पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापु बाट गएको शुक्रबार बाट हराइरहेका ९ वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राई मृत अवस्थामा फेला परेका छन ।उनीहरु स्थानीय श्री पूर्ण आधारभूत विद्यालयको कक्षा ४ र १ मा अध्ययन गर्दै आएका थिए ।
इलामको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/ ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ ।
नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिद्यामा ब्यक्ति र संघ संस्था गरी १९ जनालाई सम्मानित तथा पुरस्कृत गरीएको हो ।सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । पत्रकार अधिकारी प्रेस चौतारी नेपाल, इलाम शाखाका अध्यक्ष, राष्ट्रिय समाचार समिति ९रासस०को इलाम सम्वाददाता , डिजिटल अनलाईन पत्रिका इलाम खबर डटकमका सम्पादक तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका इलाम तथा झापा श्रोत व्यक्ति हुनुहुन्छ ।
सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रतर्फ डा. बिवेक कट्टेल, भाषा, कला साहित्य संगीत तर्फ भुपेन्द्र राई, कर्मचारी तर्फ योजना अधिकृत खेमराज राई , लेखा अधिकृच श्रृजना बिष्ठ, उत्कृठ महिला उध्मी तर्फ संगीता कामी , उत्कृष्ठ पुरुष उद्यमी तर्फ सरण थुलुङ, उत्कृष्ठ किसान तर्फ सीतादेवी अधिकारी , अम्बिटार टोल बिकास संस्था , बिद्यालय तर्फ सूनपा १ को सीमावतीृ महेन्दो्रदय आधारभूत बिद्यालय, गणित शिक्षक भुपेन्द्र अधिकारी , बिज्ञान शिक्षकतर्फ दिपेन्द्र आचार्य , बिद्यालय ब्यवस्थापन समिति तर्फ केराबारी आधारभुत बिद्यालय, बिद्यार्थी तर्फ नामसाम राई र आशिका राई रहेक छन । यस्तै खेलकुद क्षेत्रमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला रहेका छन । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउ गाउँमा लगेर चर्चा कमाएका बास्तोला खेल क्षेत्रमा कहलिएका छन । पर्यटन क्षेत्रमा होटल हिल टावर( अन्तु) न्यायिक समिति तर्फ लेखनाथ दाहाल , स्वास्थ्यमा बिना लाप्चा रहेका छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेत , ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र नगर प्रमुख रण बहादुर राईले पुरस्कार र सम्मानपत्र बिवरण गर्नु भएको थियो ।
झापाको बुद्धशान्तिमा यहि १९ गते सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आउने भएका छन,।
बुद्धशान्ति ३ स्थित बर्खा स्मृति प्रतिष्ठानको सहजिकरणमा
आफ्नो पुस्तक बिक्रीगर्न राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बुद्धशान्ति आउने भएका हुन । बुद्धशान्ति ३ स्थित महिला सामुदायिक अस्पताल भएको घरको माथिल्लो तलामा रहेको बर्खा स्मृतिको आफ्नै कार्यालयको सभाहलमा महावीर पुन आउने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनु भयो ।
उहाँले पर्सि १९ गते सोमबार बिहान ११ बजे उपस्थित भई पुनलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गर्नु भयो ।
उपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्न थालेको छ । आज रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।
सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले नेपाल प्रेसलाई बताए हुन् । त्यहाँ चक्रे मिलनको जन्मदिन मनाउन उनीहरू जमघट भएको बुझिएको छ ।
उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो । ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।
‘विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरूको अवाञ्छित गतिविधि बढेपछि हामीले नियन्त्रणमा लिएका हौँ । पक्राउ परेकाहरूको क्रिमिनल ट्रयाक रेकर्ड आज बिहानदेखि केलाउन सुरू गरेका छौँ । त्यहीअनुसार कारबाही अघि बढ्छ’, आचार्यले जानकारी दिए ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले गुण्डाविरुद्ध संयुक्त अपरेसन चलाएको थियो ।
हिजोमात्र सानुभाइ भनिने नुवाकोट ककनीका पटके गुण्डा युवराज गुरुङलाई ठमेलबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा प्रहरी पुगेको थियो ।
त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेका छन् । उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । समाचार नेपाल प्रेस बाट ।
इलामको सुर्योदय नगरपालिकाको कन्याममा बाक्लो हुस्सु संगै सिमसिम सिमसिम पानी परीरहेको थियो बिहिबार दिउसो । कन्यामको साझा सुविधा केन्द्रमा स्थानीयको ठूलो भिड थियो । भिड हर्कटे कन्याम सौर्दयकरण अभियानको निमन्त्रणमा खिर खान जम्मा भएको थियो । साउन १५ मा सामुहिक खिर खान खाने निम्तो मान्न पुगेका सबैलाई एन्जेलिया फुलको बिरुवा बितरण गरीयो ।अनि सूर्योदयका नगर प्रमुख रण बहादुर राई आईपुग्नु भएपछि अभियानका संयोजक रमेश तिवारीले कार्यक्रम बारे जानकारी दिदै भन्नु भयो ‘खिर खाने भनेर निम्तो गरेका थियौ, अव खिर खादै कन्यामको सौर्दयकरणका लागि फुल रोप्ने हो ।
नगर प्रमुख राईले अभियानको औपचारीक शुभारम्भ गर्नु भयो अनि कन्याममा पाँचसय बढी एन्जेलिया फुल रोप्ने काम शुरु भयो ।
साउन १५ अर्थात खिर खाने दिन इलामको सूर्योदय नगरपालिकाका युवाले खिर खाएर साउन १५ मनाउने बहानामा चर्चित पर्यटकीय स्थल कन्याममा फुल रोप्ने अभियान संचालन गरेका छन ।
अभियान अन्र्तगत कन्यामको खाली जमिन अनि सडक किनारामा एन्ेलिया , धुपी , कपुर लगायतका बिरुवा रोपेको अभियानका युवा अभियान्ता राकेश देवानले जानकारी दिनु भयो ।
उहाले नगरले भौतिक रुर्वाधार र भौतिक सौर्दयकरणको काम गरे पनि प्राकृतिक सौर्दयताको कमी रहेकाले फुल रोपीएको जानकारी दिनु भयो । अभियान्ता देवानले भन्नु भयो‘खिर सधै खाएकै हो, तर, आज खिर खादै फुल रोपेको सधै सम्झनामा आईरहन्छ , सामाजिक क्षेत्रमा पनि केहि गर्नु पर्छ भनेर अभियान थालेका छौ।’
चियाबारीले ढकमक्क कन्यामका केहि खाली जमिन र मेची राजमार्गका आसपासमा सौर्दयकरणका लागि फुल रोप्ने कामको औपचारीक रुपमा शुभारम्भ गरीएको हो ।
अभियानलाई सूर्योदय नगरपालिका, हर्कटे खानेपानी तथा सरसफाई उपभोक्ता समुह र अन्य केहि ब्यक्तिबाट बिरुवा उपलब्ध भएको अभियानका संयोजक रमेश तिवारीले जानकारी दिनु भयो ।
उहाका अनुसार नगरको मुख्य पर्यटकीय स्थल कन्यामलाई वातावरणमैत्री बनाउनका लागि बृक्षारोपण अभियान थालिएको जानकारी दिनु भयो ।
बृक्षा रोपण कार्यक्रम संगै उक्त अवसररमा सामुहिक रुपमा खिर खाने कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा जनप्रतिनिधि, शसस्त्र प्रहरी, नगर प्रहरी, संचारकर्मी , स्थानीय ब्यवसायीको उल्लेखनीय सहभागीता रहेको थियो ।
सूर्योदय वडा न.ं ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले खिर खादै बिरुवा रोप्ने कार्यक्रममा प्रभावकारी भएको जानकारी दिनु भयो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख रण बहादुर राईले नगरपालिकाले मात्र सौर्दयकरण गर्न नसक्ने भएकाले नीजि क्षेत्र र स्थानीय पनि नगरको सौर्दयकरणमा लाग्नु पर्ने बताउनु भयो ।उहाँले यस्ता सकारात्मक अभियानलाई नगरले सधै साथ दिइने बताउनु भयो । ‘हामीले नगर क्षेत्रमा यस बर्ष मात्र ५० हजार बिरुवा निशुल्क बितरण गरी रोप्ने काम गरेका छौ, यसले नगरलाई हरीयाली बनाउने काममा सहयोग गर्ने अपेक्षा छ
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ ।
पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ ।
आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीको कारण भएको क्षतिको विवरण यकिन भइसकेको छैन ।
रसुवाको भोटेकोशीमा फेरि एक्कासी पानीको सतह बढेको छ । बाढी आएसँगै प्रशासनले आवश्यक सतर्कता अपनाउन सूचना जारी गरेको छ । रसुवा आसपास पानी परेको छैन । भोटेकोशीमा के कारणले बाढी आयो भन्ने यकिन नभएको प्रशासनले जनाएको छ । बाढीबाट क्षति हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनको दावी छ । अहिलेसम्म बाढीले कुनै क्षति पुर्याएको छैन ।
यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढी धादिङ खण्डसम्म पुगेको बताइएको छ । नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताईएको छ ।
कोकिला ढकाल
इलाम, साउन १० गते । किरात समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले इलाम नगरपालिका–५, बरबोटेमा किरात पार्क उद्घाटन गरिएको छ ।
७७ वर्षीया वृद्धा सन्चरानी लिम्बूले पार्कको उद्घाटन गर्नुभएको हो ।
स्थानीयले श्रमदानबाट करिब साढे तीन लाख रुपियाँको लागतमा निर्माण गरेको पार्कमा लिम्बू संस्कृतिलाई झल्काउने च्याब्रुङ बोकेको व्यक्तिको प्रतिमा राखिएको छ ।
केलाङसहितको प्रतिमा पनि स्थानीय कलाकार तीर्थ जबेगूले श्रमदानबाटै निर्माण गर्नुभएको हो ।
उद्घाटनका अवसरमा पार्क निर्माण गर्न जग्गा प्रदान गर्ने एक जना जग्गा दाता र प्रतिमा निर्माण गर्नै कलाकार तीर्थ जबेगूलाई सम्मान गरिएको थियो ।
उद्घाटनका अवसरमा च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो ।
इलामको राेङ गाउँपालिका वडा नं ६ मा रहेकाे एक स्वास्थ्य संस्थालाई एक बिदेशि संस्थावाट अढाईलाख बराबरकाे सहयाेग हस्तानतरण गरिएकाे छ । राेङ ६ मा रहेकाे रम्भ्याङ आभारतुत स्वास्थ्य ईकाईलाई भाैतिक पुर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख बरावरकाे सहयाेग एक कार्यक्रम बिच हस्तानतरण गरिएकाे हाे।
नमुना बिकास केन्द्रकाे ब्यवस्थापनमा spendedirekt स्पेन्ड डिरिक नामक बिदेशी सस्थावाट स्वास्थ्य सस्थामा आवश्यक पर्ने आधारभुत सामाग्रीहरु साथै स्वास्थ्य केन्द्र काे भवनमा,सिलिङ पाटिसन लगायतकाे काम गरेर सहयाेग गरिदिएकाे हाे ।
राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णु माया खवासकाे विशेष आतिथ्यतामा भएकाे सहयाेग हस्तानतरण कार्यक्रमा वाेल्दै अध्यक्ष स्याङ्वाेले गाउपालिकाले पालिकाे चाैतर्फि अभावका कुराहरु देखेपनि सिमित साधन र श्राेतकाे कारण पूरा गर्न नसकेकाे अवस्थामा यस्ता सहयाेगले पालिकालाई सहयाेग पुगेकाे वताउनु भयो ।
राेङ गाउपालिकाकाे स्वास्थ सस्थाहरुमध्ये सेवाग्राहिहरुकाे निकै चाप रहने रम्भ्याङ आधारभुत ईकाईकाे बिकासमा गाउपालिका लागिरहने भन्दै सहयाेगि र सहजिकरण गर्ने सबैमा गाउपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताउनु भयो ।
अभावै अभावमा रहेकाे स्वास्थ्य सस्थामा दाताकाे सहयाेगले काममा सहजहुने स्वास्थ्य शाखा प्रमुख दिपक खतिवडाले बताउनु भयो ।
दाताहरुवाट प्राप्त सहयाेगबाट स्थानिय नागरिक र सेवाग्राहिहरुलाई अधिक लाभ मिलाेस भनेर दुर्गम काे स्वास्थ्य सुधारमा सहयाेगि हुने बिश्वासले सहयाेग गरिएकाे दाता सहजकर्ता एव नमुना बिकास केन्द्रका काेषाध्यक्ष रुद्र प्रधानकाे बताउनु हुन्छ ।
कैलालीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न गइरहेकी थिइन् ।
त्यही बेलामा रुख ढलेर उनलाई लागेको प्रहरीले जनाएको छ ।