April 20, 2025

इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव हुने भएको छ ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बैशाख ३ र ४ गते सूर्योदय नगरपालिकाको फिक्कलमा पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव हुने भएको हो ।

बिगतका बर्ष देखि लाग्दै आएको महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधनको स्टल, वातावरणमैत्री निर्माण सामग्रीको स्टल र स्थानीय पर्यटकीय उपजका स्टल रहने छन् ।

दुई दिन सम्म संचालन हुँने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिनु भयो ।

उहाले भन्नु भयो‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तर्ता पाएको फिक्कलले पनि हो ।’

महोत्सवको आयोजना सूर्योदय होटल ब्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन्। सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सूर्योदयको पर्वका रुपमा मनाईदै आएको सडक महोत्सवमा दुई दिनमा एक करोड बढीको करोबार हुने बताउनु भयो ।

‘हामी संघ संस्थाले गरेका यस्ता पर्यटन प्रवर्धनका कार्यक्रममा स्थानीय सरकारले साथ दिनु पर्छ ।’
महोत्सवमा रैथाने खानाका परिकारका स्टललाई प्राथमिक्ता दिईएको आयोजकले जनाएको छ ।

महोत्सवमा हुर्रा नाच, लाखे नाच र परेड प्रस्तुत गरीने अध्यक्ष पौडेलले जानकारी दिनु भयो । महोत्सवमा द एकस ब्याण्ड सहित रचना रिमाल सहितका कलाकारले सांगीतिक प्रस्तुती राख्ने कार्यक्रम छ ।

आयोजकले महोत्सवका लागि सबै तयारी पुरा भएको जानकारी दिएको छ ।

इलामको माईजोगमाई गाउँपालिकाले पालिकालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउन थप कामहरू गरिरहेको छ । गाउपालिकाले केही दिन देखि पालिकाभित्र रहेका माध्यमिक बिद्यालयहरूमा बिद्युतिय हाजिरी जडान कार्य गरेको छ ।

साथै स्वस्थ्य संस्थाहरूमा अनलाईन बिलिङ प्रणाली संचालनमा ल्याएको छ भने ल्याव , फार्मेसी तथा बिमाको काम समेत live api मार्फत जडान भएको छ ।

पालिकाले ईलाम जिल्लामा नै पहिलो पटक स्थानिय संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र ) मार्फत राजश्व संकलन सुरू यश आर्थिक बर्षको सुरूबाटै गरेको थियो भने पालिका र सबै स्वस्थ्य संस्थाहरू तथा वडामा बिद्युतिय हाजिरि र वडा तथा पालिकाबाट दिईने सिफारिसहरूलाई अनलाईनको माध्यमबाट दिईदै आएको सुचना प्रविधि शाखाले जनाएको छ ।

पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले नयाँ वर्ष २०८१ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं १का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्ले, वडा नं ४का वडा अध्यक्ष शेरबहादुर राय, वडा नं ७का वडा अध्यक्ष चन्द्रप्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

भित्तेपात्रो विमोचन पश्चात प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रसाईंले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै पत्रकारहरुले खोज पत्रकारीतामा जोड दिन आग्रह गरेका छन् ।

स्थानीय निकायले स्वास्थ्य, शिक्षा, पूर्वाधार, बिकास निर्माण जस्ता क्षेत्रमा गरेका महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई आगामी दिनमा गाउँपालिकाले सम्मान समेत गरिने योजना रहेको बताएका छन् ।

उनले आगामी दिनमा पत्रकारको तालिम तथा क्षमता अभिबृद्धिका लागि पालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

बिशेष अतिथिका रुपमा रहेका गाउँपालिका उपाध्यक्ष खतिवडाले पछिल्लो समय पत्रकारीतामा बिकृति बढ्दै गएकाले पत्रकारीता पेशामा नै दाग लाग्दै आएको बताए ।

उनले कँहि कतै पत्रकारहरुले पक्ष र विपक्ष गर्दै समाचार सम्प्रेषण गर्ने गरेकाले वास्तविक समाचार भन्दा भिन्न समाचार सम्प्रेण भई आम नागरिकलाई भ्रम पैदा हुने गरेकाले यस्ता भ्रम छर्ने पत्रकारीता लामो समय सम्म टिक्न नसक्ने बताउँदै पत्रकारलाई खोज र तथ्यमा आधारित समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

उनले नयाँ बर्षको शुभकामना दिँदै आगामी दिनमा पालिका र क्लब बिचको सहकार्य अपरिहार्य रहेको बताए

२०७६ सालमा स्थापना भएको बुद्धशान्ति प्रेस क्लबले स्थानीय पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका तालिमका साथै उद्घोषण, व्यक्तित्व बिकास तालिम, आधारभूत पत्रकारीता तालिम समय समयमा सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष तिम्सिनाले बताए ।

उनले आगामी बर्षहरुमा पनि भित्तेपात्रो प्रकाशनलाई निरन्तरता दिने र पत्रकारहरुका लागि भिन्न किसिमको तालिमको आयोजना गर्ने समेत बताएका छन् ।

कार्यक्रममा वडाध्यक्ष अनिल वाग्ले, शेरबहादुर राय, चन्द्र प्रसाद भण्डारी, प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल, बुधबारे जेसीजका पूर्व अध्यक्ष सिनेटर मुकेश भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थापक सचिव दिपेन लावतीले सञ्चालन गरेको कार्यक्रममा सदस्य दिपेन विकले स्वागत गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज भानु मगर, प्रेस क्लबका सल्लाहकार सदस्य गंगाराम गड्तौला, भुवन तामाङ, क्लबका पदाधिकारी, बुधबारे जेसीजका अध्यक्ष दुर्योधन देव सिंह, सेम्पल टेक्निकल इन्स्टीच्युडका सञ्चालक उमेश भट्टराई, वान टच प्रिन्ट सोलुसनका सञ्चालक विवेक खुलाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो ।

झापाको  बुद्धशान्ति गाउँपालिकामा रहेको बुधबारे ट्राफिक प्रहरी कार्यालय बुद्धशान्तिले आज विहानै बाट सवारी चेक जाचलाई कडाई गरेको छ । नयाँ वर्षमा टाढा टाढा बाट घुम्न आउने पर्यटक हरूलाई गन्तव्य सम्म पुग्न सहज होस,यात्रुहरूलाई  सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले  सवारी जाँच सुरु गरेको हो । यर्यटकिय जिल्ला ईलामको श्री अन्तु कन्याम हाँसपोखरी पाथिभरा मन्दिर साथै विभिन्न ठाउँमा जाने आउने  हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउने उदेश्य राखेर चेकजाँचलाई कडाई गरिएको बुधबारे  ट्राफिक प्रमुख  दिपक कोइरालाले जानकारी दिनु भयो  ।कोइरालाका अनुसार  चेक जाँचका क्रममा हेलमेट नलगाउने, मोटरसाईकलमा चार जना सम्म बसेर आउने ,सवारी साधनको कागज पत्र नहुने, लगायत विभीन्न समस्या भएका सावारी ३०० भन्दा माथि सवारी साधान लाई  कार्वाही गरिएको  बताउदै कोही यात्रुलाई कुनै पनि समयमा बुद्धशान्तिमा प्रवेश गर्दै गर्दा समस्या आएमा प्रहरीलाई तुरुन्त खबर गर्न समेत आग्रह समेत गर्नु भयो  ।
उहाले भन्नू भयो कुनै पनि सवारी साधनले ट्राफिक नियम उल्लगङ गरे सबारीलाई तरुन्तै कारबाही गरिने समेत बताउनु भयो  । ट्राफिक प्रहरी कार्यालय बुधबारेका अनुसार बुद्धशान्तिका कुनैपनि भीडभाड हुने स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको बुधबारे इलाका प्रहरी प्रमुख भानु मगरेले बताउनु भयो ।

इलामको सुर्योदय नगरपालिका वडा नम्बर ६ स्थित
सनसाईन युवा समाज सुर्योदय ६ को अयोजनामा
डुँडेगैरा खेल मैदानमा प्रथम कन्याम कृषि तथा रमाईलो मेला हिजो बाट शुरु भएको छ  । पर्यटन प्रर्वद्धन तथा कृषि क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणका निम्ति महोत्सव बैशाख १० गते सम्म संचालन हुने छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानि  कलाकारको प्रस्तुति  स्थानिय स्तरमा उत्पादन गरेका कृषि उपजहरूको प्रदर्शनी विभिन्न जात जातिको झाँकी रहने आयोजक समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।

महोत्सवमा आयोजक समितिले गर्ने आवश्यक व्यवस्थापन ,सुरक्षा, अतिथि सत्कार लगायत सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । महोत्सवलाई १ लाख भन्दा बढी पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

महोत्सवको आकर्षणका रुपमा विभिन्न खेल तमासा रोटेपिङ ड्राईगन बच्चाका विभिन्न खेल प्रतियोगिता, प्रतेक दिन हाउजि विङ्गो खेल  स्थानिय खानाका परिकार, कृषि उपज तथा कलात्मक सामग्री प्रदर्शनी लगातका स्टल राखेको प्रचार प्रसार संयोजक प्रेम तमाङले जानकारी दिनुभयो ।

झापाको बुद्धशान्ति २ स्थित एम्बिसन एकेडेमीले दीक्षान्त, सेवा निवृत्त गुरु गुरुआमा सम्मान तथा छात्रवृत्ति घोषणा कार्यक्रम समापन गरेको छ।  एकेडेमीले पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका ३३ विद्यार्थीलाई दीक्षान्त गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वशिक्षक डम्बर कुमार प्रधान रहेका थिए ।

त्यस्तै विशेष अतिथिका रूपमा सेवा निवृत्त शिक्षक खगेन्द्र पोखरेल, देविध्वज योन्जन, मेदनी प्रसाद सिटौला, कालीबहादुर थापा, पुण्य कुमारी दाहाल, डम्बर कुमार बजगाई, कृष्णप्रसाद फुयल, पर्शुराम प्रधान, वेद कुमार श्रेष्ठ लगायत विन्दा ओली उप्रेती, लक्ष्मी उप्रेती, अभिभावक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।

विद्यार्थी लोगान उप्रेतिले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा औचित्य माथि प्रकाश भने प्रवन्ध निर्देशक दिपेन सिटौला राख्नु भएको  थियो ।

यता पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह अभिभावकको उपस्थितिमा सम्पन्न गरिएको थियो भने विभिन्न समयमा अध्यापन गराउनुहुने सेवानिवृत्त गुरु गुरुआमाहरुलाई सम्मान कार्यक्रम समेत राखीएको थियो ।

विद्यालयले आँफै छात्रवृत्ति कोष खडा गरी आदर्श मा. वि. जयपुरका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्व. शिक्षक रामप्रसाद ओली स्मृति छात्रवृत्तिको घोषणा समेत गरेको छ ।

उक्त छात्रवृत्तिका लागि बुद्धशान्तिका जुनसुकै विद्यालयबाट कक्षा ८ पास गरेका विद्यार्थीले निवेदन दिन सक्नेछन् । उक्त निवेदनको २०८१ वैशाख २ गतेसम्म बुझाइसक्न र परीक्षा भने २०८१ वैशाख ४ गते रहने विद्यालयले जनाएको छ । छात्रावृत्तिमा छनौट भएपछि एम्बिसन एकेडेमीमा कक्षा ९ र १० मा अध्ययन गर्न एक छात्र र एक छात्रा गरि जम्मा ४ जनाले रु २,५०,००० रकम बराबरको १००% छात्रवृत्ति प्रदान गरिने समेत विद्यालयले जनाएको छ ।

विद्यार्थी सुरक्षा तामाङ र अदिति शिवाकोटीले सञ्चालन गरेको कार्यक्रमको बीचबीचमा विद्यार्थीबाट गायन तथा नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति तारा सिटौलाले गर्नुभएको थियो ।

झापा बुद्धशान्तिका जीवनाथ अधिकारी उमेरले ५२ पुगे।गाउँमा हुने खुल्ला म्याराथनका “एकल बिजेता”।
जीवनभर आफू र आफ्नो ठाउँको नाम राख्न प्रयत्नरत अधिकारी यतिबेला मेची -महाकाली दौडेर छाती चौंडा बनाएर आफ्नो ठाउँ फर्कदैछन्।
उनले २२ दिनमा १०५० किलोमिटर दुरी पार गरेर सशक्त परिचय बनाएका छन् । आधा शताब्दी पार गरेका अधिकारीले दैनिक औसत ४७ किलोमिटरका दरले दौड भरेका हुन् ।

झापा जिल्लाको उत्तरपुर्वी कुनोमा बिभिन्न कालखण्डमा बनेका चर्चा भन्दा उचो परिचय बोकेर फर्कदैछन् जीवनाथ यसपाली।

अहिले सम्झँदा गडिगाउँ माविको त्यो खेल मैदान जीवनाथका लागी साँघुरो रहेछ र उनले आफ्नो उडान मुलकभर भरे।

संन्चारकर्मी विश्णु लामीछाने सग गरिएको केही कुराकानी ,  जस्ताको तस्तै ,।

विश्रो मगजमा यो संवाद अहिले पनि स्पष्ट छ-
“यस्पालि सक्दिन भाई म” उनले भने।

होइन दाइ, तपाईंले छोड्न हुन्न” मैले भनेको चाँही दाइले मान्लान् जस्तै गरी मैले अनुरोध गरेँ।

यद्यपि उनी आफ्नो विचार र निर्णयमा सधैं कटिबद्ध थिए।
मैले बुझेसम्म उनी निर्णय अन्तिम घडीमा मात्रै गर्थे  वा भनौं अन्तिम क्षणमा टुङ्गो लाउने निर्णय उनले पहिल्यै तय गरेर बस्थे।

झल्झली याद छ, गडिगाउँ माविको मैदानमा ७ फन्को लाएपछि बल्ल जीव दाइले रफ्तार लिन्थे। अरु घाँटी र पिँडूलाका नशा तन्काएर थाक्दा उनी तङ्रीएको झैँ देखिन्थे।
जीवन दाइ! जिवन दाइ!! हुटिङ शुरु हुन्थ्यो।

यो जीवेले जवान दौड कहिलै नछोड्ने भो “,उनका सहपाठी र गाउँलेहरु खासखुस कुरा गरेको सुनिन्थ्यो।

साँस्कृतिक र खेलकुदका गतिविधि नियाल्न बनाइएको स्टेजमा बसेका प्रमुख अतिथिलाई हेडसरले कुरा सुनाउथे।
यो मान्छेले जवान दौड जितेको १२ साल भो,कहिल्यै थाक्दैन आघुँदेखि चै कुद्दिन भन्दैछ”।

निकै सालसम्म यस्ता संवादहरु गडिगाउँ माविमा गुन्जिए।
त्यो आवाज गडिगाउँ मावि र साविक शान्तिनगरको घेराले थिचिरह्यो।

म बैकुण्ठ मानन्धरबाट प्रेरणा लिएको मान्छे हु, तर अहिले भेट्रेन म्याराथन हुन्छ भने म सबैलाई उछिन्छु” भन्दै चोकमा गफ गरेको धेरै पटक धेरैले सुनेका छन् ।

तर उनका ती कुराले कसैलाई पनि तबसम्म छोएन जबसम्म उनले मेचीपुलबाट आफ्ना पाइला चालेनन्।बुढेसकालमा गफ लायो जिवेले भन्ने सम्म भेटिए। मेची-माहाकाली कुदेर पार गर्ने कुरा जीवनाथको चियाको कप होइन भन्ने धेरैलाई लागिरह्यो। आखिर अधिकारीले सबैलाई फ्लप खुवाउँदै यो यात्रा तय गरेका छन् ।

उमेरले आधा शताब्दी नाघेसी हेमन्त रानाको गीत जस्तै ४० कटेसी रमाउला भनेर आफ्नो दैनिकी भुल्नेहरु धेरै छन् ।
तर जीवनाथमा रहेको परिचय बदल्ने हुटहुटी आफैंले पुरा गरेका छन् ।
सुगम झापाको दुर्गम भूगोलमा गायन, कलाकारिता, वा केही तरक्की गर्नेहरु नभएका भने होइनन् तर कसैले पनि यो स्थानका लागी स्थायी परिचय बनाउन नसकेको भने पक्का हो।
ठुटेबर ढलेपछि शान्तिनगरले स्थायी परिचय पाउन नसकेको खडेरीमा जीवनाथ नयाँ पाउला बनेर फर्केका छन् ।

रोङ गाउँपालिकामा अाजवाट पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएकाे छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ रोङ  गाउँपालिकालाई “पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम” सम्पन्न गरिएकाे हाे।स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार घोषणा गरिएको हो।खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ।

राष्ट्रिय खाेप कार्यक्रम अनुसार बिभिन्न एधार प्रकारका खाेपहरु दिइने गरेकाेमा गाउपालिका भित्र खाेज अभियान अन्तरगत ९ सय साठि घर धुरीमा सभेक्षण गर्दा अाठजना वालवालिकाहरुमा खाेप छुटेकाे पाईएकाे र उनिहरुलाई सबै खाेप मापदण्डअनुसार  लगाइए पछि अब खाेप लगाउन काेहि नरहेकाे कारण सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेकाे राेङ स्वास्थ्य  शाखा प्रमुख समेत रहेकाे जनस्वास्थ्य  अधिकृत युवराज काफ्लेले बताउनु भयो ।

कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि, गाउँपालिकाका उपाध्यक्ष लगाएत अन्य अतिथिहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आ-आफ्नो मन्तव्य राखेका कार्क्रममा व्यक्त कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका ३ जना उत्कृष्ट स्वास्थाकर्मी पुरस्कृत तथा राेङमा सेवागरेर बाहिरिएका चार जना स्वास्थ्यकर्मिहरुलाई  बिदाई  गरिएकाे थियाे ।

उत्कृष्ट स्वास्थ्यकर्मी   लाई जनहि रू१००००/- का दरले नगद पुरस्कार सहित प्रमाणपत्र ,दोसल्ला ,खादा लगाई सम्मान गरिएको  थियो । यसरी सम्मानित हुनेहरुमा स्वास्थ शाखा राेङका सुनिता लिम्वु,काेल्बुङ स्वास्थ्य केन्द्रका सबिना अर्याल र रम्भ्याङ अाधारभुत स्वास्थ्य  ईकाईका रुपा राई रहनु भएको  थियो ।

रोङ गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष मात्रिका बरालको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पालिका खोप समन्वय समिति संयोजक एवं गाउँपालिका अध्यक्ष श्री मनिकुमार स्याङ्बो , कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री बिष्णुमाया खवास,  गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमरोङ गाउँ कार्यपालिकाका स्वास्थ्य शाखा नर्सिङ्ग कर्मचारी  श्री सुनिता लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उहाँले रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले  बताउनु भयो 

झापाको दमकमा रहेको लाईफ लाईन अस्पताल नजिकै आगलागी भएको छ ।

अस्पताल नजिकै रहेको खाजा घरमा आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणमा लिन दमकको र बिर्तामोड नगरपालिकाको दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण कमार चन्दले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा थप जानकारी आउन भने बाँकी रहेको छ ।

धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् ।

महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

<span;>मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।