April 20, 2025

बैसाख १५ गतेदेखि सञ्चालन हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको श्री बुद्धआदर्श माध्यमिक विद्यालयको  खेलमैदानमा  हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल कल्बका
सचिव दुर्योधन सिंह (देव) ले जानकारी दिनु भयो ।

फुटबल प्रतियोगिताका लागि खेल मैदान सजिसजावटको काम समेत अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम भईसकेको छ । दर्शकको सुविधाका  लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । भोलि बाट हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने बताइएको छ ।
२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो।

दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, मानेभञ्ज्याङ एफसी भारत, धरान एफसी, बिर्तामोड युनाइटेड, नर्थ बंगाल एफसी भारत, रेड हर्ष एफसी इलाम र बेलबारी एफसी मोरङको सहभागिता रहने आयोजक आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो ।प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् ।

फाईनल खेलका उत्कृष्ठ ग‍ोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् ।

प्रतियोगितामा २१ लाख ९६ हजार रुपैया खर्च हुने अनुमान प्रतियोगिता संयोजक मनेष दाहालले बताउनु भयो ।

प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको बताईएको छ ।

बुधबारेको इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ । प्रतियोगितालाई बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।

बुद्धशान्ति ३ स्थित श्री राम जानकी मन्दिरले राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरेको छ ।

२५ औँ वार्षिक उत्सव तथा रगत महोत्सवको अवसरमा आयोजना गरिएको श्री लिङ्गा महापुराणको छैटौँ दिवसीय दिवाकालीन सत्रमा मन्दिरको इतिहासदेखि वर्तमानसम्मको मन्दिरसँग सम्बन्धित तथा आध्यात्मिक विषयसँग सम्बन्धित विषयहरूलाई समेटेर तयार पारिएको राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक काफ्ले विकल्पको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व गाउँ पञ्चायत प्रधानपञ्च मेघनाथ ढकालको प्रमुख आतित्य रहेको थियो ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो भने मन्दिरका पदाधिकारी,चित्रा पौडेल,विभिन्न संघसंस्थाका पदाधिकारी, शिक्षासेवी,सुरक्षाकर्मी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।

मन्दिर समिति सचिव जय भण्डारीले सञ्चालन गरेको कार्यक्रममा मन्दिर समिति सदस्य गंगादेवी आचार्यले शाब्दिक स्वागत राख्नु भएको थियो भने उक्त रामजानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको समीक्षा भने पूर्व शिक्षक गणेश निरौलाले गर्नु भएको थियो ।

कार्यक्रमका सभापति टंक काफ्ले विकल्पले समापन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि मनोज प्रसाई र प्रमुख अतिथि मेघनाथ ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

इलामको राेङ गाउपालिकाले  किसानलाई कृषि उत्पादन र उत्पादकत्व बढाउन प्रबिधि संग जोडिने भएकाे छ ।

सयुक्त राष्ट्र खाध्य तथा कृषि सगठा” FAO ” को सहयोग र कृषि मन्त्रालयको समन्वयमा रोङगाउपालिकालाई Digital Village  बनाउने कार्य प्रारम्भ भएको छ ।

यस कार्यक्रम थालनिकाे तेस्रो चरणको छलफलमा आज सहभागी  डा संजिब पण्डित , नबिन कुमार गुप्ता ( FAO) किरण तिम्सिना र राेङ पालिका बिच अाज छलफल गरिएकाे हाे ।

गत साउन महिना देखि लगातारको पुर्ब तयारी पश्चात काम सुरु भएको थियाे। देश भरिको तिन वटा पालिका भित्र पनि रोङगाउपालिका एक नम्बरमा कृषि मन्त्रालय छनाैट गरिएकाे हाे ।

नेपालको राेङ गाउपालिका सहित तिन वटा पालिका Digital Village बन्ने छ ।

जसमा कालिन्चोक गाउपालिका दाेलखा छिनमस्त गाउपालिका सप्तरी र  रोङगाउपालिका ईलाम रहेकाे छ ।

Digital Village को कार्यक्रमले कृषि बिकास तथा किसानलाई अत्यन्तै टेवा पुग्नेछ जसको कारण गाउपालिकाको लक्ष्य अनुरुप कार्य गर्न सहज हुने गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताउनु भयो  ।

यो कार्यक्रम अन्तरगत रोङ भित्र कम्तिमा २० वटा Digital Enable कोठा तयार गरिनेछ।हाललाई एउटा गाउपालिका कृषि वा पशु शाखा अन्तरगत तत्काल स्थापन गरि संचालन  सुरु गरिनेछ।

उक्त कोठामा स्मार्ट बोर्ड , वेबक्यामेरा र ईन्टरनेटको सहायताले कृषि बिज्ञ संग कोठामा उपस्थित किसान संग दोहोरो कुराकानि मार्फत समस्या समाधान गरिनेछ ।

यसमा आबद्ध किसानलाई मौसम पुर्बअनुमानको sms प्रणालीको ब्यवस्थापन गरिनेछ।

माटो परिक्षणलाई प्रबिधिमा जोडिनेछ। कम्तिमा यस बर्ष ५००-१००० स्थानको माटो परिक्षण रिपोर्ट NARC (नेपाल कृषि अनुशन्धान परिषद ) मार्फत  Satellite ( सेटालाइट ) मा लिङ्ग गरिने र किसान ( प्रयोग कर्ता ) ले मोबाईल बाटै आफ्नो जमिनको रिपोर्ट हेर्न सक्नेछन।

थप यथार्थ रिपोर्टको लागि एउटा अत्याधुनिक मेशिन राखिनेछ जसलाई १० सेकेन्ड जमिनमा गाडदा सबै रिपोर्ट आउनेछ। किसानलाई सबै जानकारी लिन र गराउन सक्ने सफ्टवेयर उपलब्ध गराईने जसको कारणले रोग लागेको बालिको फोटो स्क्यान गर्दा रोगको प्रकार र समाधान ,औषधि समेत सिफारिस गर्ने छ।औषधिको हकमा जैबिकलाई पहिलो प्राथमिकता दिईनेछ।आफ्नो खेति गर्ने जमिनमा के हुन्छ वा हुदैन सो समेत जमिनको लोकेशन स्क्यान गर्दा सुझाब आफ्नै मोबाईल बाट लिन सकिने ,बिज्ञ लाई किसान संग जोडदै तालिम संचालन गरिनेछ साथै सोहि प्रबिधिबाट परिक्षा पास गरेमा गाउपालिकाको ढाचामा प्रमाण पत्र प्रधान गरिने छ।
बजार मुल्य को जानकारी मोबाईलबाट लिन सकिने
कृषि सम्बन्धि बिभिन्न सफ्टवेयर हरु बजारमा प्रसस्त छन, त्यसलाई एउटैले काम गर्ने सफ्टवेयर को प्रयोग गराईनेछ ।

उल्लेखित काम गर्नको लागि एउटा अत्याधुनिक मेशिन दायाबाया एक एक  कि मि र हरेक १६५ मि उच्चाईलाई मध्यनजर गरि  राखिने तत्काललाई एउटा पहरिगाउ रोङ ४ र रोङ ६ को रम्भ्याङ्गमा राखिने भएकाे छ उक्त मेशिन मा बिभिन्न सेन्सर प्रयोग गरि  Satellite (सेटालाइट)  को माध्यम बाट किसानले खोजेको विवरण उपलब्ध गराउन भुमिका खेल्नेछ।
उक्त मेशिनलाई 2G इन्टरनेट र बिधुत्त आवश्यक हुनेछ।

यो कार्यक्रमलाई सफल बनाउन को लागि राेङ पालिकाले प्रबिधि साक्षरता ( Digital literacy )  लाई बढि जोड  ,सुरुमा गुरुकिसान लाई दिने भएकाे छ।
यसको लागि प्रबिधि मैत्री जनशक्तिलाई स्वयंसेवकको रुपमा परिचालन गरिने ,गुरुकिसानलाई यो प्रबिधिमा जोडि सेवा प्रबाह गरिने बाकि क्रमश गरिने याेजना राेङ गाउपालिकाकाे रहेकाे छ।

साथै Digital Enable कोठाको फर्निचर , बिधुत्त र ईन्टरनेट गाउपालिकाले तयार गर्ने कार्यक्रम लाई सफल पार्दै किसानको जिवन स्थर उकास्नको लागि अन्य आवश्यक सबै काम गाउपालिकाले गर्ने स्याङ्वाेले बताउनु भयो ।

वर्तमान समयमा किसानहरु चाैतर्फी निरास बनिरहेकाे बेला गाउपालिकाकाे प्रबिधि मैत्रि कार्यक्रमले सापेक्ष उत्पादन र बृद्धि र बजारिकरण गरि कृषिमा स्वराेजगार र राेजगारीकाे बिकासगरि जिवनस्तर सुधार्न सहयाेगि बन्न सक्ने अाम किसानहरुकाे अपेक्षा रहेकाे राेङ ६ का अगुवा किसान ईन्द्र प्रधानले बताउनु भयो ।

झापाको बुद्धशान्तिमा शनिबार एक कार्यक्रमको आयोजना गरि योगदान राष्ट्रको लागि CONTRIBUTION FOR NATION  झापा जिल्ला शाखाको आयोजना साथै बुद्धशान्ति गाउँपालिकाको सहकार्यमा बुद्धशान्ति गाउँपालिका समिति गठन गर्दै मन्दिर सरसफाई साथै नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला अध्यक्ष  Minus Plus Sangroula प्रदीपको अध्यक्षतामा भएको भएको कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

जसमा अध्यक्ष बालकृष्ण खतिवडा , उपाध्यक्ष ज्ञानु भट्टराई, सचिव आरति घिमिरे, कोषाध्यक्ष कमला रिजाल , सहसचिब एम प्रसाद
सहसचिव बृक्षा खतिवडा,सदस्यहरुमा सान्तिला ढकाल
ख्याम कोइराला,गंगा आचार्य,झुमा अर्याल,ओमकार बास्कोटा लगायत अन्य वडालाई पनि समेट्दै जाने गरि ११ जनाको  समिति गठन गरिएको बताइएको छ ।कार्यक्रममा समिती गठन पछि कार्यक्रम स्थल लक्ष्मीनारायण मन्दिर वरपर सरसफाई समेत गरिएको थियो ।

कार्यक्रममा  Sharada Koirala , Abhi Pradhan Renu Dhungel Dangal Shyam Adhikari  nita chhapagai  विभिन्न समाजसेबी, वडा सदस्य, प्रमुख अतिथि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाकी आजिबन सदस्य Yamuna Rijalले स्वागत मन्तव्य राख्नु भएको  कार्यक्रमको संचालन Jc Dilliram Pokhrel ले  गर्नुभएको थियो । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको श्री नौलो बिहानी उद्यमी महिला समूहको आयोजनामा अर्गानिक नुहाउने साबुन हार्पिक  फिनेल साथै झोल साबुन बनाउने ४ दिने तालिम सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा श्री नौलो बिहानी उद्यमी महिला समुहको आयोजनामा बुद्धशान्ति वडा नं ४ को सटाभर्नाको गणेश चोकमा  बैशाख ६ गते बाट ९ गते सम्म  ३० जना महिला आमा दिदी बहिनिहरूको सहभागीतामा सन्चालन भएको ४ दिने साबुन बनाउने तालिम आइतबार सम्पन्न गरेको हो । श्री नौलो बिहानी उद्यमी महिला समूहकी अध्यक्ष याम माया नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

४ दिवसीय अर्गानिक नुहाउने साबुन हार्पिक  फिनेल साथै झोल साबुन बनाउने तालिमको सहजिकरण बुद्धशान्तिका २ जयपुरका रूद्र् प्रसाद भट्टराई र सीता देवि बानियाले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष मनोज प्रसाइले आफ्ना भनाई राख्दै महिला आमा दिदी बहिनिहरूको लागि गाउँपालिकाले यस अघि पनि महिला दिदी बहिनिहरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बाउनु भयो ,।

उहाँले भन्नुभयो महिला दिदी बहिनिहरूको लागी जिवनस्तर सुधारनका लागि यहाँका महिला दिदी बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले महिला हरूको जिवन स्तर सुधारका लागि यहाँका महिला दिदी बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

बुद्धशान्ति ४ को सट्टाभर्नाको गणेश चोकमा भएको समापन कार्यक्रममा  तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

संस्थाकी कोषाध्यक्ष शान्ति भन्डारीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको  कार्यक्रममा संस्थाकी अध्यक्ष याम माया नेम्वाङले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिब रोस्नि राईले गर्नु भएको थियो ।कार्यक्रममा  दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेल स्थानिय समाज सेवि सुमन खालिन,श्री नौलो बिहानी उद्यमी महिला समूह बुद्धशान्ति ४ का  सम्पुर्ण पदाधिकारी सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

झापा जिल्लाका उद्योगीहरु तथा उद्योग बाणिज्य संघ र बस्तुगत संघका अध्यक्ष तथा प्रतिनीधिहरुलाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा RMA(Rapid Market Assessment)  संस्थागत विकासका लागि महासंघका उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा उहाँले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको प्रयासले हाल उद्योग प्रतिष्ठानहरूमा कामदार सम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने कुरा बताउनुभयो ।

अहिले श्रम बजार सम्बन्धी अध्ययन नभएको अवस्थामा रोजगारदाताले दक्ष कामदार पाउन नसकेको बताउनु भयो ।

नेपाल भेनियर उतपादक संघका अध्यक्ष एंव मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत भारतिय कामदार रहेको छन् । कार्यरत १० प्रतिशत नेपाली कामदार पनि बैदेशिक रोजगारको पर्खाईमा रहेका छन् ।

झापा उद्योग संघका अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघका सदस्य यम बहादुर श्रेष्ठले चिया, चामल उद्योगहरुमा दक्ष प्राविधिहरुको अभाव रहको उल्लेख गर्नुभयो ।

कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सिपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्ने । रहेका जनशक्तिको पनि मागमा आपूर्ति नभएको बताउनु भयो ।

सफ्टवेयरमा रोजगारदातालाई जोड्न खोजेको बताउँदै महासंघको पहलमा निर्माण हुने यस प्लेटफर्ममा उद्योग प्रतिष्ठानहरूले पहुँच राख्ने हुँदा अहिले देखिएको जनशक्तिसम्बन्धी माग र आपूर्ति सम्बन्धी समस्याको समाधान हुने बताउनुभयो । उहाँले उद्योग प्रतिष्ठानहरूले दक्ष कामदारलाई उत्प्रेरणा जगाउने कार्य गर्नुपर्ने बताउनुभयो। 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्काले समग्र परिस्थीतिको सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरु प्रगति गर्न नसक्ने, लगानीमैत्री वातावरण निर्मााणका लागि नीतिको आवस्यकता रहेको बताउदै उद्योगहरुको अवस्था बर्गिकरण सोेहि अनुसार समस्याको समाधान गर्नु पर्ने बताउनु भयो ।

हल्दिबारी इटा उद्योगकी संचालिका ज्योति न्यौपाने रिजालले आफ्नो उद्योगमा अधिकांश भारतिय रहेको बताउदैं नेपाली कामदारहरुको उत्पादकत्व तुलनात्कम रुपमा कम रहेको बताउनु भयो ।
हियान फुड इण्डट्रजकी संचालिका शर्मिला अधिकारीले दक्ष कामदारको लागि भारतिय कामदारहरुमा भरपर्नु परेको बताउनु भयो ।

विभिन्न उद्योग प्रतिष्ठान व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू गरी करिब ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले कार्यक्रमको विषयवस्तु प्रष्ट पार्दै यसमा जोडिन सबैमा आग्रह समेत गर्नुभएको थियो ।

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।

झापाको बुद्धशान्तिमा स्थानीय तहमा निर्विरोध निर्वचित हुने स्काउट लाई सम्मान साथै सफथ ग्रहण तथापरिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा जिम्मेवारी बाँडफाँड सम्पन्न भएको छ । कार्यक्रम बुद्धशान्ति स्थानीतह प्रमुख स्काउट तथा गाउँपालिका उपाध्यक्ष श्री भवानीप्रसाद खतिवडाकाे अध्यक्षतामा बुद्धशान्ति स्थानीय तह स्काउटका संरक्षक तथा बुद्धशान्ति  गाउँपालिका अध्यक्ष श्री मनाेज प्रसाईंकाे प्रमुख आतिथ्य ,रहेको थियो ।

कार्यक्रममा वरिष्ठ राष्ट्रिय प्रशिक्षक श्री शिवकुमार पाैड्याल शिक्षाशाखा प्रमुख तथा स्थानीय तह स्काउट बुद्धशान्तिका  सचिव श्री कमलप्रसाद निराैला सहायक राष्ट्रिय प्रशिक्षक द्वय श्री गंगाराम राई खड्ग सुब्बाकाे लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा स्थानीय तहमा निर्विरोध निर्वचित परिषद सदस्यहरुकाे प्रमाणपत्र वितरण तथा जिम्मेवारी बाँडफाँड सम्पन्न गरिएको थियो ।

स्थानीय प्रमुख आयुक्त स्काउटर शिव प्रसाद पाैड्याल
शैक्षिक पद्धति आयुक्तमा स्काउटर श्री पवन खतिवडा
सुशासन स्राेत विकास तथा वित्त आयुक्त स्काउटर रामचन्द्र अधिकारी सामुदायिक आयुक्त  स्काउटर  दीपा थापा सदस्य स्काउटर  मिना नेपाल सदस्य स्काउटर  रमिला चापागाईं यसरी कार्य विभाजन भएकाे कार्यक्रमकाे सञ्चालन  सहायक राष्ट्रिय प्रशिक्षक  खड्ग सुब्बा पन्धाकले गर्नु भएकाे थियाे भने,स्वागत मन्तब्य सहायक राष्ट्रिय प्रशिक्षक  गंगाराम राईले गर्नुभएकाे थियाे।

कार्यक्रमकाेओेैचित्य माथि प्रकाश पार्दै वरिष्ठ राष्ट्रिय प्रशिक्षक  शिवकुमार पाैड्यालले नयाँ कार्य समितिकाे ४ वर्षे कार्यकाल सफलताकाे शुभकामना  ब्यक्त गर्नुभयाे भने प्रमुख अतिथि तथा बुद्धशान्ति  स्थानीय तह स्काउट संरक्षक श्री मनाेज प्रसाईंले गाउँपालिकामा आइपर्ने हरेक विपत्तिमा स्काउटका स्वयंसेवीहरुकाे उपस्थितिमा समस्या समाधान हाेस् , हामी सकेसम्म सहयाेग उपलब्ध गराउँछाैं भन्ने बचन बद्धताका साथ कार्य समितिकाे सफलताकाे शुभकामना ब्यक्त गर्नुभयाे ।

कार्यक्रमका अध्यक्ष ,बुद्ध शान्ति स्थानीयतह  प्रमुख स्काउट तथा बुद्धशान्ति  गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आफु यसअघि  स्काउटको विषयमा अन्जान रहेकाे , आज धेरै जानकारी पाएकाे र आगामी दिनमा आफ्नाे तर्फबाट सक्दाे सहयाेग उपलब्ध गराउने बचनबद्धता तथा कार्यसमितिकाे सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दै सभा विसर्जन गर्नुभएकाे थियाे ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ ले  कृषकहरुलाई व्यवसायि कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले विभिन्न समुहका कृषकहरुलाई ७५ थान हाते ठेला र ६५ थान मकैको ड्याङ वनाउने हलो वितरण गरिएकाे छ । वडा कार्यलयले  मंगलबार एक कार्यक्रम गरेर विभिन्न कृषक, समूहहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।

बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको बताउनुभयो ।

कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै  वडाले कृषि उपज उत्पादनमा लागेका किसानलाई कृषि सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल, बुद्धशान्ति वडा नं ३ कार्यपालिका सदस्य नर्बदा चापागाँई  सदस्य दिपक सापकोटा , सदस्य तिलक प्रसाद रिजाल ,हरियालि मुल कृषक समूहका अध्यक्ष फडिन्द्र ढुङ्गाना , सहितकाे उपस्थितिमा मंगलबार वडा नम्बर ३ का कृषकहरूलाई उक्त  सामान हस्तान्तरण गरिएकाे थियाे ।

वडाबाट खुलाइएको निवेदनको मागका आधारमा छनौट भएका किसानहरु लाई वडा नं ३ को कृषि वजेटको ५०/ प्रतिशत तथा कृषको ५० प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरेको वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा नं ३ का वडा सदस्य तिलनारायण रिजालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा स्थानिय सरकारले राखेको भन्दै उहाँले भन्नू भयो र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा कृषकहरूलाई ब्यवसायिक बनाउन सके खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरियाली मुल कृषक समूहका अध्यक्ष फडिन्द्र ढुङ्गानाले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने बुद्धशान्ति गाउँपालिका वडा नं ३ हरियालि मूल समूहकि सचिव को सचिब पार्वता बजगाईले  कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका– १२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनु भयो ।

स्थानीयबासीले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो ।

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन ।

मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उहँाले बताउनु भयो ।