April 20, 2025

झापाको बुद्धशान्ति गाउँपालेकाले गाउँपालिकाका सबै वडामा र अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्रहरूमा गरि जम्मा २९ ठाउँमा सिसि क्यामेरा जडान गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाले सडक दुर्घटना न्युनिकरण चोरी डकैति लाघु अौषध बेचबिखन लगायत विभिन्न खाले अपराधीक गतिविधि रोक्ने उदेश्यले सिसि क्यामराको मनिटरियन गरि बुद्धशान्ति गाउँपालिका साथै इलाका प्रहरी चौकीबाट हेर्न सकिने र चौविसै घन्टा प्रहरीले गतिविधिको चौकीमा बसेर निगरानी गर्न सकिने सिसि क्यामेरा जडान गरिएको हो ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक बर्ष ८०/८१ को ९ लाख १५ हजार ६ सय ७६ रूपयाँको लागतमा २९ वटा क्यामेरा जडान साथै पुरानो लाई मर्मत समेत गरेर गाउँपालिकाको विभिन्न सार्वजानिक ठाउँ हरूमा सिसि क्यामरा जडान गरिएको बुद्धशान्ति गाउँपालिका सूचना प्रविधि अधिकृत तोषराज ठाकुरले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकाका सातै वडा कार्यालय साथै,अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्र अब सीसीटिभी क्यामेराको निगरानीमा राखी बुद्धशान्ति गाउँपालिका र ईलाका प्रहरी कार्यालय बुधवारेले बुद्धशान्ति क्षेत्रभित्र सुरक्षा तथा अनिवार्य निगरानि राख्नु पर्ने भएकाले पालिकाले आफ्नै  फाईवर नेटवर्क स्थापना गरि CCTV प्रणालि जडान  गरिएको र बिद्युत प्रवाह,fiber cable ,network लगायतका विषयहरुले गर्दा यो कार्य आफैमा चुनौति पुर्ण भएकाले आगामि दिनहरुमा देखिएका सम्स्याहरुलाई समाधान गर्दै व्यवस्थित रुपमा  अन्य स्थानहरुमा पनि  CCTV जडान गरिने बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।

झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।

साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु भएको हो ।

आज करिब ४ः५० बजे घरनजिकैको मकैबारीमा मल लगाउँदै गर्दा परेको चट्याङले उनलाई लागेको थियो ।

दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाइते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारको क्रममा आज साँझ ६ः२० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आज लामो समयपछि झापाका केही स्थानमा चट्याङसहित छिटफुट वर्षा भएको थियो । खण्डवृष्टिका कारण कृषकलाई भने खासै राहत मिलेन ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ७ ले बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्यमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिका महिला बालबालिका शाखा तथा  बुद्धशान्ति गाउँपालिका वडा नं ७ को संयुक्त कार्यक्रम अन्तर्गत महिला  उद्यमशिलता युवा उद्यमशिलता र दलित उत्थान कार्यक्रम अन्तरगत बुद्धशान्ति वडा नं ७ का ९५ जनालाई ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति वडा नं ७ को वडाकार्यलयको सभाहलमा भएको ३ महिने निशुल्क कम्प्युटर तालिमको सहजिकरण बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक विस्वराज भन्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष मनोज प्रसाइँले आफ्ना भनाई राख्दै पछिल्लो समय  अहिलेका युवा युवतीहरू लागु अौषध जस्ता विभिन्न खाले गतिविधिहरूमा बिग्रदै गएको अवस्थाले गर्दा बुद्धशान्ति गाउँपालिकाले युवा युवती लक्क्षित कार्यक्रम अन्तर्गत यस अघि पनि  विभिन्न कार्यक्रम हरू सन्चालन गरेको बताउनु भयो उहाँले भन्नुभयो युवा भाई बहिनिहरूको लागी

जिवनस्तर सुधारन सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीले युवा लक्क्षित कार्यक्रमले  यहाँका युवा भाई बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । तालिमको समयावधी थप गरेर एड्भान्स तालि सञ्चालनका लागि सहभागिहरुले माग गरेका छन् । तालिम उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय तुलसा गड्तौलाले बताउनु भयो ।
बुद्धशान्ति ७ को वडा कार्यलयको भवनमा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । वडा नं ७ का वडा सदस्य खगेन्द्र गड्तौलाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन तालिममा सहभागी रमिता अधिकारिले गर्नु भएको थियो ।
आईतबार भएको कम्पुयटर तालिम समापन कार्यक्रमको अवसरमा वडा नं ७ को कार्यलय र बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्य साथै नेपाल रेडक्रस सोसाईटी उपशाखा बुद्धशान्तिको प्रविधिक सहयोगमा १ दिने बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो  । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख मिना विष्ठ,वडा नं ७ का सम्पुर्ण जनप्रतिनिधि,बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक
गोविन्द सुवेदी स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता  रहेको थियो ।

झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेन्ज कपको फाइनल खेलको दौरानमा महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो लगायत विभिन्न विधामा ८ जनालाई सम्मान गरिएको छ ।

प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ट फर्ममा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एञ्जिलालाई नगदसहित सम्मान गरिएको हो । आयोजक आदर्श युवा क्लबले उनलाई नगद २५ हजार पुरस्कारसहित सम्मान गरेको हो ।

नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिएकाले कप्तान एञ्जिलालाई सम्मान गरिएको प्रतियोगिताका संयोजक मनेष दाहालले जानकारी दिनु भयो । यसैगरी, मेची महाकाली धावन यात्रा पूरा गर्ने जिवनाथ अधिकारी, एन्फाको १३ वर्षमुनिको टिममा पर्न सफल भाइचुुङ शेर्पा, करातेतर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदकधारी चन्द्र पुलामी मगर, तेक्वान्दाेतर्फ स्वर्ण पदकधारी रेश्मा भुजेल, रेफ्री स्वं. लोकराज ढुुङगाना (मरणोपरान्त), आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा प्रशिक्षक स्वं. विनोद गुरुङलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए ।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

वुधवारे । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सिमित भएको भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक आदर्श युवा क्लबलाई २–० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ ।

मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको १६ औ मिनेटमा बिकी सिंहले दिएको पासमा सुरज रसाइलीले गोल गर्दे मानेभन्ज्याङलाई अग्रता दिलाएका थिए । सिंहको प्रहार पेनाल्टी एरियाबाट आदर्शका खेलाडीले क्लियर गर्न नसकेको मौकामा रसाइलीले दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

मानेभन्ज्याङका लागि दोस्रो गोल खेलको ६१ औं मिनेटमा सम्भव भयो । कप्तान करण राईले दिएको पासलाई सौरभ तामाङले गोल गरे । आदर्शका खेलाडीले अफसाइडको अपिल गर्दै छोडेको बललाई रेफ्रीले गोल दिएका थिए ।

खेल अवधिभर बल पोजिसन राखेको आदर्शले स्कोर भने गर्न नसक्दा उपस्थित दर्शक निरास बनेका थिए । घरेलु दर्शकको उल्लेख्य समर्थन पाएपनि पाहुना टोलीको अगाडि आदर्श निरिह बनेको थियो ।

खेलको ५३ औ मिनेटमा आदर्शले पेनाल्टी पाएको थियो । आदर्शका सौरभ सुुब्बालाई बिपक्षी खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि पेनाल्टी पाएको थियो ।

अनुुभवी खेलाडी  रोमन भुजेलले प्रहार गरेको  पेनाल्टी मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङले उत्कृष्ठ बचाउ गरेका थिए । खेलको ६६ औं मिनेटमा आदर्शका कप्तान पुजन थापाले गरेको कढा प्रहार पोष्टमा लागेर बाहिरियो ।

खेलको ११ औ मिनेटमा मानेभन्ज्याङका सुरज रसाईलीले दिएको क्रस पासमा करन राईले टच गरेको बल फ्रेममा पर्न सकेन । मानेभन्ज्याङले खेलमा अरु खतरा मुुभ बनाउन सकेको थिएन ।

मानेभन्ज्याङ अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सिमित भएको थियो । खेलको ५६औ मिनेटमा मानेभन्ज्याङका उमंग राई दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

त्यसैगरी ७० औ मिनेटमा प्रवेश रोय पनि दोहोरो पहेँलो कार्डका कारण मैदान छोडेका थिए । त्यसपछि खेलमा दवाबको सामना गरेको मानेभन्ज्याङले बिपक्षी खेलाडीलाई स्कोर गर्न भने रोकेको थिए ।

खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङ घोषित भए । उनलाई प्रमुख अतिथि बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष भवेस राजबंशीले नगद तीन हजार रुपैंयाँ पुरस्कार दिनु भयो  । बिहीबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी मोरङबिच हुने छ ।

अन्तिराष्ट्रय मजदुर दिवसको अवसरमा भएको आज भएको खेलमा बुद्धशान्तिका चारजना जेष्ठ मजदुरलाई सम्मान गरिएको थियो ।

जेष्ठ मजदुरहरु मदन राजबंशी, मस्लिम महमद, कालु राजबंशी र सुनिल राजबंशीलाई नगदसहित सम्मान गरिएको आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष दिपक सुुब्बा थेबेले जानकारी दिनु भयो  ।

झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका खेलहरु आजबाट हुँदैछन् ।

आज हुने फाइन प्रवेशको पहिलो खेलमा आयोजक आदर्श युवा क्लब बुद्धशान्तिले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ ।

आयोजक आदर्शले ध्रुुवतारा स्पोर्टिङ क्लब दमकलाई २–१ गोल र मानेभन्ज्याङ भारतले धरान एफसीलाई ५–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यस्तै, अन्तिम सेमिफाइनलमा भोलि बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी खेल्नेछन् । बिर्तामोडले नर्थ बेङ्गोललाई र बेलबारीले रेडहर्स इलामलाई पाखा लगाउँदै अन्तिम दुई चारमा स्थान बनाएका थिए ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ । खेल बुद्ध आदर्श माविको खेल मैदानमा दिउँसो ३ः३० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल आयोजक समितिका संयोजक मनेष दहालले जानकारी दिनु भयो  ।

इलामको रोङ गाउँपालिका ४, बाघखोरस्थित मेची राजमार्ग आज भएको भ्यान दुुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

झापाबाट इलामतर्फ गुडिरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटनास्थलमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी २४/२५ बर्ष को मृत पुरुषको नामथर नखुलेको डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र अरू विवरण आउन बाँकी रहेको उनले जनाए ।

बुद्धशान्ति । झापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुुबतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजकका लागि खेलको १७ औ मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रस पासमा डि–बक्समा अनमार्क रहेका थापाले गोललाई पोष्टको दिसा दिएका थिए ।

खेलको ७० औं मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै आयोजक टिमका प्रदीप बुढाथोकीले अग्रता दोब्बर बनाए ।

बिपक्षी खेलाडी बिट भइसकेको समयमा बुढाथोकीले सुन्दर गोल गर्दै आयोजकको जित सुनिश्चित पारेका थिए ।

खेलको इन्ज्युरी समयमा ध्रुुबताराका सञ्जय धिमालले सान्त्वना एक गोल फर्काएपनि जितका लागि त्यो पर्याप्त हुन सकेन । अनमार्क धिमालले वान टुवानको स्थितिमा गोल फर्काएका थिए ।

खेल अवधिभर आयोजक आदर्शले ध्रुुब्तारामाथि दवाब कायम राखेको थियो । ध्रुुबताराले निर्धारित ८० मिनेटको खेलमा बिपक्षी टिमबिरुद्ध खासै मुुभ बनाउन सकेको थिएन ।

खेलको ४५ औं मिनेटमा ध्रुुबताराका रजिन माझीले गरेको फ्रि किक आयोजकका गोल रक्षक उपेन्द्र लुहागुनले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको २३ औं मिनेटमा आयोजक आदर्शका उमेश याङवाले दिएको पासलाई प्रदीप बुढाथोकीले गोल गर्न सकेनन् । उनको प्रहार बिपक्षी गोलरक्षक आयुश लिम्बुले नियन्त्रणमा लिए ।

खेलको म्यान अफ द म्याच आयोजक आदर्श युवा क्लबका पहिलो गोलकर्ता पुजन थापा घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए ।

भोलीको खेलमा बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक भएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले लामो समय स्थगित भएको प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

उहाँले आगामी बर्षदेखि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै गाउँपालिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो ।

बिहीबार राति झापाको मेचीनगर नगरपालिका १२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कार्कीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । हिजै मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् ।

केही दिनदेखि झापामा सवारी दुर्घटना बढेको छ । बुधबारमात्र झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका थिए ।