February 17, 2026

इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रर्णाली सुरु गरिएको छ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको हो । 

पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो । 

प्रयास प्रारम्भको प्राविधिक सहयोगमा अभिभावककाे सबै विवरण राख्ने गरी निर्माण गरिएको मोबाइल एप नेपालमै फरक र पहिलो अभिभावक शिक्षा सम्बन्धी एप भएको प्रयास प्रारम्भका विज्ञ लोकप्रिय खनालले जानकारी दिनुभयो ।

अभिभावक  शिक्षामा सहजकर्ताको समेत काम गरी रहनुभएका खनालले रोङमा मात्र नभई देशका अन्य पालिकालाई समेत काम लाग्ने गरी एप निर्माण गरिएको जानकारी दिनुभयो ।

‘प्रविधिको प्रयोगले शिक्षकको समय बचत गर्न र त्यो समय उहाँहरुले विद्यालयका अन्य काममा खर्चन सक्नुहुन्छ,’ खनालले भन्नुभयो ।

अभिभावक  उपस्थिति र मूल्याङ्कनको मापन गर्ने गरी तयार गरिएको मोबाइल एप शिक्षा शाखा, सहजकर्ता शिक्षक र विद्यालयले प्रयोग गर्ने गरी निर्माण गरिएको छ ।

उक्त एपमा विद्यार्थी नियमित भए-नभएको, अभिभावकले विद्यार्थीको पढाइबारे विद्यालयमा चासो राखे÷नराखेको सबै जानकारी थाहा पाउन सकिन्छ ।

गाउँपालिकाले एक वर्षअघि देखि कार्यविधि नै बनाएर सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनामा एक पटक विद्यालयमा भेला पारेर अभिभावक शिक्षा दिँदै आएको छ ।

गाउँपालिकाले महिनामा एक दिन अभिभावक अनिवार्य विद्यालयमा आएर अभिभावक शिक्षा लिनुपर्ने र त्यो दिन विद्यार्थीले घरमा बसेर अभिभावकको काम गर्नुपर्ने बाध्यकारी कानुन नै निर्माण गरेको छ । 

हालसम्म गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थीका अभिभावकमध्ये एक हजार तीन सय बढीलाई अभिभावक शिक्षा दिइएकाे गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले अभिभावक दर्ता, हाजिरी, अभिभावकको शैक्षिक मूल्याङ्कन, हाजिरी प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र अभिभावक परिचय पत्रसमेत एपबाटै अध्ययन गर्न सकिने भएकाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढ्न थालेको जानकारी दिनुभयो ।

अध्यक्ष स्याङ्बोले भन्नुभयो, “सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकमा एकरुपता ल्याउन सके मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ, त्यसकै लागि हामीले एप निर्माण गरी लागु गरेका हौं ।”

गाउँपालिकाले शुरुमा ४० शिक्षकलाई सहजकर्ता शिक्षकको रुपमा तालिम दिएर अभिभावक शिक्षा सुरु गरेको थियो ।

पालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आर्थिक वर्ष २०८१-०८२ मा २० करोड लगानी गरेको छ ।

विद्यालयको भौतिक संरचनादेखि आईसीटी ल्याब र अभिभावक शिक्षा लगायतमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिनुभयो । 

अविभावक शिक्षासँगै गाउँपालिकाले आमा समूहलाई सक्रिय बनाएको छ । आमा समुह परिचालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम थालिएको छ ।

पालिकाले कार्यविधि निर्माण गर्दै अभिभावक परिचय पत्र, अविभावक शिक्षा, अनुगमन, मूल्याङ्कन, पुरस्कार र दण्ड सजायका विषयमा स्पष्ट उल्लेख गरेको छ ।

अभिभावक शिक्षा लागु भएपछि विद्यार्थी नियमित विद्यालय जाने, विद्यार्थीको स्वास्थ्य र खानपानमा ख्याल पुग्ने गरेको रोङ ६ को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनुभयो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ  ।

आइतबार (आज) भएको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्तिका कार्की निर्वाचित हुनभएको हो  ।

उहाँलेले १७६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी जनार्दन ढकालले १०८ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धस्मृति एजुकेसन फाउण्डेशन बिर्तामोडका हरिकृष्ण (एचके) पाठक निर्वाचित हुनु भएको छ ।

उहाँले १८९ मत प्राप्त गर्नु भएको थियो ।
उहाँका प्रतिद्वन्दी उत्तम खनालले ९५ मत प्राप्त गर्नु भएको थियो  ।

उपाध्यक्षमा एम्स एकेडेमी अर्जुनधाराका टीआर गौतम १२२ मतसहित विजयी बन्नु भएको ह‍ो ।

उहाँका प्रतिद्वन्दीहरु बदिराम राईले ९६ र भवानी पाठकले ६१ मत प्राप्त गर्नु भएको प्याब्सन झापाका सचिव त्रिलोचन गौतमले जानकारी दिनु भयो  ।

सचिवमा दिपजन अंग्रेजी बोर्डिङ स्कुल बाह्रदशीका लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी विजयी हुनु भयो ।
अर्का उम्मेदवार रुद्र सिटौलाले ११४ मत प्राप्त गर्नु भयो ।

कोषाध्यक्ष पदमा सगरमाथा इङ्गलिस बोर्डिङ स्कुल शिवसताक्षीका अमृतकुमार तिम्सिना निर्वाचित हुनु भयो ।

उहाँले १४९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी जनार्दन मैनालीले १३६ मत प्राप्त गर्नु भएको थियो  ।

सहसचिवद्वयमा प्रजिता एजुकेशन एकाडेमी दमकका जिवन शिवाकोटी १७० र बेनुबाजा इङ्गलिस बोर्डिङ स्कुल कनकाईका विनोद सुब्बा १६८ मतसहित विजयी बन्नु भयो भने डम्बर रुचालले १३२ मतमात्र प्राप्त गर्नु भयो ।

सहकोषाध्यक्षमा साउथ होराइजन इङ्गलिस स्कुल झापाका नारायण सुवेदी निर्विरोध निर्वाचित बन्नु भएको  हो।

सदस्यहरुमा सुमन शर्मा जमरकट्टेल, दशरथ (देवेन्द्र) हुमागाई, कुलबहादुर श्रेष्ठ, कुमार राया, मोहन थापा, कल्पना थापा र प्रेमकुमार ओझा निर्विरोध चयन हुनभएको हो ।

सदस्य पालिकाबाट १५ पदसंख्या मध्ये गणेशकुमार श्रेष्ठ, सुर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजबहादुर कार्की, सन्तोष सुब्बा, दिपेन्द्र सुब्बा र अनुप राय चयन हुनुभएको छ ।

त्यस्तै अधिवेशनले १३ जना महाधिवेशन प्रतिनिधीमध्ये पाँच जनालाई चयन गरेको छ ।

इश्वरी श्रेष्ठ, डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, चन्द्रप्रकाश राई र गीताराज खड्का (हरी) महाधिवेशन प्रतिनिधीमा चयन भएको निर्वाचन समिति संयोजक अमृतबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

३०९ जना मतदाता मध्ये २८९ मत खसेको थियो ।

झापाको बुद्धशान्तिमा दोस्रो बुद्धशान्ति गाउँपालिका वडा स्तरिय  नकआउट भलिवल प्रतियोगिताको हुने भएको छ । बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको संयोजन तथा वडा नं ६ खेलकुद विकास समितिको आयोजनामा यहि माघ  २५ र २६  गते प्रतियोगिता संचालन हुने भएको हो ।

बुद्धशान्तिका गाउँपालिकाका ७ वटै वडाको टिम सहभागिता हुने प्रतियोगितामा विजेताले नगद २० हजार मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बुद्धशान्ति वडा नं ६ खेलकुद विकास समितिका अध्यक्ष असोक लाखेले बताउनु भयो । खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितमा भएको पत्रकार सम्बेलनमा माघ २५ गते उद्घाटन हुने प्रतियोगिताको खेल तालिका आयोजक समितका सचिब बाबुल दाहालले गर्नु भएको थियो ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालन हुने प्रतियोगिताले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न पालिकाले विभिन्न खेलकुदहरूको आयोजना गर्दै आएको बताउदै भलिवल विकासका लागि वडास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङले बताउनु भयो ।पत्रकार सम्मेलन मार्फत शुभकामना दिदै वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको  बताउनु भयो  । बुद्धशान्ति–६  स्थित ठुटेवरको खेल मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदानको पनि तयारी भईसकेको बताउँदै वडा नं ६ वडा सदस्य दिनेस लेप्चाले प्रतियोगिताको प्रतेक खेलमा विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट खेलाडीलाई नगद रू १ हजार  प्रतियोगिताको बेस्ट स्पाईक ट्रफी, बेस्ट सेटर ट्रफी, बेस्ट लिबेरो ट्फी,बेस्ट सरबर ट्रफी,पाउने बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित बुद्धआदर्श माध्यमिक विद्यालयका समकालीन साथी समूह-२०५४ ले आज एक कार्यक्रमको आयोजना गरि वनभोज तथा तेस्रो वार्षिक साधारण सभा साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मेचिनगर १३ स्थित कालिका सिमसार पर्यापर्यटन  पार्कक्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो ।

समकालीन साथि समुहले साधारण सभा साथै बनभोजको अवसर पारेर समुहबाट बुद्धआदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम संयोजक नारायण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धआदर्श माद्यमीक विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न गरिएको थियो । उहाँलाई खदा लगाई मिस्ठान परिकारको साथै मायाको चिनो सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

बुद्धआदर्श मावि समकालीन साथी समूह-२०५४ ले आयोजना गरेको वनभोज साथै साधारण सभामा आआफ्नो पेशा र व्यवसायले निकै टाढा भएपनि समकालीन साथीहरू सबैजना यसरी भेला भएर कार्यक्रममा आफ्ना तितामीठा अनुभवहरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गर्नु भएको थियो ।शिक्षकलाई सम्मान सँङसँगै कार्यक्रममलाई थप रोचक बनाउन हाँडी फुटाउने कविता,गजल, मुक्तक,नृत्य तातो आलु लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

समूहका सदस्य  बेदनिधी न्यौपानेले बैदेशिक रोजगारको शिलशिलामा विदेसमा रहेर पनि यश कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने  राजन दुलाई लाई  विशेष धन्यबाद दिदै उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नु भएको  थियो । कार्यक्रमका सभा अध्यक्ष नारायण न्यौपानेले कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन समकालीन साथी समुहका सदस्य दुर्गानाथ ढकालले गर्नु भएको थियो ।

झापाको बुद्धशान्तिमा पाँच विगे देवी बस्ति सम्वृद्धि बहुउदेश्यीय शहकारी संस्थाको ११ अौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुद्धशान्ति २ स्थित नवज्योति युवा क्लबको सभाहलमा ११ अौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।पाँच विगे देवि बस्ति सम्वृद्धि बहुउदेश्यीय शहकारी संस्थाका अध्यक्ष चन्द्र कला निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका सहकारी विभाग प्रमुख देवेन्द्र कटुवालको प्रमख आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि  प्रमुख अतिथि देवेन्द्र कटुवालले पाच विगे देवि बस्ति बहुउदेश्यीय सहकारी संस्था हालको अवस्थामा आइपुग्दा संस्थाको आर्थिक प्रतिवेदन अद्ययनको आधारमा  बुद्धशान्तिको क्षेत्रमा यस पाँच विगे देवी बस्ति सम्वृद्धी बहुउदेश्यीय सहकारी अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउदै पछिल्लो समय बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताउदै यस्तो हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्दै आफ्नो धारण राख्नु भएको थियो ।कार्यक्रममा संस्थाको निरिक्षण तथा पदपुर्ति समितिका संयोजक राजकुमार श्रेष्ठले बचत तथा कर्जा लगानि असुलि कार्बिधि २०८१/ को प्रस्तुत गर्नु भएको थियो भने पाँच विगे देवी बस्ति सम्वृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्र कला निरौलाले सहकारि सिद्धान्त अनुरूप गुणस्तरिय वित्तिय सेवा मार्फत विपन्न सदस्यको आर्थिक जीवन उकास्ने उद्येस्य लिएर अगाडि वढेको बताउदै संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको ११ अौ  वार्षिक साधारण सभाको अवसर पारेर संस्थाले गर्दै आएको सदस्य सम्मान कार्यक्रम अन्तरगत जेष्ठ सदस्यमा तुलाराम श्रेष्ठ उत्कृष्ठ बचतकर्तामा देवेन्द्र कुमार  लुम्रे मगर साथै उतकृष्ठ ऋणकर्तामा कौशिला भुजेललाई सम्मान गरिएको थियो ।नवज्योति युवा क्लबको साहलमा सम्पन्न सभामा भएको सभामा बुद्धशान्ति वडा नं २ कार्यवाहक अध्यक्ष सन्जु पौडेल कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष दुर्गा कुँइकेल जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति सदस्य प्रेम सागर सापकोटा लगायतले लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा संस्थाले संस्थामा रहेर नियमित कारोबार गर्दै आउनुहुने संस्थाका सेयर सदस्यहरूलाइ कृषि आौजार समेत वितरण गरिदै आएको बताउदै उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाका उपाध्यक्ष प्रेम प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि संस्थाका सेयर सदस्य सन्चारकर्मी लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाका सचिब चुडामणि पान्डेले गर्नु भएको थियो ।

झापाको  बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा  रहेको बुद्धआदर्श माद्यामिक विद्यालले आफ्नो ६४ औं बार्सिक उत्त्सव  सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले एक भब्य समारोहकाबीच आफ्नो ६४ औं वार्सिक उत्त्सव मनाएको हो।

बिद्यालयले आफ्नो ६४ औं वर्षगाठको अवसर पारेर विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेसगै अन्तिम दिन एक भब्य समारोहकाबीच कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई  झापाका प्रमुख देवेन्द्र मल्ल लगायत अन्य अतिथि सभाअध्यक्ष बाट द्विप प्रजवलन गर्दै कार्यक्रमको उद्धघाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष  मनोरथ तिवारी अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख शिक्षा विकास तथा समन्वय इकाई  झापाका प्रमुख  देवेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि मल्लले आजको पहिलो आवश्यकता नै शिक्षा भएको र शिक्षा हासिल गर्न पहिलाको जस्तो समस्या नभएको पहिलाको तुलनामा स्रोत र साधन पनि व्यवस्थित हुँदै गएको भन्दै शिक्षण सिकाई साथ साथै  स्वस्थ्य जीवन जिउन हाम्रो लागि खेलकुद पनि आजको आवश्यक भएकाले बताउदै शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागी शिक्षक विद्यार्थि अभिभावक कर्मचारी व्यावस्थापन समितीको उतिनै भुमीका हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमकै अवसरमा छुट्टाछुट्टै विभिन्न अक्षयकोषका दाता परिवारबाट गरिब तथा जेहेन्दार (उत्कृष्ट ) विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे । त्यस्तै कार्यक्रममा बिद्यालयका आफ्ना विद्यार्थिहरूलाई ९०% ल्याएर पास गराउन सफल हुनुहुने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियोे । कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका भरिका विभिन्न विद्यालयका प्रधानध्यापक ,शिक्षक प्जनप्रतिनिधि , अभिभावक ,अक्षयकोषका दाता परिवार लगायतको उपस्तिथि रहेकोे थियोे

झापा बुद्धशान्तिका हार्डवेयर व्यवसायीहरुले भोलि सोमबार सिमेन्ट रहित कारोवार गर्ने भएका छन् ।
निर्माण संग सरोकार राख्ने प्रकृतिको कारोवार गर्दै आएका बुद्धशान्तिका हार्डवेयर व्यवसायीले विगत एकमहिना देखि देशभरका सिमेन्ट उद्योगले विना कारण सिमेन्टको मूल्यमा बृद्धि गरेको भन्दै बिरोध स्वरुप भोलि सिमेन्ट रहित कारोवार गर्ने बुद्धशान्ति हार्डवेयर व्यवसायी संघका अध्यक्ष शिवलाल कोइरालाले बताउनु भयो ।हार्डवेयर व्यवसायी प्रदिप उप्रेतिका अनुसार सोमबार सिमेन्ट रहित कारोवार गर्ने र मेची राजमार्ग हुँदै सिमेन्ट ढुवानी गर्ने सवारी साधनलाई एक घण्टा होल्ड गर्ने कार्यक्रम तय गरिएको बताउनु भयो ।

झापाको बुद्धशान्तिमा भएको दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।

आज भएको उपाधी भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ च्याम्पियन बन्न सफल भएको हो ।

खेलकुद विकास समिति बुद्धशान्ति १ का अध्यक्ष बालकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भवानी खतिवडा, खेल संयोजक एकराज खवास, प्रतियोगिता संयोजक पर्शुराम चेम्जोङ, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले अन्य विभिन्न जनप्रतिनिधी, खेलकुद विकास समितिका पदाधिकारी, समाजसेवी, खेलप्रेमीको आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति ३ लाई च्याम्पियन बन्न सिद्धार्थ लिम्बुको एक मात्रै गोल निर्णायक बनेको थियो । खेलको दोस्रो हाफमा बुद्धशान्ति १ का भरपर्दा डिफेन्डर पवन परियारले रेड कार्ड खादै मैदान छोडेको मौकालाई सदुपयोग गर्दै लिम्बुले एक मात्र गोल गरेका थिए । १० जना खेलाडीमा सिमित बुद्धशान्ति १ ले धेरै नै अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।

प्रतियोगिताको च्याम्पियन बने सङ्गै बुद्धशान्ति ३ ले नगद ३० हजार रुपैयाँ , ट्रफी , मेडल प्राप्त गर्यो भने उपविजेतामा सिमित डिफेन्डिङ च्याम्पियन वडा १ ले २० हजार रुपैयाँमा चित्त बुझाउन पुग्यो ।

प्रतियोगितामा उदयिमान खेलाडी युवस तामाङ्ग, सर्बोउत्कृष्ट विजय लिम्बु, गोल रक्षक रिजन ल्वागुन, डिफेन्डर भुपाल मगर, मिडफिल्डर पुजन थापा, उच्च गोलकर्ता जेनित बराल र कोच मिलन मुखिया घोषित हुँदै पुरष्कृत भएका थिए ।

उनिहरुलाई प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति खेलकुद विकास समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडाध्यक्षहरु अनिल वाग्ले, शेर बहादुर राय, शिवराज पौडेल, चन्द्र भण्डारी, आयोजक समितिका अध्यक्ष बाल कुमार राईले पुरस्कृत वितरण गर्नु भएको थियो ।

पालिका स्तरीय टिम निर्माण साथै युवालाई खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिता संचालन गरिएको बुद्धशान्ति खेलकुद विकास समिती संयोजक चेम्जोङले बताउनु भयो ।

बुद्धशान्ति खेलकुद समिती बुद्धशान्ति १ को आयोजनामा  भएको खेलको बुद्धशान्ति गाउँपालिकाले मुख्य प्रायोजन गरेको थियो ।

फाइनल प्रतियोगिता हुनुभन्दा अघि आज बुद्धशान्ति गाउँपालिका र खेलकुद विकास समिति बिच सो म्याच पनि भएको थियो । जस्मा खेलकुद विकास समिति विजयी भएको थियो ।

झापाको बुद्धशान्ति भएको दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।

आज भएको उपाधी भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ च्याम्पियन बन्न सफल भएको हो ।

खेलकुद विकास समिति बुद्धशान्ति १ का अध्यक्ष बालकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भवानी खतिवडा, खेल संयोजक एकराज खवास, प्रतियोगिता संयोजक पर्शुराम चेम्जोङ, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले अन्य विभिन्न जनप्रतिनिधी, खेलकुद विकास समितिका पदाधिकारी, समाजसेवी, खेलप्रेमीको आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति ३ लाई च्याम्पियन बन्न सिद्धार्थ लिम्बुको एक मात्रै गोल निर्णायक बनेको थियो ।

खेलको दोस्रो हाफमा बुद्धशान्ति १ का भरपर्दा डिफेन्डर पवन परियारले रेड कार्ड खादै मैदान छोडेको मौकालाई सदुपयोग गर्दै लिम्बुले एक मात्र गोल गरेका थिए ।

१० जना खेलाडीमा सिमित बुद्धशान्ति १ ले धेरै नै अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।

प्रतियोगिताको च्याम्पियन बने सङ्गै बुद्धशान्ति ३ ले नगद ३० हजार रुपैयाँ , ट्रफी , मेडल प्राप्त गर्यो भने उपविजेतामा सिमित डिफेन्डिङ च्याम्पियन वडा १ ले २० हजार रुपैयाँमा चित्त बुझाउन पुग्यो ।

प्रतियोगितामा उदयिमान खेलाडी युवस तामाङ्ग, सर्बोउत्कृष्ट विजय लिम्बु, गोल रक्षक रिजन ल्वागुन, डिफेन्डर भुपाल मगर, मिडफिल्डर पुजन थापा, उच्च गोलकर्ता जेनित बराल र कोच मिलन मुखिया घोषित हुँदै पुरष्कृत भएका थिए ।

उनिहरुलाई प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति खेलकुद विकास समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडाध्यक्षहरु अनिल वाग्ले, शेर बहादुर राय, शिवराज पौडेल, चन्द्र भण्डारी, आयोजक समितिका अध्यक्ष बाल कुमार राईले पुरस्कृत वितरण गर्नु भएको थियो ।

पालिका स्तरीय टिम निर्माण साथै युवालाई खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिता संचालन गरिएको बुद्धशान्ति खेलकुद विकास समिती संयोजक चेम्जोङले बताउनु भयो ।

बुद्धशान्ति खेलकुद समिती बुद्धशान्ति १ को आयोजनामा  भएको खेलको बुद्धशान्ति गाउँपालिकाले मुख्य प्रायोजन गरेको थियो ।
फाइनल प्रतियोगिता हुनुभन्दा अघि आज बुद्धशान्ति गाउँपालिका र खेलकुद विकास समिति बिच सो म्याच पनि भएको थियो । जस्मा खेलकुद विकास समिति विजयी भएको थियो ।

झापाको बुद्धशान्तिमा सेक्मुरीफुङ बहुसांस्कृतिक समाज बुद्धशान्ति ४ ले पछिल्लो समय समाजमा बढिरहको लागु औषध कारोबार तथा प्रयोगकर्तालाई नियन्त्रण गर्न लागु औषध नियन्त्रण बुद्धशान्ति स्तरीय मुल उपसमिति गठन गरेको सेक्मुरीफुङका अध्यक्ष मोहन माबोले जानकारी दिनु भयो ।उपसमितिको संयोजकको रुपमा स्थानीय पदमहाङ लिम्बु रहेका छन् भने सह–सयोजकका रुपमा सोनुहाङ लिम्बु रहेको बताइएको छ ।

त्यस्तै सदस्यहरुको रुपमा रोशन माबो, फक्ताङलुङ लिम्बु,  प्रकाश पन्धाक लिम्बु, जोनी राई, प्रकाश वि.क., अम्बर बहादुर लिम्बु, विकास साम्रा, पुजन इवारम, नरेश माबो, मिन्सु माबो, दिल कुमार योङयाङ रहेको संस्थाका प्रमुख सल्लाहकार रत्न फेम्बुले जानकारी दिनु भयो ।

त्यस्तै लागु औषध नियन्त्रणकै लागि विभिन्न स्थानअनुसारको उपसमिति पनि बनाइएको बताइएको छ ।

जसअन्तरगत
१. बुद्धशान्ति ४ जोगीडाँडा चतुरेवर शाखा उपसमिति संयोजक : राजन राई, उपसंयोजक : मदन कार्की

२. बुद्धशान्ति ४ आइतबारे शाखा उपसमिति संण्योजक : लक्ष्मीप्रसाद बर्देवा, उपसंयोजक : मनकुमार योङयाङ
३. बुद्धशान्ति ४ सोमबारे शाखा उपसमिति संयोजक : रोदन सुन्दास, उपसंयोजक : सुदीप थेबे 

४. बुद्धशान्ति ४ देवी बस्ती शाखा उपसमिति संयोजक : राहुल विश्वकर्मा, उपसंयोजक : नरेन्द्र वि.क

५. बुद्धशान्ति ४ होसना चर्च शाखा उपसमिति संयोजक : कासिहाङ चाम्लिङ राई, उपसंयोजक : राहुल तबेबुङ 

६. बुद्धशान्ति ६ लिम्बु बस्ती शाखा उपसमिति संयोजक : विक्रम लिम्बु, उपसंयोजक : सुजन लिम्बु

७. बुद्धशान्ति ४ जुनेली बस्ती शाखा उपसमिति संयोजक : बुद्धहाङ फुरुम्बो, उपसंयोजक  : विशाल चेम्जोङ

बुद्धशान्ति ६ सन्तपुर शाखा उपसमिति संयोजक : पासाङ तामाङ, उपसंयोजक : बिनोद थापा
९. बुद्धशान्ति ४ सट्टाभर्ना शाखा उपसमिति संयोजक : नारायण रेग्मी, उपसंयोजक : उज्ज्वल खवास १०. बद्धशान्ति ६ ठुटेबर शाखा उपसमिति संयोजक : श्रीकुमार राई, उपसंयोजक : खेमराज राई

११. बुद्ध शान्ति गाउँपालिका वडा नं ७ धारागोला शाखा उपसमिति संयोजक : संजय खाम्दाक, उपसंयोजक : राजिव राई रहेको बताइएको छ ।

लागुऔषध दुव्र्यसन नियन्त्रणमा यस संस्था, तथा उपसमिति साथै विभिन्न स्थानका शाखाहरुले महत्वपूर्ण भूमिका खेल्नेमा आफूँ विश्वस्त रहेको समाजका अध्यक्ष मोहन माबोले जानकारी दिनु भयो ।