October 19, 2025

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इलाम माई नगरपालिका–२ का खेमराज ढकाल प्रहरीले पक्राउ गरेको छ ।

५२ वर्षीय ढकाल राती ८ बजे  घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए ।

ढकालले स्थानीय दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप रहेको प्रहरीको भनाइ छ । उनी नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका १३ नम्बर इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्यसमेत रहेको बताइएको छ ।

ढकाल हरियाली रेसम शैक्षिक सार्वजनिक गुुठी स्कुलका संस्थापक, शिक्षक पनि हुन् । घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले ढकालमाथि कानुनी कारबाही गर्न माग गर्दै उनलाई नियन्त्रण गरी राखिएको दानाबारीस्थित लोदिया प्रहरी चौकी परिसरमा नाराबाजीसमेत गरेका थिए

इलामको सूर्योदय नगरपालिका वडा नं ७, एकता टोलका लेखनाथ खतिवडा वैदेशिक भुमिमा विरामी परेपछि उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् ।

हाल दुवैस्थित मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत रहँदै आएका उनि गत असार ८ देखि शिकिस्त रहेको परिवारका लिलाधर खतिवडाले बताउनुभयो।

रोजगारको सिलसिलामा नेपालबाट २०८२ जेठ ५ गते विदेश पुगेका खतिवडाको उपचार हाल एआई रोसिड अस्पतालमा भइरहेको छ।सुरुमा सेतो रक्तकोष (White Blood Cell) को कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनमा अहिले निमोनिया (pneumonia) समेत देखिएको र अवस्था गम्भीर बन्दै गएपछि आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ।

उनको उपचारमा लाग्ने खर्च अत्यधिक भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।

घरमा बुवा, आमा, श्रीमती र दुई छोराहरू रहेका खतिवडा वैदेशिक रोजगारीबाट परिवारको गुजारा चलाउँदै थिए ।

अहिले उपचार खर्च व्यहोर्न परिवारको क्षमता नपुगेको हुँदा जो–सुकैले सकेको आर्थिक सहयोग गरेर साथ दिन अनुरोध गरिएको छ।

सहयोग गर्न चाहने महानुभावहरूले तलको सम्पर्कमा सम्पर्क गर्न सक्नुहुनेछः
📞 सम्पर्क नं.: [९८४२६९८६९१-लिलाधर खतिवडा]

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो । पूरक परीक्षाको कार्यतालिका भने पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

यसपटक एसईईमा समग्रमा ६१.८१ प्रतिशत परीक्षार्थी ‘ग्रेडेड’ भएका छन् । बोर्डले शुक्रबार साँझ प्रकाशित गरेको नतिजाअनुसार गत वर्षभन्दा यसपालि बढी विद्यार्थीले सफलता पाएका हुन् ।

बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।

यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।

फिदिम नगरपालिका–६, सिवामा एक व्याक्तिको घरमा बम भेटिएको छ । भूपाल तुम्रोकको घरमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।प्रहरीका अनुसार केही वर्षअघि राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ । कहिलेदेखि ग्रिनेट बम राखिएको थियो भन्ने परिवारका सदस्यलाई थाहा नभएको बताइएको छ ।

बम डिस्पोज गर्न नेपाली सेनाको विरदर गण ओदिनको टोली घटनास्थलमा पुगेको छ । घटनास्थल सुरक्षित राखेर डिस्पोज गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिए ।बम कसले र कहिले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए -शिलापत्रबाट

इलामको सूर्यदय नगरपालिका अन्तर्गत हर्कटेबाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दासम्म निर्माणाधीन सडक शीर्षक अनुसार निर्माण गर्नुपर्ने माग बढेको छ ।

प्रदेश सरकारले हर्कटेबाट सुरू गर्नुपर्ने सडक निन्दाबाट नापजाँच सुरू गरेपछि स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न तहका सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सूर्यदय नगरपालिकाको सत्रौं नगरसभाले समेत मुख्य मन्त्री ग्रामीण सडक अन्तर्गत हर्कटेबाट सुरू भएको बजेट सोही अनुसार प्रयोग गर्नुपर्ने निर्णय गर्दै ध्यानाकर्षण गराइसकेको छ ।

यस सडकको मुख्य सुरुआत बिन्दु हर्कटे भएकाले कृषि उपजको निकास, उत्पादन र जनघनत्वलाई हेरेर पनि शीर्षक अनुसार नै काम अगाडि बढाउन नगरपालिकाको दाबी छ । तर, केही व्यक्तिहरूको स्वार्थ र शक्तिको दुरुपयोग गरी निन्दाबाट काम अघि बढाउने प्रयास भइरहेको भन्दै सूर्योदय नगरपालिका, रोङ-६ र सुनपा-६ का बासिन्दाले कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

सडक शीर्षक विपरीत गर्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी समेत परेको छ । एक जना जनप्रतिनिधिले भने, “काम शीर्षक अनुसार नै हुनुपर्छ, अन्यथा शक्तिको दुरुपयोग भएको ठहर्छ ।”

रोङ-६ का राजन आचार्यले पनि हर्कटेबाटै बाटो सुरू गर्नुपर्ने ऐतिहासिक पृष्ठभूमि, कृषि उपजको प्राथमिकता र बाटोको स्थायित्वलाई हेर्न जरुरी रहेको बताए । साथै उनले निन्दा-सलकपुर खण्ड दोहरिएको भन्दै योजना वैज्ञानिक र दीर्घकालीन रूपमा अघि बढाउन आग्रह गरे ।

यता, दस करोड बजेट सुनिश्चिता गर्दै बहुवर्षीय योजना अन्तर्गत यस सडकलाई अघि बढाउन रोङ-६ का वडाध्यक्ष सत्यम राई चौरासेले पहल गरिरहेका छन् भने सडक निर्माण प्रक्रिया पारदर्शी र शीर्षक अनुसार हुनुपर्ने सबैको भनाइ छ ।

अख्तियारमा परेका उजुरीका आधारमा सम्बन्धित निकायलाई उचित कारबाही गर्न र शीर्षक विपरीत काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्वलाई हदैसम्मको सजाय गर्न समेत माग गरिएको छ ।

इलाम: चियाको राजधानीका रूपमा चिनिने इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा ‘टि टेस्टीङ’ कार्यक्रम सम्पन्न भएको छ । असार १२ गते इलाम चोक बजारमा आयोजित सो कार्यक्रममा विभिन्न अर्गानिक चिया उत्पादन कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी तथा स्वाद परीक्षण गराएका थिए ।नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अन्तर्गतको चिया विस्तार योजना, देउमाई नगरपालिका–३, माङलाबारे, पानीटारको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रमको उद्देश्य अर्गानिक चियाको आन्तरिक बजार प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा टि एलाइन्स नेपाल (टिएएन) का सदस्य संस्थाहरुको सहभागिता जनाएका थिए । टिएएनमा इलाम, भोजपुर, पञ्चथर र कास्की लगायतका विभिन्न जिल्लाका १७ वटा प्रतिष्ठित चिया उद्योगहरू छन् ।

तिनीहरूमध्ये प्रमुख संस्थाहरूमा कञ्चनजंघा अर्गानिक ओर्थोडक्स चिया उद्योग, ग्रीन हिल टि इन्डस्ट्रिज, गारास टि उद्योग, र पाथीभरा टि इस्टेट, जसबिरे चिया उद्योग, प्रस्तुति उद्योग प्रालि, सिल्भर माउण्टेन्ड चिया उद्योग लगायत उद्योगहरू रहेका छन् ।

कार्यक्रमको क्रममा अर्गानिक चियाको गुणस्तर, उत्पादन प्रक्रिया, र यसको स्वास्थ्य लाभसम्बन्धी जानकारी प्रदान गरिएको थियो । साथै, उपस्थित उपभोक्ताहरूले विभिन्न चियाको स्वाद परीक्षण गरी अनुभव साटासाट गरेका थिए ।

चिया विस्तार योजना मंगलबारेका निमित्त योजना प्रमुख सुरेश राउतको अध्यक्षता एवम् इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टि एलाइन्स नेपालका सदस्य तथा जस्बिरे चिया उद्योग इलामका गृष्म सुब्बा, इलाम नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष काजी वहादुर श्रेष्ठले चियाका नेपाली चियाको विषयमा आफ्ना मन्तव्य राखेका थिए ।इलाममा प्रमुख जिल्ला अधिकारी नेपाल ४ दिन अघि मात्र आएकी हुन् । उनले पहिलो पटक इलामको चियासँग जोडिएको कार्यक्रममा सहभागी हुन पाउँदा उनले खुशी समेत व्यक्त गरेका छन् ।टि एलाइन्स नेपालको प्रमुख कार्यालय इलाम नगरपालिका–७ मा रहेको छ भने यसको मार्केटिङ्ग कार्यालय काठमाडौंको बुद्धनगरमा छ । टिएएनले नेपाली चियालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रमले स्थानीय उत्पादक र उपभोक्ता बीचको सम्बन्ध सुदृढ गर्दै नेपाली अर्गानिक चियाको लोकप्रियता बढाउने विश्वास लिइएको छ।

इलाम बजारमा हरेक आइतबार र विहीबार टि टेस्टिङ हुने

 

इलाम सदरमुकामस्थित इलाम बजारमा हरेक आइतबार र विहिबार टि टेस्टिङ हुने घोषणा भएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेश श्रेष्ठले टि टेस्टिङको लागि घोषणा गरेका हुन् ।

इलाम बजार वडा नं. ७ मै रहेको र ७ नं. वडा अध्यक्षको नाताले सो घोषणा गरेको श्रेष्ठले जानकारी दिए । आइतबार र विहीबार हुने टेस्टिङमा इलाममा रहेका विभिन्न उद्योगका चियाहरुलाई निशुल्क टेस्टिङ गराउन समेत आग्रह गरिएको छ । वडा अध्यक्ष श्रेष्ठले सो कार्यक्रमका लागि नगरपालिकासँग समन्वय र आफूले सहयोग गर्ने बताएका छन् ।

यता चिया उद्योगीहरु गृष्म सुब्बा र प्रस्तुति उद्योग प्रालिका सञ्चालक जीवन न्यौपानेले भने हप्तामा एक दिन विहिबार मात्र टेस्टिङ गर्न सकिने जनाएको छ ।

चिया उद्योगी र चिया उपभोक्ताहरुलाई मध्यनजर गरि हप्तामा एक दिन टेस्टिङ पर्याप्त हुने उनीहरुको भनाई छ । इलामका इच्छुक उद्योगीहरुलाई रोटेसनका रुपमा पालैपालो टि टेस्टिङका लागि सहभागी गराईनेछ ।

सार्लहीमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ। लालबन्दी–जब्दी सडकखण्ड अन्तर्गतको लालबन्दी नगरपालिका वडा नम्बर ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिर नजिक बुधबार राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको हो। सर्लाहीको जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना२ख ५०१ नम्बरको टिप्परको ठक्करबाट कबिलासी नगरपालिका वडा नम्बर ८ अगर्वाका १७ वर्षीय सचिनको साहको ज्यान गएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा हुइँकिदै आएको टिप्परले साइकलमा सवार साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन्।

सचिन जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

टिप्पर चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

स्थानीयले आगजनी गरेर क्षति पुगेको टिप्पर बुधबार मध्य राति इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको छ।

दुर्घटनापछि स्थानीयले गरेको आगजनीका कारण बधुबार राति केही घण्टा तनावग्रस्त बनेको मेजरगन्ज क्षेत्रको अवस्था बिहीबार बिहान भने सामान्य रहेको प्रहरीले बताएको छ।

झापाको बुद्धशान्तिमा बुद्धशान्ति साप्ताहिक र ट्राफिक प्रहरी पोष्ट बुधबारेको आयोजनामा ‘विद्यार्थी जीवनमा ट्राफिक शिक्षाको महत्व’ शिर्षकमा भएको अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । (बुधबारेका मा.वि विद्यालय मात्र) को नतिजा सार्वजनिक भएको छ ।
निर्णायकको रुपमा रहनुभएका सीतारमेश बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश निरौला र वरिष्ठ साहित्यकार टंक काफ्ले विकल्पले अहिले नतिजा आयोजकलाई दिनुभएको थियो ।

विद्यार्थीहरुले लेखेको उत्तर पुस्तिकालाई कोडिङ गरेर हामीले निर्णयकलाई दिएका थियौँ । निर्णायकले दिनुभएको जानकारी अनुसार
A1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयका छात्र प्राज्ञ भट्टराई प्रथम

B1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकै छात्रा विजिता भण्डारी दोस्रो

F1 अर्थात बुद्धशान्ति २ स्थित जयपुर अंग्रेजी विद्यालय (JEBS) की छात्रा जिज्ञासा घिमिरे तेस्रो

र C2 अर्थात बुद्धशान्ति १ स्थित बुद्ध आदर्श माविकी छात्रा आर्जु गौतमले सान्तवना पुरस्कार जितेकी छिन् ।

विजेता विद्यार्थीहरुलाई भोलि बिर्तामोड स्थित मुक्तिचौकमा ट्राफिक प्रहरीको आयोजनामा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने छ बताईएको छ ।

झापाको बुद्धशान्तिमा ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार बुद्धशान्ति १ स्थित श्री बुद्धआदर्श माध्यमिक विद्यालयमा “विद्यालयमा किन ट्राफिक ज्ञानको आवश्यकता” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय झापाको आयोजनामा साथै बुधबारे ट्राफिक प्रहरि र बुद्धशान्ति साप्ताहिकको समन्वयमा भएको प्रतियोगिता सन्चालन भएको हो यस कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमबारे सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतियोगितामा A1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयका छात्र प्राज्ञ भट्टराई प्रथम

B1 अर्थात बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकै छात्रा विजिता भण्डारी दोस्रो

F1 अर्थात बुद्धशान्ति २ स्थित जयपुर अंग्रेजी विद्यालय (JEBS) की छात्रा जिज्ञासा घिमिरे तेस्रो

र C2 अर्थात बुद्धशान्ति १ स्थित बुद्ध आदर्श माविकी छात्रा आर्जु गौतमले सान्तवना पुरस्कार जितेकी छिन् ।

विजेता विद्यार्थीहरुलाई भोलि बिर्तामोड स्थित मुक्तिचौकमा ट्राफिक प्रहरीको आयोजनामा बिहान ७ बजे एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने  बताईएको छ ।


बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लबको कार्यालय उद्घाटन गरिएको छ । बुधबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन पश्चात प्रमुख अतिथि वाग्लेले एउटा झोलाबाट सुरु गरिएको क्लबले आज व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरुलाई क्रियाशील बनाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले कार्यालय सञ्चालन गर्नु मात्रै ठुलो कुरा नभएर नियमित सञ्चालन गर्नु चुनौती रहेको बताउँदै आगामी दिनमा कार्यालय व्यवस्थापनका लागि वडाले गर्न सक्ने सहयोग गर्ने समेत जनाएका छन् । कार्यक्रममा प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल सल्लाहकार सदस्य गंगाराम गड्तौला, टंक काफ्ले विकल्पले शुभकामना मन्तव्य राख्दै संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका छन् ।

क्लबले आगामी दिनमा सदस्यको हितमा काम गर्दै विभन्न संघसंस्थासंग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिए भने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।कार्यक्रममा क्लबका अन्य सदस्य एवम् पदाधिकारीरुको समेत उपस्थिति रहेको थियो ।सोही अवसरमा संस्थाले सदस्य परिचयपत्र समेत वितरण गरेको थियो ।