April 19, 2025

झापाको बुद्वशान्तिमा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जनाएको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन ।

प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् ।प्रतियोगितामा २२ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजक क्लबका नि बर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिनु भयो  । प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह (देव)ले जानकारी दिनु भयो  ।

ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ मा अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको छ । ‘तिमीलाई हेरेर’बाट तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको हो ।अवार्ड प्राप्त गरेसँगै तिखत्रीले भनेका छन्, ‘यस गीतका गायक डेविड शंकर तथा संगीतकार दीपक शर्मा, निर्देशक युवराज वाइबा, मोडेल डेविड शंकर र मिस पवि एरेन्जर पुरुषोत्तम सुवेदी साथै यो गीतसँग जोडिनुहुने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्दै आयोजक र जुरिप्रति आभारी छु, मलाई यो अवार्ड जिताउन भोट गर्नु हुने सबै सबैलाई अन्तर हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु ।’

बुधबारे । बुद्धशान्ति गाउँपालिका अध्यक्ष -उपाध्यक्ष उज्यालो कार्यक्रम अन्तरगत् बुद्धशान्ति गाउँपालिका र बुद्धशान्ति उद्योग वाणिज्य संघको सहकार्यमा पहिलो चरणको पोलबत्ती जडान कार्य सम्पन्न भएको छ ।पहिलो चरणको कार्यमा

बुधबारे बजार क्षेत्रमा करिब ६० बढी सेन्सर जडित -बेलुका आफै बल्ने र बिहान आफै बन्द हुने पोलबत्ती जडान गरिएको हो ।

शुक्रबार बेलुका बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी खतिवडाको संयुक्त बाहुलीबाट सेन्सर जडित पोलबत्तीको स्विच थिचेर उद्घाटन गरिएको हो ।

जसमा बुद्धशान्ति गाउँपालिकाको तर्फबाट ५ लाख र बुद्धशान्ति उद्योग वाणिज्य संघको १० प्रतिशत लगानी साझेदारी रहेको छ ।

दोस्रो चरणको कार्यमा हात्ती पीडित क्षेत्रमा पोलबत्ती जडान गरिने र बुधबारे बजार क्षेत्रमा जडान गरिएको पोलबत्ती यही २५ गते आइतबारदेखि निरन्तर सुचारु रहने बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा आगामी २०८१ बैशाख १५ देखि २२ गते सम्म तेस्रो आदर्श च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्तत्रण नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

आदर्श युवा क्लब बुद्धशान्तिले आयोगना गर्ने सो प्रतियोगितामा नेपाल र भारत सहित ८ टोलीको सहभागिता रहने छ ।

आदर्श युवा क्लबका पूर्व अध्यक्ष मनेश दाहालको संयोजकत्वमा हुन लागेको यो प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि दुई सय १ सदस्य मुल आयोजक समिति, २५ सदस्य सचिवालय समिति र १० वटा विभागिय उपसमितिहरु निर्माण गरि तिब्र रुपमा तयारी भइरहेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो  ।

स्थानीय बुद्ध आदर्श मा.वि.को खेल मैदानमा आयोजना हुने प्रतियागिताका लागि खेल मैदानको तयारी अन्तिम चरणमा पुगेको, दाता तथा प्रायोजक संघ संस्था तथा सहभागी टीमहरुसँग समन्वय भइ रहेको संयोजक दाहालले बताउनु भयो  ।

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडेल तथा प्रमाण प्रत्र प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ द म्याच, तथा प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर, हाई स्कोरर, म्यान अफ द टुर्नामेन्ट र फेयर प्ले टीम बिधामा नगद तथा अन्य पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिनु भयो ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा १२ दिनपछि मृत्यु भएको छ ।

बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा चैत ६ गते राति १२ः३० बजे बुधबारेबाट खारखोलातर्फ जाँदै उनले चलाएको मोटरसाइकल दुर्घटना भएको थियो ।

प्रदेश १–०१–०१६प ३५२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

उपचारका क्रममा हिजो साँझ ६ः३० बजे न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको गौरादहमा एक महिलाको हत्या भएको छ  गौरादह-७ तामाङचोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो ।

बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मुले फेला पारेकी थिइन् ।

पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए ।

घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्‍याएका थिए । उपचारका क्रममा हिजो दिउँसो १ बजे मुर्मूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तहरूले हिजो अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म झापामा विद्युत नहुने भएको हो ।

१३२ र ३२ र ११ केभी पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी १३२ केभी सटडाउन हुने भएकाले झापा जिल्लाभरि विद्युत आपूर्ति नहुने भएको हो ।

प्राधिकरणको अनारमनी वितरण केन्द्रले एक सूचना जारी गरी अनारमनी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।

इलामकाे राेङ गाउँपालिकाले सबै क्षेत्रकाे तालिमहरु मागकाे आधारमा एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने भएकाे छ ।

सरकारकाे  बजेट सक्ने माध्यामनै तालिम भएर खास उद्देश्य अनुसारकाे लक्षित समुहले तालिम नपाएकाे गुनासाे आइरहेको बेला राेङ गाउँपालिकाले भने नयाँ किफाईती आवस्यकता अनुसारको उपयाेगि तालिम सञ्चालन र व्यवस्थापन कार्यविधि बनाएर नै तालिमलाई उपयाेगि बनाउने प्रयत्न गरेकाे हाे ।

कार्यबिधि अनुसार राेङ गाउँपालिकाका नागरिकहरुले आफूहरुलाई आवश्यकता भएकाे कुनैपनि तालिम चाहिए दश जनाकाे समुहले प्रक्रियागत माग गरेमा तत्कालै सञ्चालन गरिने व्यवस्था गरिएकाे छ। जसमा स्टेसनरी,प्रशिक्षक र खाजाकाे ब्यवस्था पालिकाले गर्ने छ।

जसकाे लागि गाउँपालिका भित्रका ५६ वटा सभाहल सहित एक प्राेटेवल हलकाे ब्यवस्था ताेकिएकाे छ। जसमा ३० वटा सामुदायिक विद्यालय ,६  वटा वडा कार्यालय,पाँचवटा स्वास्थ्य चौकी, ३ वटा सहकारी भवन ३ वटा सामुदियक वन, दुईवटा सामुदायिक भवन, २ वटा सत्सङ भवन,सामुदायिक अध्ययन केन्द्र, कवर्ड हल र गाउँपालिकाको सभाहल तयारी अवस्थामानै रहेकाेले हल ब्यवस्थापनमा सहज रहेकाे गाउँपालिका अध्यक्ष  मनिकुमार स्याङ्वाेले बताउनु भयो ।

बिभिन्न विद्यागत तालिमहरुकाे माग भएमा सम्भव भए पालिका भित्रका सहजकर्ता प्रयाेग हुने नभए पालिकाले विषयगत बिज्ञता पाएका ब्याक्तित्वहरु ल्याएर भएपनि तालिम सञ्चालन गरि नागरिकहरुलाई सिपालु बनाउने लक्ष्य राखेकाे अध्यक्ष स्याङ्वाेले बताउनु भयो ।

उहाँले भन्नु भयो  ‘तालिम प्राप्त नागरिकहरुकाे लागि कुनै व्यवसाय गर्न आवस्यक रहेमा वा आवश्यकता माग गरेमा मापदण्ड अनुसार प्राबिधिक सहयाेग अनुगमन र गति समिक्षा समेत गाउँपालिकाले गरेर तालिमलाई सिपमुलक, किफायति, प्रभावकारी  स्वराेजगार र राेजगार मुलक बनाउने उदेश्य रहेकाे छ।’

नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ ।

मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।

बिर्तामोडमा आयोजना हुने अवार्ड २०७९ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव तथा खेल प्रतिभा छनोट उपसमिति संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । कोशी प्रदेशमै पाँचौँपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

विगतका वर्षमा जस्तै यसपटक वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट युवा वर्ष खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, स्पेशल अचिभमेन्ट अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी सात विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

यो वर्षदेखि एउटा विधा थप गरिएको मञ्चका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए । पाँचौँ संस्करणमा एकजना खेलकुद पत्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड समेत प्रदान गरिने उनले बताए ।

वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ ।

स्पेशल अचिभमेन्ट अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलकुद पत्रकार अवार्डको विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

वर्ष खेलाडी पुरुष र महिला विजेतालाई नगद एक लाख, ट्रफी प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस र स्पेशल अवार्ड विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
अवार्डलाई सफल बनाउन अध्यक्ष इन्द्रजीत मुखियाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मूल आयोजक समितिका सदस्य रहनेछन् ।

मञ्चका सचिव चिरञ्जीवी घिमिरेको संंयोजकत्वमा खेल प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा पुष्प बराल र राजु पौडेल छन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष प्रेम आचार्यको संयोजकत्वमा भूमिका सुब्बा र तीर्थ तिम्सिना सदस्य रहेको अतिथि सत्कार तथा स्वागत उपसमिति, कोषध्यक्ष प्रकाश बानियाँको संयोजकत्वमा प्रेम आचार्य र तीलक योञ्जन सदस्य रहेको आर्थिक उपसमिति, सहसचिव भूमिका सुब्बाको संयोजकत्वमा रोहित काफ्ले र आयुश निरौला सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति र कार्यसमिति सदस्य तिलक योञ्जनको संयोजकत्वमा भारती राई, सौरभ मुखिया, नारायण अर्याल, विष्णु श्रेष्ठ र सौरभ सुनुवार सदस्य रहेको प्राविधिक उपसमिति गठन गरिएको संयोजक खरेलले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थापक अध्यक्ष रमेश समदर्शीले अवार्ड सुरु गर्दाका अनुभव सुनाएका थिए ।