५३औं विश्व वातावरण दिवसको अवसरमा बिहिबार बुद्धशान्ति गाउँपालिकाले एक दिवसीय वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
बुद्धशान्ति गाउँपालिका वडा नं ६ र ७ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको दुबै तर्फको प्रवेशद्वार एक दिवसीय वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । बुद्धशान्ति गाउँपालिका वन,वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,विभिन्न वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,संघसंस्था प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बुद्धशान्ति गाउँपालिका वन,वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलले बिरुवा रोप्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।वृक्षारोपण तथा सरसफाइ गर्दै संयोजक शिवराज पौडेलले हालको समयमा वायु प्रदूषणको चपेटामा रहेको वातावरणलाई स्वच्छ राख्न यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक र प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोद पोख्रेल विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ,।
बुद्धशान्ति वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन बुद्धशान्ति गाउँपालिका विपद ब्यवस्थापन समिति सचिव शिव श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय बासि बुद्धशान्ति गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष स्वकिय सचिव गोकुल पौडेलले बताउनु भयो ।