महोत्तरीको बर्दिबासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बाग्मती प्रदेश ०१०-०१-१७३२ नम्बरको बस सिन्धुलीको गोलन्जोर वडा नं-७ तल्लो बारा भन्ने स्थानमा बिहीबार अपराह्न दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन्। उनका अनुसार घाइते भएकाहरूको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
बर्दिबास स्थित बैंकको तालिममा सहभागी भएर फर्कने क्रममा बस दुर्घटना भएको हो। घुमाउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको स्थानीयको अनुमान छ।
बस सडकबाट करिब २५ मिटर तल खसेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
झापा प्रहरीले बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई सार्वजनिक गरेको छ ।आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न बिर्तामोड ४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।
घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्लन प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको छ । राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको थियो ।
करिब तीन कठ्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा नातिसँग बस्दै आएकी विष्टको बैशाख २६ गते मातातीर्थ औँशीको दिन हत्या भएको थियो ।
नाति घर गएको तथा विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।
प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो ।
एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएका छन् ।
प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो ।
सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।
झापाको बिर्तामोड नगरपालिका–४ कालिका नगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । घटनामा संलग्न भएको आरोपमा बुधबार प्रहरीले बिर्तामोडका गङ्गा चौधरी र अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । बिस्टको हत्या भएको २० दिनपछि अभियुक्त सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
गत बैशाख २६ गते मध्यरातमा आफ्नै घरभित्रै विष्णुमायाको खन्तीले हानेर हत्या गरिएको थियो ।
झापाको बुद्धशान्तिमा जारि दोस्रो होक्से च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा १/२ गोलको अन्तरले आयोजक होक्से युवा क्लबलाई अन्तरले हराउदै विर्तामोड फाईनलमा प्रवेस गरेको छ ।आज भएको पहिलो सेमिफाईनल खेलमा विर्तामोडका जर्सि नम्बर ३ का अविसेक राई म्यान अफदि म्याच घोसीत भएका थिए भने भोलि हुने खेलमा अर्जुनधारा शनिश्चरे र रोङ kYC कुटिडाँढा बिच हुने बताईएको छ ।जेष्ठ १२ देखि बुद्धशान्ति १ स्थित त्रिभुवन माद्यमिक विद्यालयको खेल मैदानमा भैहिरहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सँगै मेडल ट्रफि र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ३० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पाउने आयोजक समितिका अध्यक्ष आशिस बरालले बताउनु भयो ।झापा इलाम गरि जम्मा ८ वटा टिमको सहभागितामा हुन लागेको प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको दोस्रो होक्से च्यालेन्ज खेल संयोजक बालकुमार राईले बताउनु भयो ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,र उच्च गोलकर्ताले समेत पुरस्कार पाउनेछन भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार समेत वितरण गरिएको आयोजक समितिका सचिब टेक नाथ ढकालले जानकारि दिनु भयो । १२ गते देखि १९ गते सम्म सन्चालन हुने खेललाई संयमित र मर्यादित ढंगबाट सन्चालन गर्नबुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीले निशुल्क स्वयम् सेवकहरू लाई टिसट सहयोग समाज सेवि सन्तोस कुमार मगरको सम्झनामा कृष्ण मगरले पहिलो पुरस्कार सहयोग गर्नु भएको साथै एभरेष्ट साबन उद्योग बाट दोस्रो पुरस्कार सहयोग गरेको बताउदैविभिन्न संघ संस्थाहरूको सहयोग साथै स्थानीय युवाहरु एक जुटभएर लागेको देख्न सकिन्छ ।
झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित नयाँ बसपार्कमा तीन तला माथिबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।
आज राति ८:४० बजेतिर अर्जुनधारा- ११ घर भई सोही गाउँकी सरस्वती लिम्बूको घरमा डेरा लिई बस्दै आएका प्रेम लामाका दुई वर्षीय छोरा ताहिर लामा तीन तलामाथि खेल्ने क्रममा झ्यालबाट खसेका थिए ।
झ्यालबाट मुनि रहेको टिनको छानामा बजारिएर ती बालक भुईँमा खसेको बताइएको छ
गम्भीर अवस्थाका ती बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटलमा भर्ना गरिएको बिर्तामोड प्रहरीले जनाएको
झापाको शिवसताक्षीमा पिकअप भेनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने अन्दाजी ६० वर्षीय पुत्रथाम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति साढे ८ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–९ स्थित मिलनचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२७ च ११२१ नम्बरको पिकअप भेनले पैदलयात्री राईलाई ठक्कर दिएको थियो ।
टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले उद्धार गरी बिएन्डसी हस्पिटल बिर्तामोड पुर्याएका थिए ।
उनको सोही हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी तथा चालक शिवसताक्षी–९ बस्ने २८ वर्षीय अङ्कित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।लामो समयपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले गाउँपालिका कार्यालयको सेवा तथा काम कारबाहीका बारेमा जोडतोडका साथ जिज्ञासा राख्नुभएको थियो ।
प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै बुद्धशान्ति १ का गौरव ढकालले गाउँपालिकाले सानातिना भन्दा ठूला आयमूलकहरूको व्यवस्था गर्नुपर्ने सुझाव राख्न ु भएको थियो ।
बुद्धशान्ति १ का नन्दु राईले भागिरथा बुद्धशान्ति अस्तपालको सेवा चुस्त हुनुपर्ने बताउनु भएको थियो ।
उहाले भन्नु भयो , ‘बुद्धशान्ति अस्पतालको सेवा २४सै घण्टा चालु होस्। अल्ट्रासाउण्ड गर्ने आउने सेवाग्राहीले दिनभर भोकै बस्नु नपरोस्।’ बुद्धशान्तिका सबै सातवटै वडाका बासिन्दाले सडकहरू समय नबनेको अवस्थाले नागरिकले भोगिरहेका पीडा, संरचना बनाउन ध्यान नदिइएको, शिक्षाको गुणस्तर, सहकारीका समस्यालगायत विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
स्थानीयबासीले राखेका जिज्ञासामा गाउँपालिकाका प्रशासन प्रमुख देवेन्द्र कटुवाल, शिक्षा शाखा प्रमुख कमल निरौला, नेपाल विद्युत प्राधिकरण बुधबारे उपवितरण केन्द्रका प्रमुख निर्मल प्रधान, खानेपानीका अध्यक्ष ध्रुव ओली, विद्युत प्राधिकरण बुधबारे उपवितरण केन्द्रका प्रमुख निर्मल प्रधान, वडाध्यक्षहरू शिवप्रसाद पौड्याल, डिल्ली ओली, पर्शुराम चेम्जोङ, भागिरथा बुद्धशान्ति अस्पतालका प्रमुख डा. सुमेश चौधरीलगायतले जवाफ दिनु भएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा मूल जवाफदेही वक्ताका रुपमा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल तथा अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको सेवा तथा योजनाहरूका बिषयमा प्रकाश पार्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सूर्योदय टेलिभिजनको सहजीकरण रहेको थियो।
कार्यक्रम बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माविको सभाहलमा सम्पन्न भएको थियो।
ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा) लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने फुङ्लिङ नगरपालिका १० फुरुम्बुका २० वर्षीय विक्रम तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा तामाङलाई पक्राउ गरिएको हो । चिच्याएको थाहा पाएपछि नजिकका स्थानीय तत्काल घटनास्थल पुगेकाले किशोरीमाथि जबरजस्ती करणी हुन नपाएको बताइएको छ । तामाङ भने त्यहाँबाट फरार भएको र खोजी गर्ने क्रममा साँझ ६ः३० बजेतिर गोठमा बाँधेको भैँसीलाई करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
तामाङविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा जिल्ला अदालतबाट सात दिने म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए ।
झापामा साना सवारी साधन मोटरसाइकल मात्र हराउने गरेका छैनन्, ठूला ट्रयाक्टर समेत चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन १ देखि हालसम्म जिल्लामा जम्मा २२ वटा सवारी साधन चोरी भएका छन् ।
जसमध्ये मोटरसाइकल १८ , ट्रयाक्टर, अटो ,सिटी रिक्सा र स्कुटर एक–एक वटा रहेका छन् । चोरीमा संलग्न २६ जनालाई पक्राउ गरी कार्वाही गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।
गत चैत १९ गते गौरीगञ्जमा ट्रयाक्टर चोरी भएको हो ।गौरीगञ्ज गाउँपालिका–१ मा स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्रयाक्टर चोरी भएको थियो ।
चोरी भएको ट्रयाक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारीको टोलीले गौरादह नगरपालिका–९ का ३५ वर्षीय सुनिल टुडूले भारततर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिनु भयो ।