बोतलमा राखेर बेचिने पेट्रोलबाट उत्पन्न हुन सक्ने जोखिम’bout थाहा नुहदा यहाँ एक महिलाले ऋण कर्जा लिएर संचालन गरेको पसल गुमाएकी छिन । राजविराज–७ की ३९ वर्षिया मञ्जु राउतले जेलगार्ड सडक खण्डमा संचालन गर्दै आएको किराना पसल गुमाएकी हुन ।
राजविराज । बोतलमा राखेर बेचिने पेट्रोलबाट उत्पन्न हुन सक्ने जोखिम’bout थाहा नुहदा यहाँ एक महिलाले ऋण कर्जा लिएर संचालन गरेको पसल गुमाएकी छिन । राजविराज–७ की ३९ वर्षिया मञ्जु राउतले जेलगार्ड सडक खण्डमा संचालन गर्दै आएको किराना पसल गुमाएकी हुन ।
एक लाख रुपैया बैंकबाट ऋण लिई कटघरा (काठ र टिनले बनेको पसल) मा संचालन गर्दै आएको उनको किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो ।
दिपावलीको पुर्वसन्ध्यामा आईतवार साँझ पसलमा दियो बाल्ने क्रममा अचानक खनिएर बिक्रीका लागी बोतलमा राखिएको पेट्रोलमा सल्केको थियो । त्यस पछि तिब्र गतीमा पैmलिएको आगोले क्षण भर मै पसल खरानी बनायो ।
आगो निभाउने प्रयास गर्दा पसल संचालक मञ्जु पनि घाईते भईन । उनको खुट्टाको केही भाग जलेको छ । आगलागीबाट कटघरा, किराना समाग्री तथा विक्रीका लागी प्लास्टीक बोतलमा भरेर राखिएको एक दर्जन पेट्रोलका बोतल समेत जलेर नष्ट भइ १ लाख बराबरको क्षती भएको मञ्जुले सुनाईन ।
आगलागीबाट मञ्जुको पसल संगै छिमेकी बलराम राउतको पसलमा समेत १० हजार बराबरको क्षती भएको पीडीत पसले राउतले सुनाए । स्थानीयवासीको मदतले आधी घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको थियो ।
असाबधानी र सुरक्षाको दृष्टिकोणले सम्बेदनशील मानिने अति प्रज्वलनशील पर्दाथ पेट्रोल समेत बोतलमा राखेर विक्री गर्दै आएको सो किराना पसल पेट्रोल कै कारण जलेर खरानी भएको स्थानीयको भनाई छ । नेपाल आयल निगमबाट स्वीकृती लिएर खोलिएका पेट्रोल पम्पले मात्र विक्री गर्न पाउने व्यवस्था भएपनि जिल्लाको दर्जनौ स्थानमा पान, किराना र मोटरसाईकल ग्यारेज लगायतका पसलमा समेत बोतलमा राखेर पेट्रोल विक्री भइरहेको पाईएको छ ।
जसले आगलागीको जोखिम बढाएको छ । जथाभावी यस्ता प्रज्वलनशील पर्दाथ विक्री गर्दा भविष्यमा समेत यस्ता घटना दोहोरीन सक्ने भन्दै स्थानीयले यस तर्फ सम्बन्धित निकायद्वारा बेलैमा अनुगमन गरी यस्ता कार्यमा रोक लगाउनु पर्नेमा जोड दिएका छन ।










कर्तव्य पालनाको सिलसिलामा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीका ३६ वर्षीय नेवाङ्ग तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं बबरमहल बस्दै आएका उनलाई बुद्ध नगरबाट प्रकाउ गरिएको हो। तामाङले एक प्रहरी कर्मचारी अश्लित शब्द प्रयोग गर्दै गाली गरेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।



कार्यक्रममा प्रहरी ,ट्राफिक प्रहरी, सूर्योदय उद्योग बाणिज्य संघका सचिव बिक्रम श्रेष्ठ, श्रीनिधि अस्पतालका संचालक बिवेश अधिकारी , यातायत ब्यवसायी र सवारी चालकको समेत सहभागिता रहेको थियो ।


