April 20, 2025

झापाको बुद्धशान्तिमा जारि दोस्रो होक्से च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको खेलमा सैनिक NFC लाई ३- १ गोल अन्तरले हराउदै शनिश्चरे FC विजयी भएको छ । आज भएको खेलमा शनिश्चरे FC जर्सि नम्बर १७ का निमा तामाङ  म्यान अफद म्याच घोसीत भएका थिए भने भोलि हुने खेलमा   मेचिनगर वाहुन्डागी न्यु स्टार क्लब खोपबारि बिच हुने बताईएको छ जेष्ठ १२ देखि  बुद्धशान्ति १ स्थित त्रिभुवन माद्यमिक विद्यालयको खेल मैदानमा भैहिरहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सँगै मेडल ट्रफि र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ३०  हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पाउने आयोजक समितिका अध्यक्ष आशिस बरालले बताउनु भयो छ  lझापा इलाम गरि जम्मा ८ वटा टिमको सहभागितामा हुन लागेको  प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको दोस्रो होक्से च्यालेन्ज खेल संयोजक बालकुमार राईले बताउनु भयो ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,र उच्च गोलकर्ताले समेत पुरस्कार पाउनेछन भने

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार समेत वितरण गरिएको आयोजक समितिका सचिब टेक नाथ ढकालले जानकारि दिनु भयो ।
१२ गते देखि १९ गते सम्म सन्चालन हुने खेललाई संयमित र मर्यादित ढंगबाट सन्चालन गर्न

बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीले निशुल्क स्वयम् सेवकहरू लाई टिसट सहयोग समाज सेवि सन्तोस कुमार मगरको सम्झनामा कृष्ण मगरले पहिलो पुरस्कार सहयोग गर्नु भएको साथै  एभरेष्ट साबन उद्योग बाट दोस्रो पुरस्कार सहयोग गरेको बताउदै
विभिन्न संघ संस्थाहरूको सहयोग साथै स्थानीय युवाहरु एक जुटभएर लागेको देख्न सकिन्छ ।

राेङ गाउँपालिकाले लागु गर्ने निति तथा कार्यक्रममा नागरिकहरुकाे जनभावनाकाे खाेजि गरिन थालेकाे छ ।

आगामी बर्ष २०८१/०८२ काे निति तथा कार्यक्रम र बजेट  निर्माण काे बेला आफ्ना नागरिकहरुले गाउँपालिकावा के कस्ताे अपेक्षा राखेका छन् र के गर्दा गाउँपालिकालाई समृद्ध  बनाउन सकिन्छ भनेर सुझाव सकलन गर्न पालिकाले राेङ गाउँपालिकाले निति तथा कार्यक्रम सुझाव सकलनकाे लागि पाेटल निर्माण गरि सुझाव सकलन गर्न थालेकाे हाे ।

गाउँपालिकाले सचालन गरिने हरेक कार्यक्रम र नितिनियमहरु कस्ताे भए जनहितकारी बन्छ भनेर जनअपेक्षा सकलन गरि जनप्रतिनिधिहरु बिच छलफल गरि काम गरेमा नागरिकहरुकाे आवश्यक्ता पुरा हुने र स्थानिय सरकार सधै नागरिक प्रति उत्तरदायि भएकाे आभास नागरिकहरुमा रहदा सघियताकाे मर्म पनि सबाेधन हुने भएकाे कारण गाउपालिकाले नागरिक प्रति उत्तदायी अभियान सचालन गरेकाे गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताउनु भयो ।

नागरिकहरुले गाउँपालिकाले सचालन गर्नुपर्ने बिकास निर्माण लागुगर्ने निति र नियममा नागरिकहरुले निर्धक्क सुझाव राख्न सक्ने र उनिहरुकाे ईच्छाअनुसार सुझावकर्ताकाे गाेपनियता रहने प्रवन्ध मिलाईएकाे छ ।

नागरिकहरुले राखेकाे हरेक सवालाई बिषयगत समितिमा छलफल गरिने र अाैचित्य पुस्टि भएमा गाउँपालिकाकाे कार्यक्रममा रहने हुदा ढुक्कसाथ आफ्नाे सुझाव राख्न अनुराेध गरेकाेअध्यक्ष स्याङ्वाेले बताउनु भयो ।

चालु बर्षकाे निति तथा कार्यक्रम समापनकाे आखिरि र नया निति तथा कार्यक्रम निर्माण लागु गराउनु पर्ने तिनै तहकाे सरकारकाे बाध्यात्मक अवस्था रहेकाेबेला राेङ गाउँपालिकाले भने नेता वा जनप्रतिनिधिहरुकाे कुरामात्रै समेटनु भन्दा उनिहरुलाई मतदिने नागरिकहरुकाे भावना आफ्ना कार्यक्रमा समेट्न खाेज्ने प्रयास गरेकाे सभवत नेपालकाे सातसय त्रिपन्न स्थानिय सरकार मध्येकाे फरक लाेकतान्त्रिक कार्यक्रम हुन सक्छ ।

तर नागरिकहरु पालिकाले  प्रतिबद्धता अनुरुप सचालन गरेकाे कार्यक्रम लागु हुनेमा बिश्वस्त भने देखिदैनन् ।

सबैधानिक प्रावधान आगामि वर्ष २०८१/०८२ काे लागि अनुसार सघिय सरकारले आफ्नाे निति कार्यक्रम र बजेट जेठ १५,प्रदेश सकारले असार १ र स्थानिय सरकारले असार १०भित्र ल्याएर श्रावण १ वाट लागु गर्नु पर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।

सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा २ क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ”, प्रनाउ रिजालले भने । अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छ्याउने कार्य जारी रहेको उनले जानकारी दिए ।

बुधबारे जेसीजको अतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र “क” अन्तर्गतका शाखा अध्यक्ष सम्मेलन २०२४ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली शनिबार संचालन हुने एक दिवसिय सम्मेलनको उद्धाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलको समेत सहभागीता रहने बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुुतले बताए ।

बुधबारे जेसीजको स्थापना भएको १२ वर्षमा प्रथम पटक आयोजना हुन लागेको राष्ट्रिय स्तरको सम्मेलनलाई बुुधबारे जेसीजले बुद्धशान्तिको गोैरव तथा बुद्धशान्ति चिनाउने अभियानका रुपमा संचालन गर्ने जमर्को गरिएको अध्यक्ष सिंहले बताउनु  ।

सम्मेलनमा नेपाल जेसीज क्षेत्र “क” अन्तर्गतका ४३ शाखाका करिब १५० जना बढीले सहभागिता रहनेछ ।
त्यसैगरि देशबाट नै नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुको सहभागिता रहने अध्यक्ष सिंहले बताउनु भयो  ।

>बुद्धशान्ति १ स्थित पिआर पार्टी प्यालेसमा संचालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न सम्मेलन स्थल सरसफाई, तुल तथा व्यानरले सम्मेलन स्थल सजावट गरिएको छ ।

सम्मेलनमा भाग लिन आउने सहभागीहरको आवास व्यवस्थापन, कार्यक्रम स्थल व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम पूरा भएको सम्मेलन निर्देशक तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष नन्द कुमार याफु राईले बताउनु भयो ।

सम्मेलनलाई सफल बनाउन आर्थिक संकलन, मायाको चिनो, सास्कृतिक झाँकी, स्थानीय पर्यटकिय क्षेत्रको भ्रमण, स्थाीय मैलिक सामाग्रीहरुको पर्दशनी लगायतका रचनात्मक क्रियाकलापहरु संचालन हुनेछन् ।

अतिथिहरुलाई बुद्धशान्तिको उत्पादन सुपाडी, चिया, स्थानीय उत्पादन मेची ब्राण्डका साबुन र सरफ मायाको चिनोको रुपमा प्रदान गरिने भएको छ ।

हामीले सम्मेलनमा बुद्धशान्तिको पहिचान र चिनारी गराउने कोसीस गरेका छौं, देशभरबाट आउने अतिथिहरुलाई बुद्धशान्तिको पर्यटन र संस्कृतिको छाप दिन सक्यौं भने भोलीका दिनमा बुद्धशान्तिको पर्यटन प्रर्बधनमा टेवा प¥याउँछ भन्ने हाम्रो विश्वास हो”, -सम्मेलन कोषध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बरालले बताउनु भयो ।

झापाको बुद्धशान्ति ३ स्थित बुधवारे फाेकस पाेइन्ट कन्सलटेन्सीकाे आयोजना र नेपाल रेडक्रस दमक उपशाखाकाे प्राविधिक सहयाेगमा  १ दिने रक्तदान सम्पन्न भएको छ ।

बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै शुक्रबार फाेकस पाेइन्ट कन्सलटेन्सीकाे सभाहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ३४ पाउण्ड रगत जम्मा भएको सन्चालक विशु भन्डारीले जानकारि दिनु भयो ।

रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।

स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ ।

झापा बुद्धशान्ति स्थित बालबाटिका मन्टेसरी प्रि स्कुलले बिहिबार २५८६ औं बुद्ध जयन्तीको अवसर पारेर १० औं वार्षिकोत्सव साथै बालबाटिका मन्टेसरी प्रि स्कुलमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह कार्यक्रमको सम्पन्न गरेको  छ ।
विद्यालयका संरक्षक केदार कोइरालाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बालबाटिकामा अध्ययनरत ससाना बालबालिकाहरूले गीत, नृत्य, राइम्स लगायतका सुन्दर प्रस्तुति दिएका थिए।

प्री स्कुलको शिक्षण पद्धतिलाई सामुदायिक विद्यालयहरूले पनि अपनाउनु पर्ने र एक अर्का बिचको कमि कमजोरीलाई केलाउन प्रि स्कुलहरू बिच स्वास्थ्य प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै प्रमुख अतिथि अनिल वाग्लेले बालबाटिका मन्टेसोरीको कार्यक्रमलाई प्रोत्साहन गर्नु भएको थियो  । अभिभावकको तर्फबाट कृष्ण खतिवडाले मन्टेसोरी पद्धतिद्वारा शिक्षा प्रदान गरिएको बालबालिकाहरूको प्रस्तुतिले स्पष्ट झल्काएको बताउनु भयो । कार्यक्रममा संचालक कृष्ण ढकालले स्वागत गर्दै साना बालबालिकाहरूलाई अध्यापन, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन र क्षमता बिकाशका निमित्त कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा सितारमेश क्याम्पस प्रमुख पुष्प रिजाल, मानन्ध शिक्षा सदनका प्रमुख भिम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन विद्यालयका संचालक नवीन कोइराला र शिक्षिका सिमरन राईले संचालन गर्नु भएको कार्यक्रममा २०० बढी अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेसोरी प्रि स्कुल २०७२ सालबाट सञ्चालनमा आएको हो । बालबाटिका मन्टेसोरीमा हाल पिजी देखी कक्षा दुई सम्म अध्यापन गराइन्छ।

गडीगाउँ स्काउट दलको २ दिन एक राते क्याम्प सम्पन्न भएको छ । कार्यक्रममा अन्तर पेट्रोल गायन, नृत्य, हाजिरी जवाफ, बिना भाँडा खाना पकाउने, पायनरिङ्ग जस्ता टस्काउटिङ्गका विभिन्न विधाका तालिमहरू सम्पन्न भएका थिए ।

बुद्धशान्ति गाउपालिका वडा नम्बर ५ का अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक एवम् राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बा, विशेष अतिथिहरुमा बुद्धशान्ति स्थानीय स्काउट आयुक्त शिवप्रसाद पौडेल, मेचीनगर स्थानीय आयुक्त रीता थापा, सहायक राष्ट्रिय प्रशिक्षक एवम् कोशी प्रदेश परिषद सदस्य भगिरथ राई, सहायक राष्ट्रिय प्रशिक्षक खड्ग बहादुर सुब्बा, अतिथिहरुमा गडीगाउँ मा.वि. शिक्षक अभिभावक संघका अध्यक्ष टीकाराम पोखरेल, गडीगाउँ मा.वि.का प्रधानाध्यापक तथा इकाई अध्यक्ष रुद्रमणी खतिवडा, स्काउटर दुर्गाबहादुर लुइटेल, बुद्धशान्ति स्थानीय कार्य समिति सदस्य दिपा थापा तथा मीना निरौला, परिषद सदस्य रमिला चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलमणी न्यौपानेको अध्यक्षता र सहायक राष्ट्रिय प्रशिक्षक गंगाराम राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

गडीगाउँ स्काउट दलको २ दिन एक राते क्याम्प सम्पन्न भएको छ ।

कार्यक्रममा अन्तर पेट्रोल गायन, नृत्य, हाजिरी जवाफ, बिना भाँडा खाना पकाउने, पायनरिङ्ग जस्ता टस्काउटिङ्गका विभिन्न विधाका तालिमहरू सम्पन्न भएका थिए ।

बुद्धशान्ति गाउपालिका वडा नम्बर ५ का अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक एवम् राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भूवन सुब्बा, विशेष अतिथिहरुमा बुद्धशान्ति स्थानीय स्काउट आयुक्त शिवप्रसाद पौडेल, मेचीनगर स्थानीय आयुक्त रीता थापा, सहायक राष्ट्रिय प्रशिक्षक एवम् कोशी प्रदेश परिषद सदस्य भगिरथ राई, सहायक राष्ट्रिय प्रशिक्षक खड्ग बहादुर सुब्बा, अतिथिहरुमा गडीगाउँ मा.वि. शिक्षक अभिभावक संघका अध्यक्ष टीकाराम पोखरेल, गडीगाउँ मा.वि.का प्रधानाध्यापक तथा इकाई अध्यक्ष रुद्रमणी खतिवडा, स्काउटर दुर्गाबहादुर लुइटेल, बुद्धशान्ति स्थानीय कार्य समिति सदस्य दिपा थापा तथा मीना निरौला, परिषद सदस्य रमिला चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलमणी न्यौपानेको अध्यक्षता र सहायक राष्ट्रिय प्रशिक्षक गंगाराम राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको अमर युवा क्लब बुद्धशान्ति -४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लि. बुद्धशान्ति -३ को सह-आयोजनामा बुद्धशान्ति ४ सट्टाभर्नामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बिहिवार सट्टाभर्ना स्थित गणेश माद्यमिक विद्यालयको सभाहलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १७९ जनाले आँखाको जाँच गराएका थिए भने १०२ जनाले दाँत सम्बन्धि चेक गराएको थिए ।
प्रतिमा जमुना मेडिकल हल मेची न.पा.-१०, रजक आइ केयर अप्टिकल मेची न.पा.-१० र पाथिभरा एपोलो डेन्टल क्लिनिक मेची न.पा.-१०  प्राबिधिक सहयोगमा जाँच गराईएको थियो ।  विहान १० बजे बाट सन्चालन भएको स्वास्थ्य शिविरमा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायले शिविरमा आँखा जाँच गराएर उत्घाटन गर्नु भएको थियो ,।

शिविरमा ३० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निशुल्क चस्मा वितरण गरिएको थियो ।

शिविरमा सम्पूर्ण विरामीहरुलाई आवश्यक अनुसार औषधि समेत निसुल्क  वितरण  गरिएको थियो । शिविरमा विहानै बाट आखा दाँत र फिजिसियन सम्बन्धी सेवा लिन स्थानिय हरूको बाक्लो उपस्थिति रहेको आयोजक अमर युवा कल्बका अध्यक्ष  रोषन कटुवालले जानकारी दिनु भयो ।

इलामको रोङ गाउँपालिकाले यस बर्षदेखि नृत्य, गायन तथा कविता विधामा प्रतिभाको खोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ। इलाम र झापाको सीमाना जोर कलशमा बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रतिभाको खोजी कार्यक्रमबारे जानकारी दिइएको हो।

प्रतिभाको खोजी कार्यक्रमका लागि गाउँपालिकाले कानून नै निर्माण गरेर निर्देशक समितिसमेत बनाइसकेको छ।

गाउँपालिका क्षेत्रका विविध विधाका प्रतिभाशाली व्यक्तिहरूको खोजी गर्नका लागि प्रतिभाको खोजी कार्यक्रम सञ्चालन गर्न लागिरहेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिनुभयो। कविता विधामा सबै उमेरसमूहका व्यक्तिहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। नृत्य र गायन विधामा भने ५ बर्षदेखि ५० बर्षसम्मका व्यक्तिहरूले भाग लिन पाउने निर्देशक समितिले जनाएको छ।

तिनवटै विधाका प्रतिभा छनोट एकै समयमा हुने निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिनुभयो।

प्रारम्भिक छनोट सबै ६ वटै वडामा गरिने र प्रत्येक विधाबाट ३० छनोट गरि पहिलो चरणको छनोट तिनवटै विधाका ९० जना प्रतिभा लगिने राईले जानकारी दिनुभयो। त्यसपछि दोस्रो र अन्तिम प्रतिस्पर्धामा लगिने उहाँले बताउनुभयो । 

अन्तिम प्रतिस्पर्धामा प्रत्येक विधाबाट पाँच/पाँच जना प्रतिभा लगिने निर्देशक समितिले जनाएको छ।

कार्यक्रमको कुल लागत ११ लाख ६२ हजार पाँचसय रुपैयाँ रहेको गाउँपालिका कार्यालयले जनाएको छ। जस्मा ८ लाख रुपैयाँ गाउँपालिका कार्यालयले उपलब्ध गराउनेछ।

प्रतिस्पर्धामा निर्णायकमा रोङ गाउँपालिका बाहिरका निर्णायकहरू राखिने निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिनुभयो।

प्रतिस्पर्धाका लागि प्रतियोगीहरूबाट फर्म भर्ने काम सुरु भइसकेको संयोजक राईले बताउनुभयो। फर्म भर्ने काम सम्पन्न भइसकेपछि प्रतिस्पर्धीहरूको संख्याका आधारमा प्रतिस्पर्धाको मिति तय गरिने उहाँले बताउनुभयो।