बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
झापाको बुद्धशान्तिमा दोस्रो होक्से च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । यही जेष्ठ १२ देखि १९ गतेसम्म बुद्धशान्ति १ स्थित त्रिभुवन माद्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुने आयोजक समितिले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सँगै मेडल ट्रफि र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ३० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पाउने आयोजक समितिका अध्यक्ष आशिस बरालले बताउनु भयो छ । झापा इलाम गरि जम्मा ८ वटा टिमको सहभागितामा हुन लागेको प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको दोस्रो होक्से च्यालेन्ज खेल संयोजक बालकुमार राईले बताउनु भयो ।प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,र उच्च गोलकर्ताले समेत पुरस्कार पाउनेछन भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार समेत वितरण गरिने आयोजक समितिका सचिब टेक नाथ ढकालले जानकारि दिनु भयो ।१२ गते देखि १९ गते सम्म सन्चालन हुने खेललाई संयमित र मर्यादित ढंगबाट सन्चालन गर्न बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीले निशुल्क स्वयम् सेवकहरू लाई टिसट सहयोग समाज सेवि सन्तोस कुमार मगरको सम्झनामा कृष्ण मगरले पहिलो पुरस्कार सहयोग गर्नु भएको साथै एभरेष्ट साबन उद्योग बाट दोस्रो पुरस्कार सहयोग गरेको बताउदै विभिन्न संघ संस्थाहरूको सहयोग साथै स्थानीय युवाहरु एक जुटभएर लागेको आयोजक समितिका उपाध्यक्ष अर्जुन ढकालले बताउनु भयो ,।
काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ। उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका ४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत फेला परेका हुन्।
टाउकोमा हम्ममरले हानेर उनीहरुको हत्या भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन।बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए। उनीहरु दुईजना मात्रै जस्ताले बारेको र जस्ताले नै छाएको घरमा बस्दै आएका थिए।
पतिको शव पसल रहेको कोठामा र पत्नीको शव भान्सा कोठामा फेला परेको हो, जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले नेपालखबरसँग भने, पत्नीको शव रहेको कोठामा बाहिरबाट र पतिको शव रहेका कोठामा भित्रबाट चुकुल लगाइएको थियो।
बल दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएका स्थानीयले बताएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी टोली मंगलबार साँझ घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट पनि प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागि पुगेको थियो।
मंगलबार दिउँसो बल दम्पती स्थानीयबासीले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि उनीहरुको हत्या भएको खुलेको हो।
उनीहरु पूजास्थलमा नआएपछि छिमेकीले पूजामा किन आएन भनेर फोन गरेका थिए। फोन नउठेपछि पूजा गरिएको बोकाको मासुको भाग लिएर छिमेकी उनीहरुको घरमा जाँदा बल दम्पतीको हत्या भएको खुलेको हो।
उनीहरुको हत्या सोमबार राति नै भएको आशंका स्थानीयले गरेका छन्।
बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन विद्यालयले नेपाली साहित्यका मूर्धन्य साहित्यकार युगकवि सिद्धिचरण श्रेष्ठलाई सादर स्मरण गरेको छ ।युगकविको जन्मजयन्तीलाई सन्दर्भ पार्दै आज एरा एभरग्रीन अंग्रेजी विद्यालयले काव्य संगोष्ठी आयोजना गरेको हो ।
विद्यालयका प्रबन्ध निर्देशक खगेन्द्र मैनालीको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार तथा शिक्षक गणेश निरौला प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।
प्रिन्सिपल आदर्श राईले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कक्षा ९ कि छात्रा एन्जल खड्काले सिद्धिचरण श्रेष्ठको जीवनी प्रस्तुत गरेकी थिइन् ।
काव्य संगोष्ठीको प्रारम्भिक चरणमा एरा ब्यान्ड द्वारा राष्ट्रगान र गुरु वन्दना प्रस्तुत गरिएको थियो ।विद्यालयमा अध्ययनरत विद्यार्थीहरू टीना तामाङ, प्रगति साह, प्रकृति निरौला, आराध्य लुइटेल, प्रेमक्षा बिमली, प्रतिमा भट्टराई, कृतिका भट्टराई, निनुमा राई, नेहा चापागाईँ साथै पूर्व छात्राहरू अल्का खतिवडा, रुविष्का घिमिरे, अनिशा भुर्तेल लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए ।
शिक्षक तथा कार्यक्रम सञ्चालक विजय मिश्रले ‘युगकवि किन युगकवि’ भन्ने विषयमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
अतिथि दीर्घामा उपस्थित घरदलान साहित्यका अग्रज स्रष्टाहरू गणेश निरौला, जय भण्डारी, टंक विकल्प, प्रकाश न्यौपाने, पुष्प काफ्ले, धन बहादुर श्रेष्ठ, दिव्या निरौला, उषा अधिकारी, शान्ता श्रेष्ठ लगायतले पनि काव्य वाचन साथै विद्यार्थीहरूलाई साहित्य, कविता, गजल जस्ता विधाबारे जानकारी गराउनु भएको थियो।
आयुषा नेपाल र प्रीतिका गौतमले सांगीतिक कोसेली प्रस्तुत गर्दै गोष्ठीमा थप उत्साह भर्ने काम गरेका थिए ।
विद्यालयका व्यवस्थापक नारायण मैनाली, शिक्षिका अनिता चिमिरिया, अम्बिका भट्टराई लगायतका उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयले घरदलान साहित्यको साहित्यिक जमर्कोलाई सम्मान गर्दै अभिनन्दन पत्र समेत अर्पण गरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको झापाको बुद्धशान्ति-४ बर्नेको भाइरल सिरिस आसपास फोहरमैला व्यवस्थापनको लागि डस्टबिन थपिएको छ ।
लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र Go६४ पिज्जा घर बिर्तामोडले पाँचवटा डस्विन बुधबारे जेसिजलाई सौजन्य गर्नुभएको थियो । उक्त डस्विन बुधबारे जिसी २०२४ उपाध्यक्ष अच्युत राज ढकालको संयोजकत्वमा हस्तान्तरण गरिएको छ । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष शेरबहादुर रायको प्रमुख अतिथ्यता रहेको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएको झापाको बुद्धशान्ति-४ बर्नेको भाइरल सिरिस आसपास फोरमैला व्यवस्थापनको लागि डस्टबिन थपिएको छ ।लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र Go६४ पिज्जा घर बिर्तामोडका सञ्चालक सृष्टिना क्षेत्री र पारस खड्काले पाँचवटा डस्विन बुधबारे जेसिजलाई सौजन्य गर्नुभएको थियो ।उक्त डस्विन बुधबारे जिसी २०२४ उपाध्यक्ष अच्युत राज ढकालको संयोजकत्वमा हस्तान्तरण गरिएको छ । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष शेरबहादुर रायको प्रमुख अतिथ्यता रहेको थियो ।
झापाको बुद्धशान्तिमा नेपाल जेसीजको क्षेत्र “क” अध्यक्ष सम्मेलन २०२४ आयोजना हुने भएको छ । नेपाल जेसीजको आयोजना र बुधबारे जेसीजको आतिथ्यमा जेठ १२ गते सम्मेलन हुन लागेको बुधबारे जेसीजले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । एक दिवसिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताउदै बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देवले सम्मेलनले १८ वर्षदेखि ४० वर्षमुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनु भयो ।
सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लगायत अन्य राष्ट्रिय पदाधिकारीहरु, क्षेत्र ‘क’ अन्तर्गतका ४३ शाखा अध्यक्ष तथा जसीज सदस्यहरु गरी १५० बढीको सहभागीता रहने सम्मेलनमा
क्षेत्र ‘क’ अन्तर्गतका शाखा अध्यक्षहरुको बैठक, क्षमता विकासका तालिम, स्थानीय पर्यटकिय क्षेत्रको भ्रमण, स्थानीय उत्पादन प्रर्वधन, स्थानीय मैलिक सामाग्रीहरुको पर्दशनी, सास्कृतिक झाँकी लगायत विभिन्न रचनात्मक क्रियाकलापहरु संचालन हुने बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेले बताउनु भयो ।
सम्मेलन आयोजनाका लागि कुल अनुमानित लागत चार लाख ३५ हजार अनुमान गरिएको छ । बुधबारे जेसीज स्थापना भएको १२ वर्षमा पहिलो पटक राष्ट्रिय स्तरको सम्मेलनको आतिथ्य गर्ने अवसर पाएकोमा यो सम्मेलन बुधबारे जेसीज तथा सम्रग बुद्धशान्ति कै गौरबको कार्यक्रम भएकाले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रर्वधनमा सम्मेलनले टेवा पुग्ने देखिएको छ ।
आदर्श युवा क्लब बुद्धशान्ति झापाले क्लबको प्रतिनिधित्व गर्दै झापा जिल्ला स्तरीय एन्फा ए बी डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुने टीमका सदस्यहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ । शुक्रबार स्थानीय बुद्ध आदर्श मा.वि.को खेल मैदानमा आयोजित कार्यक्रमका अवसरमा क्लबको प्रतिनिधित्व गर्नका लागि पुजन थापाको नेतृत्वमा २० सदस्य टोलिको समेत घोषणा गरेको छ ।
सो टोलिमा छनौट भएका २० खेलाडीलाई फुटबल बुट प्रदान गरिएको हो ।
सोहि अवसरमा क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मात्रिका श्रेष्ठले सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
शुभकामना सन्देशमा उनले भने, “खेल हो खेलमा जित हार त अवस्य हुन्छ, जीत हासिल गर्नु हामी सबैको उद्धेश्य हुनुपर्दछ तर जीत भन्दा ठूलो कुरा खेलाडीको अनुशासन हो, त्यसैले सबैले खेलको अनुशासन पालना गर्दै क्लबको गरिमा उच्च बनाउनुहुन सबैमा अनुरोध गर्दछु ।”
आदर्श यूवा क्लबले आगामी जेठ ६ गते आफ्नो पहिलो खेल बिर्तामोड एफसी विरुद्ध खेल्ने सचिव दर्योधन सिंह देवले जानकारी दिनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा समाजको आयोजना साथै मुना मदन एकाडेमी विद्यालयको सहकार्यमा भोलि शनिबार बुद्धशान्ति ४ स्थित मेचि राजमार्गमा फुलेको भाईरल शिरिसको फुल भएको स्थानमा २५० भन्दा बढी पुराना नेपाली परम्परा झल्काउने एतिहासिक मिनी म्यूजियमबाट सामाग्रीको प्रदर्शनी गर्ने भएको छ ।
झापाको बिर्तामोडमा घर निर्माणका क्रममा चारतले घरको माथिबाट खसेर एकजना निर्माण श्रमिकको मृत्यु भएको छ ।
बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो १२ः५० बजे भारत बोतलबारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो सवा ३ बजे मृत्यु भएको थियो ।
मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले जानकारी दिनु भयो ।