिवेक कट्टेल, भाषा, कला साहित्य संगीत तर्फ भुपेन्द्र राई, कर्मचारी तर्फ योजना अधिकृत खेमराज राई , लेखा अधिकृच श्रृजना बिष्ठ, उत्कृठ महिला उध्मी तर्फ संगीता कामी , उत्कृष्ठ पुरुष उद्यमी तर्फ सरण थुलुङ, उत्कृष्ठ किसान तर्फ सीतादेवी अधिकारी , अम्बिटार टोल बिकास संस्था , बिद्यालय तर्फ सूनपा १ को सीमावतीृ महेन्दो्रदय आधारभूत बिद्यालय, गणित शिक्षक भुपेन्द्र अधिकारी , बिज्ञान शिक्षकतर्फ दिपेन्द्र आचार्य , बिद्यालय ब्यवस्थापन समिति तर्फ केराबारी आधारभुत बिद्यालय, बिद्यार्थी तर्फ नामसाम राई र आशिका राई रहेक छन । यस्तै खेलकुद क्षेत्रमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला रहेका छन । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउ गाउँमा लगेर चर्चा कमाएका बास्तोला खेल क्षेत्रमा कहलिएका छन । पर्यटन क्षेत्रमा होटल हिल टावर( अन्तु) न्यायिक समिति तर्फ लेखनाथ दाहाल , स्वास्थ्यमा बिना लाप्चा रहेका छन ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेत , ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र नगर प्रमुख रण बहादुर राईले पुरस्कार र सम्मानपत्र बिवरण गर्नु भएको थियो ।

झापाको बुद्धशान्तिमा यहि १९ गते सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आउने भएका छन,।

बुद्धशान्ति ३ स्थित बर्खा स्मृति प्रतिष्ठानको सहजिकरणमा
आफ्नो पुस्तक बिक्रीगर्न राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बुद्धशान्ति आउने भएका हुन । बुद्धशान्ति ३ स्थित महिला सामुदायिक अस्पताल भएको घरको माथिल्लो तलामा रहेको बर्खा स्मृतिको आफ्नै कार्यालयको सभाहलमा  महावीर पुन आउने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनु भयो  ।उहाँले पर्सि १९ गते सोमबार बिहान ११ बजे उपस्थित भई पुनलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गर्नु भयो ।

उपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्न थालेको छ । आज रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।

सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले नेपाल प्रेसलाई बताए हुन् । त्यहाँ चक्रे मिलनको जन्मदिन मनाउन उनीहरू जमघट भएको बुझिएको छ ।

उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो । ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।

‘विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरूको अवाञ्छित गतिविधि बढेपछि हामीले नियन्त्रणमा लिएका हौँ । पक्राउ परेकाहरूको क्रिमिनल ट्रयाक रेकर्ड आज बिहानदेखि केलाउन सुरू गरेका छौँ । त्यहीअनुसार कारबाही अघि बढ्छ’, आचार्यले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले गुण्डाविरुद्ध संयुक्त अपरेसन चलाएको थियो ।

हिजोमात्र सानुभाइ भनिने नुवाकोट ककनीका पटके गुण्डा युवराज गुरुङलाई ठमेलबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा प्रहरी पुगेको थियो ।

त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेका छन् । उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । समाचार नेपाल प्रेस बाट ।

इलामको सुर्योदय नगरपालिकाको कन्याममा बाक्लो हुस्सु संगै सिमसिम सिमसिम पानी परीरहेको थियो बिहिबार दिउसो । कन्यामको साझा सुविधा केन्द्रमा स्थानीयको ठूलो भिड थियो । भिड हर्कटे कन्याम सौर्दयकरण अभियानको निमन्त्रणमा खिर खान जम्मा भएको थियो । साउन १५ मा सामुहिक खिर खान खाने निम्तो मान्न पुगेका सबैलाई एन्जेलिया फुलको बिरुवा बितरण गरीयो ।अनि सूर्योदयका नगर प्रमुख रण बहादुर राई आईपुग्नु भएपछि अभियानका संयोजक रमेश तिवारीले कार्यक्रम बारे जानकारी दिदै भन्नु भयो ‘खिर खाने भनेर निम्तो गरेका थियौ, अव खिर खादै कन्यामको सौर्दयकरणका लागि फुल रोप्ने हो ।

नगर प्रमुख राईले अभियानको औपचारीक शुभारम्भ गर्नु भयो अनि कन्याममा पाँचसय बढी एन्जेलिया फुल रोप्ने काम शुरु भयो ।

साउन १५ अर्थात खिर खाने दिन इलामको सूर्योदय नगरपालिकाका युवाले खिर खाएर साउन १५ मनाउने बहानामा चर्चित पर्यटकीय स्थल कन्याममा फुल रोप्ने अभियान संचालन गरेका छन ।

अभियान अन्र्तगत कन्यामको खाली जमिन अनि सडक किनारामा एन्ेलिया , धुपी , कपुर लगायतका बिरुवा रोपेको अभियानका युवा अभियान्ता राकेश देवानले जानकारी दिनु भयो ।

उहाले नगरले भौतिक रुर्वाधार र भौतिक सौर्दयकरणको काम गरे पनि प्राकृतिक सौर्दयताको कमी रहेकाले फुल रोपीएको जानकारी दिनु भयो । अभियान्ता देवानले भन्नु भयो‘खिर सधै खाएकै हो, तर, आज खिर खादै फुल रोपेको सधै सम्झनामा आईरहन्छ , सामाजिक क्षेत्रमा पनि केहि गर्नु पर्छ भनेर अभियान थालेका छौ।’

चियाबारीले ढकमक्क कन्यामका केहि खाली जमिन र मेची राजमार्गका आसपासमा सौर्दयकरणका लागि फुल रोप्ने कामको औपचारीक रुपमा शुभारम्भ गरीएको हो ।

अभियानलाई सूर्योदय नगरपालिका, हर्कटे खानेपानी तथा सरसफाई उपभोक्ता समुह र अन्य केहि ब्यक्तिबाट बिरुवा उपलब्ध भएको अभियानका संयोजक रमेश तिवारीले जानकारी दिनु भयो ।

उहाका अनुसार नगरको मुख्य पर्यटकीय स्थल कन्यामलाई वातावरणमैत्री बनाउनका लागि बृक्षारोपण अभियान थालिएको जानकारी दिनु भयो ।

बृक्षा रोपण कार्यक्रम संगै उक्त अवसररमा सामुहिक रुपमा खिर खाने कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा जनप्रतिनिधि, शसस्त्र प्रहरी, नगर प्रहरी, संचारकर्मी , स्थानीय ब्यवसायीको उल्लेखनीय सहभागीता रहेको थियो ।

सूर्योदय वडा न.ं ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले खिर खादै बिरुवा रोप्ने कार्यक्रममा प्रभावकारी भएको जानकारी दिनु भयो ।

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख रण बहादुर राईले नगरपालिकाले मात्र सौर्दयकरण गर्न नसक्ने भएकाले नीजि क्षेत्र र स्थानीय पनि नगरको सौर्दयकरणमा लाग्नु पर्ने बताउनु भयो ।उहाँले यस्ता सकारात्मक अभियानलाई नगरले सधै साथ दिइने बताउनु भयो । ‘हामीले नगर क्षेत्रमा यस बर्ष मात्र ५० हजार बिरुवा निशुल्क बितरण गरी रोप्ने काम गरेका छौ, यसले नगरलाई हरीयाली बनाउने काममा सहयोग गर्ने अपेक्षा छ