April 16, 2025

बुधबारे जेसीजले झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ वस्ने ५४ वर्षिय सुरेश तामाङ्गलाई वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर रायको रोहबरमा एक थान ह्वीलचियर प्रदान गरेको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ४ कार्यालयको समन्वय तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहको सहयोगमा तामाङ्गलाई ह्वीलचियर प्रदान गरिएको बुधबारे जेसीजका कोषाध्यक्ष तथा वितरण कार्यक्रमका संयोजक सुजित बरालले बताउनु भयो  ।

तामाङ्ग विगत लामो समय देखि प्यारालाइसेस् भइ हिडडुल गर्न नसक्ने अवस्थामा रहेको वडाध्यक्ष शेरबहादुर रायले बताए पछि आफूँहरुले ह्वीलचियर सहयोग गर्नका लागि पहल गरेको बुधबारे जेसीजका अध्यक्ष दुर्येधन सिंह राजपुत देवले बताउनु भयो  ।

बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेको कार्यक्रममा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गर्नु भएको थियो ।

बुधबारे जेसीज सन् २०२४ को पहिलो चार महिनामा लागतार नेपाल जेसीजको उत्कृष्ट शाखा घोषित भएको छ ।

नेपाल जेसीजले प्रत्येक महिना शाखाहरुको कार्य सम्पादन मुल्याङ्कनको आधारमा प्रदान गर्ने 100 % Efficiency Award अप्रिल महिनामा पनि प्राप्त गर्दै बुधबारे जेसीजले इतिहास रच्न सफल भएको हो ।

बुधबारे जेसीजले लगातार चार महिना सम्म यस्तो सम्मान प्राप्त गरेको पहिलो पटक भएको बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुतले बताउनु भयो ।

सन् २०१२ मा स्थापना भएको बुधबारे जेसीज १८ देखि ४० वर्ष सम्मका युवाहरुको संस्था हो । यस संस्थाले युवाहरुको क्षमता विकासका लागि व्यक्तिगत विकास, व्यवसाय प्रर्वधन, सामुदायिक विकास र अन्तराष्ट्रिय सम्बन्ध विकास गरि चार क्षेत्रमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ ।

सन् २०२४ मा लगातार चार महिना सम्म नेपाल जेसीजबाट सम्मानित भए पछि अध्यक्ष सिंहले भन्नु भयो ,यो सफलता तथा इतिहास रच्नुमा २०२४ का बोडका साथीहरुको उत्कृष्ट नेतृत्व, सदस्यहरुको क्रियासिलता र पूर्व अध्यक्षहरुको निरन्तर मार्गदर्शनले मात्रै सम्भव भएकाले यो सफलताको सम्पूर्ण श्रेय बुधबारे जेसीजका सम्पूर्ण सदस्यहरुलाई दिन चहान्छु र आगामी दिनमा समेत यस किसिमको सक्रियताको अपेक्षा गर्दछु

इलाम । अपांगता भएका व्यक्तिहरुका लागि चार दिने क्षमता अभिवृद्धि तालिम मंगलवारदेखि रोङ गाउँपालिकामा शुरु भएको छ 

रोङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा रोङ ३ कुटीडाँडामा तालिम शुरु भएको हो ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वोले तालिमको उद्घाटन गर्दै अपांगता भएका व्यक्तिहरुलाई सवल र सक्षम बनाउन त्यस किसिमको तालिम संचालन गरिएको बताउनु भयो ।

उहाँले अधिकारको खोजीसंगै दायित्व बोधसमेत गर्न आग्रह गर्नु भयो ।

कार्यपालिका सदस्य तथा अपांगता समन्वय समिति सदस्य इन्दिरा सिलवालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोङ ३ का वडा अध्यक्ष मातृका बराल , संयुक्त अपांगता संघका अध्यक्ष रमेश बराल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो  ।

सि.वि.आर. सहजकर्ता भवानी राईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अपांगता सहायता कक्ष सहजकर्ता झुमा फलालीले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्य लिला राउतको पनि आतिथ्यता रहेको थियो ।

१६ जना सहभागी रहेको तालिमको सहजकर्ता प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी रहेका छन् ।

इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका ६ का ३१ वर्षीय शक्तिकुमार राई छन् ।

काबेली करिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ७ बजेतिर करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि माई अस्पताल लगिएको थियो ।

उपचारक्रममा उनको मृत्यु भएको इलामका डिएसपी प्रकाश जबेगूले बताए ।
राईले ज्यालामा करिडोरको काम गर्ने गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा साहारा नेपालले विपन्न महिलाहरूको लागि वित्तिय समावेशिकरण परियोजना अन्तरगत १ दिने चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

साहारा नेपालको आयोजना साथै  सृजनशिल युवा समाजको समन्वयमा बुद्धशान्ति वडा नं ४ स्थित गणेश  माध्यमिक विद्यालयको शभाहलमा १ दिने  वितिय साक्षरता  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले
बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि सहारा नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउदै वुद्धशान्ति बासिको साहारा नेपाल ढुकढुकीनै भएको भन्दै खुलेर प्रशंसा गर्नु भयो ।

त्यस्तै कार्यक्रममा संस्थाको समग्र पक्षको जानकारी गराउँदै साहारा नेपाल साकोस सेवा केन्द्र बुद्धशान्तिका प्रमुख अरूण श्रेष्ठले बचत र ऋणका साथ साथै सामाजिक कार्यमा संस्था अग्रसर रहेको जानकारी गराउदै बुद्धशान्तिमा संस्था स्थापना भई बुद्धशान्तिको सम्पुर्ण वडा सँगको सहकार्यमा जेष्ठनागरिको भवन निर्माण लगायत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनु भयो ।

सृजनशिल युवा समाजका अध्यक्ष  निर्मल पराजुलिको अध्यक्षतामा  भएको कार्यक्रममा साहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मी भन्डारी 
सृजनसिल युवा समाजका सम्पुर्ण सदस्यहरू स्थानिय समाज सेवि विभिन्न संङ सस्थाका प्रतिनिधि सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सृजनशिल युवा समाजका सदस्य नारायण कुमार रेग्मिले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो भने साहारा नेपाल कार्यक्रमका अधिकृत लक्ष्मी भन्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश <पार्नु भएको कार्यक्रमको सन्चालन कल्बका सचिव साजन तामाङले गर्नु भएको थियो ।

यस सृजनसिल युवा समाजले विभिन्न संङसस्थाहरूको सहकार्यमा देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई आर्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोग साथै

पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको  कल्बका अध्यक्ष निर्मल पराजुलिले बताउनु भयो ।

आदर्श युवा क्लब बुद्धशान्ति झापाले आदर्श मलामी विश्रामालय चिलिमगढी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । आदर्श युवा क्लबले क्लबका पूर्वअध्यक्ष तथा बुद्धशान्तिका प्रथम राष्ट्रिय एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा करिब एक लाख २० हजार रुपैयाँको लागतमा चिलिमगढीमा नवनिर्मित आदर्श मलामी विश्रामालय घाट व्यवस्थापन समिति अध्यक्ष कमल उप्रेतीलाई गत शनिबार हस्तान्तरण गरेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।

समितिका अध्यक्ष उप्रेतीले आदर्श युवा क्लब खेलकुदसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको भन्दै खुसी व्यक्त गरे । उनले चिलिमगढी घाटमा मलामी विश्रामालय निर्माणले स्थानीय क्षेत्रका बासिन्दा लाभान्वित हुने बताउँदै बेवारिसे शव व्यवस्थापनको लागि एक लाख रुपैयाँको अक्षय कोष निर्माणको लागि सहयोगको अपिल पनि गरे ।
क्लबका अध्यक्ष श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत आदर्श मलामी विश्राय निर्माण गरिएको र आगामी दिनमा स्थानीय संघसंस्थासँग हातेमालो गर्दै विभिन्न सामाजिक गतिविधिलाई अगाडि बडाउने उद्घोष गरे ।

सोही अवसरमा चिलिमगढीको फोहोरमैला पनि सरसफाइ गरिएको अध्यक्ष श्रेष्ठले बताए । साथै, क्लबले बुद्धशान्ति ३ को ज्येष्ठ नागरिक चौतारीलाई १५ हजार रुपैयाँबराबरको स्टिल दराज ज्येष्ठ नागरिक चौतारीका उपाध्यक्ष तुलसी खतिवडालाई हस्तान्तरण गरिएको थियो ।

२०५२ सालमा स्थापित बुद्धशान्तिकै सबैभन्दा पुरानो क्लब आदर्श युवा क्लबले खेलकुद, सांस्कृतिक र विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै समाजमा सकारात्मक परिवर्तनको लागि युवा एकतामा जोड दिँदै आएको सचिव दुर्योधनसिंह देवले जानकारी दिए ।

त्यस्तै, क्लबले विभिन्न चरणमा फुटबल प्रतियोगिता गरेर बचत भएको रकम र आन्तरिक स्रोेतबाट क्लबले आफ्नै ६ कोठा भएको सटरसहितको भवन निर्माण गरेको छ ।

क्लबका सचिव दुर्योधन सिंह राजपुतले सञ्चालन गरेको कार्यक्रममा घाट व्यवस्थापन समितिका केशवप्रसाद सापकोटा, पदम पोखरेल र क्लबका तर्फबाट उपाध्यक्ष मिलन मुखिया, सदस्य खड्ग श्रेष्ठ र तारा गौतमको उपस्थिति रहेको थियो ।

झापा बुद्धशान्ति उद्योग वाणिज्य संघको विधान २०७७ को दफा १३ उप दफा १ संसोधित विधान बमोजिम आगामी ३ वर्ष कार्य अवधिका लागी मिती २०८१ साल जेष्ठ १३ गते सम्पन्न हुने कार्य समितीका अध्यक्ष १ उपाध्यक्ष २ उद्योग १ वाणिज्य १ महासचिब १ सचिब २ उद्योग१ वाणिज्य १ कोषाध्यक्ष १ महिला सदस्य २ खुल्ला सदस्य ४ जम्मा १३ पदका लागि हुने निर्वाचन देहाय बमोजिम निर्धारित गरि सम्पुर्ण सदस्यहरूलाई जानकारिका लागी सुचना प्रकासित गरिएको छ ।

धरान- सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको थियाे।

मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न संघीय सरकारले रु ७० लाख र प्रदेश सरकारले रु ५५ लाख प्रदान गरेको थियो। मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नु भएको थियो ।

इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र। १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका(५, बरबोटका २३ वर्षे तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।

प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ जाँदैगरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का २० वर्षे चालक अभिशेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुलाई वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि  बायो ग्यासको प्रयोग बढेको छ । वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलीयत दिएपछि आर्थिक वर्ष २०८०-८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन् ।

नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि योजनागत रूपमा अघि बढिरहेको बुद्धशान्ति वडा नं १ ले पशुपालनमा थप हौसला दिँदै उर्जाका लागि हुँदै आएको खर्च कटौती पनि हुने र २० बर्ष माथि टिकाउ हुने गोवर ग्यास निर्माणमा प्रति प्लान्ट १० हजार रुपैँया अनुदान सहयोग गरेको हो । पशुपालक किसानलाई थप सहुलियत होस् भनेर वडाले गाई भैँसीको एआई सेवामा पनि सहुलियत दिइरहेको छ । कृतिम गर्वाधान सेवामा किसानको १ सय र बाँकी ३ सय वडाले सहुलियत दिइरहेको छ ।

वडा कार्यालयको अनुदान रकमको ब्यवस्थापन साथै लोक कल्याण बायो ग्यास कम्पनी र मुनाल बायो ग्यास कम्पनी सँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबर ग्यास प्लान्टहरु स्थापना गरिएका छन् ।

एक परिवार बरावर वार्षिक रुपमा २० हजार देखि ३० हजार रुपैँयाको सिलिण्डर ग्यास खपत हुने आंकडा रहेको छ । वडा कार्यालयको सहयोगमा ६ घनको ग्यास प्लान्ट निर्माण भएका छन् । वडा नं. १ मा १९ सय ६० वटा गाईहरु वडाको सेवा क्षेत्रका कृषकहरुको गोठमा रहेको अध्यक्ष वाग्लेले बताउनु भयो ।

बायो ग्यास स्थापनाका लागि हाल बुद्धशान्ति गाउँपालिका वडा नं. १ का कृषकहरूको चासो र उत्साह बढि नै रहेको पाइन्छ ।

कृषकको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षका लागि बायो ग्यास प्लान्ट स्थापनाका लागि बजेट ब्यवस्थापनलाई निरन्तरता दिने वडा अध्यक्ष अनिल वाग्लेले बताउनु भयो ।
विकास भनेको बाटो घाटो मात्रै बनाउनु होइन नागरिकको दैनिकीमा सहजता ल्याउनु, नागरिकको खर्च घटाउने गरीका दीर्घकालीन योजना लागू गर्नु, बहुउपयोगी खालका कार्यक्रम सञ्चालन गरेर सुविधा दिनु पनि विकासको आधारहरू भएको वडा अध्यक्ष वाग्ले बताउनु हुन्छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा वडा कार्यालयको महत्वपूर्ण सहयोग प्राप्त भएको बताउँदै सिलिण्डर ग्यासको प्रयोग घटेको साथै यसबाट निस्केको गोबरबाट गुणस्तरीय जैविक मल बनाउन सकिने मुनाल बायो ग्यास कम्पनीका महाप्रबन्धक श्याम खनालले बताउनु भयो ।

बिश्वमा बढ्दै गएको उर्जा संकटलाई सम्बोधन गर्नका लागि बायो ग्यास प्लान्टको भुमिका महत्वपूर्ण हुने देखिएको छ ।

कार्वन उत्सर्जनमा समेत सहयोग गर्ने बायो ग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा कृषकलाई चौतर्फि फाइदा पुग्ने नेपाल बायो ग्यास प्रवद्धन संघ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो ।

लोक कल्याण बायो ग्यास कम्पनी र मुनाल बायो ग्यास कम्पनि साथै वडा नं १ कार्यलय साथै उपभोक्ताको गरि त्रिपक्षीय कार्यक्रम अन्तरगत कुल लागत २१ लाख २४ हजारको लागतमा २९ घरमा बायो ग्यास स्थापना भइरहेको छ ।
बायो ग्यास स्थापनाका लागि वडाले ३ लाख बजेट ब्यवस्था गरेर कार्यक्रम सञ्चालन गरेको बताउँदै प्लान्ट ३० वर्ष सम्म चल्ने साथै खर्च कटौतीमा महत्वपूर्ण भुमिका खेल्ने वडा नं. १ का अध्यक्ष अनिल वाग्लेले बताउनु भयो ।

गोबर ग्यास प्लान्ट स्थापनाका लागि वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र होइन संकटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताए । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा केही कृषकहरुले लामो समयदेखि गोबरग्यास प्रयोगमा ल्याएको पाइन्छ ।

मानिसलाई विभिन्न ढंगबाट बायो ग्यासले सहयोग पुग्ने बताउँदै बुद्धशान्ति गाउँपालिका वडा नं. १ का नन्दकुमार तिम्सिनाले प्लान्टबाट निस्केको मल समेत प्रभावकारी हुने बताउदै वडाले राम्रो काम गरेकोले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो  ।

बायो ग्यास निर्माणमा प्रयोग भएका सामग्री र मेकानिजम अत्यन्तै मजबुत भएको बताउँदै प्राविधिक लेखनाथ अधिकारीले प्रयोग कर्ताले प्लान्ट संरक्षणमा ध्यान पूर्याउन सकेको खण्डमा लामो समय टिकाउ हुने बताउनु भयो ।

वायो ग्यास निर्माण हुँदा सिलिन्डर ग्यासमा हुने खर्च बच्ने छ भने गोवरका लागि पालिएका पशुबाट दूध बिक्रि गरि तथा मल प्रयोग गरि किसानले आय वृद्धि गर्न सक्नुहोस् भन्ने लक्ष्यका साथ वडाले सो कार्यक्रम सुरुवात गरेको बताईएको  छ । जसले किसानमा खुसी छाएको छ ।